धरान / नेपालमा तीनपुस्ते परिवारमा बाच्नेहरुको जमात भेट्दा एकजना अमेरिकी शिक्षाविद्  निकै खुशी भएका थिए । यस्तो परिवारमा संस्कार हस्तान्तरणको वातावरण सहज र सरल हुने बुझेका डा. रोबर्ट एस किट्टेल नेपालीहरुको संयुक्त परिवार तथा यहाँको सभ्यता र संस्कृतिबाट निकै प्रभावित भएका थिए ।  नेपाली संस्कृतिबाट प्रभावित उनले आफ्ना दुईवटा छोरीलाई समेत नेपाल मै ल्याएर उच्च शिक्षा हासिल गराए । 

नेपाल सयुक्त परिवारसहित बसोवास गदैं आएको मुलुकको रुपमा पर्छ । अमेरिकाका शैक्षिक अभियान्ता डा. किटेले नेपालमा भएको एक प्रर्वचनमा भनेका थिए–‘नेपालमा मात्रै आफ्ना हजुरवाव, हजुरआमा,आमाबुवा र छोरा छोरी एउटै आँगनमा भेट्न सकिन्छ । नेपाल संस्कार, संस्कृति र मातृत्वको धनी देश हो ।’ 

नेपालमा लामो समयदेखि प्रशिक्षणमा सहभागी भएका डा. किट्टेलले नेपालको एक शिक्षालयमा भएको प्रशिक्षणमा विद्यार्थीलाई सोधेका थिए– ‘तपाईंहरुमध्ये को–को हजुरआमा, हजुरबुबासँगै बस्नुहुन्छ ? हात उठाउनुस् त ?’ ५० प्रतिशतभन्दा बढीले हात उठाए । ‘अनि बुबाआमासँग कतिजना बस्नुभएको छ ?’ उनको अर्को प्रश्नमा बाँकी लगभग सबै हात उठे । यो जवाफले उनी निकै प्रशन्न भए । उनको अनुहारमा चमक आयो । त्यही बेला आफ्नो देशका विद्यालय, त्यहाँका परिवार र बालबालिकालाई सम्झिए । यस्तो जवाफ पश्चिमा मुलुकमा आशा गर्न सकिदैंन् । संयुक्त परिवार पश्चिमा मुलुकमा देख्न पाइदैन ।

यो आठ बर्ष अघिको कुरा यति बेला भने फेरिएको छ । त्यही पश्चिमा संस्कृतिले हामीलाई गाजेको छ । कुनैबेला एउटै छानोमुनी आमाबुवा, हजुरबा–हजुरआमा, काकाकाकी, दाजुभाई, भाउजु–बुहारी, भाई बहिनी, छोराछोरी, नाता–नातिनी सबै अटाउँथे । हजुरबा–हजुरआमा आस्थाका धरोहर थिए । श्रद्धाका प्रतिमूर्ति थिए । उनीहरुले नै परिवारलाई सही निर्देशन र संस्कारमा डोर्होयाउँथे । भाउजु–बुहारी परिवारको मियो थिए । उनीहरुकै कारण घर उज्यालो हुन्थ्यो । साना लालाबाला घरका सौन्दर्य थिए । उनीहरुको चकचक, नोकझोंक, उत्साहले घरको माहौल रमाइलो बनाउँथ्यो । दाज–भाईहरु घरका भर थिए । उनीहरुकै आड–भरोसमा परिवारले सुरक्षित अनुभव गथ्र्यों ।

अहिले परिवारको आकार खुम्चदैछ । संयुक्त परिवार टुक्रदैछ । परिवारका सदस्यहरु आपसमा अलग हुँदैछन् । एउटा दम्पतीको एउटा परिवार बन्दैछ । एकअर्काबीचको सम्बन्ध, संवाद, सरसहयोग धरापमा पर्दै गएको छ । अहिले आमाबुवा अलग युकेमा छन् । छोराछोरी अलगअमेरिका बस्छन् ।  हजुरबा, हजुरआमा एक्लो नेपालमा छन् ।  यस्तो परिवारको संख्या नेपालमा बढ्दैं गएको छ । नेपालमा बस्ने वृद्ध वा आमाको स्याहार सुसार गर्न परिवारलाई चुनौती थपिएको छ । 


