• तारा लामगादे

धरानमा मंसिर १४ गतेको उपनिर्वाचनमा खासगरी नेकपाको प्रतिष्पर्धी दल नेपाली काँग्रेस हो । धरानमा काँग्रेस र कम्युनिष्टबीच मुख्य प्रतिष्पर्धा रहन्छ । ३० वर्षदेखि धरानमा कम्युनिष्टले शासन गरेको र केहि काम नगरेको भन्ने अफवाह फैलाएर भनौ वा हावा कुरा गरेर काँग्रेसले धराने जनतालाई भ्रममा पार्न कोशिश गर्दैछ । काँग्रेसले ‘यसपाली परिवर्तनको पक्षमा धरानवासी’ भन्ने मुख्य नारा लिएर प्रचार अभियानमा छ । गुट, उपगुट, टुटफुटमा सँधै रुमलिएको काँग्रेस धरानमा एक तिहाई छ भने कम्युनिष्ट २ तिहाई छ । विपक्षीलाई कमजोर ठान्नुहुँदैन भन्ने मान्यता कम्युनिष्ट पार्टीले राम्ररी बुझेका कारण काँग्रेसलाई प्रतिष्पर्धीका रुपमा स्वीकार गरेको हो र अल्पमतलाई पनि कदर गर्दै विकास र समृद्धिको अभियानमा मिलाएर नै अघि बढाइएको छ । काँग्रेस दलाल पुँजीवादीहरुको संरक्षक, सामन्तहरुको नेतृत्व गर्ने र समाजलाई परिवर्तन गर्न नचाहने शक्ति हो । सत्तामा नभएर काम नगरेको हो कि भनेर झुकिनु हुँदैन किनकी धरानमा १, २, ५, १४ र १८ नम्बर वडालाई हेरे हुन्छ कि चुनाव अघि वडाअध्यक्षहरुले के कस्ता आश्वसन जनतालाई बाँडेका थिए भनेर । उनीहरुले जनतालाई खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निशुल्क गराउँछौं भने त्यतिमात्र कहाँ हो र निर्वाचित भएमा तलब भत्ता समेत लिन्न भने तर आज उनीहरुले वडाको बजेटमात्र होइन खोला किनार तथा पाखाभित्ता पनि बाँकी राखेका छैनन् । ढुंगा, गिटी, बनजंगल उत्खनन् गर्नुका साथै रातारात गुण्डागर्दी गरेर बिचीखाएका छन् । सोझा सिधा जनतालाई खास गरेर युवाहरुलाई रोजगार दिने झुटो आश्वसन दिए । चुनावबाट निर्वाचित भएपछि ति कार्यकर्ता र जनतालाई उनीहरुले चिनेनन् अहिले अधिकांश भोट दिनेहरु पछुताएका छन् । काँग्रेसले जे गर्छ चुनाव अघि नै गर्छ, चुनाव सकिए पछि काँग्रेसका नेताको न फोन उठ्छ, न भेट हुँदा जनतासँग बोलचाल नै गर्छन् । उनीहरु उपभोक्तावादी मानसिकताबाट परिचालित हुन्छन् । तिनै गरिब दुःखीका भोटबाट जित्छन् अनि तिनै माथि शासन गर्छन् फेरी चुनावका बेला लम्पसार पर्छन् भोट जितेपछि कहि नभएको महाराजा पल्टिन्छन् यो कुरा धराने जनताले नबुझेको हुनसक्छ तर काँग्रेसले अहिले जितेका वडाहरुको रवाफ हेर्दा हुन्छ । सरकारबाट आएको बजेट सिधै नेताको खल्तीमा जान्छ, त्यहाँ कसैले सोधखोज गर्ने अधिकार हुँदैन । उनीहरु हुकुमी हुन्छन् । मिलेमतोमा जस्तासुकै अपराध गर्न पनि पछि पर्दैनन् । १ लाखको बजेट कहि प¥यो भने ९५ हजार भ्रष्टचार गर्छन् र ५ हजार जनताको आँखामा छारो हान्छन् यो सक्कली काँग्रेसको धर्म हो । धरानमा काँग्रेसले भ्रष्टचार अन्त्य गर्छु भन्नु राम्रो कुरा हो किनकी जनताले भ्रष्टचारीलाई मन पराउँदैनन् तर काँग्रेसको कुरा पत्याउनु हुँदैन । उनीहरु मुखले एउटा कुरा भन्छन् र काममा अर्कै गर्छन् ।
