धरान / तराईको विभिन्न जिल्लामा कारोवार हुने पूर्व पहाडी जिल्लामा उत्पादन हुने टमाटार लकडाउनका कारण यो बर्ष विक्रि घटेको छ । मूल्यमासमेत भारी ह्रास आएको धरानस्थित कृषी उपज बजारले जनाएको छ ।
कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस यस आर्थिक बर्षको चैत्र अन्तिम सम्ममा ९ हजार १६३ मे.टन कारोबार भएको थियो । १४ हजार मे.टन विक्रिको लक्ष्य रोको बजारले हाल औसत थोक मूल्य रु.१२ मा प्रतिकेजी टमाटर विक्रि गरिरहनु परेको उहाँले बताउनु भयो । त्यो पनि शनिवारदेखि पुरै लकडाउन भएका कारण कृषी उपज बजार नै बन्द हुँदा कृषकले उत्पादन गरेको टमाटर अलपत्र परेका छन् । यो बर्ष धरानमा जम्मा १५ करोड बराबरको मात्र करोवार गर्न सफल भएको छ ।
होटल, रेष्टूरेन्ट सवारी साधन, विभिन्न कार्यक्रममा टमााटर विक्रि हुने गरेको थियो । तर लक डाउनका कारण बन्द हुदा टमाटर निर्यात हुन नसकेको उहाँको भनाई छ ।
‘लक डाउन अघि दैनिक ६० टन भन्दा बढि कारोबार हूने गरेकोमा हाल लक डाउना कारण दैनिक २५ टन मात्र कारोबार भई रहेको छ ।’– व्यवस्थापक भट्टराईले भन्नु भयो–‘त्यो पनि मूल्य आधा पनि विक्रि भएको छैन् । कृषकको बारीमा टमाटर कुहिएको छ ।’
२०७६/७७ आर्थिक बर्षमा बजारमा टमाटर १३ हजार १२८ मे.टन कारोबार रहेको थियो । औसत प्रति केजी ३० थियो जम्मा रु.४० करोड बराबरको कारोबार भएको थियो । तर यो बर्ष एक तिहाई पनि कारोवार नभएको बताइएको छ । कृषकहरुले त त्यति नै मात्रमा उत्पादन गरेका छन् तर लकडाउनले गर्दा टमाटर बोटमै कुहिइएको कृषकले गुनासो गरे ।
आर्थिक वर्ष २०७५/०७६ मा १२ हजार १ सय ३२ मेट्रिक टन कारोबार भएको थियो । जसबापत ३० करोड रुपैयाँ आम्दानी भएको कृषि बजारले जनाएको छ ।
विशेष गरेर धनकुटाको साबिक बेलहारा गाविसका अधिकांश कृषक टमाटरमा आश्रित छन् । सबै भन्दा बढि टमाटर उत्पादन गर्ने जिल्ला धनकुटा हो । मोरङको कटहरे र झापाबाट पनि केही टमाटर धरान कृषी उपज बजार आउने गरेको छ । तर धेरै चाही धनकुटाबाट आउने व्यवस्थापक भट्टराई बताउनु हुन्छ ।
धरानदेखि पूर्वका विभिन्न थोक बजारमा धनकुटाको टमाटरले धान्दै आएको छ । वैशाखको अन्तिम सातादेखि सुरु भएर मङ्सिरसम्म टमाटर बिक्री हुने गर्छ ।
लकडाउनले बेच्ने वेला भएको टमाटर सबै नष्ट भएको पात्लेखोला सहकारी धनकुटाका अध्यक्ष अमर दाहालले बताउनु भयो ।
मूल्य कम भएका कारणले यस वर्ष सबैभन्दा बढी कृषक मारमा परेको उहाँको भनाई छ । बेलाहराका करिब १ हजारभन्दा बढी घरधुरी टमाटर खेति मात्र गदैं आएको छन् । दैनिक ५० टन टमाटर यहाँबाट कारोबार हुने पात्लेखोला सहकारी धनकुटाका अध्यक्ष दाहाल बताउँनु हुन्छ ।
गतवर्ष बन्दाबन्दी भएपछि लगाएको बिरुवा मासेर मकै रोपेको बताउनु भयो । ‘यो बर्षको पीर अर्को बर्ष कृषकले यस्तै बैकल्पिक उपाय अपनाउनु पर्ने हुन्छ ।’–उहाँ भन्नु हुन्छ ।
उहाँले गतवर्ष बन्दाबन्दी भएपछि लगाएको बिरुवा मासेर मकै रोपेको स्मरण गर्नु भयो । ‘पोहोर जति थिए, त्यसबाट राम्रै आम्दानी भएको थियो’–उहाँले भन्नु भयो ।
बजार यस्तै रहेमा अर्को साल के गर्ने र बोट उखलेर विकल्प खोज्नुपर्ने अवस्था आउने उहाँ बताउँनु हुन्छ । यति बेला धनकुटाको कृषकको लगानी नै नउठ्ने भएको छ । टमाटरबाट सालन्ने राम्रो आम्दानी गदैं आएका कृषक यति बेला मार्कामा परेका छन् । यस्तो बेला स्थानीय सरकारले कृषकका लागि राहतका कार्यक्रम ल्याउनु पर्ने दाहाल बताउनु हुन्छ । सरकारी तवरमा कुनै राहतका कार्यक्रम नल्याउदा कृषकले भाउ घटेका बेला ठूलो जोखिम मोल्न बाध्य भएको उहाँका भनाई छ ।
