धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फ्याकल्टी चिकित्सकहरुको बर्षौदेखि बढ्वा नहुदा विशेषज्ञ चिकित्सक पलायन बढेको छ । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने सहज वातावरण नपाएपछि चार वर्षयता ५० जनाभन्दा बढी दक्ष चिकित्सकहरू अन्यत्र पलायन भएको पाइएको छ । प्रत्येक तीन÷तीन महिनामा चिकित्सकहरुको आन्तरिक बढुवा हुने गरेको थियो । हाल भने पाँच बर्षदेखि रोकिएको छ । 

प्रतिष्ठान स्वायत्त स्वास्थ्य शैक्षिक संस्था हो । यहाँ अन्तर्राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालय र मेडिकल कलेजसँग भगिनी सम्बन्ध रहेकाले अधिकांश चिकित्सकहरू आफ्नो वृत्ति विकासका लागि यहाँ आउने गरेका छन् । 

तर पछिल्लो समय प्रतिष्ठानभित्र आर्थिक अनियमतिता, पदाधिकारीको मनोमानी र बेला बेलामाहुने आन्दोलनका कारण प्रतिष्ठानको साख ओरालो लागेको छ । यहाँ योग्य तथा दक्ष चिकित्सकलाई अग्रज भनिएका चिकित्सकहरूले काम गर्ने वातावरण सिर्जना गर्नुको सट्टा हतोत्साहित गर्ने क्रम बढेको छ । नेपाल बाहिरको मेडिकल युनिभर्सिटीबाट एमडी, डीएम एमसीएच गरेर प्रतिष्ठानमै विशिष्ट सेवा दिने उद्देश्यले आएका चिकित्सकलाई पदाधिकारी र व्यवस्थापन पक्षले आवश्यक मेडिकल उपकरण उपलब्ध गराउन नसक्नुजस्ता कारणले प्रतिष्ठानबाट पलायन हुने चिकित्सकहरूको संख्या बर्सेनि बढ्दै जान थालेको छ । उनीहरुलाई काम गर्न यहाँ लामो समयदेखि जरा गाडेर राजनीतिक गदैं बसेका चिकित्सकहरुले नै निरुत्साही गर्ने गरेको पाइएको छ । 

टाउको, मुटु, मिर्गौला, फोक्सो, स्नायु, हाडजोर्नी, नाक‚ कान‚ घाँटी, मानसिक रोग, स्त्री तथा प्रसुती, शल्यक्रिया, रेडियोलोजी, बालरोगसम्बन्धी विशेषज्ञ सेवा यहाँबाट प्राप्त हुदैं आएको छ । मुटु, पेट सम्बन्धि अतिविशिष्ट सेवा प्रदान हुन्छ । तर उचित वातावरण नबन्दा चिकित्सकदेखि विशिष्ट उपचार सेवा दिने चिकित्सकहरूले धमाधम प्रतिष्ठान छाड्न थालेका छन् । यसको प्रमुख कारण बढुवा रोकिनु, काम गर्ने सहज वातावरण नबन्नु र प्रतिष्ठानमा राजनीतिक खिचातानी नै हो ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को मोडलमा ३० वर्षअघि भारत नेपाल मैत्री परियोजनाअनुसार धरानमा प्रतिष्ठान स्थापना भएको हो । नन–प्राक्टिसिङ विश्वविद्यालयको अवधारणमा यो प्रतिष्ठान सञ्चालित छ । चिकित्सकहरूले प्रतिष्ठान प्रवेशद्वार बाहिरका कुनै पनि निजी मेडिकल कलेज, नर्सिङ होम वा क्लिनिकमा अभ्यास गर्न पाउँदैनन् । प्रतिष्ठानका चिकित्सक, नर्स, कर्मचारीलाई सरकारले तलब र भत्ताको सुविधा दिँदैन । प्रतिष्ठान आफैंले कमाएर संकलन भएको पैसा नै चिकित्सक, नर्स कर्मचारीले तलबको रुपमा लिने गरेका छन् । बाहिर प्राक्टिस पनि गर्न नपाईने र आन्तरिक बढुवा पनि रोकिए पछि भएका चिकित्सकहरु निराश छन् ।

