खोटाङको माक्तिम ९ मा २०३८ मा जन्मेका लक्षमी फुयल २०५४ सालदेखि विद्यार्थी राजनीति सुरुगरेको हुन । मोरङको सुन्दर हरैचा ७ मा बस्दै आएका उनी मालेको केन्द्रिय सदस्य हुदै २०७० सालमा एमालेमा आबद्ध भर्इ हाल एमाले १ न प्रदेश कमिटी सदस्य रहेका छन् । राजनितिमा ठूलो सम्भावना बोकेका युवा नेतासँग भएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ । हाल हुनुहुन्छ ।

चुनाव सप्पन्न भएपछि कत्तिको फुर्सद हुनुहुन्छ ?
फुर्सद को अवस्थामा छुइन राजनीति कर्मिहरु कहिलेपनि फुर्सदिला अवस्थामा हुदैनन पनि म यतिखेर कार्यकर्ता ,मतदाता र सुभचिन्तकहरु सङ भेटघाट र कार्यकर्ताहरु लाई परेको अप्ठ्यारा र समस्याहरु लाई सामधान गर्न दिनहरु बितिरहेको छ।सङ संगै चुनावमा भएको प्रगति र त्यसमा भएको कमिकमजोरी भएको कुराहरु को समिक्षा गर्न पार्टी का प्रत्येक दिनका बैठकहरुमा उपस्तिथि हुनेगरेको छु ।हाम्रो पार्टीले उपलब्धि गरेको कुरा क्षति पुगेको कुरा र हामीले प्राप्तगरेको कुराहरूलाई सस्थागत गर्ने र जनताको भाबनालाइ सम्बोधन गर्नेकुरामा समिक्षा गर्दै र संगठन निर्माण र सुदृढीकरण गर्ने कुरामा आम कार्यकर्ता मा बैचारिक नितिगत कुरालाई ब्यबस्थित गर्ने कुरामा मेरो समय बितिरहेको छ ।यसलाइ ब्याबस्थित गरि भोलिको दिनमा पनि एमालेलाई जनताको बिचमा प्रगाढ बनाएर स्थापित गराउन मेरो ब्यास्थता छ ।

मङ्सिर १० र २१ गते निर्बाचन सम्पन्न भएपछी पुसको पहिलो हप्तामै सरकार बनाउने भनेर तपाइँहरुको पार्टीले भनेको थियो डेढ महिना भन्दा बढी भैसक्यो हालसम्म किन नया सरकार बन्न सकेन ?

मुलत नया संविधान घोषणा भैसकेको अवस्था छ जुन संबैधानिक अपठ्यारा र बाधा,सारागाराहरु छन ती अपठ्याराहरु लाई पार गरेर निर्वाचन आयोग सङ जुन ढंगले नेकपा एमाले र सरकारमा रहेका जुन दलहरू छ्न तिनको बीचमा कुराहुदा संबैधानिक अप्ठ्यारा भएको हुदा र निर्बाचन आयोग अहिले तल्लीन भएर लागेको र तिनै संबैधानिक अपठ्यारा को कारणले गर्दा नया सरकार गठन हुन नसकेको यो निर्बाचित सरकार गठन हुन नसकेको अवस्थाछ अहिले विशेष गरि रास्ट्रीयसभाको उपनिर्बाचन हिजो २०४६ सालको संविधानले दलगत सहमति हुदा मनोनीत प्रक्रिया बाट रास्ट्रीयसभालाइ पुर्णता दिन्थे भने अहिलेको नया सम्बिधानले दलगत सहमति भन्दा पनि यो सम्बिधान को भावले चै निर्वाचन ,उपनिर्बाचन कै मर्मलाई बोलेका हुनाले अब माघ २४ गते निर्बाचन आयोगले तिथि मिति तोकिसकेको छ त्यो उपनिर्बाचन भैसकेपछि पुरानो सरकारले राजीनामा दिने र निर्बाचित सरकार को निर्माण हुने प्रक्रियाको मार्ग खुल्ने छ ।

चर्चा मुख्यमन्त्री को पनि छ यो प्रदेशमा मुख्यमन्त्री चाहि को हुन्छ तपाईं को नजरमा ?

