धरान / धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले आफु पाँच बर्ष नेकपा एमालेको तर्फबाट उपमेयरमा विजयी भए पछि उपमहानगरपालिकामा भए गरेका कामबारे जानकारी गराउनु भएको छ । 

शुक्रबार उहाँले नेकपा एमाले धरान उपमहानगर कमिटीले आयोजना गरेको निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा हालसम्म भएका उपलब्दी सार्वजनिक गर्नु भएको हो । उहाँले पाँच बर्षे कार्यकालमा भएका कामबारे पार्टीलाई जानकारी समेत दिनु भएको छ । 

उपलब्धिको संक्षेपीकरण

धरान उपमहानगरपालिकामा नेकपा (एमाले) को तर्फबाट जनप्रतिनिधिहरु निर्वाचित भए पछिका प्रमुख उपलब्धिहरु (२०७४ देखि २०७९)

धरान उपमहानगरपालिका हुनु पूर्व २०४९ र २०५४ सालका स्थानीय निकाय निर्वाचनमा नेकपा(एमाले)ले प्रमुख र उपप्रमुखसहित बहुमत सिट जितेर नगरपालिकाको नेतृत्व गरेको थियो ।  धरानलाई २०७२ सालमा उपमहानगरपालिका घोषणा गरेपश्चात साविकका पा“चकन्या र विष्णुपादुका गा.वि.स. समेत समावेश हुन पुगे । यसले धरानको भौगोलिक विस्तार र जनसांख्यिक विस्तार मात्र भएन, कतिपय भौतिक विकास र सामाजिक विकासका नया“ आयामहरु समेत थपिन पुगे । यसै सन्दर्भमा २०७४ सालको स्थानीय तह निर्वाचनमा २० वटा वडाबाट निर्वाचित हुने १०२ जना प्रतिनिधि मध्ये १३ वटा वडामा अध्यक्ष सहित सम्पूर्ण सिट, १ वडामा वडाध्यक्षसहित ४ जना र एउटा वडामा १ जना सदस्य र प्रमुख एवम् उपप्रमुखसहित ७२ जना जनप्रतिनिधि निर्वाचित भए । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले उपमहानगरपालिकाको विकास र समृद्धिका लागि प्रतिबद्धतापत्र जारी गरेको थियो । उक्त प्रतिबद्धता बमोजिम नगरपालिकामा विजय हासिल गर्ने जनप्रतिनिधिको अगुवाईमा सिंगो पार्टी पंक्ति क्रियाशील रह्यो । जसको परिणामलाई संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ । 

धरान बस पार्क निर्माण तथा ठूला योजना शुरुवात:

aसंघीय सरकारबाट पुरक बजेट व्यवस्था गराई धरान–८ स्थित सुन्दर बस्ती आयोजना क्षेत्रमा स्माट बसपार्क निर्माण सुरुवात भएको छ । लामो समयदेखि विवादमा रहेको उक्त बसपार्क क्षेत्रको विवाद समाधान भएको छ । २०८० सालमा पुरा गर्ने लक्ष्य राखिएको यो वसपार्कको कूल लागत २५ करोड अनुमान गरिएको छ । 

a धरान–६ पानवारीमा औद्योगिक ग्राम स्थापना गर्ने निर्णय गराई बजेटको समेत व्यवस्थापन गरियो ।

खानेपानी र ढल व्यवस्थापनका लागि नया आयोजना सुरुवात

a धरान खानेपानी संस्थानलाई धरान खानेपानी बोर्डमा मर्ज गराइयो । पानी आपूर्ति सहज र पर्याप्त बनाउन थप वेल निर्माण गरियो ।

a संघीय सरकारको खानेपानी मन्त्रालयबाट परियोजना स्वीकृत गराई वडा नं. ४, ५, ६ र २० तथा १३, १४ र १७ नं. वडाका केही भागका लागि खानेपानी वितरण तथा व्यस्थापन गर्न वर्तमानमा डि.पि.आर.को चरण पु¥याइयो ।

