धरान  /  मोतिराज सुनुवार धरानमा धेरै सुनिएको नाम हो । राजनीतिक वृत, मजदुर, पत्रकारिता, कलाकारितालगायत सबै क्षेत्रमा उहाँको नाम सुवास छ । २०२१ सालमा दोलाखाको ठूलोपातलमा जन्मिनु भएका सुनुवार २०३७ सालमा उच्च शिक्षा अध्ययनका लागि धरान आउनु भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानबाट व्यवस्थापन विषयमा स्नातक गर्नु भएका सुनुवार २०३५ सालमा जिरी व्यवसायिक माविमा अध्ययन गदैंगर्दा राजनीतिमा प्रवेश गर्नु भयो । त्यस बेला बहुदल वा निरर्दलका विषयमा भएको जनमत सग्रहमा उहाँको निकै सक्रियता थियो । 

सुनुवारको राजनीतिक जीवन यात्रा 

२०३७ साल चैत्र १४ गते अनेरास्ववियुले गरेको देशव्यापी आन्दोलनमा महेन्द्र क्याम्पसबाट उहाँले सक्रिय भूमीका खेल्नु भयो । राजनीतिमा उहाँको सक्रियता बढ्दै गए पछि २०३९ भदौंमा भएको अनेरास्ववियुको तेश्रो जिल्ला सम्मेलनमा महेन्द्र क्याम्पसबाट प्रतिनीधिको रुपमा सहभागिता जनाउनु भयो । विद्यार्थी आन्दोलनसँगै २०४० साल पछि भने उहाँको राजनीतिक यात्रा मोडियो । विद्यार्थी जीवन पैसाको अभाव हुन थाल्यो । उहाँले २०४० सालमा यातायात क्षेत्रमा बुकिङ मजदुरको रुपमा काम थाल्नु भयो । मजदुर आन्दोलनसँगै उहाँले २०५९ सालसम्म त्यही क्षेत्रमा काम गर्नु भयो । २०४३ सालमा नेपाल यातायात मजदुर संंघको सचिवमा विजयी हुनु भयो । पार्टीमा पनि उहाँले मजदुर क्षेत्रको जिम्मेवारी पाउनु भयो । २०४६ सालको जनआन्दोलनमा लिला सुब्बा श्रेष्ठ, कृष्णनारायण पोलेखे, छविलाल लम्साल, महेन्द्र बुढाथोकी, विहार पोखरेल, कमल बुढाथोकी, रंंगलाल गिरीलगायत नेताहरुसँगै आन्दोलनमा होमिनु भयो । 


उहाँले २०४६ साल पुस २३ गते नेकपा मालेको संगठित सदस्यता प्राप्त गर्नु भयो । उहाँले १५ नं. वडाबाट सक्रिया राजनीतिक गदैं जानु भयो । २०५३ चैतमा नगर कमिटी सदस्यबाट पार्टी राजनीति शुरु गर्नु भयो । २०५५ सालमा नेकपा एमालेको जिल्ला सम्मेलनमा जिल्ला सदस्यको जिम्मेवारी पाउनु भयो । पुन २०५८, २०६२  सालमा जिल्ला सदस्यकै जिम्मेवारीमा काम गर्नु भयो । उहाँको राजनीति खारिदैं जादैं थियो । २०६६ सालको पाँचौ जिल्ला अधिवेशनमा उपसचिवको जिम्मेवारी पाउनु भयो ।  छैटौ अबिधेशनमा उहाँले पार्टीको जिल्ला सचिवको जिम्मेवारी पाउनु भयो । त्यस पछि कोशी अञ्चल समन्वय समिति सदस्य,  प्रदेश सल्लाहाकार सदस्यको जिम्मेवारी पाउनु भयो । २०७७ पुस ५ पछि नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी पाउनु भएको थियो । पछि सबै नेताहरुलाई व्यवस्थापन गर्दा उहाँ पुन प्रदेश कमिटी सदस्य भई हाल सुनसरी क्षेत्र नं. १ क को इञ्चार्जको जिम्मेवारीमा रहनु भएको छ । 

उहाँले एमाले निकट मजदुर संगठनमा लामो समय काम गर्नु भएको छ । नेकपा एमाले मजदुर इलाका कमिटी सुनसरीको २०५७ सालमा भएको प्रथम अबिधेशनबाट सचिवको जिम्मेवारी पाउनु भयो । २०४७ साल मै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनु भएको थियो । २०५३ सालमा केन्द्रीय उपसचिवको जिम्मेवारी पाउनु भयो । २०५९ मा उपाध्यक्ष र २०६१ म केन्द्रीय अध्यक्षको जिम्मेवारी पाउनु भयो । फेरी २०६३ सालमा सर्वसम्मत रुपमा पुन अध्यक्ष हुनु भयो । यता ट्रेड युनियनमा पनि उहाँ सक्रिया हुनु हुन्थ्यो । २०५७ सालमा नेपाल टे«ड युनियन महासंघ(जिफन्ट) कोशी अञ्चलको सचिव भएर काम गर्नु भयो । काम गदैं जाँदा २०६१ सालमा जिफन्ट राष्ट्रिय कमिटीमा मनोनित हुनु भयो ।

