धरान / माधव नेपाल नेतृत्वको एमाले समाजवादी पार्टी आधिकारिकता प्रक्रियामा रहेको बेला प्रदेश १ सरकारको नेतृत्व परिवर्तनका विषयमा बसह शुरु भएको छ । दल दर्ता प्रक्रिया टुंगिएर अलग पार्टीको मान्यता प्राप्त गर्न एकदेखि दुई साता लाग्ने हुँदा दुवै पक्ष पर्ख र हेर रणनीतिमा रहेका छन् ।

एमाले विभाजनको असर बागमती प्रदेशमादेखि सकेको छ भने प्रदेश १ मा पनि मुख्य मन्त्री परिर्वतनको चर्चा चलेको छ । नेपाल नेतृत्वको नयाँ दलले मान्यता प्राप्त गर्दासम्म प्रदेश १ मा रहेका एमाले नेतृत्वको सरकारले बहुमत गुमाउदैं छ । प्रदेश १ मा एमालेको एकल बहुमतीय सरकार छ ।

एमाले संस्थापन पक्ष मुख्यमन्त्री परिवर्तन गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिमा लागे पनि त्यसले सार्थकता पाएको छैन । विगतमा माधव समूहमा रहेका सांसदहरू पनि पर्ख र हेरको अवस्थामा छन् । यस्तोमा संस्थापन पक्षले अलमलमा रहेका सांसदलाई आफूतिर तान्न मुख्यमन्त्रीदेखि मन्त्रीको प्रलोभन दिइरहेको श्रोतले बताएको छ ।

ओली पक्षले मादव पक्षसँग रहेका भीम आचार्यलाई नयाँ मुख्यमन्त्री दिने प्रलोभन देखाएको छ । तर भीम आचार्यले बिहीबारसम्म मुख्यमन्त्री हुन इच्छा देखाउनु भएको छैन् । प्रदेश १ मा सरकार बन्न ४७ सांसद चाहिन्छ । विभाजनअघि एमाले एक्लैका ५१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, जसपाका तीन र लोकतान्त्रिक मञ्च तथा राप्रपाका एक–एक सांसद छन् । विभाजनपछि चार सांसद मात्रै नेपाल पक्षमा उभिदा नयाँ सरकार ढल्छ । त्यसैले सरकार जोखिममा देखेर आचार्य मुख्यमन्त्रीका लागि तयार नभएको एमालेकै एक सांसदले बताउनु भयो ।

नेपाल पक्षमा खुलेका राजेन्द्र राईको पनि चर्चा छ । उहाँ भोजपुरबाट प्रदेश १सांसदमा विजय हुनु भएको हो ।

यहाँ विगतमा माधवनिकट सांसदको संख्या १८ थियो । तीमध्ये अहिले पनि आफूहरूसँग १५ सांसद रहेको दाबी गरिदैंआएको छ । एमाले समाजवादीको दर्ता प्रक्रिया टुंगिएसँगै आफ्ना १५ सहित कांग्रेस, माओवादी र जसपाको गठबन्धन सरकार बन्ने माधव नेपाल पक्षले बताउदैं आएको छ । दशैअगाडी नै प्रदेश १ मा नयाँ सरकार बन्ने प्रमुख प्रतिपक्ष दलका नेताहरुले बताएका छन् ।

गत ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि १२ पुसमा नेकपाकै प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसमा नेपाल पक्षका २४ सांसदले हस्ताक्षर गरेका थिए । तर, पछि उषाकला राई, कला घलेलगायत ६ सांसद ओलीतिर लाग्नु भएको थियो । उहाँहरुहाल मन्त्रीहुनु हुन्छ । यसरी विगतमा पनि विभिन्न प्रलोभन दिएर सांसदहरू तान्न सफल भएकाले अब पनि नेपाल पक्षमा लाग्नेलाई तान्ने रणनीतिमा ओली समुह रहेको छ । एमाले अध्यक्ष केपीओलीले सार्वजनिक भाषणमा केही मिहनेत गरेर १०प्रतिशत नै पु¥यान नदिने र पार्टी दर्ता नै नहुने बताउदैं आउनु भएको छ ।
हाल प्रदेश सभामा राजेन्द्र राई, सावित्रीकुमारी रेग्मी, यशोदा तिम्सिना, लीलाबल्लभ अधिकारी, उपेन्दप्रसाद घिमिरे, सावित्री जोशी, लछुमन तिवारी, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काङबाङ, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सुहाङ, कृष्णकुमारी राई, गुलेफन खातुन, खिनुलंग्ङवा लिम्बू र सभामुख प्रदीपकुमार भण्डारी माधवनिकट मानिदैं आएको छ । भीम आचायृ पनि माधव निकट भए पनि अझै पार्टी फुटाउन नहुने भन्दैं एकताको पक्षमा हुनु हुन्छ ।