सर्दु जलाधार क्षेत्रको संरक्षण

a धरान नगरीको लागि खानेपानीको आधार क्षेत्र सर्दु जलाधार क्षेत्रमा भइरहेको  अतिक्रमणलाई वन्द गराइएको छ । अतिक्रमित क्षेत्र (१५८ विगाहा) नेपाल सरकारको नाममा ल्याई सकिएको छ भने बांकी अतिक्रमित क्षेत्र फिर्तालिने प्रकृयामा रहेको छ ।  

शिक्षा विकास 

a धरानका सबै सामुदायिक विद्यालयहरुलाई भौतिक संरचना र प्राविधिक रुपले सम्पन्न बनाइयो । जस अन्तर्गत कम्यूटर ल्याव , स्मार्ट वोर्ड, साईन्स ल्याव , मल्टि मिडियाको प्रयोग भएका छने । 

a सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण वढेको छ ।

a पक्लिक मा.वि. धरान–१३, फुस्रेका लागि संघीय सरकारमार्फत ६ करोडको व्यवस्था गराइयो 

a पक्लिक मा.वि. धरान–१२, नमुना विद्यालय घोषणा गराई थप स्रोत जुटाइयो । 

a वाल विकास केन्द्रका सहजकर्ता तथा विद्यालय कर्मचारीहरुका लागि नगरपालिकाको आन्तरीक श्रोतबाट थप प्रोत्साहन सुविधा उपलब्ध गराईयो ।

a नगरपालिका क्षेत्रमा भएका बाल बिकास केन्द्रहरुलाई बालमैत्री बनाउनका साथै प्रविधिमैत्री समेत बनाइएको छ । 

फोहोरमैला व्यवस्थापनमा नमुना काम

a नीजी क्षेत्रको लगानी साझेदारीमा धरान ६ पानमारामा नेपालको पहिलो प्लाण्ट स्थापना गरी फोहोरबाट ग्यास उत्पादन थालनी गरिएको छ ।

a उत्पादित ग्यास सिनजी कन्भर्ट गरी धरानका टेम्पोहरुले प्रयोग गर्नथालेका छन र मल विक्री वितरण शुरु भएको छ ।

स्वास्थ्य क्षेत्रमा गरिएका कार्यहरु

a नगरपालिका क्षेत्रमा पूर्णखोप कार्यक्रम सम्पन्न गरी धरानलाई पूर्ण खोपयुक्त नगरी घोषणा गरिएको छ ।

a शहरी स्वास्थ्य प्रबद्र्धन  केन्द्र धरान १७, शहरी स्वास्थ्य केन्द्र धरान १५ खोरीया वस्तिमा, विभिन्न वडामा थप १० वटा आधारभूत स्वास्थ सेवा केन्द्र (स्वास्थ्य चौकी) भवन  निर्माण तथा सञ्चालन गरिएको छ । वडा स्तरमा जम्मा १५ वटा वडा स्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सेवा प्रदान गरिएको छ । यसमा नेपाल सरकारले तोकेका ३५ देखि ७० प्रकारका औषधिहरु निःशुल्क वितरण गरिएको छ ।

a नगर पालिकाको संयोजनमा धरान अस्पताल रहेका स्थान छाता चोकमा र धरान २० विष्णु पादुकामा  वर्थिंग सेण्टर प्रसुति गृह सञ्चालनमा रहेका छन  । 

a वडा नं. ७ मा वच्चा जन्मनासाथ तर्फबाट जन्म दर्ता आउदा वडा समितिको तर्फबाट रु. ३५०० मा खाता खोली दिने व्यवस्था गरिएको छ साथै लीला सुब्बा स्मृति सुत्केरी पोषण सहयोग कार्यक्रम सञ्चालन गरेको छ । 

a वडा समितिहरुलाई नियमित विभिन्न विषयगत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न प्रोत्साहित गरिएको छ । 

a विपन्न नागरिकहरुका लागि उपचार गर्न नगर पालिकाबाट संस्थागत सहयोगको व्यवस्था गरिएको छ । 

a विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट  विपन्न नारिक लाई निःशुल्क उपचार सहयोगकोे समन्व्य गरेको छ ।

