मेरी सानी छोरी, बाबुका लागि कहिल्यै नहुर्केकी छोरी त्यो Ôणमा अन्जान बाटोमा खुरुखुरु हिडिरहदा बुढेसकालको मेरो खेलौना एउटा नौलो संसारमा लम्किरहेको जस्तो आभास भयो । १७ वर्Èसम्म छातीमा हुकिर्एकी छोरीको त्यो बिछोडको अनुभव एक किसिमले मीठो र पिरो थियो। त्रिशा बिस्तारै नर्थ याम्प्टनको हुस्सुमा हराउन थालिन् । त्यो बेला मलाई लाग्यो, मेरो जीवनको धनुÈबाट निस्किएको छोरीरुपी वाण अब स्मिथ कलेजको विद्यासागरको गर्भमा लक्ष्यभेदन गर्न गइरहेको छ । मेरो जीवनको धनुÈबाट निस्किएको मेरो त्यो बाण अब मेरो नियन्त्रणमा रहने छैन। त्यो आफ्नो संसारमा लम्किरहेको छ । त्यो Ôणमा मलाई लाग्यो, मेरी सानी छोरी अब ठूूली भइछे ।

मलाई थाहा छ, राम्रो भविष्यले मेरी छोरीलाई पर्खेर बसिरहेको छ । तर छोरीको बिछोडको पीडालाई मैले सजिलै सहन सकिरहेको छैन । मूलतः मैले आफ्नी छोरीलाई देशको असुरÔित परिस्थितिका कारणले नै विदेशमा पठाउने निर्णय गरेको हु“ । कस्तो दुःखद विडम्बना, संसारको विश्वस्तरीय वैभव र समृद्धिलाई चटक्कै त्यागेर आफ्नैै मातृभूमि नेपालमा कटिबद्ध र प्रतिबद्ध भई काम गरिराखेका हाम्रा डाक्टरहµका छोराछोरीलाई समेत अपहरण गरी अमानवीय दुःख र पीडा दि“दा पनि राज्यले ती सपूत नागरिकहµको सुरÔा गर्न सकेन । यस्तो विÈम परिस्थितिमा कुन छाती लिएर हामी शान्तिपूर्वक जीविकोपार्जन गर्न सक्छौ“ ? सा“च्चै, देशको परिस्थिति राम्रोे भएको भए सायद म कुनै पनि हालतमा आफ्नैो सन्तानलाई बाहिर पठाउने थिइ“न हु“ला ।

पाठकहरुले मलाई राष्ट्रवादी चिन्तकका रुपमा लिने गरेका हु“दा छोरीका लागि अमेरिकी पासपोर्ट लिने बेलामा र विदेशमा पढ्न पठाउदा मैले आफै“स“ग एउटा अप्ठ्यारो प्रश्न गरेको थिए“, “के मेरी छोरीका लागि अमेरिकी पासपोर्ट लिनु जरुरी थियो? के उनलाई विदेशमै पठाउनुपर्ने आवश्यकता थियो ? तर त्यसो गरेकोमा मलाई लघुताभास भएन । यो मैले ठीक गरे“ वा गरिन“, मलाई थाहा छैन । तर धरातलीय व्यवहारमा कहिलेकाही“ यी सैद्धान्तिक कुराहµको कुनै माने हु“दो रहेनछ ।

एकचोटि एकजना वरिष्ठ राजनीतिक क्रान्तिकारी नेताको अन्तर्वार्ता टेलिभिजनमा हेरेको थिए“। उहा“ले आफ्नो क्रान्तिकारी जीवन बिताउ“दा–बिताउ“दै पनि आफ्नी छोरीलाई विदेशमा पढ्न पठाउनुभएको थियो । त्यो बेला अन्तर्वार्तामा ‘तपाईंकी छोरी कहा“ हुनुहुन्छ?’ भनेर प्रश्न गर्दा ‘विदेशमा छिन् तर सुरÔाका कारणले म ठीक ठेगाना भन्न चाहन्न“’ भनी उनीबाट जवाफ दिइएको थियो ।

