धरान । सिटिनेटको आयोजनामा ‘शहरहरुमा विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन र कोभिड १९ महामारीको प्रतिकार्य’ विषयक अन्तरराष्ट्रिय भर्चुअल छलफल धरानमा पनि गरिएको छ ।
सिटिनेट नेपाल च्याप्टरले २३ औं भूकम्प सुरक्षा दिवसको अवसर बनाएर बुधबार र विहीबार छलफल गरेको थियो । धरान उपमहानगरका मेयर तिलक राईले क्षमता अभिवृद्धि, शहरहरुको बिचको सहकार्य र परियोजनाहरुको माध्यमबाट सिटिनेटले आफ्ना सदस्यहरुलाई जलवायु परिवर्तन, विपद जोखिम न्यूनिकरण, दिगो विकासका लक्ष्यहरु र बढ्दो पूर्वाधार सम्बन्धी कार्यमा यो भर्चुअल छलफलले ठूलो मद्दत पुर्याउने बताउनुभयो ।

धरान उपमहानगरपालिकाका वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठका अनुसार छलफलमा धरान उपमहानगरसहित विराटनगर महानगरपालिका, धनकुटा नगरपालिका, हेटौडा नगरपालिका, धुलिखेल नगरपालिका र व्याँस नगरपालिका सहभागि भएका थिए । अन्र्तराष्ट्रिय शहरहरुमा ताईपेईको ताईवान र मक्राति शहर सहभागि भएका थिए । उहाँले यो सञ्जालमा ४० देखि ५० वटा नगरपालिका जोडिएको बताउँदै सञ्जालले विषेश गरेर विपद व्यवस्थापन र विपद जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छ भनेर खुला छलफल गरेको बताउनुभयो । अहिले कोभिड १९ को अवस्था कुन शहरमा कस्तो छ भन्नेबारेमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

सिटिनेटको केन्द्रिय कार्यालय जापान र कोरियामा छ । सिटीनेट मानवबस्ती व्यवस्थापनको लागि स्थानीय निकायहरुको क्षेत्रीय सञ्जाल र एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको लागि प्रतिबद्ध शहरी सरोकारवालाहरुको सबैभन्दा ठूलो संस्था हो । १९८७ मा स्थापना भएको शहरहरुको यो सञ्जालले १३५ भन्दाबढी नगरपालिका, गैर सरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरुलाई समेटेको छ । सिटीनेटले नगर तथा सदस्य संघसंस्थाहरुबिच सम्बन्ध स्थापित गर्दै ज्ञानको आदान प्रदान गर्ने र दिगो तथा सुरक्षित शहरहरुको विकास गर्ने सुरक्षित शहरहरुको विकास गर्न प्रतिवद्धता जाहेर गरेकोछ ।

धरान उपमहानगरका वातावरण शाखा प्रमुख भेषराज घिमिरेका अनुसार उक्त छलफलले विश्वव्यापी महामारी कोभिड १९ ले वर्तमान अवस्थामा पूर्वतयारी तथा प्रभावकारी ढंगले प्रतिकार्य गर्नका लागि एकापसमा सहयोग गर्नुपर्ने महशुस गराएको बताउनुभयो । सिटिनेटसँग आवद्ध नगरपालिकाहरुले कोभिड १९ संकटको व्यवस्थापन उहाँको भनाई छ ।

स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारमा कुनै प्रकारको विपदको परिस्थितिमा पहिलो प्रतिकार्यको गतिविधिहरु गर्नु र विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनको नितिहरु स्थापित गर्नु अनिवार्य रहेको छ । उक्त सन्दर्भमा विभिन्न नगरपालिकाहरुले विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका पक्षहरुलाई प्राथमिकता दिई योजना तथा नीतिहरु प्रतिस्थापन गर्न सक्रिय रुपमा कार्य गरिरहेका छन् । नगरपालिकाहरु बिच विभिन्न देश तथा क्षेत्रहरुमा भएका राम्रा अभ्यासहरुको अनुभव आदानप्रदान गर्नु जरुरी रहेको देखिन्छ ।