धरान / सरकारले हरेक स्थानीय तहमा शहरी स्थस्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्दलगायतका सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य विभागले निर्देशिका नै जारी गरि शहरी विपन्न्न नागरिकका लागि निशुल्क स्वास्थ्य सुविधा प्रदान गर्न स्थानीय तहरुलाई अख्तियारी प्रदान गरेको छ । विभागको निर्देशिका अनुसार लाखौ खर्च गरेर स्वास्थ्य केन्द्र स्थापना भए पनि शहरका सरकारी स्वास्थ्य केन्द्रमा सेवाग्राही उपचारका लागि जादैंनन् ।

स्वास्थ्य विभागको निर्देशिका अनुसार धरान उपमहानगरपालिकाले शहरी विपन्न बस्तीहरुलाई लक्षित गरेर स्वस्थ्य केन्द्रहरु संचालनमा ल्याएको भए पनि अधिकाशं समुदाय उपमहानगरको स्वस्थ्य सेवाबारे बेखवर छन् ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानको वडा नंं १, ५ र २० मा स्वास्थ्य सहायक(एचए) पाँचौ तहको अधिकृतसहितको स्वास्थ्यकर्मी राखेर सेवा दिदैं आएको छ । १७ नंं वडामा शहरी स्वास्थ्य प्रवद्धन केन्द्रमा एमविविएस दरवन्दीको सेवा दिदैं आएको छ । यस्तै धरान–१५ नं. वडामा एच.ए. स्टाफ नर्स र अनमीसहितको सेवा रहेको छ । यि वाहेक सरकारको हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य अनुसार धरानका १२ वटा वडाहरुमा थप स्वास्थ्य केन्द्र सञ्चालन गदैं आएको छ । तर शहरियाहरु भ्ने सामान्य चोट पटक लाग्दा होस् या गम्भीर प्रकेतिको विरामीको सङ्केत देखिदा होस नीजि क्लिनिक र मह्गो अस्पताल नै धाउने गरेका छन् ।
केही दिन ५ बर्षीय छोरालाई सामान्य खुट्टामा चोट लागेर स्थानीय विजयपुर हस्पिटल पुगेकी धरान–१५ की इन्दीराराईलाई घर नजिकै निशुल्क स्वस्थ्य क्लिनिक छ भन्ने कुरा थाहा नभएको बताउनु हुन्छ । खुट्टामा सामान्य ड्रेसिङ र व्यान्डिज गर्दा र आउने जाने खर्च गरेर १ हजार ५०० रुँपैया खर्च भयो । तर यो सेवाका लागि उहाँको घर नजिकै खोरियाबस्तीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा निशुल्क उपचार हुने गरेको छ । उहाँको टोलमा अधिकृत स्तरको स्वास्थ्यकर्मीसहितको स्वास्थ्य सेवा छ भनेर उहाँले गएको बुधबार मात्र थाहा पाउनुभयो । विद्यालयको भवनमा सञ्चालन भइरहेको स्वास्थ्य केन्द्र आफ्नै भवनबाट सेवा उद्घाटन गर्न गरिएको कार्यक्रममा पुग्दामात्र उहाँलाई आफ्नै आँगनमा ४७ थरी औषधीसहतिको सेवा पाइने थाहा भयो ।
उहाँ जस्तै धरान–१७ का तीर्थ खड्का पनि सरकारी स्वास्थ्य सेवाबारे बेखवर हुनु हुन्छ । उहाँको घर नजिकै स्वास्थ्य केन्द्र भए पनि छोराछोरीलाई सामान्य विरामी हुँदा धरान–१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्ने गर्नु भएको उहाँ बताउनु हुन्छ । ‘पहाड भोजपुरमा चाही गाउँमा स्वास्थ्य चौकी थिए । यता पनि सरकारी स्वास्थ्य सेवा भएको मलाई थाहा छैन् ।’–उहाँले भन्नु भयो–‘विरामी हुँदा कि औषधी पसल कि त बिपी प्रतिष्ठान नै जान्छौं ।’ इन्दीरा र तीर्थहरुजस्तै शहरमा बस्नेहरु प्रायः सामान्य दुखविराममा निजि क्लिनिक नै धाउने गर्नु भएको छ । आफ्नै वडामा भएको स्वास्थ्य सेवाबारे उहाँहरु अनभिग्य हुनुहुन्छ । थाहा हुनेलाई पनि निशुल्क सेवामा विश्वास छैन् ।