जनक्रान्तिका  निमित्त आफ्नो सम्पूर्ण जिन्दगी दाउमा राख्ने उहा“हरुजस्ता ठूलाठूला राष्ट्रवादीहरु त आफ्ना बालबच्चाको भविष्यप्रति त्यति चिन्तित हुनुहुन्छ भने, मैले भन्ठाने“ – के म उहा“हरुभन्दा माथिको राष्ट्रवादी हु“ र ? मैले विचार गरे“, किन अप्ठेरो मान्ने मजस्तो एउटा साधारण व्यवसायी र उद्यमीले ? आफ्नी छोरीले पाएको अधिकारलाई किन लत्याउने ? अमेरिकी नागरिकताको प्रमाण्नपत्र उनले पाउन सक्छिन् र अमेरिकामा सजिलै पढेर उनले आफ्नो भविष्य सुरÔित बनाउन सक्छिन् भने मैले आफ्नो भावनात्मक स्वार्थका निमित्त आफ्नो छोरीको भविष्यको बलिदान किन दिने ? हो, आफ्नो सैद्धान्तिक भावनाका लागि आफ्नी छोरीको उज्ज्वल भविष्यलाई भोग दिने अधिकार मस“ग थिएन र छैन । आमाबाबुको कर्तव्य हो आफूले जन्माएका सन्तानको भविष्य सुनिश्चित गर्नु । बस्, मैले त्यही गरे ।

‘सोच’ किताबमा मैले प्रस्तुत गरेका मेरा केही भावनात्मक घटनाक्रमहरु पढेपछि केही पाठकवर्गले मलाई सन्त–महन्तका रुपमा पनि लिन थाले, कसैले ‘आर्ट अफ लिभिङ’ अभियान सञ्चालन गर्ने एउटा व्यक्तित्वका रुमा पनि हेर्न थाले र कसैकसैले त मलाई दीपक चोपडा र शिव खेराजस्तै ‘म्यानेज्मेन्ट गुरु’ का रुपमा पनि लिन थाले । एक दिन एकजना व्यक्तिले मलाई टेलिफोन गरे र भने, सोच किताब पढिसकेपछि मेरो जिन्दगीमा एउटा जागरण भयो, म आशावादी भए“ । म तपाईलाई भेट्न चाहन्छु । 

आफ्नोे पाठकको कुरो सुनेर म दङग परे“ र मैले उनलाई तुरुन्तै आफ्नो घरमा बोलाए । उनले सरकारी कार्यालयमा अधिकृत पदमा काम गरेका रहेछन् र देशका विभिन्न जिल्लाहरुमा काम गरिसकेका रहेछन । तर उनको पारिवारिक जिन्दगीचाहि“ अलि अप्ठ्यारो रहेछ । श्रीमती र छोरी साइबाबाका भक्त भएका हु“दा बिहानदेखि सा“झसम्म साइबाबाको भक्तिमा लीन हुने गर्दा रहेछन । उनीचाहि“ एक्लै घरमा बसेर दिन कटाउ“दा रहेछन् । पछि उनले जागिर छाडेछन् र पा“च–छ वर्Èसम्म त्यस्तो जिन्दगी बिताएपछि दिक्क भएर घरै छाडी नैराश्यपूर्ण जिन्दगी बिताउन थालेछन । उनले भने, “तपाईंको किताब पढेपछि अब फेरि बाच्ने रहर आयो । अब तपाई“ मलाई कही“ काममा लगाइदिनुस् । म काम गरेर नया“ जिन्दगी बिताउन चाहन्छु । 

अब मलाई प¥यो आपत † कहा“ काममा लगाउने † सरकारी कर्मचारी भएर काम गरेको मान्छेलाई होटलको कुन काममा लगाउने ? तैपनि मेरो शरणमा आएको मान्छेलाई मैले कसरी निराश बनाई फर्काउने † अप्ठ्यारो मानी–मानी मैले आफ्ना छोराहरुलाई उनका लागि होटलमा निरीÔण गर्ने काम दिन अनुरोध गरे“ । बाबुको कुरा नाइ“ भन्न नसकेर होटलमा काम गर्ने मानिसहरु धेरै हु“दाहु“दै पनि उनलाई मेरा छोराहरुले काममा लगाइदिए । त्यसपछि त उनले आफ्ना झिटीगुन्टा सबै बोकी होटलकै एउटा सानो कोठामा बसेर काम गर्ने योजना बनाए । बाबुले पठाएको मान्छेस“ग जस्तो पायो त्यस्तो व्यवहार गर्न मिलेन भन्ने ठाने छोराले । होटलकै कोठामा बसेर उनले काम गर्न खोजेको कुरो मलाई छोराले सुनाए । मैले उनलाई सम्झाई–बुझाई स्टाफक्वार्टरमा बसेर काम गर्न अह्राए“ । वास्तवमा उनी मान्छे नराम्रा रहेनछन्, तर सरकारी अधिकृत भएर काम गरेका हु“दा उनमा त्यस्तो भावना जागृत भएको हुन सक्छ ।