सुशासन सम्बन्धी कार्य

a उप महानगरपालिकामा आवश्यक पर्ने ऐन १२, नियमावली, ११, निर्देशिका ३ र कार्यविधि १९ तयार गरी लागु गरियो ।

a कर प्रणालीलाई पारदर्शी बनाउन व्यवसायी एवं सरोकारवालाहरु, राजनीतिक दलहरु, बुद्धिजिवीहरुसंगको सघन छलफलबाट आएका सुझाव र सल्लाहहरुका आधारमा कर निर्धारण गरियो । कर भुक्तानी प्रणालीलाई सवडा कार्यालय एवं अनलाइन प्रणाली सुरु गरिएका छ । हाल आएर ३०० जना भन्दा बढी कर दाताहरुले यो प्रणाली अवलम्बन गरिरहेका छन् । 

a नेपालमै पहिलो पटक वडा समितिबाटै आर्थिक कारोबार (योजना सम्झौता गर्ने, सो को भुक्तानी गर्ने व्यवस्था) को थालनी गरियो ।

a नगरपालिकाको आन्तरिक आम्दानी वार्षिक रु. ८ करोडबाट २२ करोड पुर्याइएको छ । 

a सबै वडाहरुलाई एकिकृत सूचना प्रणालीमा आबद्ध गराइयो । सेवा सुविधाहरुलाई वडा स्तरमा विकेन्द्रित गरी सहज र सरल वनाईएको छ । 

a न्यायिक समितिको प्रभावकारी सञ्चालनका लागि नगरपालिकामा इजलासको व्यवस्था गरिएको छ । साथै न्याय सम्पादनमा धरान उपमहानगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल भएको छ । नगरपालिकामा आएका २५९ मुद्दा मध्ये ९६ वटा मेलमिलाप, ६६ वटा निर्णय र २७ वटा फिर्ता लिइएका छन् भने ४१ वटा मुद्दाहरु अदालत पठाइएको छ । 

a नागरिक संगठनका रुपमा  नगरका सबै वडाहरुमा टोल विकास संस्था निर्माण तथा संस्थागत रुपमा सञ्चालन गरी टोल विकास संस्थाको भूमिकालाई विकास सहजकर्ताका रुपमा स्थापित गराईएको छ 

a वडा तह तथा विद्यालय स्तरीय वाल क्लव गठन र सञ्चालन गरिएकोछ । यसरी नै नगर स्तरीय वाल क्लव सञ्जालले संस्थागत रुप बाल अधिकार र वाल सशक्तिकरणका विषयलाई नियमित नेतृत्व सञ्चालन गरिरहेको छ  ।

a पालिकाका २० वटा वडाहरुमध्ये १४ वटा वडाहरुलाई बालमैत्री वडा घोषणा गरिएको छ ।

a भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणको सुनिश्चितताका लागि स्थानीय भवन निर्माण व्यवसायी संघको संस्थागत साझेदारीमा नियमित क्षमता विकासको व्यवस्था मिलाईउको छ ।

 पर्यटन

a धरानको पर्यटनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा लिंकेज गराई इष्ट टुरिजम मार्ट धरानमा नै गर्ने नीतिगत व्यवस्था ।

a एसिया–प्रशान्त स्तरीय १२५ भन्दा बढी पर्यटकीय शहरहरुको संगठन टि.पि.ओ.मा धरानलाई अबद्धता ।  इलाम र पोखराका अतिरिक्त धुलिखेल नगर पालिकासँग भगिनि सम्बन्ध स्थापना।

a भानुचौकमा मा पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।  

a पालिकाले होम स्टे प्रवद्र्धन गर्ने नीति अनुरुप धरान २० को चिण्डेडांडा र माछामारा क्षेत्रको आसपास र धरान  ४ को देवीथानमा गरी जम्मा २० वटा होम स्टे सञ्चालनमा ल्याउन सहजीकरण गरिएको छ ।  

a उपमहानगरपालिका क्षेत्रमा रहेका नया“ पर्यटकीय गन्तव्य र विकासका लागि डि.पि.आर. तयारी गरिएको छ ।  