धरानका वडा नं. ८, ११, १४, १५, १६, १७ लगायतमा विपन्न परिवारको बसोबास रहेको छ । यिनै बस्तीलाई लक्षित गरि उपमहानगरपालिकाले शहरी स्वास्थ्य केन्द्र, प्रसुती गृह र मातृशिशु स्वास्थ केन्द्रहरु सचालनमा ल्याएको छ । धरानका विभिन्न ८ स्थानमा क्लिनिक संचालन गदे आएको छ ।
स्वस्थ्य विभागले विभिन्न ४५ किसिमका औधषीहरु उपलब्द गराउदै आएको छ । पारासिटामोल, मेट्रोन, डायृजिन, वि–कम्प्लेस, एन्टी एलर्जी, आईरन चक्की, अस्थाइ परिवार नियोजनका साधानहरु, टिवि, रेविज भ्याक्सिन, कुष्ठरोगलगायतको औषधीहरु उपलब्द हुदैं आएको छ । उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मेहताका अनुसार जिल्ला जन स्वस्थ्य कार्यालयबाट ७० प्रकारका औधषी, प्राथामिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकार, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रबाट ४५÷४५ प्रकारका औषधीहरु निशुल्क उपलब्द हुदैं आएको छ । शहरी स्वास्थ्य केन्द्र धरान–१५ नंं वडा, १७ र १ नं. वडामा रहेको वर्थिङ सेन्टरबाट सुरक्षित तवरबाट सुत्केरी गराउने सेवा उपलब्द छ । तर एक दुई गर्ववती जाँच गराउन आए पनि सुत्केरी गराउन भने कोही पुग्दैंनन् । परिवार नियोजनका अस्थायी साधान लिन एकादुई आए पनि सुत्केरी गराउन अहिलेसम्म कोही नआएको धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी(एचए)सरोज बास्तोला बताउनु हुन्छ । ‘पैसा तिरेरमात्र रोग निको हुने निशुल्क उपचार र सेवा प्रति शहरीयाहरुलाई अझै चेतना भएको छैन् । एच.ए. स्टाफ नर्स र अनमीसहितको सेवा हामीले दिइरहेका छौं तर सेवा लिन त्यति आउदैंनन् ।’–प्रमुख बास्तोलाले भन्नु भयो ।
मातृ तथा शिशुजन्य रोगको रोकथाम गर्ने, मातृ मृत्युदरमा कमी ल्याउन, सहरी युवा युवतीहरुको प्रजनन स्वास्थ्य स्थितिलाई बढाउने र नवजात शिशुको मृत्यु दर र गर्भ अवस्थामा देखिने समस्या समाधान गर्न खोलिएका सरकारी स्वास्थ्य केन्द्रबारे प्रचार प्रसार गनुृ पर्ने अवस्था आएको नेकपा प्रदेश कमिटी सदस्य तथा स्थानीयवासी आइन्द्रविक्रम बेघा बताउनु हुन्छ ।
यि सेवाकेन्द्रबाट गर्भवती महिलाहरुको नियमित स्वास्थ्य परीक्षण, भिटामिन आइरन चक्की जस्ता औÈधि निःशुल्क वितरण हुदै आएका छन् । बालबालिकाका लागि नियमित खोप, बच्चाहरुको तौल लिने । महिलाहरुलाई परिवार नियोजन सम्बन्धी अस्थायी साधन वितरण गर्ने काम हुने गरेको छ ।

धरान उपमहानगरपालिकाको दीर्घकालीन सोच मध्ये धरानलाई स्वास्थ्य उपचारका लागि पूर्वाधारयुक्त शहर बनाउन साथै गरिव पिछडिएका र अशिÔित शहरियाका लागि यस्तो सेवा प्रदान गदै आएको उपमेयर मञ्जु भण्डारी बताउनु हुन्छ ।
