भोजपुर / नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय वमोजिम ७२ वटा नगरपालिका घोषणाका क्रममा यस भोजपुर नगरपालिका ग७न भएको हो । यो नगर भौगोलिक हिसावले मध्य पहाडी भेकमा पर्दछ । यहाँको हावापानी मध्यम खालको रहेका छ । यस नगरपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । स्थानीय बोलिचालीको भाषामा अझै पनि यस क्षेत्रलाई पूर्व ४ नं नै भन्ने गरेको स्थानीय बताउँछन् ।
भौगोलिक विविधतायुक्त यस नगर क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । नेपाल एकीकरण अभियान पश्चात यस क्षेत्रलाई माझकिराँत क्षेत्रको प्रशासनिक केन्द्रका रुपमा चयन गरिएको इतिहास छ । विस १८७२ सालमा यसै नगर क्षेत्रको टक्सार बजारमा नेपालभर आवश्यक पर्ने डोली पैसाका नामले प्रख्यात टक (पैसा) टकमारी गर्ने काम भएकोले सो वजारको नाम नै टक्सार रहन गएको छ । जुन भोजपुर बजारदेखि केही तल पर्छ । मध्ये पहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानीसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस नगरपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक रहेको भोजपुरका स्थानीय नेकपा एमाले प्रदेश कमिटी सदस्य गणेश श्रेष्ठले बताउनु भयो । यहाँ हवाई मैदान पनि छ । काठमाडौंबाट दैनिक उडान हुन्छ । विराटनगरबाट भने सातामा एक पटक उडान हुदैंआएको छ ।
नगर क्षेत्रबाट पश्चिम तर्फ रहेको टयाम्के र सेल्मे डाँडो, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडाले भोजपुर नगरमा पर्यटकहरुलाई लोभ्याउने गर्छ । नगरपालिकाको वडा नं ३ स्थित सुन्तले वजार र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा विश्वकै गहिरो अरुण उपत्यकाको उत्तिनै महनमोहक दृश्य हेर्न सकिन्छ । नगरको मध्यभागमा रहेको सिकद्धकाली पनि यहाँको धार्मिक पर्यटकीय गन्तव्यको रुपमा पर्छ । यहाँ दर्शन गर्नाले आफ्ना मनोकांक्षा सिद्ध हुन्छ भन्ने जनविश्वास रहेको छ । टक्सार बजार भित्रका पाटी पौवा देवी देवताका मन्दिरहरु धार्मिक हिसावले उत्तिकै महत्वपूर्ण रहेकाछन् । यहाँको खुकुरी विश्वमै प्रख्यात रहको छ । करुवा, तामाका भाडाकुँडा तथा सुन्तला उत्पादनमा पनि यो जिल्ला नेपालकै अग्रस्थानमा रहेका छ । भोजपुर र टक्सार बजार वाहेक अन्य स्थानका बस्तिहरु छरिएर रहेका छन् ।
यो समुन्द्र सहतदेखि १५४० मिटर उचाईमा रहेको छ । भोजपुर नगरपालिकाको जनसंख्या १७ हजार ७५६ रहेको नगरपालिकाले जनाएको छ ।
पूर्वमा अखुवा खोला,पश्चिममा सेरे खोला, पिखुवा खोला, दक्षिणमा पिखुवा खोलाहरुले भोजपुरलाई घेरेको छ । सिद्धकाली मन्दिर, राधाकृष्ण, शाक्यमुनि विहार, अजीमा मन्दिर, सरस्वती गुफा, सुन्तलेडांडा, सप्तधारालगायत यहाँका धार्मिक पर्यटकीय क्षेत्र पर्दछन् ।
भोजपुरको इतिहास
भोजपुरको पुरानो नाम सिद्धपुर थियो। यस जिल्लाको प्रसिद्ध धार्मिक स्थल सिद्धकालीको नाउँबाट यसको नामकरण भएको हुनसक्दछ। पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुशीयालीमा ठूलो भोज खाएको र बाँकी रहेको भोज यही ठाँउमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट ूभोजपुरू रहन गएको हो भन्ने किम्वदन्ती छ । अर्को भनाइ अनुसार पहिले यस जिल्लाको उच्च पहाडी क्षेत्रको जंगलमा भोजपत्रको रुखहरू प्रशस्त पाइने हुनाले यसको नाम भोजपुर रहन गएको भन्ने पनि लोकोक्ति रहेको पाइन्छ। किरातकालिन खिकामाक्छा हालको भोजपुर जिल्ला हो । किरात कालिन समयमा हालको भोजपुर जिल्लालाई खिकामाक्छा भनेर चिनिन्थ्यो । विसं १८३१ साल अघि पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा यो भू भागलाई नेपालमा गाभ्नु अघि सम्म यहि नामले भोजपुर चिनिन्थ्यो ।
खुकुरीले चिनाएको भोजपुर
खुकुरी, फलाम वा इस्पातबाट बनाइने यो अङ्ग्रेजीको अर्धचन्द्राकार आकारको धारिलो हतियार हो जुन नेपालमा मात्रै र भोजपुरे खुकुरी भोजपुर जिल्लामा मात्रै बनाइन्थ्यो। हुनत आजकाज अन्य जिल्ला र देशहरूमा पनि यसको निर्माण गर्ने गरिन्छ जुन आर्थिक द्रिष्टीकोणले प्रभावमा परेर गर्न थालिएको हो। अर्को प्रमुख प्रकारको खुकुरीलाई सिरूपाते खुकुरी भनिन्छ, जुन भोजपुरे खुकुरीको तुलनामा अलिक लाम्चो देखिन्छ।
भोजपुरमै कसरी 'खुकुरी'ले जन्म लियो त त्यसको पछाडी केही तादात्म्यता पनि छ। बिसं १८७२मा नेपाल सरकारले नेपालभरिलाई चाहिने धातुको पैसा काट्ने टक्सार भोजपुरको टक्सार भन्ने ठाउँमा खोल्यो। त्यहाँ पैसा काट्ने काम मात्रै नभएर स्थानीय किराँत खासगरी सुनुवार जातिको पुज्य हतियार खुकुरी पनि ब्यवसायीक रूपमा निर्माण गर्न थालियो। पछि यो हतियार यति प्रशिद्ध हुन पुग्यो कि त्यसले देशको सेनाको अति आवश्यकिय युद्द हतियारको स्थान ग्रहण गर्न पुग्यो। आजको बिश्वसामु नेपाललाई खुकुरीले पनि चिनाउछ। खुकुरी आज नेपालीत्वको प्रतिक बनेको छ। खुकुरीले हाम्रो पुर्खाको बीरत्वलाई सम्झना गराउछ। खुकुरीको नाम लिंदा यसले हामी नेपालीहरूलाई एकताको भावनात्मक सुत्रमा बाँध्छ।