धरान / काठमाडौलगायत पूर्व क्षेत्रमा पनि डेङ्गु महामारी फलन थाले पछि धरानमा सचेतना अभियान सुरु गरिएको छ । 

२०७५ सालमा धरान उमहानगरपालिका वडा नं. १५ बाट डेङ्गु महामारी फैलिएको थियो । धरानलाई जोखिम क्षेत्र नै घोषणा गरिएको थियो । धरानमा फेरी डेङ्गुका विरामी बढे पछि वडा नं. १५ ले विहीबार एक दिने सचेतना कार्यक्रम गरेको हो । 

सचेतना कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १५ का टोल विकास संस्थाका प्रतिनिधी, सामाजिक संघ संस्थाका प्रतिनीधि, विद्यालयहरुका शिक्षक,महिला स्वयम सेविकाहरु, विभिन्न राजनीतिक दलहरुका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

वडाध्यक्ष नरेश इवारामले धरान–१५ मा डेङ्गु नियन्त्रणका लागि वडा कार्यालयको बैठक बसी वडामा रहेका ३९ वटा टोलविकास संस्था, स्वास्थ्य स्वयसेविका, वडामा रहेका २० वटै विद्यालयहरुका शिक्षकहरुलाई वडामा सचेतनाका लागि परिचालन गर्ने निर्णय गरेको बताउनु भएको छ । विशेष गरि शिक्षकबाट विद्यार्थीहरुमा सचेतना फैलाउन सके घर घरमा सन्देश पुग्ने भएकाले नियमित डेङ्गु सम्बन्धि केही समय कक्षा लिन विद्यलायलहरुलाई अनुरोध समेत गरिएको वडाध्यक्ष इवारामले बताउनु भयो । कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सृर्जना नेपालले डेङ्गु नियन्त्रणका लागि सबैकोहातेमालो जरुरी भएको बताउनु भयो । सहभागिहरुलाई आारभूत प्राथाामिक स्वास्थ्य केन्द्रका अधिकृत रत्न श्रेष्ठले डेङ्गु रोग, उपचार र रोकथामबारे सहजिकरण गर्नु भएको थियो ।

५ बर्ष अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाले एक बर्ष पछि रोग नियन्त्रणमा लिएको थियो ।

विगतमा पनि धरानमा डेङ्गु महामारी फैलिएको र यस पटक पनि देशव्यापी यो महामारी बढिरहेको अवस्थामा धरान पनि उच्च जोखिममा रहेकोले समयमै नगरवासी सचेत र सजग रहनका लागि अपिल पनि गरिएको हो । डेङ्गु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक सरुवा रोग भएकोले लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ ।

डेंगुको जोखिम कम गर्न पानी जम्न सक्ने भाँडाहरू गमला, फूलदानी, खाली बट्टा वा खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदीमा पानी जम्न नदिने उपायहरू अवलम्बन गर्नुपर्ने हुन्छ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर वा छोपेर नगरवासीहरुलाई उपमहानगरले अनुरोध समेत गरेको छ । 

‘यो लामखुट्टेले दिउँसो टोक्ने हुँदा, दिउँसो पनि प्रायः पुरा बाहुला भएको वा शरीर पुरै ढाकिने लुगा लगाउनुपर्ने र घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्न पर्छ ।’–अधिकृत श्रेष्ठले भन्नु भयो । 

एक लाख ७३ हजार ९६ जनसंख्या भएको धरान उपमहानगरको वडा नं. १५ मा मात्र झण्डै ३० हजार जनसंख्या रहेको छ । यो संख्या एउटा गाउँपालिकाको भन्दा बढि हुन आउछ ।  यस वडामा ५ हजार  ४ सय भन्दा बढि घरधुरी संख्या रहेको छ ।