धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डाइलाइसिस मेसिन थपिएको छ । धरानमा डाइलदासिस मेसिन कम हुदा विरामीले सास्ती खेप्दैं आएका थिए । 

८ वटा बेडमा सञ्चालित इन्टर्नल मेडिसिन विभाग अन्तर्गतको डाइलाइसिस युनिटलाई विस्तार गरी हाल २० बेडको बनाइएको छ । विहीबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञागेन्द्र गिरीले उद्घाटन गर्नु भएको छ । थप गरिएको बाह्र वटा नयाँ बेडहरूलाई क्याथल्याबको अगाडि पट्टि नयाँ भवन निर्माण गरी छुट्टै डाइलाइसिस युनिट स्थापना गरिएको छ । 

एद्घाटन कार्यक्रममा अस्पताल निर्देशक प्राडा गौरीशंकर साह, डिनहरू, विभागीय प्रमुखहरू, चिकित्सकहरू, विद्यार्थीहरू लगायत नर्सिङ तथा प्रशासनिक कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

पलो कुरेर बसेका मृगौला रोगीहरुका यस युनिटले थप मद्दत मिलेका उपकुलपति गिरीले बताउनु भयो ।

पहिले सञ्चालनमा रहेको डाइलाइसिस वार्डमा हालको आइसियूलाई बेड सङ्ख्या वृद्धि गरी विस्तार गरिने योजना रहेको पनि उहाँले जानकारी दिनु दिनु भयो ।  

प्रतिष्ठानमा मासिक १ हजारको हाराहारीमा डाइलाइसिस हुने गरेको छ । जम्मा ८ वटा मेसिनले यति धेरै सङ्ख्यामा  डाइलाइसिस गर्नु ज्यादै नै कठिनाइको विषय थियो । सँगसँगै डाइलाइसिस गर्न पालो नपाएर पर्खनेको सङ्ख्या पनि ५० भन्दा ज्यादा हुने गरेको छ । यस्तो परिस्थितिलाई थप जडान गरिएको नयाँ मेसिनले केही हदसम्म सहज बनाउने विश्वास गरिएको छ । 

सन् १९९९ मा तत्कालीन उपकुलपति डा. शेखर कोइरालाको कार्यकालमा प्राडा. ओ.पी् काल्राको पहलमा मेडिसिन विभागका डा. सञ्जिव कुमार शर्मा लगायत नर्सहरू बेङमु तामाङ, शोभा गुरुङ र पुनम काफ्लेलाई वीर अस्पताल, काठमाडौँमा २ महिने डाइलाइसिसको तालिममा पठाइएको थियो । उनीहरूको तालिम पश्चात उपत्यका भन्दा बाहिर पहिलो पटक प्रतिष्ठानमा २ वटा बेडबाट डाइलाइसिस सेवा सुरु भएको थियो ।

उक्त २ बेडले धान्न गाह्रो भए पश्चात बिरामी आफैले घरमै पनि गर्न सक्ने पेटबाट गर्ने ऋयलतष्लगयगक ब्mदगबितयचथ एभचष्तयलभब िम्ष्बथिकष्क ९क्याप्ड० विधिको नेपालमै पहिलो पटक सफलतापूर्वक सुरुवात डा. संजिव कुमार शर्माले गर्नु भएको थियो । हाल जडान भएका डाइलाइसिस मेसिनहरू प्राविधिक रूपले उन्नत रहेका, बिरामीहरूलाई सहज हुने प्रकारका, सञ्चालन गर्न सरल किसिमका भएको बारे इन्टर्नल मेडिसिन विभागका प्रमुख डा. रबिन मास्केले जानकारी गराउनु भयो ।