विवाह भनेको कानुनी तथा सामाजिकरूपले स्वीकृत सामान्यतया पुरुष र स्त्रीका बीचमा त्यस्तो सम्बन्ध हो– जसले नियम, रितिरिवाज, विश्वासमा आधारित रही स्त्री र पुरुषका कर्तव्य र अधिकारलाई नियमित बनाउँदै तीबाट पैदा भएका सन्ततिलाई कानुनी मान्यता प्रदान गर्दछ ।

जब मानव जङ्गली युगबाट कृषिप्रधान युगमा प्रवेश ग¥यो, निजी सम्पतिसँगै समाजमा पारिवारिक निजी एकाइको पनि उदय भयो । यो एकाइ पछि स्पष्ट हुँदै आयो र यसले संस्थागत विवाहको रूप लियो । भनिन्छ, ऋषि स्वेतकेतुले नै विवाहको चलन चलाएका हुन् । उनले आपूm कतै बाहिर गएका बेला आमालाई कसैले लगिसकेको र कुटीमा पितालाई एक्लै दुःखी बसिरहेको देखे । यस क्षोभबाट उनले एक पत्नीब्रत व्यवस्था हुनुपर्ने सामाजिक नियमको थालनी गरे । यसबाट समाजमा स्थिरता स्थापित भयो । पछि मनुले जब हिन्दू धार्मिक तथा सामाजिक आचरणको संहिता ‘मनुस्मृति’ लेखे त्यसमा उनले हिन्दू विवाहलाई आठ प्रकारमा वर्गीकरण गरे– ब्रह्म, दैव, अषृ, प्रजापत्य, गन्धर्व, असुर, राक्षस र पैशाच्य ।

  •  आमाबाबुले रोजेको केटासँग गहना र उपहारसहित छोरीको विवाह गरिदिनु ब्रह्म, 
  •  केही धार्मिक कर्मकाण्डका लागि पुजारीलाई छोरी दिने चलन दैव,
  •  केटाको तर्पmबाट दूध तथा खेतीका लागि गोरु लिई छोरीलाई विवाह गरिदिने अर्ष,
  •  आमाबाबुले निर्णय गरी खुसीले आशिर्वाद दिई विवाह गरिदिने प्रजापत्य,
  •  परिवारलाई थाहा नदिई गोप्यरूपले आपैंm राजिखुसी गरिने गन्धर्व,
  •  सम्पत्ति दिएर सोको सट्टा स्त्रीलाई आपूmसँग राख्ने असुर,
  •  स्त्रीलाई जबरजस्ती भगाएर गरिने राक्षस,
  •  स्त्रीको होस नभएको बेला उसँग यौनसम्बन्ध राखेर पछि गरिने विवाहलाई पैशाच्य विवाह भनियो ।

यीमध्ये मनुले पहिलेका चार विवाहलाई उत्तम र पछिल्ला चारलाई अधम मानेका छन् । त्यसबेला अपरिवर्तनीय मानिएका यी प्रकारमा सामाजिक, आर्थिक र राजनैतिक परिवर्तनले गर्दा निरन्तर परिवर्तन आइरहेको छ । विवाहको व्यवस्थाले सामाजिक स्थिरता, सम्पत्तिको सुरक्षा, बच्चाहरुको लालनपालनमा ठूलो विधायक भूमिका निर्वाह गरेको छ ।

जनावरको बच्चा जन्मिनेबित्तिकै हिँड्न थाल्छ र केही समयमै ऊ आºनो सुरक्षा गर्न र आहार खोज्न सक्षम हुन्छ । तर मनुष्यको बच्चा धेरै वर्षसम्म असहाय अवस्थामै हुन्छ र उसले मातापिताको संरक्षण पाएन भने बाँच्न पनि सक्दैन । उसको भौतिक, मानसिक विकास पनि अवरुद्ध हुन्छ । त्यसकारण अरु जनावरलाई विवाहको आवश्यकता नभए पनि मनुष्यका लागि भने वैकल्पिक व्यवस्था नभएसम्म यो संस्थाको अनिवार्यता नै देखिन्छ । तर विगत शताब्दीका मूर्धन्य विद्वान र मार्गदर्शक चिन्तकहरुले विवाह व्यवस्थाको खुलेरै मजाक उडाए र यसलाई कानुनी वेश्यावृत्ति भन्नसमेत पछि परेनन् । यस युगका सामाजिक परिवर्तनका क्रान्तिकारी प्रवक्ता कार्ल माक्र्स र एन्जेल्सले ‘परिवार, निजी सम्पत्ति, राज्यको उत्पत्ति’ नामक पुस्तकमा निजी सम्पति उन्मूलन हुनासाथ विवाह पनि उन्मूलन हुनेछ भनी भविष्यवाणी गरे र उनीहरुले नै यसलाई कानुनी वेश्यावृत्तिको संज्ञा दिए ।