a एक वडा एक पार्कको अवधारणा अनुरुप कार्य आरम्भ भएको छ । हालसम्म (धरान १३ मा वि.पि. पार्कको स्तरोन्नति र विकास ,धरान १८ शिवमार्गमा पार्क, भानु चौकमा थप सौन्दर्यकरण ,धरान १३ मा साईन्स पार्कको डिपिआर तयार गरी कामको थालनी, धरान ४ हर्दियामा मनमोहन पार्क डिपिआर तयार गरी निर्माण शुरु, हर्दियामा भ्यू पोईण्टको डिपिआर तयार गरी काम शुरु धरान ७ भुपेन्द्रराज मोक्तान स्मृति पार्क धरान  १५ र १४ को सीमानामा झण्डा पार्क निर्माण आरम्भ ,धरान–१६ मा स्वर्गीय तारा सुब्बा स्मृति पार्क  निर्माण कार्य भईरहेको छ।)

a ऐतिहासिक विजयपुर गढी र सांगुरी गढी र गढी थुम्काहरुको संरक्षण गरिएको छ ।

a चिण्डेडाडामा भ्यू टावर निर्माण गरिएको छ । भूतपूर्व गोर्खा सैनिकहरुको नेतृत्व र संयोजनमा निर्माण भइरहेको वडा नं. २० मा रहेको गोरखा पार्क विस्तार र विकास, भन्ज्याग सौन्दर्यकरण प्रदेश सरकारसंग समेत समन्वय गरिएको छ । 

a मठ मन्दिर जिर्णोद्धार र स्तरोन्नति ( पिण्डेश्वर मन्दिर,दन्तकाली मन्दिर वुढासुब्बा मन्दिर सरस्वति मन्दिर, गुप्तगंगा संरक्षण र प्रबद्र्धन धरान २० खैरै, विष्णुपादुका सुलिकोट पदमार्ग निर्माण, सिद्ध पोखरी संरक्षण  तथा अन्य धार्मिक सास्कृतिक मन्दिर गुम्वा विहार चर्च हरुलाई समेत सहयोग भएको छ  )

(विष्णुपादुका मन्दिर सौन्दर्यकरण ,शिवजटा विकास र विस्तार, कोकाहा ड्याम निर्माण,सप्तरंगी पार्क सौन्दर्यकरण र विकास आदि का ठूला परियोजना प्रस्ताव निर्माण र स्वीकृत गराईएको छ ।

खेलकुद 

a धरान नगरपालिकालाई खेलकुदको हब बनाउने, अन्तर्राष्टिय स्तरका प्रतियोगिता गराउने र धरान नगरपालिका क्षेत्रमा खेलिने खेलहरुको प्रवद्र्धन गर्दै खेलाडीहरुको प्रवद्र्धन र विकास गर्नका लागि नगर खेल ग्रामको डिपिआर तयार भइसकेको छ ।

a धरान रंगशालाको स्तरोन्नति र विकास गरिएको छ ।

a पालिकाभित्रका विभिन्न  ३८ वटा खेल मैदानहरुको स्तरोन्नति (फुटबल, भलिबल, र एथलेटिक्स समेतका लागि) गरिएको छ । 

a धरान रंगशाला क्षेत्रभित्र वास्केटवलको ईन्डोर कोर्ट निर्माण र सञ्चालनमा ल्याइएको छ ।

a धरान १५ खोरीया वस्तिमा एक वटा क्रिकेट मैदानको स्तरोन्नति गरिएको छ ।

a विद्यालय स्तरीय ओलम्पीकको निरन्तरता ।

a नगर पालिकाबाट खेल प्रशिक्षक नियुक्त गरी निःशुल्क खेल प्रशिक्षणको व्यवस्था गरिएको छ ।

a साप खेलमा पदक विजेता खेलाडीहरुको सम्मान तथा नियमित खेलाडी सम्मानको थालनी गरिएको छ । 

a खुला व्यायामशालाको अवधारणा विकास गरी वडा नं. ३, १३ र १८ का व्यायामशाला सञ्चालनमा रहेका छन र बांकी केही वडाहरुमा निर्माणका योजनाहरु वनेका छन्  ।