सयुक्त परिवार खण्डित भएर वृद्ध बाआमाहरु एक्लिएको र उनीहरु अनेक रोगबाट ग्रसित भएको कुरा धरानकी एक युवतीलाई मनमा गमेको थियो । नेपालमा यस्ता एक्लिएका डिमेन्सीया, इन्जाइमर्शजस्ता रोगबाट ग्रसित वृद्ध वृद्धाहरुलाई स्याहार गर्ने माध्यम मनमा सोच्नु हुन्थ्यो । सानैमा सेवा गर्ने भावनाले गर्दा उहाँले नर्सिङ पेसा रोज्नु भएको थियो । युनिक एजुकेशन एकेडेमी राजविराजबाट स्टाप नर्स अध्ययन गर्नु भयो । २०६२ सालदेखि ६ बर्षसम्म धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरुको स्वाहार गर्ने मौका पाउनु भयो । आफ्नो अध्ययनलाई फराकिलो बनाउँन उहाँले पाएको जागिर छाडेर फेरी विराटनगरको कोशी हेल्थ साइन्समा नसिंङमा स्नातकको अध्ययनका लागि भर्ना हुनु भयो । २०६७ सालमा स्नातक सके पछि नेपालमा वृद्ध–वृद्धाहरुको अवस्था र संयुक्त परिवारमा भएको फुटबारे अध्ययन गर्नु भयो । 

छोरा छोरी एउटा देशमा, आमा बुवा अर्को देशमा र वृद्ध वृद्धा वाँ आमा नेपालमा भएका धेरै परिवार उहाँले भेट्नु भयो । सम्पति भएर पनि उहाँहरुले स्वाहार सुसार, हेरचाहार नपाएको अवस्थाले उहाँलाई निकै पिरोलेको थियो । त्यही समय उहाँलाई डा. किट्टेलको प्रशिक्षण याद आयो । अनि संस्कार र संस्कृति हराउदैं गएको नेपाललाई सम्झिन । अनि एउटा नियर्णमा पुगिन । त्यो समय २०७४ सालको हो । काठमाडौको बुढानिलकण्डको मण्डिकटारमा वृद्धा–वृद्धहरुलाई सेवा गर्ने ‘सेकेण्ड इन्नीङ केयर होम’ खोलिन ।

परिवारको साथ सहयोगमा उहाँले एक्लै सानैदेखिको सेवा गर्ने अठोट पुरा गर्न केयर होम खोल्नु भयो ।  उमेरले पनि परिपक्क नभएकी सीताले एक जना वृद्धबाट उहाँको सेवा शुरु  गर्नु भयो । हालसम्म उहाँले ६० भन्दाबढि वृद्ध–वृद्धाहरुलाई राखेर नसिंङ सेवा गदैं आउनु भएको छ । यति बेला उहाँ परिवारबाट छुटेका, विभिन्न रोगले ग्रसित वृद्ध–वृद्धाहरुको एक मात्र सहारा हुनु भएको छ । हेरचाहाका लागि केही मान्छे पनि राख्नु भएको छ । तर बढि समय उहाँ आफै खट्नु हुन्छ । विरामी, रोगी, दीनदुखीको कसरी सेवा गर्ने भन्ने उहाँको नसिंङ अध्ययनबाट सिक्नु भएको छ । ‘सानैदेखिको सेवा गर्ने मनको चाहान यति बेला पुरा भएको छ । सहारा नपाएका आमा वालाई केयर गर्न पाएको छु । यसैमाम खुशी छु ।’–एउटा भेटमा उहाँले भन्नु भयो–‘नेपालमा एक्लिएका वृद्ध–वृद्धाहरुको संख्या निकै बढेको रहेछ । सम्पति भएर पनि हेलामा पर्नु भएका यस्ता व्यक्तिहरुलाई हामी संरक्षण गछौं ।’ उहाँले निम्नतम शुल्क लिएर ती वृद्ध–वृद्धाहरुको सेवा गदैं आउनु भएको छ ।

विशेष गरेर वृद्ध अवस्थामा उनीहरुलाई डिमेन्सीया, इन्जाइमर्सलगायतका रोगबाट पीडित हुन्छन् । त्यही बेला उनीहरुलाई हेरचाहार गर्ने मान्छे पनि नहुदाँ समस्यामा परेका हुन्छन् । त्यस्ता वृद्ध–वृद्धाहरुलाई सहज वातावरणमा हेरचहार गर्ने उद्देश्यले केयर होम स्थापना गरिएको सञ्चालिका सीताले बताउनु भयो ।  केयर होमलाई  बुढेसकालको सहारा बनाउने लक्ष्य रहेको उहाँले बताउनु भयो । केयर होममा एउटा सम्पन्न परिवारले पाउने सुविधाहरु प्रदान गरिएको उहाँले बताउनु भयो । त्यहाँ रहेका वृद्ध वृद्धाहरको विहान भजन कृर्तनबाट दिनाचार्य शुरु हुन्छ । खाना, खेल्न, टेलिभिजनलगायतका आवश्यक सुविधा प्रदान गरिएको छ । पूर्वमा पनि यस्ता बेसाहरा परिवार धेरै भएकाले धरानमा शाखा विस्तार गरेर सेवा प्रदान गर्ने तयारी गरिएको उहाँले बताउनु भयो । विशेष गरेर जेष्ठ नागरिकको सम्मान र उहाँको ज्ञान, सीप र कलालाई उजागार गदैं पुस्ता हस्तानतरणमा पनि सेकेण्ड इन्नीङले काम गदैं आएको उहाँको भनाई छ ।