स्वभाविक नै निर्बाचन भइसकेपछि र निर्वाचनले दिएको परिणाम जुनछ त्यो परिणाम अनुसार मुख्यमन्त्री बन्ने कुरा रहन्छ नेकपा एमालेले बामगठबन्धन नहुदा पनि सिङ्गो एमालेको बहुमत पुग्छ यो प्रदेशमा बामगठबन्धनको तर्फबाट त अझ धेरै बहुमत रहेकोछ त्यस्ले गर्दा मुख्यमन्त्री निर्वाचित हुनेकुरामा अथवा मुख्यमन्त्री बन्ने सन्दर्भमा चाहिँ हाम्रो पार्टीको तर्फबाट प्रदेश प्रमुख र उपप्रमुख दुबै नेता दावेदार हुनुहुन्छ त्यसमा प्रदेश प्रमुखमा पार्टीको केन्द्रिय सचिव कमरेड भिम आचार्य हुनुहुन्छ पोर्ट्फुल्ली को हिसाबले उहाँकै पल्लभारी देखिन्छ त्यो सङसङै एक नम्बर प्रदेश जनजातिहरुको बाहुल्य क्षेत्र पनि हो र यो क्षेत्रमा बसोबास गर्ने बाहुल जनजाति को प्रतिनिधित्व गर्ने गरि उपप्रमुख कमरेड शेर्धन राईले पनि आफुलाइ दाबी गरिराख्नु भएको छ उहाँको पनि अस्वभाविक छैन त्यो दाबी यस कारणले गर्दा भोलि प्रदेशसभा गठन भइसकेपछी प्रदेशसभाले दलको नेता बनाउने छ उहानै मुख्यमन्त्री बन्ने पक्का छ ।
चुनाव सम्पन्न हुनेबित्तिकै एमाले र माओबादी केन्द्रबिच पार्टी एकीकरण हुने कुरा थियो तर चुनाव सकिएको डेढ महिना भन्दा बढी भयो के एकता त भाडिने त हैन ?
जतिबेला चुनावी बामगठबन्धन सङसङै पार्टी एकीकरण गर्ने सिङ्गो नेपाल कम्युनिस्ट पार्टी या कम्युनिस्ट केन्द्र निर्माण गर्ने भनेर प्रस्तुत गरिएको थियो । आम जनतामा र आमूल परिबर्तनको पक्षमा उभिने जनतामा उत्साह जनक सिर्जना थियो । त्यही सिर्जनाको कारणले आज देशभरी हेर्ने हो भने दुइतिहाइ बहुमतको अवस्थामा जिताइ सुनिश्चितता जनताले बामगठबन्धन गराइदिनु भएको छ र पार्टी एकैकरण नै आवश्यक छ भन्ने हिसाबले यो परिणाम आएको छ।जनताले उत्साहजनक ढंगले मतदान गर्नु भयो र बामगठबन्धन लाई यो सक्तिको रुपमा स्थापित गर्नु भयो ।यो बिश्वासलाइ यदी न तोड्ने होभने पार्टी एकीकरण गर्नु अहिलेको आवश्यकता हो यो समयको माग हो र देशलाई राजनीतिक रुपले स्थिरसँग अघिबढाउन को निम्ति राजनीति तरलता अन्त्य गराउन को निम्ति अन्तर्राष्ट्रिय शक्तिहरुको हस्तक्षेपको विरुद्धमा बलियो सरकार को निम्ति पार्टी एकीकरण भयो भने चाहेर पनि त्यो सम्भब छैन ।कुनैपनी मानेमा पार्टी एकीकरण हुन आवश्यक छ एकीकरण नहुने हो भने साझा दस्तावेज र घोषणापत्रमा भएका योजना लथालिङ्ग भताभुङ हुनेछन यसकारणले गर्दा अहिलेको अवस्थामा पार्टी एकीकरण हुन जरुरी छ पार्टी एकीकरणको लागि प्रचण्ड कमरेड र केपी कमरेड को नेतृत्वमा कार्यदल गठन भएको छ त्यो कार्यदल ले गृहकार्य गरेर पार्टी एकतालाई अन्तिम अन्तिम रुपदिन लागेको हामीले बुझेका छौ र माघ २४ गते रास्ट्रीयसभाको उपनिर्वाचन अगावै पार्टी एकता भएको घोषणा गर्नुहुन्छ भनेर बिश्वास लिएका छौ यस बाट पछि हट्ने अवस्था छैन यो एकता हुनबाट न माओबादि केन्द्र पछि हट्ने छ न एमाले पछि हट्नेछ एकता निश्चित छ मात्र नेता कमरेड हरुलाइ माथी पोटफुल्ली ,सिद्धान्त बिचार का कुरा नितिनिर्माण कुरा कार्यदल मिलाइ चाडै टुंगो लाग्नेछ । जनतामा भ्रम सिर्जना गर्ने कुरा विपक्षी पार्टीले पार्टी एकता हुदैन बामगठबन्धन तुट्यो भन्ने कुरा गरेको छ त्यो सरासर गलत हो ।

अन्त्यमा केही भनाइ छ ?
सबैभन्दा पहिले तपाई र तपाइको यो अनलाइन मिडियालाई धन्यवाद दिन चाह्न्छु मेरो बिचार राख्ने मौका दिनु भयो। बामपंथीहरुको स्थिर सरकार निर्माण भइ देशले बिकास र समृद्धिता बाटोमा पुर्याउन अब बन्ने सरकारलाई सुभकामना अनि सम्पूर्ण मतदाताहरुलाइ धन्यवाद दिन चाहन्छु ।                                                                     प्रस्तुती: बद्री अर्याल