धरान / दुर्लव ‘ट्युमर’ समस्याको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सफल शल्यक्रिया गरि विरामीलाई निको बनाएको छ । घाटीको मेरुडण्ड र फोक्सोमा पुरै मासु पलाएको एक बालकको प्रतिष्ठानको शल्यक्रिया विभागका न्युरो सर्जन डा. अलोक दाहाल र सिटिभिएसका सर्जन डा.लोकश जैसवालको टिमले सफल उपचार गरि निको बनाउनु भएको हो ।  

भारतको सुपौल जिल्लाबाट रविकुमारका ७ बर्षीय छोरा आसिस कुमार बैशाख २ गते बच्चा विभागको आकस्मिक कक्षमा भर्ना भएका थिए । पुरै शरीर नचल्ने अवस्थामा भर्ना भएका ती बालकलाई रोग अनुसन्धानका लागि न्युरो टिमलाई बच्चा विभागले बोलाएको थियो । सामान्य एक्स–रे मा घाटीको नसा विग्रेको देखिएको थियो । पुन एमआरआई गरेर हेर्दा घाटीको मेरुदण्ड र फोक्सोको पुरै भागमा टयुमर भएको पाइएको डा. आलोक दालहाले बताउनु भयो । सर्जन टिममा सल्लाहा गरि शुरुमा उनको मेरुदण्डको शल्यक्रिया गरिएको थियो । मेरुदण्डको उपचार पछि उनी हिडेर घर जान सक्ने भएका थिए । पुन एक महिना पछि फेरी फोक्सोमा भएको ट्युमर प्रतिष्ठानका अस्पताल सहायक निर्देशकसमेत रहनु भएका डा. लोकेश जैसवाल र डा. विजय साहको टिमले निकाल्नु भएको थियो । थोराकोटोमी प्रविधीबाट ४÷५ घण्टा लगाएर ट्युवर निकालिएको थियो । डा. जैसवालका अनुसार थोरोकोटोमी भनेको छातीमा चिरा पारेर मासु निकाल्ने प्रक्रिया हो । एक साता अस्पतालमा बसेर उनी डिस्चार्ज भएका थिए ।

असार १० उनको परिवार ट्युमरको रिर्पोटसहित फलोअपमा अस्पताल आएका थिए । डा. दाहालका अनुसार उनको रिर्पोटमा ‘न्युरोग्याङलिओमा’ भन्ने ट्युमर देखिएको छ । यो नसाबाट उत्पन्न भएर बढ्दैं जाने ट्युमर हो । ‘यो बढ्दैं गएर मेरुदण्ड र फोक्सोलाई ढाकेछ । त्यस पछि सोही कारणले बालकका कुनै पनि अंगले काम गरेनन् ।’ –डा. आलोकले भन्नु भयो–‘यो समस्या १० लाख मानिस मध्य एक जनामा देखा पर्छ । बच्चामा त झन यो दुलर्व रोग हो । नेपालमा यस्तो समस्याको उपचार कँही भएको छैन् ।’

यो समस्याको उपचार जहाँ न्युरो सर्जरी सेवा र मुटुको कार्डियो थोरासिक भ्यास्कुलर सर्जरी(सिटिभिएस) सेवा दुर्वै भएको अस्पतालमा मात्र  सम्भव हुन्छ । पूर्वमा यो सेवा विपी प्रतिष्ठानले मात्र दिदैं आएको डा. आलोकले जानकारी दिनु भयो । राजधानीमा यो सेवा टिचिङ हस्पिटलमा मात्र रहेको उहाँले बताउनु भयो ।  दुई वटा टिमको परामर्श र सल्लाहा विना यो शल्यक्रिया सम्भव नहुने उहाँको भनाई छ । 

यस्ता प्रकारका गम्भीर रोगको नेपालमा रिसर्च पेपरमा नभेटिएकाले पेपरमा लेख्ने तयारी भइरहेको डा. आलोकले बताउनु भयो ।