धरान / कोभिड–१९ को कारण देखाएर यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बच्चाको नियमित शल्यक्रिया(आरओटी) एक सातादेखि बन्द भए पछि टाढाबाट आउने विरामी समस्यामा परेका छन् ।
प्रदेश १ मा प्रतिष्ठानमा मात्र बालबालिकामा हुने सबै प्रकारका रोगको शल्यक्रिया सजह रुपमा हुदैं आएको थियो । तर अस्पताल प्रशासनले अन्य विभागका नियमित शल्यक्रिय सचारु गरे पनि विशेष गरेर नवजात शिशुको जन्मजातदेखिने समस्याको शल्यक्रिया भने राकि दिए पछि पालो कुरेर बसेका विरामी समस्यामा परेका हुन् ।
गत बैशाखको अन्तिम आइतबारदेखि नियमित शल्यक्रिया रोकिए पछि राजधानी बाहिरका एक मात्र पेरियडिक सर्जन डा. राजेस साह भूमिकाविहीन हुनु भएको छ । प्रतिष्ठानमा आए पछि बच्चामा हुने कुनै पनि रोगको सहज शल्यक्रिया हुदैं आएको थियो । तर आकस्मिक गनुृ पर्ने शल्यक्रिया भने भइरहेको छ ।
तीन बर्ष अघिदेखि बिपी प्रतिष्ठानमा श्वास नली र खाने नली जोडिएका, मलद्वार नभएका, आन्द्रामा नसा नभएका आन्दाको विकास नभएको, मुख बाङ्गिएको, पिसाव फेर्ने ठाउँ फरक भएको अण्डकोष बटारिएकोलगायतको समस्या भएका बाच्चाको सफल शल्यक्रिया हुदैं आएको थियो । डा. राजेश आउनु भन्दा अगाडी यस्ता विरामी प्रतिष्ठानले काठमाडौं तथा भारतीय अस्पतालहरुमा रेफर गर्दै आएको थियो । पाकिस्थानबाट विशेषज्ञता हासिल गरेका डा. साह तीन बर्ष अघि प्रतिष्ठानमा आए पछि यस्तो समस्या भएको बालबालिकाको सफल शल्यक्रिया गदैं आउनु भएको छ ।
‘यस्ता समस्या भएका बालबालिकाहरुलाई काठमाडौंको निजी अस्पतालमा शल्यक्रिया गर्दा लाखौं खर्च हुन्छ । तर प्रतिष्ठानमा १२ हजार मै हामी शल्यक्रिया गछौं ।’–तीन बर्ष कान्तिबाल अस्पताल काठमाडौंमा कामको अनुभव सङ्गाल्नु भएको डा. साहले भन्नु भयो –‘यहाँ महिलामा झण्डै ५० जना बालबालिकाहरुको शल्यक्रिया भइरहेको छ । तर कोभिड–१९ को कारण देखाएर पेरियाडिक शल्यक्रिया चाही बन्द गरिदिदा समस्या परेको छ ।’ अन्य विभागका नियमित शल्यक्रिया भइरहे पनि बच्चाको शल्यक्रिया चाही प्राथमिकतामा प्रशासनले नराख्दा आफु अच्चममा परेको उहाँ बताउँनु हुन्छ ।
महिनामा ६ लाख आम्दानी गुम्दैं
बिपी प्रतिष्ठानको पेरियडिक शल्यक्रिया विभागका अनुसार आकस्मिक बाहेक नियमित पालोमा पसेर शल्यक्रिया गर्नेहरुको संख्या बढेको छ । बच्चाको प्रत्येक आइतबार शल्यक्रिया हुदैं आएको थियो । अघिल्लो दुई आइतबार शल्यक्रिया हुन सकेन । एक दिनमा ५ देखि ६ जना विरामीको शल्यक्रिया हुन्छ । दुई हप्तामा १२ जना विरामीले दुःख मात्र पाएनन्, प्रतिष्ठानले एक लाख भन्दा बढिको आम्दानी समेत गुमाएको छ । महिनामा सरदर ६ जनाको शल्यक्रिया गदैं आउनु भएका डा. राजेशले मासिक ६ लाख प्रतिष्ठानलाई आम्दानी दिदैं आउनु भएको थियो ।
शल्यक्रियाका लागि २०७९ जेठसम्मको पालोमा
शल्यक्रियाका लागि २०७९ जेठ महिनासम्म विरामी पालोमा छन् । एक बर्षको तथ्याङ्क हेर्ने हो भने शल्यक्रियाका लागि सरदर ६ सय विरामी पालो कुरेर बसेका छन् । एक बर्षसम्म पालोमा विरामी बसेका बेला एक्कासी शल्यक्रिया बन्द भए पछि आफुलाई अप्ठ्यारो परेको डा. राजेशले बताउनु भयो । ‘अस्पताल प्रशासन समस्य कुरा राखेको छु ।अहिलेसम्म सुनुवाई भएको छैन् । पालोमा आउने विरामीलाई अहिलेसम्म सम्झाएर पठाउदैंछु ।’–डा. राजेशले भन्नु भयो । प्रदेश १ र २ का बालबालिकाहरु यहाँ शल्यक्रिया हुदैं आएको छ ।
नेपालमा जम्मा १५ जना बाल सर्जन रहनुभएको छ । साह राजधानी बाहिर काम गर्ने एक मात्र सर्जन हुन ुहुन्छ । अरु सबै राजधानी मै केन्द्रित छन् ।
यस विषयमा अस्पताल निर्देशक डा. गौरीशंकर साह भने सर्जरी विभागले मिलाए सबैलाई मिलाएर गर्नु पर्ने गरिरहेको छैनरहेछ । त्यो अव चाढै मिल्छ । नियमित शल्यक्रिया हुने बताउनु हुन्छ ।
प्रतिष्ठानमा अस्पताल निर्देशक संयोजक, सहनिर्देशकध सदस्य सचिव रहेको ओटी युजर कमिटी बनेको छ । त्यसमा सबै विभागका सर्जनहरु सहभागी हुनुहुन्छ । उक्त टिमले पेरियाडिक सर्जनको तालिका भने राखेको थिएन् । उक्त टिमले बनाएको रोस्टरमा पेरियाडिकको नाम नराखिएको तर न्युरोसँग मिलेर काम गर्न भनिएको अस्पतात सह निर्देशक डा. प्रमोद बरालले जानकारी दिनु भयो । तत्काल गरि हाल्नु पर्ने विरामीको मात्र शल्यक्रिया गर्ने गरि रोस्टर बनाइएको उहाँले बताउनु भयो । अझै कोरोना महामारी थप फैलिए सबै शल्यक्रिया बन्द गरेर जनशक्ति कोभिड अस्पतालतिर खटाउनु पर्ने अवस्था आएको उहाँको भनाई छ ।