प्रतिष्ठानले दक्ष चिकित्सकलाई पलायन हुनबाट रोक्न अनेकौं प्रयास गरेको थियो । प्रतिष्ठानले प्राध्यापक तहका चिकित्सकलाई तलब जति नै अतिरिक्त मासिक एक लाख रुपैयाँ थपिदिने गरेको छ । त्यसका अतिरिक्त प्रतिष्ठानले पेइङ सेवा पनि सञ्चालन गर्दै आएको छ । पेइङ सेवामा जनरल सेवामा भन्दा दोब्बर शुल्क लाग्छ । पेइङ सेवामा संलग्न चिकित्सक, नर्स र कर्मचारीले भने निश्चित प्रतिशत कमिसन पाउने गरेका छन् । तर एउटै तहमा बर्षौदेखि चिकित्सक काम गर्नु परेकाले प्रतिष्ठान छाड्न थालेका हुन ।

यहाँ सेवा गर्ने उद्देश्यले चिकित्सकहरु आकर्षित हुने गरेका छन् ।  पदाधिकारी, व्यवस्थापन पक्ष र सरकारले अवसर र वातावरण बनाउन सकेको छैन् ।  यहाँ उपचार सेवा, चिकित्सा शास्त्र अध्ययन र अध्यापन र रोगव्याधीसम्बन्धी वैज्ञानिक खोज अनुसन्धान हुने गरेको छ । तर ती काम राम्ररीगर्न वातावरण नभएको चिकित्सकहरु बताउछन् । चिकित्सकहरुको योग्यता र दक्षता अनुसार  मेडिकल उपकरणहरु पनि उपलब्द छैनन् ।  सामान्य उपचार सेवामा सीमित हुनु परेका कारण पनि चिकित्सक अन्यत्र जान थालेका छन् । 

वृद्धि विकासका लागि पटक पटक आन्दोलन, उपलब्दी शुन्य

समय समयमा बिपी सुधारसँगसँगै चिकित्सको बढुवा तथा वृति विकासका लागि आन्दोलन पनि हुदैं आएका छन् । २०७७ सालमा संघर्ष समिति बनाएर प्रसुती विभागका डा. एसपी रिमालको संयोजकत्वमा आन्दोलन चर्कियो । २०७८ असार १५ गते पदाधिकारीसँग वार्ता बस्यो । उपकुलपतिले मादक पदार्थ पिएर वार्तामा बसेको भन्दैं वार्ता  भाडिए पछि चिकित्सकहरुको हकहितका लागि उठान गरेको एजेण्डा नै शुद्धिकरणमा परिवर्तन भयो । बढुवाको मुद्धा ओझेलमा पर्यो । 

कर्मचारी तथा चिकित्सकहरुले विगतदेखि नै गर्दै आएका आन्दोलनको एउटा मुख्य एजेण्डा भने ओझेलमा पर्दै गएका छन् । फ्याकल्टीहरुको बढुवा हुनुपर्ने माग त्यहा कर्मचारी, चिकित्सक तथा विपीमा कार्यरत सबैको प्राथमिकतामा पर्ने गरेपनि विस्तारै त्यो मुद्दा ओझेमा परेर सुद्धीकरण अभियानतर्फ मोडियो । शुद्धिकरणकोमुद्धा यति बेलाहामी नेपाल नामक संस्थाले अगुवाइृ गरिरहेको छ । चिकित्सकको बढुवाको मुद्धा भने सेलाएको छ । 

चिकित्सकहरुके हक हितका लागि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज छ । कर्मचारीको हकहितका लागि कर्मचारी कल्याण समाज, नर्सका लागि नर्सिङ वेलफेयर सोसाइटी छ । उनीहरुले बेला बेलामा आफ्नो हकहितका लागि आवाज उठाए पनि भ्रष्ट पदाधिकारीहरुले आन्दोलनकै अगुवालाई प्रभावमा परेर आन्दोलन तुहाउदैं आएका छन् । पदाधिकारीहरुको अनुकुलताका लागि चिकित्सक शिक्षक, कर्मचारीका  संस्थाहरु नै समान्तर संस्थाहरु निर्माणसम्म हुने गरेका छन् । जसको ठूलो मारमा यहाँका इमान्दार चिकित्सक कर्मचारीले भोग्दैं आएका छन् ।