‘हामीले गरिव र पिछडिएका बसोवास गर्ने वस्तीहरु विभिन्न वडामा मातृ शिशु स्वास्थ्य क्लिनिकहरुको संचालन गदै आएका छौ ।’– उपमेयर भण्डारीले भन्नु भयो– ‘प्रायः सबै प्रकारका औधषी र प्राथामिक उपचार प्रदान गदै आएको भए पनि निःशुल्क सेवा प्रति सेवाग्राहीहरुले चासो दिनु भएको छैन् । सामान्य विरामका लागि ठूलो अस्पतालमा भीड नगरौं, वडामै भएको सरकारी स्वास्थ्य केन्द्रबाट परामर्श र स्वास्थ्य सेवा लिन म अनुरोध गर्दछु ।’
उपनगरपािलकाले शहरी सामुदायिक स्वास्थ्य केन्द्रको रुपमा विकास गरेर लगेको छ । २०६२ सालमा शहरी सामुदायिकस्वास्थ्य केन्द्र संचालन निर्देशिका नै जारी गरि व्यवस्थित तवरले संचालन गदै आएको छ । यहाँ संघीय सरकारले पनि २०७२ सालमा शहरी स्वास्थ्य नीति बनाएर सबै स्थानीय तहमा स्वास्थ्य सेवा पु¥याउन पहल गरिरहेको छ ।
सरकारले धरानका लागि मात्र शहरीया जनताको लागि बार्षिक लगभग दुई करोड ५० लाख स्वास्थ्यका कर्मचारीका लागि खर्च गदैं आएको छ । सरकारले यत्रो लगानी शहरका जनताका लागि गरेको भए पनि बजारमा जताततै खुलेका क्लिनिकहरुमा शाहरियहरु खर्च गर्छन । राज्यले प्रदान गरेको निशुल्क सेवा लिन स्थानियहरु हिच्किचाउने गरेको स्वास्थ्यकर्मीहरु बताउछन् ।
‘शहरीयाको मानसिकतामा परिवर्तन हुन सकेको छैन् ।’–धरान–१५ का वडाध्यक्ष नरेसकुमार इवरामले भन्नुभयोे–‘शहरी स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र गरेर वडामा दुई वटा केन्द्रबाट स्तरिय सेवा प्रदान गरिदै आएको छ । तर मान्छेहरु नीजी क्लिनिकलाईलाई धनी बनाउछन् ।’
सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि ल्याएको नीतिलाई सफल र प्रभाबकारी बनाउन सबै लागि पर्नु पर्ने उहाँ बताउनु हुन्छ ।
४५ थरी औषधी, प्राथामिक उपचारका लागि एक रुपया खर्च लाग्दैन । तर यो सुविधा लिन उपमहानगरले संचालन गरेको केन्द्रमा उपस्थिति कम पाइएको छ । धरान–१ मा संचालनमा आएको बर्थिङ सेन्टरमा आउने गर्भवतीहरुलाई निशुल्क प्रसुती सेवासँगै एक हजार भत्ता पनि दिने गरेको छ । भर्ववती जाँचमा आउने महिलाहरुलाई ४ सयभत्ता दिइदैं आएको छ । तर अघिल्लो बर्षको तथ्याङ्क हेर्ने हो भने २९ जनाले मात्र गर्ववती जाँच गराएको मेहता बताउनु हुन्छ । यहाँको बिपी प्रतिष्ठानमा समेत विश्वास नभएर ३० प्रतिशत धरानेहरु विराटनगर गएर सेवा लिएको पाइएको मेहताले बताउनु भयो ।
धरान उपमहानगरपालिकामा करिव ३०/३५ हजार सुकुम्वासीहरुको बसोबास रहेको छ । धरानको १ लाख ४९ हजार जनसंख्यामा ३५ प्रतिशत जनसंख्या विपन्न परिवारको रहेको आंकलन गरिएको छ । विपन्नताका कारण उनीहरु महगो स्वास्थ्य सेवा लिन सक्दैनन । उनीहरुका लागि शहरी स्वास्थ्य केन्द्र नै हो तर सबै विपन्न परिवारसम्म यो सूचना नपुगेको स्थायीन बताउछन् । सरकारले बार्षिक अढाई करोड खर्च गरेर दिइदैं आएको सेवा लिनका लागि उपमहानगरले खटाएको महिला स्वयम सेवीहरुलाई सेवा प्रचारका लागि सकृय बनाएर आँगनमा भएको सेवा सुविधान लिने वातावरण तयार गर्नु पर्ने देखिन्छ ।