सञ्चार उद्यमीको रुपमा सुनुवार 

राजनीति र मजदुर आन्दोलनसँगै उहाँ एउटा सञ्चार उद्यमीको रुपमा पनि परिचित हुनु हुन्छ । २०६२ सालमा धरानमा औजार साप्ताहिक प्रकाशन शुरु भयो । पछि त्यसलाई दैनिक बनाइयो । त्यसको अध्यक्षको रुपमा उहाँले लामो समय काम गर्नु भयो । नेपाल यातायात स्वतन्त्र मजदुर संंगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई र उहाँको सक्रियतामा औजार पत्रिकाको जन्म भएको थियो । धेरैजसो पार्टीका गतिविधीले प्राथमिकता पाउने औजार दैनिक अघिल्लो बर्षको कोरोना महामारीका कारण आर्थिक संकट भएर   बन्द भयो । एमालेको मुखपत्र भएको आरोप खेप्दैं आएको औजार दैनिक नियमित प्रकाशनका लागि एमालेले भने खासै भूमिका खेल्न सकेन ।

कलाकारितामा सुनुवार 

पछिल्लो समय उहाँले केही गितसमेत गाउनु भयो । उहाँले म्युजिक भिडियोसमेत बनाउनु भएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रै हो भन्ने देशभक्ति गित लोकप्रिय छ । उहाँले एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेला जारी भएको चुच्चे नक्साको विषय र केपी ओलीको विषयमा समेत गित गाउनु भएको छ । 

२०३९ सालदेखि नै सक्रिया कम्यूनिष्ट आन्दोलनमा लाग्नु भएका सुनुवार हालसम्म पार्टीको तर्फबाट लाभको पद लिनु भएको छैन् । २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा उहाँको नाम आएको थियो तर उहाँले धरान उपमहानगरका पूर्व मेयर मनोज कुमार मेयाङ्वोलाई छाडिदिनु भयो । त्यस बेला धरानमा माओवादीका किरणकुमार राईले चुनाव जित्नु भयो । २०७० सालको चुनाव उहाँको पालो आए पछि पार्टीले कृष्णकुमार राईलाई टिकट दियो । लामो राजनीतिक यात्रा गरेका सुनुवारलाई पार्टीले टिकट नदिए पछि उहाँमा निराशा पनि आयो । २०७४ सालको प्रतिनीधि सभा सदस्यका लागि जयकुमार राई, मोती सुनुवार र प्रकाश राईको नाम पार्टीले सिफारिस गरे पनि टिकट जयकुमार राईले पाउनु भयो । उहाँले चुनाव पनि जित्नु भयो ।  

लामो राजनीतिक योगदान दिएका सुनुवारले पटक पटक अन्य व्यक्तिहरुलाई अवसर दिदैं आउनु भयो । २०७९ साल बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भने उहाँ मेयरको पदमा पालो आउने आशा गर्नु भएको छ । धरानमै अध्ययन गर्नु भएका धरानलाई नै आफ्नो कर्मभूमी बनाएर १५ नं. वडामा स्थायी बसोबास गदैं आउनु भएका सुनुवार जनता माझ लोकप्रिय हुनु हुन्छ । मजदुर, राजनीतिक कार्यकर्ता, पत्रकार, कलाकार, व्यवसायी, शैक्षिक, यातायातलगायत सबै क्षेत्रमा लोकप्रिय सुनुवार पार्टी प्रतिको लगानी, धैर्यता अव पार्टीले बुझ्नु पर्ने दिन आएको बताउनु हुन्छ । ‘पार्टी नेतृत्वले कस्लाई आवश्यक ठान्छ त्यो एउटा ठाउँमा छ तर धरानको मेयरमा उम्मेद्वार हुन भने मेरो सबैे हिसावले योग्यता पुगेको छ ।’–सुनुवारले भन्नु भयो–‘बढो सुझबुझका साथ नेतृत्वले निर्णय गरे एमालेको जित धरानमा सुनिश्चित छ ।’

धरान उपमहानगरपालिकामा १ लाख ३ हजार २४ जना मतदाता रहेका छन् ।  मेयरमा विजयी हुन ४० हजार भन्दा बढि मत ल्याउनु पर्छ । २८ हजार माथी आफ्नो पकडमा भोट रहेको सुनुवारको दावी छ । अन्य दलसँग आवद्ध भएका स्वतन्त्र व्यक्तिहरुले आफुलाई रुचाएको उहाँ बताउनु हुन्छ । आदीवासी जनजातीहरुको बाहुल्यता रहेको धरानमा चुनाव जित्न कार्यकर्ताका विच लोकप्रिय भन्दा पनि जनतासँग भिजेको र व्यक्तिगत रुपमा कुनै दाग नलागेको व्यक्ति रुचाउछन् । यहाँका जल्दोबल्दा समस्याहरु खानेपानी, बस पार्क, सुकुम्वासी समस्याबारे आवाज उठाउने र समाधानका लागि क्रियाशिल हुने व्यक्ति धरानेहरुले चाहेका छन् । त्यसमा मोती सुनुवारको पनि परीक्षा हुने छ ।

May be an image of 8 people, people sitting and people standing