मोहन कोइरालाबाट लामो कविता लेखन आरम्भ भएपछि दार्जिलिङबाट सर्वप्रथमा पी अर्जुन -क्रमशः अऩि सिलिगुड़ीबाट सर्वप्रथम तुलसी भट्टराई(महापथ भएर मेरो पथ) पछि मेरा चारवटा लामो कविता (मेरो छोरो, बेला भएकै छैन, खुट्टा तान्ने तपाईहरूलाई सलाम) हरू पछि अब आउने मेरा पाँचो लामो कविता "यस्तै छ है हाम्रो सिलिगुड़ी" बजारमा आउने भएको छ ।
यसै सन्दर्भमा, कालेबुङबाट ख्यातिप्राप्त कवि, पत्रकार मनोज बोगटीको लामो कविता (पुस्तक मसित छ तर नाम बिर्सेछु) पछि सिक्किमबाट प्रशिद्ध कथाकार तथा कवि हरिश मोक्तानको लामो कविता "डढ़ेलो लागेको बस्ती"-ले पनि भारतीय नेपाली लामो कविताको फाँटको घरेट बलियो पार्न छिनु र मार्तोलको काम गरेको छ ।
यो लामो कविता सिलिगुड़ीको ऐतिहासिक आधारलाई तथ्य बनाइएर कथिएको छ । विभिन्न दस्तावेज र सन्दर्भसहित सिलिगु़ड़ीको नालीबेली कविता पङ्क्तिमा उतारिएको छ ।
आवरण -
यसका आवरण तयार पारिदिएका हुन् - स्वानमधन्य चित्रकार सुभाष छेत्री महोदयले । नम्र स्वभाव तथा अत्यन्तै मिलनसार चित्रकार सुभाष छेत्री चित्रकला बाहेक पनि साहित्य तथा सङ्गीत भनेपछि हुरुक्कै र भुतुक्कै छन् ।
सन् १९४६ मा राजबाड़ी (दार्जिलिङ)-बाट माथवरसिंह छेत्री (शरद छेत्री र सुभाष छेत्रीका बुवा)-को सम्पादनमा प्रकाशित हुने "दीपक" पत्रिका सम्पादन गर्नाका साथै यिनका चित्रहरू छापिएका पाइन्छ । यसै "दीपक" पत्रिकामा सर्वप्रथम लक्खीदेवी सुन्दास (डा.) को पहिलो कविता "दीपक" शीर्षकमा छापिएको पाइन्छ ।
नेपाली साहित्यको फाँटमा ३२ वटा विभिन्न विधाका कृतिहरू प्रदान गरेर नेपाली साहित्य फाँटलाई बिर्सिनै नसकिने गुण लाउने श्रद्धेय साहित्यकार शरद छेत्रीका भ्राताश्री हुन् ।
चित्रकार सुभाष छेत्रीले अहिलेसम्म पाँच-पाँच दर्जनभन्दा धेर कृतिका आवरण तयार पारिसकेका छन् । नेपाली साहित्यमात्र होइन साहित्यकारहरूलाई सुठी नै माया गर्ने चित्रकार सुभाष छेत्रीले कुनै पनि कृतिको आवरणको निम्ति कुनै पारिश्रमिक लिन ठ्याम्मै मान्दैनन् ।
चित्रकारिता बाहेक यिनका धेरै रचनाहरू तत्कालीन लोकप्रिय दैनिक "हिमालचुली" (सन् १९८२ देखि यता) बाहेक पनि औँलामै गन्न नसकिने रचनाहरू विभिन्न पत्र-पत्रिकामा छापिएको पाइऩ्छ ।