नेपाल, भारतजस्ता देशमा पहिले–पहिले स्वास्थ्य तथा पोषणको बारेमा छलफल गर्दा खासगरी कुपोषण र रक्तअल्पताको बारेमा धेरै छलफल हुन्थ्यो । हैजा, पखाला ठूला समस्याहरु थिए । ती समस्याहरु त यथावत नै छन् । तर तिनमा आफैं एउटा समस्या थपिन गएको छ । मोटोपन र त्यसले गर्दा हुने विभिन्न समस्याहरु । मोटोपन, मुटुको रोगजस्ता समस्याहरु पहिले अमेरिका र युरोपका समस्या भनिन्थ्यो भने अहिले नेपाल, भारत, बंगलादेशलगायत विश्वका धेरै मुलुकको समस्या पनि भएका छन् । भारतमा गरिएको एक अध्ययनअनुसार झन्डै ६ करोड भारतीय महिलाहरुमा अति मोटोपन पाइएको छ । 

एक अध्ययनअनुसार प्यासिफिक आइसल्याण्डका ७० प्रतिशत, सिंगापुरका ११ प्रतिशत र अमेरिकाका २८ प्रतिशत मानिस मोटा छन् । त्यसै गरी इरानमा १० प्रतिशत वयष्क र बहराइनमा २९ प्रतिशत मानिसमा मोटोपन छ । मोटोपनको वृद्धिले उनीहरुको स्वास्थ्य र उत्पादनमा पनि समस्या भइरहेको छ । युरोपमा गरिएका अध्ययनअनुसार अति मोटोपन र विभिन्न किसिमका क्यान्सरको निकट सम्बन्ध छ । सन् १९९६–२००६ को बीचमा भएको अध्ययनअनुसार भारतमा ४.१ प्रतिशत, बंगलादेशमा ६ प्रतिशत र नेपालमा ८.५ प्रतिशत महिलाहरुमा मोटोपन छ । भारतको जनसंख्या धेरै भएकाले प्रतिशतमा कम भए पनि संर्यामा चाहिँ अत्यधिक मोटा महिलाहरु छन् । उक्त अनुसन्धान भारतमा १,०६,०००, नेपालमा १९,२११ र बंगलादेशमा १९,३५४ महिलाहरुमा गरिएको थियो । 

अनुसन्धानअनुसार गाउँ र शहर दुवै ठाउँमा मोटा महिलाहरुको संख्या बढेको पाइएको थियो । यो अनुसन्धान प्रा. अनुप मिश्राले गरेका थिए । यसको प्रमुख कारण बदलिँदो भोजनशैली, कम हिँडाइ, धूमपान, बढी तनाव, टिभी र कम्प्युटरको अत्यधिक प्रयोग भएको अनुसन्धानमा उल्लेख गरिएको छ । यसको कारणले गर्दा मुटुको रोग, मधुमेह आदि पनि वृद्धि हुने प्रा. मिश्राको भनाइ छ । आन्द्राको कयान्सर, पाठेघरको मुखको क्यान्सरका धेरै कारणमध्ये मोटोपन पनि हो भन्ने अध्ययनले देखाएको छ । काठमाडौं मेडिकल कलेजका डा. अभिनव वैश्य र साथीहरुले मिलेर गरेको एक अध्ययनअनुसार नेपालमा पनि मोटोपन बढ्दै गएको छ । उनीहरुका अनुसार पहिले नेपालीहरुको खानामा पर्याप्त रेसादार पदार्थहुन्थ्यो भने हाल मैदा, चिनी, बोसोजन्य पदार्थो बढी प्रयाप्त हुन थालेकोले मोटोपनको खतरा बढ्न थालेको छ । विश्व स्वास्थ्य संघका अनुसार प्रत्येक एक लाखमा १०७ जना नेपाली मुटुरोगी भएका छन् । डा. अभिनव वैश्यका अनुसार सन् २००७ मा नेपालका १५ वटा जिल्लामा गरिएका एक अनुसन्धानमा ७ प्रतिशत मोटोपनको र १.७ प्रतिशत मानिस अति मोटोपनको सिकार भएको पाइएको थियो । 


''भोजनमा परिवर्तन, व्यायाम र योगाभ्यासले तौल घटाउन सकिन्छ । हिँडाइ, पर्याप्त पानी पिउने, विभिन्न चिसो पदार्थकोक, फ्याण्टाका साथै चाउचाउ, बोसो, घिउ, चीज आदि वस्तु आफ्नो दैनिक जीवनबाट सकेसम्म घटाएर हरियो तरकारी, फलफूल, कोदो, फापर, भटमासका परिकार आदिलाई आहारमा समावेश गर्नपर्छ । ''