धरानमा कम्युनिष्टले ३० वर्ष शासन ग¥यो भन्ने तर्क नै गलत छ । पंचायतकालमा पराजित भएको कालो काँग्रेसले प्रजातन्त्र पुर्नवहाली पछि पनि धरानको मुख्य पदमा रहन सकेन । कम्युनिष्टले जित्नुको एउटै कारण छ त्यो भनेको कम्युनिष्ट चुनावका बेलामात्र जनता खोज्दैन जहिले पनि जनताकै संगठनबाट अघि बढ्दछ । चाहे चुनाव होस् या नहोस् कम्युनिष्टहरु निरन्तर जनताका काममा जोडिरहेका हुन्छन् । नेपालमा ०५६ सालमा भएको आम निर्वाचन र निर्वाचित जनप्रतिनिधिले २ वर्षपनि राम्रो काम गर्न पाएनन् । ०५८ सालपछि विघटन भएको स्थानीय निकाय ०६२÷६३ को जनआन्दोलन पश्चात दलीय संयन्त्रबाट सञ्चालन भयो ०७४ सालसम्म जनप्रतिधिविहिन हुँदा कर्मचारीका भरमा स्थानीय निकाय सञ्चालन भयो । सो समयमा नगरपालिकामा बेथिति प्रशस्त भए । कर्मचारीहरुको हालीमुहाली हुनु स्वभाविक थियो किनकी उनीहरुलाई नियन्त्रण गर्ने जनप्रतिनिधि थिएन त्यसैले पनि धरानमा कम्युनिष्टले जनताको काम गर्नकै लागि भनेर ०७४ सालमा तत्कालिन एमालेलाई वडा तहमा दुई तिहाई र नगर प्रमुखमा बहुमतले बिजय गराए । त्यसबेला फरक फरक पृष्ठभूमीबाट आएका तत्कालिन माओवादी केन्द्र र एमाले छुट्टा छुट्टै रुपमा प्रतिष्पर्धा गर्दा काँग्रेस माओवादीको भन्दा केहि बढि मत ल्याउन सफल भएको थियो त्यस आधारमा अहिले उसले नेकपालाई नै हराउँछु भनिरहेको छ यो दिवासपना मात्र हो किनकी धराने जनताले कम्युनिष्टहरुको एकतालाई स्वागत गरिसकेका छन् र एउटै कम्युनिष्ट केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको हुँदा धरान नगरको प्रमुख नेकपाबाटै हो यसमा कुनै द्वविधा छैन । किनकी प्रदेश तथा संघको चुनावमा आधा भन्दा बढि मतको अन्तरले धरानमा काँग्रेसले पराजय भोगेको थियो । त्यो क्रमनै निरन्तरता रहन्छ यस उपनिर्वाचनमा पनि अर्थात् काँग्रेस धरानमा दोश्रो दल नै हो पहिलो हुन सक्दैन ।
स्व.तारा सुब्बा मेयरमा आउने वित्तिकै कहाँ कमिकमजोरी भेटिन्छ भनेर काँग्रेसले धेरैलाई बेरोजगार भत्ता दिएरै नगरपालिकाको गेट रुग्न लगायो । केहि कमीकमजोरी फेला नपरेपछि कम्युनिष्ट भित्र केहि अन्तरविरोध भेटिन्छ कि भनेर समेत लाग्यो त्यहाँ पनि असफल भएपछि हिजो आफैले हस्ताक्षर गरेको र काँग्रेसकै डिजाइनमा बनेका नगरस्तरीय कतिपय योजनाहरुमा बिरोधीहरुको आवाजमा आवाज मिलाउन पुग्यो । मेयरले महंगो गाडी किन्यो, बिजयपुरमा मेयरले किरातको अस्तित्व मेटाउन खोज्दैछ, एडिबी मेयरकै कारण असफल भयो जस्ता अनावश्यक र भ्रामक