धरान /  धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुर्विन प्रविधीबाट शल्यक्रिया गर्न थाले पछि विरामीलाई सहज हुन थालेको छ ।
गत आइतबार पाठेघरमा १०.१० एमएमको मासु पलाएको समस्या लिएर एक ३९ वर्षिया विरामी शल्यक्रिmयाका लागि आउनु भयो । विना घाउ शल्यक्रिया गरेर घर फर्का उहाँ खुशी हुनु भयो ।
दुरविन प्रविधीबाट गरिने शल्यक्रिया पेट चिरेर गर्ने शल्यक्रिया भन्दा केही महङ्गो भए पनि विरामीलाई हुने शल्यक्रियामा संलग्न डा. अजय अग्रवालले बताउनु भयो ।
सामान्यतय शल्यक्रिया भन्ना साथ आम जनमानसमा पेट चिर्ने, काट्ने भन्नेशुन्छ । मरिनछ की भनेर कतिपय विरामी डराएर प्रेस बढ्दा शल्यक्रिया पनि नहुने समस्या छ । यही समस्यालाई ध्यानमा राखेर यहाँका चिकित्सकहरुले् नयाँ प्रविधी भित्राएका छन् ।
प्रतिष्ठानमा गाइनो ल्यापारोशकोपिक (दुरविन) प्रविधीबाट गरिने शल्यक्रिया प्रभावकारी बन्दैं गएको छ । डा.अजय अग्रवाल र डा.मदन खड्काले हालै ताइवानबाट यस विषयमा फेलोसिप गरी प्रतिष्ठानमा सेवा दिन थालेको पव्रतिष्ठानले जनाएको छ ।
यसप्रविधीबाट हप्तामा ४ ÷५ जनाको शल्यक्रिया गर्दै आइरहेको प्रतिष्ठानले जनाएको छ ।
÷
नेपालका अन्य अस्पतालहरूमा दुरविन प्रविधिबाट शल्यmित्रयगर्दा मोरसलेटर डिभाइसको प्रयोग हुन्छ । अटोमेटिक हुने यस डिभाइस खरिद गरी शल्यक्रिया गर्दा विरामीले महँगो शुल्क तिर्न पर्ने हुन्छ । तर यहाँदुरविनबाट समस्या हेरेर सानो प्वाल पारेर म्यानुअल रूपमा मासुको डल्लाहरूलाई काटेर लामो बनाएर त्यस प्वालबाट झिक्ने गरेको डा. अजयले बताउनु भयो । म्यानुअल गर्दा सस्तो र सुरक्षित हुने उहाँको भनाई छ ।

विदेशमा प्रायः बैजसो शल्यक्रिया चाहे जटिल किसिमको होस या सामान्य किसिमको प्रायः सबै शल्यक्रिया दूरबीन प्रविधिबाट पेट नचिरिकन गरिन्छ । यसप्रकारका शल्यक्रियामा पेटमा घाउ हुँदैन, दाग बस्ने त कुरै भएन, बिरामीको घाउ पाक्ने सम्भावना कम हुने, दुखाई कम हुने, बिरामीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गर्न मिल्ने, अप्रेसन पूर्वको स्थितिमा चाँडै पुग्ने थुप्रै फाइदा हुने गरेको चिकित्सकहरुको भनाई छ ।