धरान / विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका विजयकुमार राई धरान उपमहानगरपालिका वडा नं. ११ का स्थायी वासिन्दा हुनु हुन्छ । ५१ बर्षे उमेरमा उनले ३ दशक राजनीतिमा समय खर्चिनु भएको छ । मोरङको रंगेली नगरपालिका–१ म जन्मिनु भएका राई २०६२ सालदेखि धरानमा स्थायी बसोवास गदैं आउनु भएको छ । 

उहाँ राजनीतिमा पढे लेखेका युवा आउनु पर्छ भन्ने मान्यता राख्नु हुन्छ । २०५०/०५१ म उहाँले धरान–११ स्थित ज्ञानोदय माविमा अध्यपनसमेत गर्नु भयो । राजनीतिशास्त्रमा स्नाकोत्तर र शिक्षाशास्त्रमा विएड गर्नु भएका राई २०४१ सालदेखि नै सक्रिय राजनीतिमा हुनु हुन्छ । अनेरास्ववियु जनता मावि मोरङको कोषध्यक्षाको जिम्मेवारीबाट उहाँले राजनीति यात्रा शुरु गर्नु भएको थियो । 

२०४४ सालमा महेन्द्र मोरङ आर्दश क्याम्पस विराटनगरमा अनेरास्ववियु प्रारम्भीक कमिटीको सदस्य हुनु भयो । २०४६ सालमा धरानको महेन्द्र बहुमखी क्याम्पसबाट व्यवस्थापन विषयमा स्नातक गर्नु भएको थियो । त्यहाँ रहदा पनि उहाँ विद्यार्थी आन्दोलनमा सक्रिय हुनु भयो । उहाँ विद्यार्थी राजनीतिमा सक्रिय हुदैं जाँदा अनेरास्ववियुको केन्द्रीय सदस्य, सचिवालय सदस्य, शैक्षिक विभाग प्रमुख, विद्यार्थी विशेष जिल्ला कमिटी सदस्य हुदैं  नेकपा एमालेको त्रिवि शाखा कमिटी सचिव भएर काम गनुृ भयो ।

२०५१ सालमा त्रिवि क्याम्पस किर्तिपुरको स्ववियु सदस्य हुनु भयो । २०६० सालमा स्ववियु सभापति हुनु भयो ।  उहाँ देशभरका क्याम्पसका स्ववियु सभापतिहरुको स्ववियु काउन्सिल नेपालको संयोजकसमेत भएर काम गनुृ भयो । २०६० मा त्रिविको सिनेट सदस्यसमेत भएर शैक्षिक क्षेत्रमा समेत योगदान पु¥याउनु भयो । उहाँ खेलकुद प्रति पनि निकै रुचि राख्नु हुन्थ्यो । पार्टीको नेपाल खेलकुद महासंघको संस्थापक उपाध्यक्ष हुनु भयो । दुई कार्यकल उपाध्यक्ष भएर काम गर्नु भयो । उहाँले राष्ट्रिय खेलकुद परिषदको सदस्यसमेत भएर काम गर्नु भएको थियो । २०६४ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य भएर तीन बर्ष तनि महिना काम गर्नु भयो । उहाँ नेपाल आर्चरी संघको उपाध्यक्षसमेत भएर काम गर्नु भयो । 

शैक्षिक र राजनीतिक क्षेत्रमा उहाँको योगदान कदर गदैं २०६० सालमा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री बन्नु भएका झलनाथ खनालको स्वकिय सचिवको रुपमा पार्टीले जिम्मेवारी दियो । हाल उहाँ पार्टीको भूगोलमा रहेर काम गरिरहनु भएको छ । उहाँ प्रदेश कमिटी सचिवालय सदस्यसँगै सुनसरी १ नंं निर्वाचन क्षेत्र प्रदेश ख को इञ्चार्जको जिम्मेवारीमा रहनु भएको छ । 

धरानमा केन्द्रीय नेताहरुसँगको पँहुच यहाँका नेताहरुमा कम भएको गुनासो आउने गर्छ । केन्द्रीय नेताहरुसँग भूगोलको समस्या र जनताको समस्या सिधै राख्ने हैसियत भएका नेताको रुपमा राईलाई चिनिन्छ । उहाँले एउटा सालिन र बौद्धिक नेताको छवि बनाउनु भएको छ । सानो कमिटीबाट काम गदै. खारिदैं जानु भएकाले एउटा परिपक्क नेताको रुपमा धरानले हेदैं आएको छ ।

भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश मकाउ र हङकङजसता देशहरु भ्रमण गनुृ भएको राईले त्यहाँको विकासको मोडेलसमेत अध्ययन गरेको बताउनु हुन्छ । धरानलाई कसरी मुलुककै समृद्ध शहर बनाउन सकिन्छ भन्ने आफुसँग भिजन भएको उहाँ बताउनु हुन्छ । पार्टीले धरान हाक्ने जिम्मेवारी दिए कार्ययोजनासहित अघि बढ्ने उहाँको भनाई छ । राई लिम्बुहरुको बाहुल्यता रहेको धरानमा आफुले धरान हाक्ने जिम्मेवारीमा पु¥याउन पार्टीले आवश्यक ठाने सबै समुदाय र उहाँका जनतासँग हातमोलो गरेर पार्टीको जित सुनिश्चिता गर्ने उहाँको भनाई छ । २०७८ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा उहाँले आकांक्षा देखाउनु भएको छ । उहाँको २०७० सालको निर्वाचन ताका नै चर्चा चलेको थियो । २०७४ सालको उपनिर्वाचनमा मेयरको लागि प्रदेशबाट उहाँको नामसमेत सिफारिस भए पनि पार्टीबाट टिकट प्रकाश राईले पाउनु भयो । उपनिर्वाचनदेखि नै जनताको घरदैलोमा पुगेर जनताको काममा भिजेकाले पनि उहाँले धरान हाक्ने आकांक्षा देखाउनु भएको छ ।

May be an image of one or more people and people sitting

चुनावी एजेण्डाहरु 

‘अहिले पनि जनताको पक्षमा, न्याय र समानताको पक्षमा, सामाजिक रुपान्तरण र विकासको पक्षमा अनवरत खटिरहेको छुँ । यही ठाउँमा राजनीतिमार्फत समाज सेवा गरेकाले जनताको काम गर्न इच्छुक भएको हुँ ।’–राईले भन्नु भयो । 

धरानको खानेपानी आयोजना, तीनकुने सुन्दर बस्ती आयोजना र बसपार्क निर्माण योजनाहरु नेकपा एमालेको पहल र नेतृत्वमा शुरु भएको विषय हुन । यि योजनालाई व्यवस्थित रुपमा अव एमालेकै नेतृत्वमा सम्पन्न गनुृ पर्ने कार्यभार हुने उहाँको भनाई छ । त्यसका लागि पनि मेरो प्रतिवद्धता हुने छ ।  ‘म शुरुदेखि नै यही ठाउँमा बसेर राजनीति गर्दै आएको छुँ । त्यसैले यहाँको जनताको, मतदाताको सुख, दुःखमा हरदम साथमा छु । मलाई यो ठाउँको जनता, पाखाभित्ता, खोला नालाको समस्या के हो, के आवश्यकता छ, के गरिदिनुपर्छ भन्ने सबै थाहा छ । दुःख,सुखमा सधै हातेमालो गर्दै हिडिरहेको छु ।’–राईले भन्नु भयो–‘एमालेको विगतको विरासत पर्काउन पनि एमालेको सशक्त उम्मेद्वार आवश्यक छ ।’ 

अन्य आकाक्षीहरु 

लामो समयदेखि एमालेले जित्दैं आएको धरानमा यस अघिको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले जितेर इतिहास बनाउनु भएको थियो । वामपन्थीहरुको लालकिल्ला तोडेर उहाँले नाम कमाउनु भएको थियो । त्यो साख फर्काउन एमालेलाई चुनौती छ ।  यस बेला पनि विजय राईसँगे एमालेबाट हाल उपमेयर रहनु भएकी एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी सशक्त दावेदारी हुनुहुन्छ । उहाँले एक बर्ष कार्यवहाक मेयरसमेत चलाउनु भएको थियो । यस्तै धरानका लोकप्रिय पूर्व मेयर तथा एमाले प्रदेश कमिटी सचिवालय सदस्य मनोजकुमार मेयाङबो पनि मैदानमा हुनु हुन्छ । यस्तै एमालेका प्रदेश सदस्य भीमज्वाला राई, माेतीराज सुनुवार, तिलक राईसँग उपनिर्वाचनमा झिनो मतले हार्नु भएका प्रकाश राई, प्रदेश कमिटी सचिवालय सदस्य रमेश बस्नेत, जिल्ला कमिटी सदस्य पदम लिम्बु, नारायण सुवेदी, मीन सुब्बाको पनि मेयरमा उतिकै चर्चा छ । यता माओवादीबाट संविधान सभा सदस्य एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य किरण राई, प्रदेश नेता मुकेश, आइन्द्रविक्रम वेघा, जिल्ला नेता अशोक राई, चोत्लुङ, मनोज भट्टराईको पनि मेयरमा चर्चा छ । कांग्रेसबाट तिलक राई, किशोर राई, सुजेन्द्र तामाङ, उमेश थापा, पर्वत राईको चर्चा छ । नेकपा एकिकृत समाजवादीबाट रेवती रमण राई, प्रदेश सदस्य कुवेर गुरूङकाे चर्चा छ । पाँच दलको गठबन्धन हुदा कांग्रेसले पाउने सम्भावना बढि रहेको छ ।

धरानमा पानीको मुद्धा उठाउदैं आएका स्वतन्त्र उम्मेद्वारको रुपमा हर्क साङपाङले पनि प्रचार गरिरहनु भएको छ ।  बैशाख ३० गते हुने स्थानीय निर्वाचनाका लागि धरान उपमहानगरपालिकामा एक लाख ३ सय २४ मतदाता संख्या रहेको छ । मेयरमा जित्नका लागि ४० हजार भन्दा बढि मत ल्याउनु पर्ने हुन्छ । 

याे पनि: धरानको मेयरका आकांक्षी मोती सुनुवारको जीवन यात्रा