हल्ला फिजाएर पहिचानवादी तथा साना दल एवम् समुहहरुको मत आफुतिर तान्न खोज्यो । अन्ततः तारा सुब्बाको सालिनता, धैर्यता र खासगरी नेकपाको परिपक्वतामा ति सबै भ्रमहरु चिर्न सफल भयो । तत्कालिन मेयरको देहान्त पछि धरान उपमहानगरपालिकालाई बद्नाम गराउने काममा काँग्रेस निरन्तर लाग्यो । यहाँसम्मकी बाटोमा भएको खाल्डाखुल्डी, सुख्खायाममा भएको पानीको अभाव लगायतका जनताको दैनिकीसँग जोडिएका कुराहरुमाथि काँग्रेसले इमोसनल ब्लाकमेलिङ ग¥यो । पछिल्लो समयमा काँग्रेसले सबै मुल्यमान्यतालाई कुल्चदै सत्ता प्राप्तीका लागि जुन हर्कत गरिहेको छ त्योबाट अनुमान गर्न सकिन्छ कि काँग्रेस साच्चिकै नगरप्रमुख पदमा पुग्ने हो भने धरानका सबै कम्युनिष्टलाई समाप्तै गर्ला तर त्यो असम्भव कुरा हो । यदि कुनै कारणबाट नगरप्रमुखमा काँग्रेस आयो भने धरानमा अराजकता फैलिन्छ, अहिले जति असन्तुष्टी प्रकट भएका छन् भोलीका दिनमा धरान कुरुप बन्न सक्छ र मानव वसोबास गर्न लायक नहुन सक्छ त्यसैले पनि काँग्रेसलाई सत्तामा आउन नदिन सचेत जनता होशियार हुनैपर्छ ।
काँग्रेसले खानेपानीको समस्या समाधान गर्छु भन्छ तर के योजना छ काँग्रेससँग अहिलेको भन्दा बढि पानी ल्याउने ? यतिबेला धरान खानेपानी बोर्डले धराने जनतालाई पर्याप्त पानी उपलब्ध गराउन अघि बढिसक्थ्यो तर काँग्रेसले खानेपानी संस्थानमा ठूलो राजनीति ग¥यो अहिले पनिः खानेपानी संस्थानमा राजनीति गरेर नै काँग्रेसले धरानमा पिउने पानीबाट जनतालाई बञ्चित गराउन लागिरहेको छ । पाइपलाइन विस्तारदेखि टंकी निर्माणसम्म कमिसन खोज्ने काँग्रेसलाई धराने जनताले खानेपानी समस्या समाधान गर्छु भन्दा सहजै पत्याउन हुँदैन । अहिले पनि काँग्रेसकै कारण ठाउँठाउँमा अवरोध भईरहेको छ त्यसैले सहज वनाउन पनि काँग्रेसलाई हराउनै पर्छ । काँग्रेसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कति लामो समय हैकम जमायो सबैलाई थाह भएकै कुरा हो कि गुण्डा पाल्ने र दादागिरी त्यहि काँग्रेसका कारण थियो धरानमा । प्रतिष्ठानलाई सिध्याउन लाग्दा आज कम्युनिष्टले प्रतिष्ठानलाई बचाउने काम भएको छ । काँग्रेसको सरकार हुँदा धरानमा राखिएका क्षेत्रीय अड्डाहरु रातारात विराटनगर, धनकुटा सारिए । केहि वर्षअघि काँग्रेसकै सञ्चार मन्त्री हुँदा धरानबाट नेपाल टेलिकमको अफिस इटहरी सारियो । काँग्रेस धरानमा कम्युनिष्टहरु बढि छन् भनेर यहाँ भएका संरचना र संस्थाहरु समेत समाप्त पार्न चाहन्छ । काँग्रेसले नेतृत्व गरेको परिवार नियोजन संघ, रेडक्रस लगायतको हालत अहिले पनि उस्तै छ । त्यसैले काँग्रेले धरान बनाउने हैन सक्ने उसको मिशन हो । त्यसकारण पनि मृत सहर बनाउने काँग्रेसको मिसनलाई साथ दिनु हुँदैन ।
