सप्तरी  /  नेपालको कम्युनिष्ट आन्दोलनमा शिक्षकहरुको भूमिका असाध्यै महत्वपूर्ण छ । कम्युनिष्टको विरासद थाम्ने तिनै शिक्षकहरु नै हुन । कम्युनिष्ट आन्दोलनको इतिहास फर्केर हेर्दा यसको विकास र विस्तारमा शिक्षकहरुले देखाएको बाटो र उज्यालो दुबैको काम गरेका छन् । हरेक बस्तीमा कम्युनिष्टहरुको आधारभूमि तयार पारीदिने उनै शिक्षकहरु नै थिए र अझै पनि छन् । 

सप्तरीकोे कम्युनिष्ट आन्दोलन इतिहासमा शिक्षकको भूमिका गौण छैन् । अधिकांस वस्तीहरुमा कम्युनिष्ट आन्दोलनको विस्तारको काम शिक्षकहरुले नै गरे । शिक्षकले राजनीति गर्नु हुदैंन भन्ने गरिए पछि आम नागरिकमा राजनीतिक चेत हुनु पर्छ भनेर शिक्षकहरु विभिन्न छदमभेसी नामबाट पार्टी संगठनको विकासका लागि उनीहरुको योगदान निरन्तर रहयो । तिनै कम्युनिष्ट पार्टी बनाउने मध्यका सप्तरी सुरुङ्गा नगरपालिका वडा नं. १ का केदारकुमार कार्की पनि एक हुनुहुन्छ । 

३४ बर्ष आम मान्छेहरुको बिचमा उहाँको परिचय ‘केदार सर’ थियो । स्कुलमा औपचारिक नैतिक र समाजिक शिक्षा पढाउने उहाँको जिम्मेवारी थियो । त्यससँगै गाउँबस्तीमा पुगेर कम्युनिष्ट आन्दोलनको उज्यालो छर्ने जिम्मेवारी पनि उहाँमा थियो । उहाँले सुरुङ्गास्थित शिशुवारी क्षेत्रका बालबालिकालाई ज्योति छर्ने काम गर्नु भयो । त्यससँगै पार्टीको लागि एउटा क्रान्तिकारी चेतना फैलाउने काम पनि गर्नु भयो । पेशासँगै प्रगतिशिल र क्रान्तिकारी चेतना निर्माणको अभियानमा उहाँको योगदान अविचलित थियो र रहीरहने छ । अव भने उहाँकाे अझ बढि जिम्मेवारी थपिएकाे छ । वडाकाे  विकास, सुशासन, भाैतिक पूर्वाधार निर्माणलगायतमा उहाँकाे काँधमा जिम्मेवारी आएकाे छ ।

भूमिगतकालदेखि नै वामपन्थी आन्दोलनमा लाग्नु भएका कार्की २०३४ सालमा पार्टीमा संगठित हुनु भयो । विद्यार्थी संगठनमा काम गर्नु भएका कार्कीले २०४२ सालमा संगठित सदस्य लिएर हालसम्म नेकपा एमालेको झण्डामुनी गोलबद्ध हुनु भएको छ । २०४३ सालमा राजविराज क्याम्पसमा स्नातकसम्मको अध्ययन गर्नु भयो । क्याम्पस अध्ययन गर्दादेखि नै उहाँ विद्यार्थी आन्दोलनमा होमिनु भएको थियो । शिक्षाशास्त्रमा स्नातक अध्ययन गर्नु भएका कार्कीले सोही समय ल क्याम्पस काठमाडौंबाट विएलको अध्ययन गर्नु भयो ।  अध्ययन सकेर घर फर्कने वितिकै २०४५ जेठ १० गतेबाट शिशुवारी प्रावि हालको माविमा शिक्षकको जागिर पाउनु भयो । पढेलेखेका युवा त्यति बेला कम थिए । २०४८ साल साउनदेखि उहाँ निमावि स्तरको स्थायी शिक्षक बन्नु भयो । २०६४ सालमा पेन्सन पकाएर पनि उहाँ आफ्नो गाउँको विद्यालयको सेवा निरन्तर गरिरहनु भएको थियो । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सुरुङ्गा वडा नं. १ को वडाध्यक्षको टिकट दिए पछि उहाँले बैशाख ९ गते राजीनामा दिएर जनताको अझ बढि काम गर्ने अठोटमा लाग्नु भयो । 