२० औं शताब्दीका प्रखर चिन्तक, गणितज्ञ, नोबेल पुरस्कारविजेता बर्टन्ड रसेलले सन् १९२९ मा प्रकाशित प्रसिद्ध पुस्तक ‘विवाह र नैतिकता’ मा भिक्टोरियायुगीन विवाहको मान्यताप्रति कठोर प्रहार गरेका छन् । उनले आलोचना मात्रै गरेनन्, चलिआएको पुरुष र स्त्रीबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने उपायहरु पनि सुझाएका थिए । ती उपायहरु त्यो समय यति खतरनाक मानिए कि उनको विश्वव्यापी विरोध भयो । उनले आलोचना मात्रै गरेनन्, चलिआएको पुरुष र स्त्रीबीचको सम्बन्धलाई पुनर्परिभाषित गर्ने उपायहरु पनि सुझाएका थिए । ती उपायहरु त्यो समय यति खतरनाक मानिए कि उनको विश्वव्यापी विरोध भयो । उनले भनेका थिए, ‘दुई अविवाहित व्यक्तिका बीचको यौनसम्बन्ध अनैतिक हो भन्न जरुरी छैन, यदि उनीहरु एक–अर्कालाई प्रेम गर्छन् भने ।’ उनी सम्बन्धविच्छेदको प्रक्रियाको सरलीकरण, खुल्ला यौनशिक्षा तथा परिवार नियोजनका साधनको व्यापक प्रचारप्रसारका पक्षपाति थिए । अहिलेको पश्चिमी समाजमा यी कुरा सुपाच्य लागे पनि जुन बेला उनी यी कुरा गरिरहेका थिए, यो अति साहसी कदम थियो र त्यसको मूल्य पनि उनले चुकाउनुप¥यो । उनी बच्चाहरुको भविष्यप्रति संवेदनशील थिए । बच्चा नभएका दम्पत्ति आपसमा प्रेम नभएपछि पारपाचुके गर्न सक्छन् बच्चा छ भन्ने बच्चा नहुर्केसम्म उनीहरुसँगै बस्नुपर्छ तर एकअर्कालाई यौन स्वतन्त्रता दिनुपर्छ भन्ने उनको मान्यता थियो । उनी अति उदार थिए । उनकी दोस्रो श्रीमती डोराले अर्कै प्रेमीसँग यौनसम्बन्ध राखेर गर्भधारण गरे पनि आपूm र डोराबाट जन्मेका छोरा जोन र छोरी केटका लागि उनीहरु नहुर्केसम्म उनले त्यो सम्बन्धलाई तानी नै राखे । यस धैर्यपूर्ण समझदारीका लागि तिनै छोरी क्याथरिनले त्यसता विशाल ह्दय भएका आफ्ना पितालाई यसरी याद गरेकी छन्, ‘मैले जानेकामध्ये सबैभन्दा महान्, विनोदपूर्ण, खुसी र आकर्षक त्यस्ता व्यक्तिलाई मैले भेट्न पाउनु मेरो सौभाग्य हो र उनी मेरो पिता भएकोमा म भगवान्लाई धन्यवाद दिन्छु ।’

विगत शताब्दीका चिन्तक तथा ऋषि ओशोको विवाहप्रति आफनै मौलिक दृष्टिकोण छ । उनको भनाइ छ, ‘हामीले दुई अज्ञात व्यक्तिलाई सँगै जोडेर त्यसबाट प्रेम पैदा गर्ने कोसिस ग¥यौं तर त्यो अस्वाभाविक प्रक्रिया हो । दुईजना धेरै दिन सँगै बस्नाले एकअर्काप्रति आश्रित हुन्छन् र उनीहरुबीच मोह पैदा हुन्छ तर त्यो प्रेम भने होइन । प्रेममा आधारित समाज अहिलेसम्म बनेको छैन । विवाहबाट प्रेम निकाल्न सकिँदैन तर परस्परको प्रेमबाट विवाह पैदा हुनसक्छ ।’ प्रेममा आधारित विवाहलाई मात्र ओशो विधायक र नैतिक मान्नुहुन्छ । ओशोको विचार छ, ‘विवाहले लामो समयसम्म सामाजिक र आर्थिक स्थायित्व दिइसक्यो तर अब यो व्यवस्थाको पुरानै स्थितिमा संरक्षण गर्न खोज्ने हो भने पनि यो धेरै दिन टिक्न सक्दैन ।’ ओशोका विचारमा दुई व्यक्ति हुन्छ । यो टुटिसकेपछि उनीहरुलाई सँगै बस भन्नु अनैतिक हो । त्यसबाट विशादमात्र पैदा हुन्छ । त्यसैले उनी चाहन्छन्– विवाहका केही पूर्वतयारी र पूर्व परीक्षा हुनुपर्छ । झट्ट विवाह गर्न अनुमति दिनुहुँदैन तर पारपाचुकेका नियमहरु उदार र सरल हुनुपर्छ । दुईजना प्रेमपूर्वक बस्न सक्दैनन् भने पनि एकअर्काप्रति प्रेम र आदरले धन्यवाद दिँदै बिदा लिनुपर्छ ।

हुन त संसारका ठूला ठूला साधकहरु पनि विवाहित थिए, जस्तैः याज्ञवल्क्य, चैतन्य, वल्लभ, नानक, कवीर आदि । तर संसारका दार्शनिक, चिन्तक, साधक र सृजनशील व्यक्तिलाई प्रेमजत्तिकै एकान्तको पनि खाँचो हुन्छ । अतः उसले एक यस्तो वातावरण खोजिराखेको हुन्छ जसमा निःशर्त प्रेम होस् तर उसको एकान्तप्रियता, शान्ति र मौनमा यसको बाधक नबनोस् ।