बसपार्कका लागि कम्युनिष्टले धरान ८ स्थित डिपीआर गरिसकेको छ तर काँग्रेस अहिले पनि बजारको साँघुरो ठाउँमा नै कोचेर राख्न चाहन्छ, एयरपोर्ट, क्षेत्रीय रंगशाला निर्माण काँग्रेसको योजना होइन । काँग्रेस विकास विरोधी हो किनभने जुनसुकै आयोजना र परियोजनामा विरोध जनाउनु, पैसा माग्नु र पैसाकै लागि गुण्डा गर्दी गर्ने काँग्रेसको पुरानो बानी अझै हराएको छैन । त्यसैले कम्युनिष्ट पार्टीले धरानलाई अबको केहि वर्षमा नै अझ सुन्दर बनाउने छ त्यो योजनाबद्ध रुपमा अघि बढिरहेको छ । मेयर तारा सुब्बाको निधन नभएको हुँदो त यतिबेला धेरै योजनाहरु सफल भईसक्ने थियो । यद्यपी अबको २ वर्षभित्र नेकपाले धेरै आयोजनाहरु सफल बनाउने छ त्यस विषयमा काँग्रेसले राम्ररी बुझेको छ र अहिले केहि हल्ला गर्न र भ्रम फैलाउन सफल भएकोले कतै जितिहालिन्छकी भन्ने आश गरेको हुनसक्छ । आश गर्नु पनि स्वभाविक हो र छटपटि गर्नु पनि स्वभाविक हो किनभने मर्नेबेलामा मानिसको स्वास जान निकै छटपछि पर्छ त्यस्तै गाह्रो भएको छ काँग्रेसलाई धरानमा । धरानमा मात्र होइन अब नेपालमा नै काँग्रेस पार्टीको अर्थ छैन किनभने जम्मै कम्युनिष्टको बिचार, सिद्धान्तमा घिसारिए पछि अब काँग्रेस भन्नुको के तुक छ र ? मुलुकको मुलभूत परिवर्तन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता नै कम्युनिष्ट पार्टीको एजेण्डा भएपछि अब काँग्रेसको के काम ? त्यसैले सिद्धान्त र लक्ष्यविहीन पार्टीमा बेरोजगार भत्ता पकाउनकै लागि केहि मुर्खहरु दौडिए पनि अन्ततः उनीहरुले पनि बुझ्नेछन् र देश बनाउने पार्टी नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध हुनेछन् ।
कहिल्यै सुकुम्बासी वस्ती र मजदुरहरुको बीचमा नगएको काँग्रेस यतिबेला सुकुम्बासीका नाममा पैसा जम्मा गर्ने, कमिसन खाने र चौतर्फी जग्गा जमिन हडप्ने भूमाफियाको सुरुवालको तुना समातेर घिस्रिदै बस्ती पसेको छ । हिजोसम्म विसुद्ध सुकुम्बासीका कुरा वकालत गर्ने भन्नेहरु यतिबेला काँग्रेसले सुकुम्बासीलाई व्यस्था गर्ने भन्दै काँग्रेसमा भोट हाल्नुस भन्नु कति लज्जास्पद कुरा हो । नेपालमा सामन्तवादको नेतृत्वकर्ता राजतन्त्र पछिको काँग्रेस हो । सुकुम्बासी बनाउने नै काँग्रेसी हुन् अनि काँग्रेसीले सुकुम्बासीलाई के व्यवस्थापन गर्छ ? अहिलेसम्म काँग्रेसले सुकुम्बासीको पक्षमा कहिल्यै बोलेको थियो धरानमा ? अव्यवस्थित भूमिहिन सुकुम्बासीको पहिचान गर्ने, लगत संकलन गर्ने र घर नम्बर समेत वितरण गरिसकेको कम्युनिष्टले अब बसोबासका आधारमा जग्गाधनीपुर्जा दिने कानून बनाइ सकेको छ । विपन्न सुकुम्बासी दलितका लागि आवास निर्माणको योजना कम्युनिष्टले अघि बढाईसकेको छ । त्यसमा छदमभेषबाट घुसेर काँग्रेसीहरुले आफ्ना कार्यकर्ता जो करोडपति छन् उनीहरुलाई जनता आवासमा पारेर लाखौं कमिसन खाएका छन् । उनीहरुको भण्डफोर बस्तीबस्तीमा हुँदैछ । अबको केहि वर्षपछि नेपाल सुकुम्बासी मुक्त देश हुँदैछ यस लोकप्रियताबाट पनि काँग्रेस अत्तालिएको छ ।