उनी इमान्दार र मिहिनेती त रहेछन्, तर मैले थाहा पाए“ उनको एउटा कमजोर पÔ पनि रहेछ। कहिलेकाही“ उनी कसैसित नबोलीकन चुपचाप बसिरह“दा रहेछन् । केही समयपछि फेरि उनलाई एकैचोटि रिस उठ्तो रहेछ र जोसित पनि झगडा गर्न खोज्दा रहेछन । सायद उनमा द्धैैध मनस्थिति (बाइपोलार सिन्ड्रम) भएको हुन सक्छ । वास्तवमा यो समस्या विकसित समाजका थुप्रै मानिसलाई हुने गर्छ । तर थाहा नपाएर यो मानसिक रोगलाई व्यक्तिविशेÈको आचरणस“ग गा“सेर हेर्ने गरिन्छ । यस्ता मानिसहरु कहिलेकाही“ धेरै निश्क्रिय हुन्छन्, कहिलेकाही“ चाहिने भन्दा बढी सक्रिय हुन्छन् । धेरैजसोलाई यो थाहा नै ह“ुदैन। तर जुन घरमा बाइपोलारका व्यक्ति हुन्छन्, उनीहरुले मात्र बुझेका हुन्छन् यस्ता मनोरोगीहरुलाई सम्हाल्न कति गाह्रो हुन्छ † सायद उनको यही जटिल व्यक्तित्वका कारणले हुन सक्छ उनकी श्रीमती र छोरी साइबाबाको शरणमा गएका होटलमा दुई–तीन महिना काम गरेपछि उनले सबै कर्मचारीहµसित झगडा गरे । पछि उनलाई होटलबाट बाहिर पठाउन मलाई धेरै गाह्रो प¥यो । त्यो बेला मलाई धेरै दुःख पनि लाग्यो विना कुनै दोÈ उनलाई मैले काम गराउन सकिन“ भन्ने कुरामा । तर मैले गर्ने के ? अरुलाई माया गरेर मैले आफ्नो होटलको व्यवस्थापन बिगार्न पनि त भएन † कहिलेकाही“ यस्तो अप्ठ्यारो परिस्थितिले मलाई उकुसमुकुस बनाउ“छ । अहिलेसम्म पनि मैले उनलाई केही सहयोग गर्न नसकेकोमा दुःख लाग्छ ।

कहिलेकाही“ कतिपय पाठकले मलाई ‘दानवीर कर्ण’ पनि भन्ठान्दा रहेछन्। हो, मलाई कसैसित लिनभन्दा कसैलाई दिन मन लाग्छ । तर दिन पनि कतिसम्म दिने ? घरमा कहिलेकाही“ रोगीहरु आउ“छन्, अनेक बिरामीहरु आउ“छन्, सामाजिक कार्यकर्ताहरु चन्दा लिन आउ“छन । आउने जति सबैलाई अलिअलि मात्र दियो भने पनि हजारौ“हजार पुग्छ । त्यत्रो धनसम्पति दिन सक्ने धनाढ्य पनि त होइन नि म । थुप्रै पाठक मलाई एउटा दाता भन्ठानेर अनेक सहयोगको अपेÔा गर्न घरमा आउ“छन्। कोही जागिर खान, कोही आफ्नो रोगको उपचार गर्नका लागि म कहा“ आथिर्क सहयोग लिन आउ“छन्। नाइ“ भन्न गाह्रो हुन्छ, तर सबैलाई दिन पनि सकिन्न ।

वर्È दिनपहिलेको कुरो हो । एउटा अर्धबै“से मान्छे मलाई भेट्न आयो । ं एक दिन ऊ बिहान सबेरै मेरो घरमा आइपुग्यो । म चा“डै नउठ्ने मानिस भएको हु“दा ऊ दुई घन्टासम्म ढोकाबाहिरै पखिर्रहेको रहेछ । नुहाइ–धुवाइ गरिसकेपछि म अखबार पढिरहेको बेला ढोकाबाट पालेले मलाई फोन गरेर ऊ मलाई दुई घन्टादेखि पखिर्रहेको कुरो सुनायो ।

