धरान / ‘धरान–चतरा बाटो खतरा’ धेरै मिडियामा हेडलाइनहरु बने । सरकारको रातो कितावमा केही बर्षहरु पिच सडक भनेर चढे पछि स्थानीय स्तरमा सुनसरीको धरानदेखि बराहक्षेत्र नगरपालिकाको चतरासम्मको बाटो बनाउन पहल गरे पनि बनेन् । यो सडक बनाउने भन्ने ४ दशक अघि योजना भए पनि बन्न सकेको थिएन ।

करिव १३ किमी सडकमा पर्ने  सर्दु खोला, बाघ खोला, बगुवा खोला र खार खोलामा आउने बाढीले धेरैको ज्यान जोखिममा पर्यो । कतिका सवारी  साधानहरु बगाएको छ । अन्य क्षेत्रमा गाउँगाउँमा पिच पुगे पनि यो सडक भने बषौंदेखि बन्न सकेको थिएन् । २०७५ सालमा सरकारले चुरे क्षेत्रबाट मदन भण्डारी राजमार्ग बनाउन राष्ट्रियआयोोजना सञ्ञ्चालन गरे पछि यहाँको सडक बन्ने आशा पलाएको छ । सडक बन्ने भन्ने सुनेर केस पकाएकाहरुले अवभने यो सडक पिच भएको देख्न पाउने भएकाा छन् । सर्दु खोलामा परियोजना अन्तर्गत पुल बनि सकेको छ ।

बाघ खोला, बगुवा खोलामा पनि अव पुल बन्ने भएको छ । विहीबार ती खोलामा कहाँबाट पुल बनाउन सकिन्छ भनेर सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई, मदन भण्डारी राजमार्ग परियोजनाका निर्देशक अशोक अशोक तिवारी, चतरा–झापा सडक आयोजनाका प्रोजेक्ट मेनेजर सुवोध देवकोटा, सिनियर डिभिजन इन्जिनियर रमेश सिंहले स्थलगत अवलोकन गर्नु भएको छ । बाघ खोलामा आयोजनाले कजवे बनाउन डिपिआरको तयारी गरेको थियो । तर उक्त खोलामा ठूला ढुङ्गा बगेर आउने भएकाले कजवे बनाउन नहुने सो क्षेत्रका संघीय माननीय जयकुमार राईले भने पछि विभागका निर्देशक आफु स्थलगत अनुगमन गनृ आउनु भएको हो । हालको सडक भन्दा ५ सय मिटर माथिबाट करिव १ सय मिटर लामो पुल बनाउने गरि सर्भे गरिएको आयोजनाका प्रोजेक्ट मेनेजर सुवाध देवकोटाले बताउनु भयो । सडक माथिबाट लादाकेही जंगलका रखहरुकाटन् पर्ने हुदाँ वनसँग समन्वय गर्न भने आयोजनाका निर्देशक तिवारीले सांसद राईलाई जिम्मा दिनु भएको छ । आफु बसेर रुख काटी सडक बनाई छाड्ने सांसद राईले बताउनु भयो । ‘जनताका लागि सडक बनाउदा वनका रुख काट्दा जेल जान परे म जान्छु तर जनताले दुद्यख पाउनु भएन ।’–सांसद राईले  भन्नु भयो–‘यहाँका जनताको दुखका दिन जाने छन् ।’

No description available.

चतराको झण्डी चोकदेखि पानवारीको चोक्टीसम्मको स्थगत निरिक्षणले वराहक्षेत्र चतरावासीमा नयाँ आशाको सञ्चार भएको छ । आयोजनाले निरीक्षणबाट फर्के लगत्तै डिपिआर तयार गरि  बाघ खोला र बगुवा खोलामा पुल बनाउन सुरु गर्ने छ । ‘अब चतरावासीको मात्रै होइन, धरान, उदयपुर सबैतिरका मान्छेको आवागमन सहज हुन्छ, अब दुःखका दिन गए ।’–सांसद् राईले भन्नु भयो । अवैज्ञानिक कजवे बनाउने तीन पटकसम्म गरेको परियोजनाको निर्णयलाई उल्टाउँदै सांसद राईको पहलमा सर्दूदेखि खारखोलासम्म तीन वटा पक्की पुल निर्माण हुने भएका छन् । तीन वटा यस अघि नै निर्माण भइसकेका छन् ।  

‘यस क्षेत्रका माननीयको अनुरोधमा आयोजनाले कजवेलाई स्थागित गरि पुल नै बनाउने पक्षमा पुगेका छौं । अव ततकाल डिपिआरको काम हुने छ । डिपिआरको काम भए पछि मात्र पुल बन्ने पक्का हुन्छ ।’–आयोजना निर्देशक तिवारीले भन्नु भयो । 