बेलहरामा राम्रो टमाटर खेति गरेर विगतमा आम्दानी गदैं आउनु भएका दाहाल यति बेला निराश हुनु हुन्छ । ‘लकडाउनले हाम्रो मेहनेत र लगानी माटोमा मिल्यो । यस्तो समयमा सरकारको सहयोग जरुरत पर्छ ।’
धरान कृषि उपज बजार स्थलका थोक व्यापारी अजय गुप्ताका अनुसार तराई क्षेत्रमा पनि यही सिजन टमाटर उत्पादन भएकाले अव केही दिनमा पहाडी क्षेत्रको टमाटरले बजार पाउने बताउनु हुन्छ । यति बेला झापा र मोरङ पहाडी क्षेत्रको टमाटर जान नपाएको उहाँको भनाई छ ।
टमाटरको बैज्ञानिक नाम
गोलभेडा(टमाटर) तरकारीको एक प्रकार जो साना साना बोटमा फल्ने फल हो । प्रायः सबै ठाउँमा यो तरकारीको उत्पादन हुन्छ । वैज्ञानिक नाम लिकोपर्सिकोन एस्कुलेन्टमले चिनिने टमाटर सोलानासिया परिवार अन्तर्गत पर्ने पोथ्रा वर्गको वनस्पति हो । वीकिपिडियाका अनुसार गोलभेडाको उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम टमाटर हिन्दी भाषा हो । नेपाली भाषामा रमभेडा भन्ने गरिन्छ ।
भारतको महत्वपूर्ण तरकारी टमाटर
टमाटरमा धेरै पौष्टिक तत्व पाइन्छ । जुनसुकै तरकारीमा पनि यसको प्रयोग हुन्छ । आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो । तर ‘केप्ड भेजिटेबल’ मा यसलाई पहिलो स्थानमा राखिएको छ । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ । पोर्तुगालीहरूले यसलाई भारतीयहरुलाई चिनाएका थिए । अहिले यो भारतमा एक महत्वपूर्ण तथा लाभकारी सब्जीको रुपमा परिचित छ । उत्तर प्रदेश, महाराष्ट्र, कर्णाटक, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य मानिन्छन् । सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिने बताइएको छ ।
जलवायुको आवश्यकता
टमाटर एक गर्मी मौसमको बाली हो, तर यो ठण्डी मौसममा पनि व्यापक रूपमा उत्पादन गर्न सकिने कृषी विज्ञहरुले बताएका छन् । यसको बोटले धेरै तुषारो सहन सक्दैन । २१ देखि २३ डिग्री सेन्टिग्रेडको औसत मासिक तापमानमा यो फस्टाउछ । तर व्यापारिक रूपमा यो १८ देखि २७ डिग्री सेन्टिग्रेड तापमानसम्म उत्पादन गर्न सकिने जेटिए विनोद चौधरीले बताउनु भयो ।
टमाटर विभिन्न प्रकारको माटोेमा उत्पादन गर्न सकिन्छ । बलौटे उर्वर माटो, दोमट माटो, कालो माटो र राम्रो पानी बहने व्यवस्था भएको कालो माटोमा यसको खेती गर्न सकिने कृषी विज्ञहरुले बताएका छन् । तर राम्रोसँग पानी बहने, माथिल्लो तहमा हल्का बलौटा र भित्री तहमा राम्रो दोमट भएको माटोमा यसको उब्जनी राम्रो हुन्छ । टमाटरले ठिक्कको अम्लता र क्षार भएको माटो सहन सक्छ । अम्लताको मात्रा ५।५ देखि ७।५ भएको माटोमा यसले उत्तम उत्पादन दिन्छ ।। सिक्किमको माटो अम्लीय प्रकारको भएकाले त्यहाँ टमाटरको उत्पादन उच्च रहेको बताइएको छ ।
टमाटरका फाइदा
तरकारीलाई स्वादिलो बनाउनका लागि टमाटरकोे प्रयोग आजभोली अनिवार्य जस्तै भएको छ । सूपको रुपमा, अचारको रुपमा तथा श्रृंगारको सामानको रुपमा समेत टमाटरका प्रयोग हुने गरेको छ ।
टमाटरबाट भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । साथै यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने बताइन्छ ।
मानिसलाई वजन घटाउन पनि टमाटर फाइदाजनक छ । तर टमाटरको सवैभन्दा ठूलो फाइदा भनेको पकाउँदा पनि त्यसको पोषक तत्व जादैन ।
टमाटरमा विभिन्न प्रकारका पौष्टिक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ जसले हाम्रो शरीरलाई विभिन्न रोगहरुसँग लड्न मद्दत गर्दछ ।