काठमाडाै‌ / जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर आफैँ कामचलाउ प्रधानमन्त्री भएका केपी ओलीले युवा परिषद्मा य२४ जना युवाहरुलाई नियुक्त गरेका छन् । पार्टी विभाजनपछि गुट बलियो बनाउने उद्देश्यले गरिएका यस्ता नियुक्तिले नीति र थितिमा मात्र होइन, ढुकुटीमा पनि क्षति पुगेको सरोकारवालाहरुले बताएका छन् ।

जनादेश पाएको तीन वर्षसम्म काम गर्न नसकेको सरकारले आफैँले घोषणा गरेको निर्वाचन आउन तीन महिना बाँकी रहँदा नियुक्तिको बाढी नै लगाएको छ । केही अघि भूमि आयोगको नाममा ले हरेक जिल्लामा तीनजनाका दरले ७७ जिल्लामा दुई सय ३१ जनालाई नियुक्ति दिएको थियो । युवा विद्यार्थीहरुलाई खुशी पार्न युवा परिषद्मा धमाधम नियुक्ति थालेको छ ।

 परिषद्को बोर्ड सदस्यमा नियुक्ति पाउनेमा नेकपाको ओलीनिकट विद्यार्थी एवं युवा नेता धेरै छन् । हालै नियुक्ति पाउनेमा तिलोत्तम पौडेल (नवलपरासी), जगदीशकुमार ऐर (डडेल्धुरा), गीता चौधरी (कञ्चनपुर), मञ्जु गौतम (काठमाडौं), गोविन्द गिरी (बैतडी), रवि सेन्चुरी (रुपन्देही), फाइजा परविन (काठमाडौं), अर्जुन अधिकारी (रामेछाप), सजिना थापामगर (धादिङ), मुकेश योञ्जन (रामेछाप), महम्मद निमुद्दिन (पर्सा), शर्मिला न्यौपाने (जुम्ला) र सुष्मा साह (धनुषा) छन् ।

त्यसैगरी, कलाधर भण्डारी (बर्दिया), सुष्मा खनाल (अर्घाखाँची), प्रियंका झा (सर्लाही), जीवन अर्याल (स्याङ्जा), रुकमणि राना बराइली, पृथबिन्दु महर्जन (ललितपुर), स्वाभिमान आचार्य, राजा राजेन्द्र खनाल (झापा), अञ्जना अधिकारी (मोरङ), सन्दीप सापकोटा (रूपन्देही) र बाबुराम बन्जाडे (अर्घाखाँची)ले पनि युवा परिषद्मा नियुक्ति पाएका छन् । परिषद्का उपाध्यक्ष माधव ढुंगेल रहनु भएकाे छ ।