धरान / सुनसरी क्षेत्र नं. १ का ख का प्रदेश सभा सदस्य तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहको विकाशको मोडेल, समस्या र समाधानका उपायसहितको २६ बुँदे सुझाव धरान उपमहानगरपालिकाकालाई दिनु भएको छ । 

प्रदेश सभा सदस्यमा उहाँले यही क्षेत्रबाट निर्वाचनमा विजयी हुनु भएको थियो । उहाँ छोटो समय प्रदेश १ को मुख्य मन्त्री समेत बन्नु भएको थियो । छोटो समयमा उहाँले प्रदेश १ को वितिय व्यवस्थापन, प्रशासनीक काममासमेत  सुधारका योजना ल्याउनु भएको थियो ।

उहाँले खानेपानी समस्या समाधान देखी हवाई मैदान बनाउने, साना खोलाबाट सुकुसम्वासी जोगाउन करिडोर बनाउनेसम्मका सुझाव दिनु भएको छ ।  

उहाँले धरानको खानेपानी समस्या समाधानका लागि डिप बोरिङ नै उत्तम विकल्प दिनु भएको छ । बोरिङ गरेरै पानी ल्याउने विषयमा यसअघिनै निर्णय भएको हुँदा सोही अनुसार काम गर्न सुझाव दिनु भएको हो । दैनिक ३ करोड लिटर पानी आपूर्ति गर्न सहज अवस्था सृजना गराउन साना खोलाको पानी संकलन र डिपबोरिङ आवश्यक भएको उहाँको भनाई छ । 

उहाँले अहिलेको खानेपानी वितरणमा भइरहेको चुहावटलाई नियन्त्रण गर्नु पर्ने, उचित व्यवस्थापनमा लाग्नु पर्ने सुझाव दिनु भएको छ । 

४० प्रतिशत पानी खेर गएको हुँदा त्यसको व्यवस्थापनमा लाग्नुपर्ने र खानेपानीका नयाँ श्रोतको पहिचान गर्नुपर्ने उहाँको भनाई छ ।  कोसीको पानीमा धेरै बालुवा हुने र धरान ल्याउन धेरै खर्च र झन्झट रहेको हुँदा विदेशी दातृ निकायको सहयोग विना सम्भव नभएको 

 सुझावमा उहाँले समेटनु भउको छ । त्यसको विकल्पमा स्थानीय तहले योजना बनाउन उहाँले सम्झाउनु भएको छ । 

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेता समेत रहनु भएका आचार्यले  बिपी प्रतिष्ठानको समस्याको फेहरिस्त राखेर समाधानको लागि आग्रह गर्नु भएको छ ।  विल काउन्टर, बिमा, कर्मचारीको समस्या देखी मेसिनका समस्या समाधान गर्नुपर्ने, दक्ष जनशक्तिलाई प्रतिष्ठानमै रोकेर राख्न प्रतिटानले योजना बनाउनसमेत उहाँले सुझाव दिनु भएको छ ।  

सडक सञ्जालको विकाश गर्न जरुरी रहेको सुझाव दिनु भएको छ । छिमेकी पालिकासँग जोडिने सडकको स्तरोन्नति गर्नुपर्ने आचार्यको सुझाव छ । धरानलाई खेलकुदको केन्द्र बनाउनुपर्ने, धरानको रङ्गशालाको स्तरोन्नति गर्ने देखी अन्य खेलको हबको रूपमा विकाश गर्न उहाँले सुझाव दिनु भएको छ ।  

धरान–१७ स्थित रेलवेमा ट्विनअटर विमान बस्न मिल्ने हवाई मैदान बनाउन सकिने उहाँको सुझाव दिनु भएको छ । धरानमा हिउँदमा पनि विमान अवतरण गर्न सहज हुने भन्दै उनले विमानस्थलको माग अगाडी सानुृ भएको हो । उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गर्न सके विमानस्थल बनाउन कुनै समस्या नभएको उहाँको भनाइृ छ । विमानस्थल निर्माणमा उपमहानगर बढि जिम्मेवार हुने उहाँको सुझाव पत्रमा भनिएको छ ।  


बहुजातीय संग्राहलय देखी चारकोशे झाडी क्षेत्रमा चिडियाखाना निर्माणको योजना पनि उहाँले सम्झाउनु भएको छ ।  खोला दोहन र नदी नियन्त्रणको लागी कोरिडोर निर्माण गर्नुपर्ने बताएका छन् । आफूले यसअघि नै शिलान्यास गरेको सर्दु कोरिडोर निर्माणलाई तिव्रता दिनु पर्ने उहाँको भनाई रहेको छ ।  

धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको विकाश गरी धरानलाई शैक्षिक केन्द्रको रूपमा अगाडी बढाउनुपर्ने उहाँको सुझाव छ । निजी लगानीलाई प्रोत्साहन गर्न रेस्टुरेन्ट, होटेल र रिसोर्टमा लगानी बढाउन सुझाव दिनु भएको छ ।  पदमार्ग निर्माण गरी पर्यटनका सम्भावना लाई बढाउन सकिने उहाँले बताउनु भएको छ ।  

त्यससँगै बसपार्कको व्यवस्थापन, सुकुम्बासी समस्या समाधान, कृषि उपज उत्पादनमा वृद्धि, उद्योग व्यवसायलाई प्रवद्र्धन, मजदुर क्षेत्र घोषणा, रोजगारी सृजना, विद्यार्थीका समस्या समाधान, सञ्चार क्षेत्रको विकाश, फोहोर मैला व्यवस्थापन, र शान्ति सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने सहित २६ बुँदे सुझाव दिनु भएको छ । 

यि सबै समस्या समाधान तथा धरानको विकासका लागि प्रदेश र संघसँग समन्वय तथा द्रुत कामका लागि आफु सधै धरान उपमहानगरपालिकालाई साथ दिन तयार रहेको पनि उहाँले सुझाव पत्रमा उल्लेख गर्नु भएको छ । सबै स्थानीय तह, प्रदेश र संघसँगको सहकायृमा धरानलाई नमुना शहर बनाउन सकिने उहाँले बताउनु भएको छ । ‘ सबै राजनीतिक दलह?का नेता धरानको विकासका लागि पुलका काम गर्ने छन् । स्थानीय तहले नमुना शहर बनाउन नयाँ योजना लिएर अगाडी बढ्नु पर्छ ।’–आचार्यले भन्नु भयो–‘सबै माननीयह?को उपमहानगरलाई साथ र सहयोग हुने छ । धरानको विकास र विस्तारको लागि मेरो प्रतिवद्धता छ ।’

लामो अध्ययन गरेर तयार गरिएको २६ बुँदे सुझाव पत्र उहाँको सचिवालयले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई, उपमेयर आइन्द्रविक्रम बेघा, खानेपानी व्यवस्थापन बोर्ड, विपी कोइराला स्वास्थ्इ विज्ञान प्रतिष्ठानलगायतमा बुझाईएको उहाँका स्वकिय सचिव अनिल राजधामीले जानकारी दिनु भएको छ । 

यस्तो छ उहाँको २६ बुँदे सुझाव पत्र