धरान / पूर्वमा माछा उत्पादन र विक्रिमा अग्रिणी विराट कृषी फार्मले आजबाट धरानमा १० विक्रि शाखा सञ्चालनमा ल्याएको छ ।
धरानको भानु चोक नजिक सञ्चालनमा ल्याएको विक्रि केन्द्रको उद्घाटन सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले गर्नु भएको छ ।
विराट कृषी फार्मले मोरङ र सुनसरीमा १० वटा विक्रि केन्द्र खोलेको छ । ११ वटा मोवाइल विक्रि केन्द्र सञ्चालन गदैं आएको कृषी फार्मका सञ्चालक विष्णुप्रसाद आचार्यले जानकारी दिनु भयो ।

IMG_20210818_072005 एनआइसी एसिया बैंकको क्षेत्रीय प्रवन्धक र सहायक प्रवन्धकको जागिर छाडेर दिपक थापा, मोहन तिम्सिना र विष्णु प्रसाल आचार्यसहित अन्य इन्द्र अधिकारी र राम पौडेलको लगानीमा एक बर्ष अघि फार्म सञ्चालन गरिएको हो ।
मोरङको कटारीमा मुख्य कार्यालय रहेको फार्म मोरङको थला, झोराहाट, सुनसरीको बर्जु, बलाहा र इनरुवामा जग्गा रहेको छ । २५ विगाहा कम्पनिको आफ्नै जमिन रहेको छ । ७५ विगाहा जमिन भाडामा लिएर माछाका भुरा उत्पादन तथा खाना मिल्ने माछा उत्पादन गदैं आएको कम्पनिका सञ्चालक आचार्याले जानकारी दिनु भयो । कम्पनिमा शुरुमा ३२ करोड लगानी गरिएको बताइएको छ । उक्त फार्मले कृषकलाई माछाका भुरा उपलब्द गराउने, माछाकिनि दिने तथा आवश्यक दानाको पनि व्यवस्थापन गदैं आएको छ । 
कम्पनिले माछालाई आवश्यक दाना, औषधीसमेत आफै उत्पादन गदैं आएको छ । दैनिक एक हजार केजी माछा बजारमा विक्रि गदैं आएको कम्पनिको उत्पादन अनुसार खपत कम भएको कम्पनिका सञ्चालक मोहन तिम्सिनाले जानकारी दिनु भयो ।
उहाँका अनुसार सुनसरीमा ६ वटा र मोरङमा ४ वटा विक्रि केन्द्र रहेका छन् । विक्रि केन्द्रहरुमा जिउदा माछाहरु रहु, पङ्गास, कमन, भ्याकुर, विग्रडलगायत जाताका माछा पाइन्छन् ।

जिउँदा ताजा पोखरीमा उत्पादन गरेका माछा स्वास्थ्यका लागि उपयोगी भएको सञ्चालक तिम्सिनाले बताउनु भयो ।
कमपनिले शुरु मा माछा उत्पादनलाई जोड दिइएको थियो । हाल भने विक्रिलाईप्राथमिकतामा राखेको छ । आगामी दिनमा माछा उत्पादनसँगै पाखरी जनिक अन्य बाख्रा पालन, फलफुल, तरकारीखेति गर्ने तयारी गरेको छ । प्रदेश १ मा माछामा आत्म निर्भर बनाएर विदेशी माछा आयत गर्न नपर्ने गरि उत्पादन व्यवथापन गर्न लागिएको सञ्चालक आचार्ये बताउनु भएको छ ।
संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठनका अनुसार, नेपालमा सन् १९६६ मा ३ टन माछा उत्पादन हुन्थ्यो भने सन् २०१९ सम्म आइपुग्दा ७१,२५२ टन पुगेको छ । माछा प्राणी–प्रोटिनको एक उत्कृष्ट र स्वास्थ्यकर स्रोत भएकाले उपभोक्ता माझ लोकप्रिय हुँदै गएको छ । फलस्वरूप देशको आन्तरिक उत्पादनले मात्र धान्न नसकेकाले वार्षिक करिब १०,००० टन माछा अझै आयातसमेत हुने गरेको छ, जसका कारण देशको ठूलो धनराशि बिदेसिने गरेको बताइएको छ ।

नेपालमा हाल प्रतिव्यक्ति माछा खपत ३.३७ किलो मात्र छ जुन विश्वको औसत खपतभन्दा करिब १७.१३ किलो कम हो । नेपाललाई विश्व औसत खपतको ३० प्रतिशत हाराहारी पुर्‍याउन पनि हालको माछा उत्पादन झन्डै शतप्रतिशत बढाउनुपर्ने माछा विज्ञहरुले बताएका छन् ।
माछा उत्पादनका लागि जलस्रोतको प्रचुर उपलब्धता, न्यानो र चिसो पानीमा पालिने दुवै प्रकारका माछाहरूका लागि उपयुक्त जलवायु, मत्स्य प्रजनन तथा व्यावसायिक उत्पादनका लागि आवश्यक प्रविधिको विकास, तुलनात्मक रूपमा बढी नाफामूलक व्यवसाय तथा बढ्दो बजार मागजस्ता पक्षहरू मत्स्य विकासको सम्भावनालाई उजागर गर्न पर्याप्त छन् । थप, हाम्रो देश जलस्रोतमा धनी भएकाले यसको बहुउपयोगका लागि माछापालन एउटा उन्नत विकल्प भएको बताइएको छ ।

238966869_369945498166774_691099150279563668_n 18cCommonCarp17cmcompressed