भाषा साहित्य कला संस्कृति

a स्थानीय भाषा, साहित्य, कला, संस्कृति, नाट्य, वाद्यवादन लगायतका क्षेत्रहरुको विकास, संरक्षण र प्रवद्र्धन गर्न धरान प्रज्ञा प्रतिष्ठान (धरान एकेडेमी) को गठन गरि नियमित सञ्चालन गरिएको छ । 

a एकेडेमी मार्फत नगरपालिकाले स्रष्टाहरुको सम्मान, बहुभाषा प्रवद्र्धन, वहुभाषिक साहित्य गोष्ठी , लोकनृत्य प्रबद्र्धन जस्ता कामहरु गरिरहेको छ । 

a प्रतियोगितातमक लोक सास्कृतिक कार्यक्रमहरु नियमित गरिएको छ ।

a विद्यालयस्तरीय खुला चित्रकला र मूर्तिकला प्रतियोगिताहरु सञ्चालन गरिएको छ ।

a नगरपालिकाले पालिकामा रहेका ४ वटा सार्वजनिक पुस्तकालय सञ्चालनका लागि वार्षिक अनुदानको व्यवस्था ।

a १३ नं वडा समितिबाट अन्तराष्टिय साहित्य सम्मेलन  आयोजना । 

a प्रदेश स्तरीय नाटक घर निर्माण आरम्भ गरिएको छ । 

सफा र फूलवारीको शहर 

a फूलवारीको शहर वनाउने योजना अन्तर्गत वाटो निर्माण गर्दा नै साईडमा गमला राख्ने र आवश्यकता र सम्भावनाका आधारमा वृक्षारोपण गर्ने कार्यको थालनी गरेको छ ।

a मुख्य वजार क्षेत्रलाई  निजि पुष्प व्यवसायी संघसग सहकार्य गरी सदावहार फूलमय वनाउने काम गरिएको छ । 

aधरान ३ माछा भौडीको सौन्दर्यकरण ।

  केन्द्रीय बजेटसँग धरानलाई जोडियो 

aधरान–१६ को जनपथ सडकलाई शहरी विकास मन्त्रालय मार्फत बजेट व्यवस्था । हाल यो मार्ग स्वस्तिका चौकबाट छाता चौक सम्म र स्टेडियम देखि जानकी चोक हुदै जिरो प्वाईण्ट सम्म ५० फुट निर्माणाधिन छ ।

a राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट सर्दू–सेउती बाढी÷पहिरो नियन्त्रणका लागि बहुवर्षीय बजेट तथा कार्यक्रमको सुनिश्चितता गरिएको छ । यो कार्यक्रम अन्तर्गत हाल धरान २० को सालबोटे पहिरो नियन्त्रण काम भई रहेको छ ।  यस आ.व. देखि सेउती क्षेत्रको पनि काम शुरुवात भएको छ ।  

a एकीकृत जग्गा विकास कार्यक्रमको भौतिक पूर्वाधार विकास गर्न केन्द्रीय बजेटको व्यवस्था गरी काम निर्माणाधिन रहेको छ ।

a शहीद मार्ग धरान–१५ को निर्माणका लागि त्रि.वि.स“ग समन्वय गरी ईन्जिनियरींग क्याम्पस सग १३ कठ्ठा जमिन प्राप्त गरी शहिद मार्ग धरान १५ मा  ५० फुट चौडाईको वाटो वनिरहेको छ ।

a धरान–३ पालिका तरकारी बजारको संरचना निर्माणका लागि कृषि मन्त्रालयमा ८ करोड ५० लाखको परियोजना प्रस्ताव स्वीकृत गराईएको छ ।

a भोटेपुलदेखि बरगाछीसम्मको सडकको दूरावस्थाको अन्त्यका लागि संघीय सरकारबाट  वजेट व्यवस्था गरी दीर्घकालीन समस्या समाधानका लागि काम गराइएको छ । 

a कोशी कोरिडरको प्रशारण लाइनबाट धरानमा नै सब स्टेशन निर्माणको थालनी गराइएको छ । ।

a फुस्रे पब्लिक मा. वि का लागि राष्टीय योजना आयोगबाट ६ करोड वजेट व्यवस्थापन गरी आधुनिक र व्यवस्थित विद्यालय भवन निर्माण भइरहेको छ ।