BPKIHS defends its quota policy for foreign students - Edusanjal

पटक पटक माग पत्र पदाधिकारीलाई, उपलब्दी छैन् 

दुई बर्ष अगाडि यही मुद्दालाई अघि सारेर आन्दोलन चर्काएको चिकित्सा तथा दन्त चिकित्सा शिक्षकण कल््याण समाजको आन्दोलन चर्काएको थियो । आन्दोलनपश्चात २०७७ माघ २३ प्रतिष्ठान प्रशासन र समाजबीच बसेको छलफलमा मुख्य एजेण्डाको रुपमा रहेको फ्याकल्टी बढुवाको विषयमा प्रतिष्ठान गम्भीर भएको र एक महिनाभित्र विज्ञापन प्रकाशन गरी बढुवाको प्रक्रियालाई अगाडि बढाउने सहमति पनि भएको थियो । त्यसबेला समाजका तर्फबाट डा. विष्णु पोख्रेल, ड.। सूर्यप्रसाद रिमाल, डा.सञ्जिव साह, डा. अञ्जनीकुमार यादव, डा.मनोज भट्टराई, डा. लक्ष्मण खनाल, डा.निर्मल प्रसाद साहले सहमति पत्रमा हस्ताक्षर गर्नु भयो ।   अस्पतालका तर्फबाट उपकुलपछि डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल, तत्कालीन रजिष्ट्रार प्राडा मोहनचन्द्र रेग्मी र तत्कालिन अस्पताल निर्दैशक प्राडा गौरीशंकर साहले हस्ताक्षर गर्नुभएको थियो । एक महिनामित्र प्रक्रिया अगाडि बढाउने सहमति भएको भए पनि प्रतिष्ठानले बढुवाको लागि प्रक्रिया अगाडि बढाउनुपर्ने सहमति भए पनि अहिलेसम्म त्यो प्रक्रिया अगाडि बढाउन सकेको छैन । चिकित्सा तथा दन्त चिकित्सा शिक्षकण कल्याण समाजले दुई बर्षको अवधीमा १० पटक ध्यानाकर्षण गराएको जनाएको छ । 

२०७८ जेठ २५ गतेदेखि समाजको नेतृत्व डा. अरुणकुमार सिंहले पाउनुभयो । उहाँले पनि चिकित्सकको बढुवालाई पहिलो प्राथमिकतामा राख्नु भयो । पटक पटक पदाधिकारीहरुसँग मागबारे छलफल पनि राख्नु भयो । तर सुनुवाई हालसम्म भएको छैन् । २०७८ पुन १ गते फ्याकल्टीहरुको बढुवा, चिकित्सक, कर्मचारीले पाउने शैक्षिक कार्यक्रमको शौलियत र २०७६/२०७७ मा सरकारले बढाएको २० प्रतिशत तलव खुवाउन माग राखेर ज्ञापन पत्र बुझाएको थियो । यस्तै चैत्र २३ उपकुलपति डा. गिरीलाई पाँच बुँदे माग पत्र समाजले बुझाएको थियो । बढुवा, आवास क्षेत्रमा उचित खानेपानीको व्यवस्था एनुयल ग्रान्ड सूचारु गर्न, चिकित्सक, कर्मचारीले पाउने शैक्षिक कार्यक्रमको शौलियत सूचारु गर्न करारमा रहेका सिनियर रेसिडेन्टहरुलाई पदोन्नती गर्न माग पत्र बुझाएको थियो । पछिल्लो समय असार ३ गते पनि यही पुराना माग राखेर समाजले उपकुलपति डा. गिरीलाई ज्ञापन पत्र बुझाएको छ । चाढै समाधान गर्ने भन्ने पुरानो रेडिमेड जवाफ उपकुलपतिले दिदैं आउनु भएको छ । 

चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा. अरुण सिंहले आफू समाजको अध्यक्ष भए पछि ४ पटक लिखित र दर्जनौ पटक मौखिक माग राख्न उपकुलपतिको कार्यकक्ष धाएको बताउनु भयो । अस्पतालका जिम्मेवार पदाधिकारीलाई मौखिक तथा लिखित रुपमा जानकारी गराउदा पनि बढुवाको विषयमा सुुनुवाई नभएको उहाँको भनाई छ । बताए । २०७७ माघ २३ गते प्रतिष्ठान र समाजविच भएको सहमति कार्यन्वय नगरे प्रतिष्ठानले अझै ठूलो क्षति व्यहोर्नु पर्ने उहाँको भनाई छ । ‘विगतमा फ्याकल््टीको तीन तीन महिनामा बढुवा हुने गथ्र्यो, त्यसबेला सबैको मनोबल उच्च थियो, काम गर्ने जागर थियो, अहिले जति पनि चिकित्सकहरु छाडदै जानु भएको छ यो सबै बढुवाको प्रक्रिया अगाडि नबढाएरै हो ।’–समाजका अध्यक्ष सिंहले भन्नु भयो–‘प्रतिष्ठान प्रशासन चिकित्सकको समस्या अझै सुन्यवाला छैन् । अझ चिकित्सकहरको संगठन फुटाउमा लागेको छ । यही कारणले इमान्दार विशेषज्ञ चिकित्सकहरु छाडेर जाने क्रममा छन् ।’

No description available.

२०७५ अगाडि तत्कालिन उपकुलपति प्राडा. राजकुमार रौनियारको पालामा दुई पटक प्रमोशनको विज्ञापन गरेको थियो त्यस पछि चिकित्सकहरुको पदोन्नति रोकिएको छ । 

प्रतिष्ठान छाड्ने चिकित्सकको ताती 

प्रतिष्ठान प्रशासनका अनुसार ५० भन्दा बढि चिकित्सक यहाँबाट विदा भएका छन् । पछिल्लो समय बरिष्ठ युरो सर्जर डा. सुधिर सिंह, एडिस्नल प्रोफेसर सर्जन  डा. नारेन्द्र पण्डित, जिआइ सर्जर डा. लालीजन वाग्ले, गाइनोलोजिष्ट डा. अजय अग्रवाल, बालरोग विशेषज्ञ डा. ज्योति अग्रवाल, मुटुरोग विशेषज्ञ डा. प्रसान्त साहले प्रतिष्ठान छाड्नु भएको छ । बार्षिक विदामा जानु भएका कतिपय चिकित्सकहरु पनि प्रतिष्ठान फर्कनु भएको छैन् ।  उनीहरुलाई  प्रतिष्ठानका गहनाका रुपमा हेरिन्थ्यो । तर लामो समयदेखि बढ्वा नभएको र बकाम गर्ने वातावरण नभए पछि नीजि अस्पतालमा काम गर्न जानु भएको छ । डा. पण्डित र डा. साह विराट मेडिकल कजेज जानु भएको छ । उक्त कलेजमा प्रतिष्ठान कै उपकुलपति गिरीको लगानी छ । डा. सुधिर जनकपुर जानु भएको छ । डा.अजय र डा. ज्योती झापाको विर्ता सिटी अस्पतालमा कार्यरत हुनुहुन्छ । प्रतिष्ठानमा युरोलोजी, ग्याष्टोलोजी, क्यार्डियोलोजी, पल्मोलोजी र पेरियोडिकको विशिष्ठ स्तरको सेवा प्रदान गदैं आएको छ । एमडि गरेर एमसिएच गरेका चिकित्सकहरुले उक्त सेवाप्रदान गदैं आउनु भएको छ । एमसिएच गरेका चिकित्सक क्रमशः पलायन हुदैं आएका छन् ।

प्रतिष्ठान प्रशासनका अनुसार चिकित्सकहरुको बढुवाका लागि राष्ट्रिय तालिम परिषद्ले विभागहरुमा आवश्यक दरवन्दीको अध्ययन गरिरहेको र सोही दरवन्दी अनुसार बढ्वा प्रक्रिया शुरु गरिने जनाएको छ । एउटै विभागमा ५÷६ जनासम्म प्राध्यपक भएकाले दरवन्दी र आवश्यकता अनुसार बढुवा गरिने प्रतिष्ठान प्रशासनले जनाएको छ । 

प्रतिष्ठानमा ३५० जना चिकित्सक कार्यरत छन् । १७ सय जति कर्मचारी छन् । ३५० चिकित्सकमा झण्डै ४० प्रतिशत चिकित्सक दरवन्द भन्दा कम रहेको बताइएको छ । 

No description available.