झापाको बाहुनडाँगीदेखि चतरा,बेलटार,गाइघाट,सिन्दुली हुदैं महाकालीसम्म १ हजार २ सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण भइरहेको छ । बहुवर्षीय  योजनाका रुपमा काम तिव्र भइरहेको चतरा–झापा सडक योजनाका प्रमुख सुबोध  देवकोटाले जानकारी दिनु भयो । 

भिमान–बेलडाँगी सडक खण्डमा १६३ किमी सडक कालोपत्रे अन्तिम चरणमा 

राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गको झापाको बाहुनडागीदेखि सिन्धुलीको भिमानसम्मको सडक कालोपत्रे गर्ने काम तिवै रुपमा भइरहेको आयोजनाले जनाएको छ । 

भिमान–गाइघाट–धरान र धरान–बेलडागी–बाहुनडागी दुई खण्ड अन्तर्गत २६४ किमी सडक मध्य १७३ किमी सडकको निर्माण कार्य धमाधम भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय उदयपुरले जनाएको छ । 

धरानको सर्दु खोलादेखि पूर्व झापाको बेलडागीसम्मको निर्माण कार्य अहिले प्याकेजमा भइरहेको छ । बाहुनडागीसम्मको १३० किमी मध्य धरानदेखि बेलडागीसम्मको ६३ किमी सडकमा निर्माण कार्य भइरहेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका प्रोजेक्ट मेनेजर सुबोध देवकोटाले जानकारी दिनु भयो ।  

उहाँका अनुसार धरानको सर्दुखोला, पानवारी, मोरङ केरावारी, लेटाङ, मधुमल्ला, झापाको बेलडागी, शान्तिनगर, बाहुनडागी, इलाको चुलाचुली, दानावारीसम्म सडक विस्तार भइरहेको छ । शान्तिनगरदेखि चुलाचुली, दानावारी हुदैं  बाहुनडागीेसम्मको ६७ किमी सडकको भने सडक विभागले ठेक्का लगाएको छैन् । सडक क्षेत्रमा पर्ने ३१ वटा पुलमध्य २६ वटा निर्माण कार्य भइरहेको छ । पाँच वटा पुल निर्माण गर्न डिजाइन स्वीकृतीका लागि प्रक्रियामा रहेको प्रोजेक्ट मेनेजर देवकोटाले बताउनुभयो । हालसम्म २९.८ प्रतिशत भौतिक निर्माणका काम भएको उहाँले जानकारी दिनु भयो । चार वटै जिल्लामा पर्ने वन क्षेत्रमा वन विभागको सहमति लिएर सडकमा पर्ने रुखमा टाँचा लगाउने काम भएको उहाँले बताउनु भयो । 

यता धरान–रामपुर,गाइघाट, कटारी, भिमान हुदैं जाने सडकको १३४ किमी मध्य ११० किमी सडक निर्माण चरणमा रहेको छ । ५६ वटा पुलमध्य ४४ वटा पुल निर्माण भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय उदयपुरका इन्जिनियर शंकर पौडेलले जानकारी दिनु भयो । १२ वटा पुल भने निर्माणधिन अवस्थामा रहेका छन् । १३४ किमी सडक कालोपत्र आगामी आर्थिक बर्ष २०७९ भित्र पुरा हुने गरि काम अगाडी बढेको उहाँले बताउनु भयो । 

सरकारले मदन भण्डारी राजमार्गलाई आगामी ५ बर्षभित्र पुरा गर्ने गरि २०७७ सालदेखि शुरु गरेको थियो । चार लेनको सडक पूर्व पश्चिम जोडने गरि सडक विस्तारको शुरु गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यो आयोजना समेटिएको थियो । आगामी आर्थिक बर्षमा १५५ किलोमिटर कालोपत्रे गर्ने र झापादेखि चतरासम्मको खण्डमा पुल निर्माण कार्य थाल्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो । २०८२ साल भित्र पूर्वपश्चिम १२ सय किमी सडक निर्माण गरिसक्ने आयोजनाले जनाएको छ ।

यो सडक निर्माणका लागि सरकारले २०७५ जेठ ६ गते स्वीकृत गरेको थियो । आर्थिक बर्ष २०७५/०७६ को बजेटमा परियोजनाका लागि ४ अर्व ५० करोड बजेट  विनियोजन गरेको थियो । हाल बहुबर्षिय योजना अन्तर्गत सरकारले बजेट व्यवस्थापन गदैं आएको छ ।

No description available.