बिहान सबेरै समय नमिलाईकन आएको अपरिचित मान्छेलाई भेट्न म असाध्यै हिच्किचाउ“छु । काम हुने मानिस त पहिले नै फोनबाट समय मिलाएर आउ“छ । समय नलिई आउनेहरुमध्ये धेरैजसोचाहि“ जबर्जस्ती चन्दा उठाउनका लागि आउ“दा रहेछन ्। कोही मन्दिर, धर्मशाला र गुम्बा बनाउनका लागि, कोही इण्डिया, श्रीलङका र बङगलादेशमा शैÔिक भ्रमण गर्नका लागि र कोही उपचार गर्नका लागि। कहिलेकाही“ राजनीतिक कार्यकर्ताहरु बिहानैदेखि किचकिच गर्न आउ“छन्। अनि त दिनभरि नै खल्लो लाग्छ ।

राजनीतिक, धार्मिक र सामाजिक Ôेत्रमा लागेका समाजसेवीहरुको भावना मैले नबुझेको होइन । म आफै पनि विगत बीस–तीस वर्Èदेखि समाजसेवामा लाग्दै आएको हु“दा चन्दाविना नेपालमा कुनै पनि काम हु“दैन भन्ने कुरा मलाई थाहा छ । सामाजिक, राजनीतिक र धार्मिक कामहरुका निमित्त सरकारले पैसा दि“दैन र दिन पनि सक्तैन । तसर्थ उनीहरुले चन्दा उठाउनु बाध्यता पनि हो । कि त समाजसेवा नै गर्न भएन, गर्ने नै हो भने चाहे पनि नचाहे पनि चन्दा उठाउनका निमित्त जोरजुलुम त गर्नैप¥यो।

चन्दा उठाउन सजिलो छैन र अहिलेको माहोलमा जबर्जस्ती गरेर चन्दा उठाउनुपर्ने स्थिति पनि छ । तर विडम्बना के छ भने समाजसेवीहरुले चन्दादाताहµको समस्या बु झ्न सक्तैनन्। समाजसेवीहरु धेरैजसो आफूलाई अत्यन्त स्वाभिमानी र अरुहरुका लागि हामी काम गर्दैछा“ै, त्यसैले अरुले हामीलाई आदर–सम्मान दिनुपर्छ भन्ठान्छन् । हुन पनि हो, समाजसेवीहरुको आदर–सम्मान समाजमा हुन ैपर्छ । तर समस्या कहिलेकाही“ के हु“दो रहेछ भने समाजसेवीहरु जहा“ अर्थ सङकलन गर्न जान्छन्, त्यहा“ उनीहरुजस्ता धेरै समाजसेवीहरु चन्दा उठाउन पुगेका हुन्छन्। सबै चन्दादाताहरुले सबै समाजसेवीहरुको भावनालाई बुझेर कदर गर्नैपर्छ भन्ने छैन । किनभने चन्दादाताका निमित्त त सबै समाजसेवी । क्यान्सरका Ôेत्रमा काम गर्ने पनि समाजसेवी, एड्सका Ôेत्रमा काम गर्ने पनि समाजसेवी र मठमन्दिरको निर्माणदेखि लाखबत्ती बाली होम गर्नेहरुसम्म समाजसेवी । चन्दादाताहरु ती सबै समाजसेवीहरुलाई चन्दा दिएर पनि साध्य हु“दैन। जब चन्दादाताहरु समाजसेवीहरुलाई चन्दा दि“दैनन् र उनीहरुको भावनालाई कदर गर्दैनन्, तब समाजसेवीहरुलाई रिस उठ्छ र चन्दा नदिनेहलाई अगाडि वा पछाडी अनेक प्रकारका गाली गर्छन् ।