महिला उद्यमशीलता तथा महिला सशक्तिकरण

a उपमेयर उद्यमशीलता विकास कार्यक्रमबाट उद्यमशीलता प्रवद्र्धन गरिएको छ ।

a जन प्रतिनिधि महिलाहरुको क्षमता विकासका लागि तालिम सञ्चालन गरिएको छ । 

a विभिन्न वडाहरुमा महिलाहरुका लागि शीप विकास र क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको छ ।

a पालिकामा लैड्डिकता सम्बन्धी नीति तयारी गरिएको छ । साथै  महिला सञ्जालको सवलीकरण गरी नियमित  समन्वयमा काम गरिएको छ । ।

ठूला भौतिक संरचनाहरुको निर्माण थालनी

a नगर  गौरवका ठूला आयोजनालाई बहुवर्षीय योजनामा रुपान्तरण  गरियो ।( धरान १६ जनपथ सडक, धरान १४ विजयपुर सडक )

a नया“ अवधारण अनुसार विभिन्न वडामा पर्ने खहरेहरुका किनारामा खहरे कोरिडर निर्माणको सुरुवात गरियो । अहिले वडा नं. ८ को तिनढ्वागे करीडोर वहु वर्षिय योजना अनतर्गत नमुना योजनाका रुपमा  अघि वढी रहेको छ ।

a वडाहरुमा वजेट विकेन्द्रित गरी प्रत्येक वडाहरुमा उल्लेखनीय, उत्साहजनक भौतिक निर्माणको लहर आएको छ ।

a धरान हर्दिया सडक वहुवर्षीय योजना अन्तर्गत निर्माणाधिन ।

a धरानलाई अन्य नगर र ग्रामिण क्षेत्रसंग जोड्न ४ पक्की पुल, २ झोलुंगेपुल निर्माण गरिएको छ । 

a देउराली ठिंगाबारी जोड्ने अंधेरी खोला, साउनेटार देखि मोरंगको लामिछानेटारजोड्ने, सतिघाट टाकुरे जोड्ने, सेराखोला पुल, कोकाखोला पुलहरु निर्माण गर्न प्रस्ताव गरिएको छ । 

a धरान कालावञ्जर जोड्ने वाटो स्तरोन्नति, धरान रासताल जोड्ने वाटो खोली स्तरोन्नति गरिएको छ । ,

     सडक भौतिक पूर्वाधार विकास 

a नयां पक्की सडक ८० कि.मी भन्दा वढी

a सतह ढल नयां थय करीब ५५ किलो मिटर

a कच्ची सडक मरम्मत करिव ५० किलोमिटर

a ८० किलोमिटर नयाँ ट्रयाक विस्तार

a १७ वटा सामुदायिक भवन निर्माण 

a १२ किलोमिटर पक्की सडक मरम्मत सम्भार ।

a ३ वटा झोलुंगे पूल निर्माण तथा २ वटा नया प्रस्ताव

a ३ वटा नयां पक्की पुल विस्तार

कृषि विकास तथा सिंचाई

a धरान–१३ स्थित कृषि बजारलाई नमुना कृषि बजार बनाउन संघीय सरकार र प्रदेश सरकारबाट बजेट व्यवस्था गराइयो ।

a धरान–५ र ६ मा स्तरीय सिंचाई व्यस्था सञ्चालनमा ल्याइयो । 

a सर्दु र सेउती कोरिडरको डि.पि.आर. निर्माण गरी सर्दु कोरिडरको निर्माण कार्य सुरु गरियो ।

a ५५ थान मौरी घार वितरण गरिएको छ । 

a १२ थान हाते जोतने मेशिन वितरण गरिएको छ ।

a ४००० के.जी. घास विउ वितरण गरिएका छ ।

a नियमित किटनाशक औषधि वितरण (फौजी किरा नियन्त्रण)

