नेपाली राष्ट्रिय काँग्रेसकाे प्रथम महाधिवेशन

सँगठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि.सं.२००३ माघ १२ र १३-जनवरी २५-२६, १९४७) गते विषेश गरी प्रवासी जुजारु नेपालीहरू तथा नेपालको जेल तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा वी.पी. कोइरालाले सभापतित्व र डा. डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गरेका थिए । भारतको कलकत्ताको भवानीपुरस्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय काँग्रेस राखिएकाे इतिहास छ ।

भारतका तत्कालिन राष्ट्रपति आचार्य जे.वि. कृपालानी लगायत दर्जनौ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल जेलमा आजीवन कारावाशको सजांय भोगेका टंकप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गर्‍यो। यस अधिवेशसनले, • राज्य स्थापनाको दैवि मान्यतालाई चुनौति दिंदै नेपाल र नेपाली जनताका र्सार्वभौम अधिकारको स्थापनाका लागि आफ्नु कर्तव्य नबुझ्ने राजा प्रजाको शत्रु हो भन्ने मूल मान्यतालाई आत्मसाथ गर्‍यो, • देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक जनक्रान्ति गर्ने उद्देश्य राख्यो, • सबै जात, धर्म, लिङ्ग, वर्ण आर्थिक अवस्थाका नेपालीहरू यस संस्थाको सदस्य र पदाधिकारी हुन सक्ने व्यवस्था गर्‍यो ।

 कार्यसमितिमा बालचन्द्र शर्मा महामन्त्री, डा. डिल्लीराम रेग्मी प्रकाशन विभागको अध्यक्ष, कृष्णप्रसाद भट्टराई संगठन मन्त्री थिए । गोपालप्रसाद भट्टराई, देवव्रत परियार, डीएन प्रधान, ह्लाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरी सदस्य तथा ईश्वर बराल कार्यालय सचिव रहेका थिए । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा गणेशमान सिंहको उल्लेखनीय योगदान थियो। उनी नेपालको जेलबाट भागेर आएकोले भारतमा पनि उहाँको खोजी भइरहेको थियो। उहाँ भूमिगत थिए । त्यसैले उनी याे  कार्यसमितिमा रहेनन । यसको केन्द्रीय कार्यालय तत्काललाई काशीमा राखिने र उचित समयमा काठमाडौंमा सारिने, शाखा कार्यालयहरू भारतको विभिन्न स्थानमा राखिने निर्णय गरिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेसको गठनको मूलभूत उद्देश्य एकतन्त्रीय राणा शासनको विरोधमा यथाशीघ्र देशभित्रैबाट सशक्त ढंगले गतिविधि सञ्चालन गर्ने थियो। तदनुसार २००३ को फाल्गुण २१ देखि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरमा मजदुर आन्दोलन प्रारम्भ भएकाे इतिहास पाइन्छ ।