विश्व स्वास्थ्य संघका अनुसार खानामा बढी मासु र चिल्लो समावेश हुनु तथा हिँडाइ कम गर्नु नै मोटोपनका मुख्य कारण हुन् । प्रायः मानिसलाई मोटोपनबाट छुटकारा पाउन निकै गाह्रो हुन्छ । खाना खाएर मज्जासँग सुतेपछि वा तेल–मसला हालेको मासु खाएर बियर पिएपछि जति तौल बढ्छ त्यति सजिलोसँग तौल घटाउन गाह्रो हुन्छ । बियर, मासु र तारेको आलुको स्वाद त जिब्रोेमा यसरी बसेको हुन्छ कि त्यसको अघि–पछि हुने दुःखाइ पनि बिर्सिन्छ । खाना कम गर्न कठिन हुन्छ भने व्यायामतिर प्रायः ध्यान नै जाँदैन । व्यायाम गरे पनि खानाको अनुपातमा व्यायाम पुगिरहेको हुँदैन, जसले गर्दा मोटोपन घट्नेभन्दा पनि बढ्ने नै भइरहेको हुन्छ । कतिपय मानिसलाई बोसोयुक्त खाना र बियरबाट हुने मोटोपनको कारणले उत्पन्न उच्च रक्तचापले गर्दा पक्षघात भइसकेको हुन्छ । तर पनि उनीहरु यस्सा खानेकुराको त्याग गर्दैनन् । वास्तवमा उनीहरु बिस्तारै आत्महत्या गरिरहेका हुन्छन् । नेपालका सरकारी कर्मचारीहरुको बीचमा गरिएको अर्को एक अनुसन्धानमा ३३ प्रतिशत सरकारी कर्मचारी मोटोपन र केही अति मोटोपनको सिकार भएको देखिन्छ । 

मोटोपनले ल्याएको मुटुको रोग, मधुमेहको समस्या, त्यसपछि हुने मिर्गौलाका समस्यासँगै ढाड र घुँडा दुख्ने समस्या पनि आउँछ । अर्कातिर मोटोपनको कारणले गर्दा कतिपय महिलाहरुलाई गर्भधारण गर्न पनि समस्या हुन्छ भने मोटो मानिसलाई कुनै शल्यक्रिया गर्न प¥यो भने शल्यक्रियापछि तंग्रिन पनि धेरै समय लाग्छ । मोटोपन बढ्दै गएका एक जना युवकलाई झन्डै १५ वर्षपछि डाक्टरले तौल घटाउर्नु पर्छ भात र आलु कम गर्नु पर्छ भनेका थिए । ‘बरु मर्छु तर आलु खान त छोड्न सक्दिन’ उनले भनेका थिए । उनको त्यो बानीले उनलाई उच्च रक्तचाप र मधुमेहको रोगी बनायो । यसै बीच उनलाई पक्षघातको सम्भावना पनि बढ्यो । अहिले उनको स्वास्थ्य त ठीक छ तर उनको खानाबाट आलु, चिनी, भात गायब भएको छ । उनी अहिले बिहान(बिहान एक घण्टा हिड्छन् । उनले खानपान, व्यायामको बारेमा त सिके तर यसको निकै चर्को मूल्य चुकाउनु प¥यो । 

हामीमध्ये शायद धेरै जनाले त्यसरी नै सिक्नेछौं । मध्यमवर्गीय परिवारमा मात्र होइन, गाउँका मानिसमा पनि जीवनशैली र खानपानमा आएको परिवर्तका कारणले गर्दा मोटोपनको समस्या बढ्न थालेको छ । यसैका कारण ग्रामीण भेगका मानिस पनि विभिन्न नसर्ने रोगको सिकार भइरहेका छन् । मोटोपन घटाउनका लागि पहिले जीवन पद्धति र खानामा नै ध्यान दिनु पर्छ ।   केही औषधिहरुको प्रयोगको कारणले गर्दा हुने मोटोपन पनि हुन्छ तर त्यसको लागि सम्बन्धित डाक्टरसँग नै सल्लाह लिएर शरीर स्वस्थ राख्न सकिन्छ । पहिले–पहिले ४०÷४५ वर्ष उमेरपछि हुने मुटुरोगको समस्या नेपालमा अहिले ३०–३५ वर्षका मानिसलाई पनि देखिन थालेको छ र महिलाहरुमा पनि देखिन थालेको छ । यसको कारण खाना, जीवनपद्धति र मोटोपन नै हो । 

भोजनमा परिवर्तन, व्यायाम र योगाभ्यासले तौल घटाउन सकिन्छ । हिँडाइ, पर्याप्त पानी पिउने, विभिन्न चिसो पदार्थकोक, फ्याण्टाका साथै चाउचाउ, बोसो, घिउ, चीज आदि वस्तु आफ्नो दैनिक जीवनबाट सकेसम्म घटाएर हरियो तरकारी, फलफूल, कोदो, फापर, भटमासका परिकार आदिलाई आहारमा समावेश गर्नपर्छ । बालबालिकाको खाजामा चाउचाउ होइन, चिउरा र रोटी राखिदिर्नुर्छ । मोटोपन नियन्त्रण गर्न सकिने समस्या हो । बेलैमा सचेतना अपनाएमा नियन्त्रण गर्न सकिन्छ । तर यसलाई बढाउँदै लगेमा पछि विभिन्न रोगको सिकार बनिन्छ र यी रोगहरु नियन्त्रण गर्न पनि सकिन्न । मोटोपनले विभिन्न रोगहरु निम्त्याउने मात्र होइन, सुन्दरता पनि बिगार्ने भएकाले यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ । खानाको अनुपातमा नियमित व्यायाम जरुरी छ । तारेको, भुटेको खानेकुराबाट टाढा रहनु पनि मोटोपन नियन्त्रणको उपाय हो ।मोटोपनले विभिन्न रोगहरु निम्त्याउने मात्र होइन, सुन्दरता पनि बिगार्ने भएकाले यसलाई बेलैमा नियन्त्रण गर्न आवश्यक छ ।     एजेन्सी