धरान / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लागेको छ महिना पछि ताला खुलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले मंगलबार अन्तरिम आदेश दिएको हो । सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनु पर्ने संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य सार्वजनिक हितको लागि शोभनिय नभएको भन्दै ताला खुलाई प्रतिष्ठानको काम, कारवाहीहरु सुचारु गर्न अन्तरिम आदेश दिएको हो ।

प्रतिष्ठानको चारै जना पदाधिकारीको कार्यकक्षमा गत असार १६ गतेदेखि तालाबन्दी गरेका थिए । पदाधिकारीहरु अन्य कोठामा बसेर काम गदैं आएका थिए ।
यहाँका चिकित्सकहरुले शुद्धिकरणका नाममा पदाधिकारीहरुको राजिनामा माग गर्दैं तालाबन्दी गरि आन्दोलन गदैं आएका थिए । नवराज विष्टले नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउदै सर्वोच्चमा रिट निवेदन दिए पछि सो रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । गृह मन्त्रालयलाई १५ दिन भित्र  माग बमाेजिम आदेश जारि गर्न नपर्ने कारण प्रमाण पेस गर्न आदेशसमेत सर्वाेच्चले दिएकाे छ । 
सर्वोच्चले प्रतिष्ठानमा कुनै संघसंगठनबाट तालाबन्दी, घेराउ नगर्न नगराउन पनि सर्वोच्चले आदेश दिएको छ । निवेदककाे तर्फबाट अधिवक्ता दिनेश त्रिपाठी, कमलेस द्विवेदी र रेणुकादेवि सिटाैलाले बसह गर्नु भएकाे थियाे ।
तालाबन्दी पछि के गदैं थिए पदाधिकारी
चिकित्सक कर्मचारीहरुले पदाधिकारीहरुले अनियमितता गरेको भन्दैं पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरि पदाधिकारीहरुले चढ्ने गाडीको चावी खोसेका थिए । त्यस पछि पटकपटक सरकारसँग वार्ता भएको थियो । समाधानका लागि सरकारसमेत उदासिन भए पछि पदाधिकारीहरुको कार्यकक्षमा लगाएको ताला खोल्न सकेको थिएन् । सोही समयमा  बद्नाम हुने डरले रजिष्टार प्राडा मोहनचन्द्र रेग्मीले राजिनामा दिनु भएको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर प्राडा गुरुप्रसाद खनाल र प्राडा गौरीशंकर शाहले भने राजिनामा दिनु भएन् ।
विरामीको समस्यालाई मध्य नजर गरेर उहाँहरुले अन्यत्र कोठामा बसेर कार्य सम्पदान गदैं आउनु भएको छ ।
उपकुलपति गिरीले आफ्नो क्वाटरबाट दैनिक काम गदैं आउनु भएको छ । अस्पताल निर्देशक प्राडा गौरी शंकर साहले अस्पताल सहायक निर्देशकको कोठामा बसेर कार्य समपादन गदैं आउनु भएको छ । ‘विरामीहरुको काम परि रहन्छ । उहाँहरुलाई समस्या नहोस भनेर बाहिर बाटै काम गरिरहेको छु ।’–निर्देशक साहले भन्नु भयो–‘अस्पतालजस्तो सम्बेदनशिल क्षेत्रमा यति लामो समयसम्म अन्यौलता आउन राम्रो होइन् । हामी आफ्नो काम इमान्दारीताका साथ गरिरहेका छौं ।’ यस्तै रेक्टर प्राडा गुरुप्रसाद खनाल पनि अन्यत्र बसेर काम गरिरहनु भएको छ ।
तालाबन्दी भए पनि पदाधिकारीहरुले अन्यत्रै बसेर भए पनि दैनिक काम गरिरहनु भएकाले सेवाग्राहीहरुले समस्या भोग्न नपरेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलले बताउनु भयो । लामो समयदेखि तालावन्दीले प्रतिष्ठानलाई चाहिने आवश्यक मेसिनरी सामान खरिदप्रक्रिया गर्न नपाउदा विरामीले सास्ती पाएको उहाँले बताउनु भयो । अव सिटी स्क्यान र एमआरआइ मेसिन खरिद प्रक्रिाय अघि बढ्ने उहाँले बताउनु भयो ।

यसैविच आन्दाेलनरत चिकित्सकहरुसँग अझै पनि वार्ता गरेर सहकार्य गरेर अगाडी बढ्न प्रतिष्ठान प्रशासन तयार रहेकाे अस्पताल निर्देशक साहले बताउनु भएकाे छ ।

Interim Order