a नश्ल सुधार कार्यक्रम अन्तर्गत वोयर विउ बोका वितरण, गरिएको छ ।  

a ६० जना किसानलाई भकारो सुधार कार्यक्रम अनुदान उपलब्ध गराइएको छ।

a तरकारी खेतिका  लागि र च्याउ खेतिका लागि टनेल सहयोग गरिएको छ । 

a ४०००० के.जी. प्रांगारीक मल वितरण वितरण गरिएको छ ।

a पकेट विकास कार्यक्रम अन्तर्गत भड्डु धान प्रबद्र्धन गरिएको छ ।  

a तरकारी विउ, मकै विउ, स्प्रे टंकी , एग्रोभेट आदि नियमित वितरण गरिएको छ ।

उद्यम  व्यवसाय प्रबद्र्धन  

a व्यापारी व्यवसायिहरुको हीतका लागि विशेषतः विमा गर्नका लागि उद्योग वाणिज्य संघलाई नियमित सहयोग गरिएको छ ।

a नगर पालिकामा उद्यम विकास समिति गठन गरी समिति मार्फत वार्षिक योजना वनाई काम गरेको । 

a धरान ६ मा नया औद्योगिक ग्राम स्थापनाको कामको थालनी गरेको छ ।

धरान ब्राण्डको अवधारण सुरु

a धरानको मौलिक उत्पादनका रुपमा रहेको धराने कालो बुंगर ब्राण्डको अवधारण ल्याइयो 

a धरान गान (गीत) को शुरुवात गरिएको छ । उक्त गीत खुला छनौट प्रतियोगिताको माध्यमबाट छनौट गरियो ।

अन्य सामाजिक विकासका कामहरु 

a आदिवासी जनजाति विकास ः आदिवासी जनजाती विकास समिति गठन र परिचालन  ( वहुभाषिक कवि गोष्ठी,  विविध भाषिक प्रशिक्षण, विषयगत क्षमता विकास )

a दलित विकास ः जनजाती विकास समिति गठन र परिचालन ( नगर स्तरीय तथा वडा स्तरीय क्षमता विकास कार्यक्रमका]े निरन्तरता )

a धरान उपमहानगरपालिकालाई सडक मानव मुक्त बनाउन नियमिन काम गरिरहेकोछ । 

a अपांगता  सहयोग ः अपांगता परिचय पत्र सहज र सरल तरीकाबाट वितरणको व्यवस्था 

a अपांगता पुनस्र्थापना र व्यवस्थापनका लागि करुणा फाउण्डेशनको सहयोग , प्रदेश सरकारको समन्वयमा  वहुवर्षिय कार्यक्रम चालु रहेको छ ।

a ज्येष्ठ नागरिक सरोकार मञ्चलाई संस्थागत रुपमा व्यवस्थित गरिएको छ । वडा वडामा ज्येष्ठ नागरिक सम्मान  र सुरक्षा कार्यक्रम सञ्चालन गरिउको छ । 

a मधेशी, मुस्लिम, अल्प संख्यकहरुका लागि कार्यक्रम सञ्चालन गरिएको छ ।

a नगर सुरक्षाका लागि वडाहरुको संयोजनमा शहरका विभिन्न स्थानहरुमा सि सि क्यामेरा जडान गरिएको छ ।

सामाजिक सुरक्षा 

नगरपालिकामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरिकहरु कोही पनि नछुटुन् भन्ने अभिप्रायले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गरिएको छ । संघीय सरकारबाट प्राप्त हुने यस सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरु निम्न अनुसार रहेका छन् । 

नगर क्षेत्रमा   ६३२८    एकल महिला ७० वर्ष माथि १७०६ विधवा भत्ता २२४१  ज्येष्ठ दलित ६०७, पूर्ण अपांगता २११, अति अशक्त अपांगता ५५०, वाल पोषण दलित ८०७  गरी जम्मा १२४५० जनाले जम्मा वार्षिक  रु ३३ करोड ६३ लाख ५९ हजार ३३५ रुपैया          सुरक्षा भत्ता प्राप्त गरिरहेका छन । 

