बहुगुणी फल अमलाप्रकृतीले हामीलाई प्रदान गरेको अनेकौ फलफूलमध्य अमला पनि एक हो । अमालाको उपयोगितावारे थाहा नभएका मानिस प्रायः कमै भेटिएलान् । अन्यन्त गुणकारी एंव उपयोगी अमला आयुर्बेदीक महत्वपूर्ण औषधी हो ।
अमलाको प्रयोगबाट कतिपय रोगहरुको रोगथाम तथा रोग लाग्न बाट बचाउछ । जस्तै अमला खाने व्यक्तिको हड्डी लचिलो हुनुका साथै बच्चा, युवा, बुडा सबै उमेरका मानिसहरु अमला उपयोगिफल मानिन्छ । खास गरि बृद्ध अवस्थामा नुनकोमात्र बढि हुनाले हड्डी, स्नायूमण्डली अनि रक्तबाहिनी धमनीहरु खुम्चीएर कडा हुन्छन् । यस्ता समस्या भएका व्यक्तिलाई अमला पलदायिक हुे गर्छ । अमलाको सेवन गर्ने बृद्धाबृद्धहरुले यस्ता कठिनाई भोग्नु पदैंन ।
अमलामा विभिन्न किसिमका एसिडहरु पाईन्छन् । जस्त ग्यालिक एसिड,टेनिक एसिड, निर्यास, सेल्सुलोज, क्याल्सियम आदि तत्वहरु पाईन्छ । कपाल रइन्द्रीयहरुको लागि लाभकारी, नाडी तथा मस्तिष्कका लागि बलकारक, अग्नीपीडक, रुचिकर, उत्तेजक, उदयरोग कम गर्ने खालका हुनुका साथै हृदय बलकारक, रक्त स्थापना तथा कफ प्रमेहरोग, जीर्ण ज्वर आदि रोगका लागि अतिमहत्वपूर्ण मानिन्छ । आर्युबेदले विभिन्न रोगलाई निको पार्न अमला प्रयुक्त हुन्छ भन्ने पाईन्छ ।
तिर्खा, अनिन्द्रा, पसिना नआउने, खालको ज्वरोमा केही मात्रामा अमला अनि अदुवा घिउमा भुटेर खुवाउनाले ज्वरो निको हुन्छ । नाथ्री फुट्दा पिसेको अमला घिउमा भुटेर नाकमा लेप लगाउदा नाकबाट रगत बग्न रोकिन्छ । रक्तश्राप हुदाँ पनि अमलाको रसलाई मिश्री वा महमा मिसाएर खानाले रक्तश्राब रोकिन्छ । अमलाको रस वा धुलो चुर्ण गुँदसँग मिसाएर खानाले पिसाब खुलेर हुने गर्दछ ।
रेस्फेक कोसेलीबाट