उहाँको क्रियाशिलता र अठोट

घरपायक विद्यालयको जागिरसँगै उहाँले नेकपा (एमाले)को संगठन निर्माणमा उतिकै क्रियाशिल हुनुहुन्थ्यो ।  एमाले निकट नेपाल शिक्षक संगठनको केन्द्रीय प्रतिनीधि, नेपाल बुद्धिजीवी परिषद्को जिल्ला सदस्यसमेत रहनु भएका कार्कीले नेकपा एमालेको जिल्ला कमिटी, गाउँ कमिटीमा नेतृत्वदायी भूमिका निर्वाहा गरिसक्नु भएको छ । विद्यायलमा उहाँ एउटा इमान्दार शिक्षक र कुसल प्रशासकको रुपमा पनि चिनिनुहुन्थ्यो । उहाँको जागिरको दौरानमा शिवप्रसाद सिटौलादेखि हाल रहेका भोगेन्द्र मिश्र प्रध्यानाध्यावक हुँदासम्म उहाँहरुको प्रशासनिक काममा सहयोग गर्ने कार्की नै हुनुहुन्थ्यो । शिक्षासेवासँगै उहाँ एउटा कुसल प्रशासकको रुपमा पनि आफ्नो परिचय बनाउनु भएको छ । 

शान्त, शालिन र विनम्र स्वभावका कार्की स्थानीयको आँखामा राखे पनि नविझाउने मान्छे हुन् । उहाँले सयौ शिक्षक, प्रशासक, डाक्टर, इन्जीनियर, वकिल उत्पादन गर्नु भयो । उहाँले पढाएका व्यक्ति राज्यका निकायमा ठूलो पदमा छन् । अव भने त्यो औपचारिक शिक्षा बाढ्ने यात्रा विसाएर गाउँ समाजको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा काम गर्ने अठोट लिनु भएको छ । 

यस अघि वडामा भिजन भएका वडाको समग्र विकास र विस्तार गर्ने योजना भएका कोही व्यक्ति नेतृत्वमा आउन नसक्दा वडाको भौतिक पूर्वाधार विकास, सडक, विजुली, सञ्चारलगायतका विकास नभएको उहाँ तितो अनुभव सुनाउनु हुन्छ । पटक पटक नेपाली कांग्रेसले नेतृत्व लिदा गाउँमा कुनै विकास नभए पछि यस पटक एमालेको नेतृत्वमा ती विगतमा शिक्षासेवाको लामो अनुभव गाउँ विकासका लागि खर्च गर्ने उहाँले तय गर्नु भएको छ । 


केदार सर’ सुरुङ्गामा निष्ठा, बौद्धिक व्यक्तिको छविमा

शिशुवारीका स्थानीयवासी नारायण पराजुली भन्नुहुन्छ, ‘एउटा निष्कलङ्क शिक्षासेवी, नेताको नाम हो,केदारकुमार कार्की । उहाँले धेरै राम्रा व्यक्ति उत्पादन गर्नु भएको छ अव गाउँको भौतिक पूर्वाधार, सुशासन र समाजिक न्यायको क्षेत्रमा विकासको सुरुवात गर्नु पर्छ र उहाँबाट सम्भव पनि छ । सुरुङ्गा नगरपालिकाको सम्पतिका रुपमा रहनु भएका कार्की बौद्धिक, शालिन र निष्ठावान नेताको परिचय पाउनु भएको छ । गाउँ समाजमा अप्ठ्यारो पर्दा सहयोग गर्ने सबै वगृ समुदायि, युवा, विद्यार्थी, जेष्ठ नागरिकसँग हाइहेल्लो गरेर हिड्ने र उहाँहरुको सुखदुखमा सारथकिो काम गर्ने कार्की सबैका प्रिया बन्नु भएको छ । केदार सर’ सुरुङ्गामा निष्ठा, बौद्धिक व्यक्तिको प्रयाय हो । अहिले वडाध्यक्षमा अन्य पार्टीले सारको उम्मेद्वारसँग केदार कार्कीको कुनै तुलना नहुने स्थानीय बताउँछन् ।