विविध योजना तथा कार्यहरु

१२ वटा ठूला तथा दीर्घकालीन योजनाहरुको डि.पि.आर. तयारी गरियो । जस अन्तर्गत ः सभा भवन  पुनर्निर्माण, मनमोहन पार्क, कोकाहा ड्रयाम, सप्तरंगी पार्क, हर्दिया भ्यू टावर, शिव जट्टा विकास र विस्तार,विष्णु पादुका मन्दिर विकार विस्तार, ऐतिहासकि विजयपुर दरवार निर्माण आदि छन ) 

 स्थानीय तहमा भएको उपनिर्वाचन पश्चातका गतिरोधहरु 

उप निर्वाचन पश्चात धरान उपमहानगरपालिकाको कार्यकारी नेतृत्व नेपाली कांग्रेसको हातमा पुग्यो । परिणमतः धरानको विकासका लागि भइरहेको विकासको रफ्तारमा गएको विकासका गति परिवर्तनका नाममा आएका मेयर तिलक राईको नेतृत्वमा अलपत्र पर्ने अवस्था ः

१. कुनै पनि नया“ काम थालनी भएन भइरहेका कपितय काममा अवरोध ।

क. धरान–३ पालिका बजारका लागि स्वीकृत भएको बजेटबाट काम सुरु गर्न निकासा भएको १ करोड ६२ लाख कमै सुरु नगरी फ्रिज गराइयो । हाल व्यापारीहरुस“ग विवादित सम्झौता गरी टहरा निर्माण सुरु  गरिएको छ ।

ख. मेयरको कर घटाउने नारा नारामै सीमित रह्यो । न १ रुपैयाँ कर घट्यो, मेयरको उदासिनताका कारण उल्टै आन्तरिक आम्दानी स्वाट्टै घट्यो ।

ग. मेयर तिलक राईले विजय हासिल गरेपछि हेलीकेप्टर चढी बधाई दिन आएका शेरबहादुर देउवा प्रधानमनत्री हुदा समेत न त एउटा योजना ल्याए, न त बहुवर्षे योजनामा बजेट थप नै गराए ।

घ. खानेपानी व्यस्थापनका लागि कार्यावाहक मेयरको नेतृत्वकालमा थपिएका २ वटा वेललाई विवादित छ भन्दै नचलाएर दैनिक रुपमा ४० लाख लिटर पानी उत्पादन भएर थन्किएको छ । खानेपानी बोर्डको अध्यक्ष नगर प्रमुखले पम्प चलाएर पानी खुवाएका छैनन् । पानीको कृत्रिम अभाव छ । 

ङ. नगरपालिका एमालेको भर्ती केन्द्र भयो भन्दै चुनावी भाषण गर्दैआएका मेयरले आफू मेयर भएपछि सचिवालयमा मात्र ८ जना नियुक्त गरेका छन् जब कि तारा सुब्बा मेयर रहेका बखत २ जनाबाट सचिवालय सञ्चालन भएको थियो । 

च. खानेपानी वितरणमा उदासिन छन् । बोर्डको बैठक डेढ वर्षदेखि बसेको छैन । बोर्डबाट नगरपालिकामा आउनुपर्ने अनुमानित वार्षिक १० करोडमा हालसम्म १ रुपैया“ पनि दाखिला भएको छैन तर बिना प्रतिस्पर्धा ३० जनाभन्दा बढी कार्यकतालाई कर्मचारी बनाइएको छ । कर्मचारीको अदक्षताकै कारण वितरण व्यवस्थामा समस्या छ ।

छ. उपभोक्ता समितिमा आफैं उपस्थित हुनुपर्ने भनी समयमा उपभोक्ता समिति गठन हुन नदिई संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटहरु कार्यान्वयनमा समस्या आई उक्त बजेटहरु फ्रिज हुने अवस्था छ ।

ज. छनोट भइसकेको धरान गान (गीत) रेकर्ड गर्ने काम समेत रोकिएको छ ।

मञ्जु भण्डारी

उपप्रमुख,  धरान उपमहानगरपालिका 

२०७९ साल वैशाख ९ गते