वास्तवमा चन्दा स्वेच्छाले दिने कुरा हो । जसलाई इच्छा छ, उसले दिन्छ । दबाब सिर्जना गरेर चन्दा लिनु हु“दैन । समाजसेवीहरुले चन्दादाताहरुको बाध्यतालाई पनि बुझ्नु नुपर्छ । नेपाल धनाढ्य देश होइन । जतिसुकै धनी भनेर फुर्ति गरे पनि विदेशीहरुको दा“जोमा यहा“का धनाढ्यहरु केही होइनन् । त्यसमा पनि नेपालमा धनाढ्य भनेकै कति नै छन् र ? सीमित धनाढ्यहरुका घर–आ“गनमा सधै“ चन्दा उठाउनेहरुको ओइरो लाग्छ । एक–दुईजनालाई मात्र चन्दा दिने हो भने चन्दादाताले विना झन्झट चन्दा दिन सक्छ । तर अनगन्ती समाजसेवीहरु आउन थाले भने उसले क–कसलाई चन्दा दिइरहने ? यो बाध्यतालाई धेरै कम समाजसेवीहरुले बुझेका छन् ।

अर्कातिर कतिपय चन्दादाताहरुले समाजसेवीहरुको भावनालाई पनि बुझेका ह“ुदैनन् । नेपालका धेरैजसो धनाढ्यहरु राजनीतिक कार्यका लागि पार्टीहरुलाई चन्दा दिन हिच्किचाउ“दैनन् । अझ एक कदम अगाडि नै बढेर आर्थिक अनुदान दिन कम्मर कस्छन्। नेपालमा यस्ता धनाढ्यहरुको कमी छैन जो आफ्नो विलासपूणर््ा जिन्दगी बिताउन र निहित पारिवारिक स्वार्थका लागि लाखौ“लाख रुपिया“ खर्च गर्न हिच्किचाउ“दैनन्, तर सामाजिक कार्यका लागि सय रुपिया“ चन्दा दिनुपरे दा“तबाट पसिना चुहाउ“छन् । कहिलेकाही“ ती व्यक्तिहरुको मनस्थिति देखेर मलाई सा“च्चै घृणा लाग्छ । वास्तवमा त्यस्ता धनाढ्यहरुको पैसा कही“ न कही“बाट फजुल रुपमा खर्च भइरहेको हुन्छ । या त उनीहरुको पैसा नेता र कार्यकर्ताहरुले उडाइदिएका हुन्छन्, या त उनीहरुको अनियमित व्यापारिक बद्मासी ढाकछोप गर्न सरकारी कर्मचारीले खाइदिएका हुन्छन् । 

मेरो घरमा पनि चन्दा लिन आउनेहµको ता“ती कम हु“दैन। सच्चा समाजसेवी हो रहेछ भने आफ्नो औकातले भ्याएसम्म मद्दत गर्छु । सकिन“ भने अलिअलि दिएर पठाउ“छु, कसैलाई सम्झाएर पठाउ“छु र सम्झाउ“दा पनि मानेनन् भने त्यस्तालाई बाध्यतावश गाली पनि गर्छु । मकहा“ कुनै गरिब क्यान्सरपीडित वा उसका परिवार आर्थिक वा कुनै किसिमको सहयोग लिन आए भने सहयोग गर्न म कोसिस गर्छु । जोसुकैलाई चन्दा दिन सकि“दैन र जसलाई पायो त्यसलाई चन्दा दिएर सम्भव पनि छैन । क्यान्सररोगसम्बन्धी समस्याबाट भुक्तभोगी भएको हु“दा म अलि बढी सहयोग क्यान्सरका Ôेत्रमा पु¥याउने गर्छु । तर धार्मिक र राजनीतिक कामका निमित्त म चन्दा दिन हिच्किचाउ“छु । कहिलेकाही“ राजनीतिक कार्यकर्ता र नेताहरुको दबाबमा आफ्नो सिद्धान्तलाई कायम राख्न सकि“दैन । उनीहरुसित रिसाउन पनि भएन र सम्झाएर सम्झने खालका मानिस पनि होइनन् उनीहरु। वर्तमान राजनीतिक परिवेशमा यो समाजको पोखरीमा बस्ने हो भने गोहीहरुसित वैभाव गरी बस्न पनि सकिन्न । त्यसैले राजनीतिक क्रियाकलापका निमित्त नचाह“दा–नचाह“दै पनि कहिलेकाही“ चन्दा दिनैपर्ने हुन्छ ।

(कर्ण शाक्यद्वारा लिखित खोज पुस्तकको अंश)