उज्यालो वडा बनाउने प्रतिवद्धता 

समाजमा उहाँले दिएको योगदानका कारण यस पटक उहाँलाई जनताले वडाध्यक्षको भूमीकामा पुर्याउन लागेका छन् । ‘मैले जे गरे निष्ठा र इमानको साथ गरेको छु । मेरो पौरख र पसिना यहाँका जनताको सुख र खुसीसँग जोडेर काम गरेको छु ।’–जनताको घर दैलो डुल्दैं गर्दा भेटिनु भएका कार्कीले भन्नु भयो–‘जनताको अवस्था बदल्ने अभियानमा जनताको साथ रहनेछ भन्नेमा म ढुक्क छु । उहाँहरुले अनुमोदन गरे पछि उहाँकै हितमा काम गर्ने मेरो प्रतिवद्धता पनि छ ।’

लामो समय शिक्षा सेवामा कार्कीजुन पदचाप छाड्नु भएको छ, त्यो अव राजनीतिक क्षेत्रमा पनि छाड्न चाहनु हुन्छ । जुन पदचाप पछ्याएर भावी सन्ततीहरुले उज्यालो भेट्ने छन् । सम्झनायोग्य कामहरु गरेर जाने उहाँको गहिरो सपना र आकङ्क्षा पनि छ । उम्मेद्वार भए पछि शुभेक्षुक, छिमेकी, मतदाताहरुको उत्साहले जनताको काम गर्ने थप उर्जा मिलेको उहाँ बताउनु हुन्छ । 

उहाँका योजना र प्रतिवद्धता

उहाँले केही कामहरुको लिष्ट लिएर मैदानमा उत्रनु भएको छ । उहाँले यहाँका जनतालाई खासै ठूलो सपना देखाउनु भएको छैन् । जनताका आधारभूत आवश्यकताको व्यवस्थापन, जनताका सामान्य समस्याहरु समाधान गर्ने उहाँले योजना बनाउनु भएको छ । सुरुङ्गा १ मा खानेपानीको समस्या छ । सिचाईको समस्या छ । सबै टोलमा सडक पुगेको छैन् । विद्युतीकरण हुन अझै बाँकी छ । जनताका यि आधारभुत आवश्यकता पुरा गर्न उहाँले एउटा योजना बनाउनु भएको छ । यि काम गर्न प्रदेश र संघीय सरकारसँग समन्वय आवश्यक पर्छ । त्यसका लागि उहाँ तयार हुनुहुन्छ । संघ प्रदेशसँग उहाँको राम्रो हिमचिम छ । किन की उहाँले पढाएका विद्यार्थीहरु कोही प्रशासक छन्, कोही राजनीतिज्ञ छन् । गाउँ विकासका लागि उहाँले अघि सारेका योजना त्यतिकै फर्कदैनन् । सबै भित्री सडक पिच गर्ने, आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्ने, गरिवी न्यूनिकरण, गाउँमै रोजगारी सिर्जना गर्ने, जनशक्ति विदेश पलायन रोक्ने, सामुदायिक वन क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, चुरे संरक्षण, सुकुम्वासी समस्या समाधान, गरिवका लागि स्वास्थ्य विमा कार्यक्रम उहाँको प्राथमिकतामा छन् ।  यहाँका अधिकांश वासिन्दा कृषीमा आत्मनिर्भर छन् । कृषीमा आधुनिकरणसँगै उनीहरुका लागि मल, विउ, विजन व्यवस्थापन प्राथमिकतामा छ ।

सुरुङ्गा वडा नंं १ मा ९ सय ५० घरधुरी रहेको छ ।  २ हजार ७ सय ८६ जना मतदाता संख्या रहेको छ । उहाँको टिमबाट वडा सदस्यहरुमा सत्रुधन चौधरी, सुखैर चौधरी, उर्मिला राणा र रोजोदेवि सदाको समावेशी टिम रहेको छ । सुरुङ्गाको मेयरमा देवनारायण चौधरीलाई एमालेले अघि सारेको छ ।