काँग्रेसले सरकार चलायो, काँग्रेसका नेता सांसद बने, मन्त्री बने तर जनतालाई दिर्घकालिन एउटा योजना समेत ल्याउन सकेनन् । धरानबाट समानुपातिक कोटामा विभिन्न पदमा पुगेका व्यक्तिहरुले खोइ त एउटा उदाहरण दिन सक्ने काम गरेका । बजेट नआएको होइन तर उनीहरुले आफ्नै आसेपासे र गुटहरुलाई बाँडे । विचरा गरिब दुःखीका आसु र रगत सरी जम्मा गरेका पैसा खाइदिए, व्यापारी व्यावसायीलाई पुस्तौसम्म दाग लाग्नेगरी समाप्त पारिदिए । त्यस्ता अपराधी नेताका विरुद्धमा अहिले पनि जनता सडकमा चिच्याईरहेका छन् । त्यस्ता नेताबाट पीडित जनता सडकमा नाराबाजी गरिरहेका छन् अनि काँग्रेसले बजारमा व्यापार व्यवसायलाई उकास्छ ? पर्यटन प्रबद्र्धन गराउँछ ? धराने जनताको आर्थिक अवस्था सुधार ल्याउने भनेर जनताको रकममा मोजमस्ती गर्नेहरुलाई ठेगान लगाउन पनि कम्युनिष्ट पार्टीमा आबद्ध हुनुपर्छ । बरु अझै पनि कतिपय श्रमजीवि मेहनतकश जनता काँग्रेसीको भ्रममा परेका छन् भने अब आँखा खोलिदिनुपर्छ । काँग्रेसले राजमार्ग विस्तारमा बजार क्षेत्रलाई व्यवस्थित गर्छु भनेको छ । काँग्रेसले केहिँ पुँजीपतिहरुको रक्षाका लागि हजारौं गरिबहरुलाई पुनः उठिवास लगाउने खेल खेलिरहेको छ । धरानमा खासगरी जोगवनी–किमाथाङ्का ६ लेनको बाटो र मदनभण्डारी पहाडी लोकमार्ग अन्तर्गत धनकुटे रोड र बजार क्षेत्रलाई संकेत गरेको छ । अस्पष्ट रुपमा दोहोरो भूमिका खेल्ने काँग्रेसले जनतालाई भिडाउने र जुधाउने खेल खेल्दैछ । होशियार हुनुपर्छ नेकपाले त्यस्ता विकासका सवालमा जनताको निर्णयलाई सर्वोपरी ठान्दछ । धरानमा जनसहभागितामा नै सबै निर्णय र कार्यक्रम लागु हुने हुँदा सम्बन्धित सरोकारवालाकै निर्णय लागु गर्दछ । त्यस्ता विवादस्पद कुरामा सम्बन्धित पक्षलाई राखेर छलफलबाट आएको निर्णय कम्युनिष्ट पार्टीले आत्मसाथ गर्ने भएकोले आम उपभोक्ता तथा धरानवासीले गर्ने निर्णय हो । अर्को कुरा जथाभावी कर नगरपालिकाले लिएको आरोप काँग्रेसले लगाएको छ । काँग्रेसले आयोजना गरेका सांस्कृतिक कार्यक्रम, खेलकुद जस्ता स्थानमा टिकट काटेर हेर्न गएका दर्शकलाई सवारी पार्किङ शुल्क समेत लिने गरेको छ अब भन्नुहोस् काँग्रेस धरान उपमहानगरपालिकाको प्रमुख पदमा आयो भने भोलीका दिनमा स्वास फेरेको पनि कर लाग्छ भनेर लिन बेर छैन । त्यसैले काँग्रेस परिवर्तनको पक्षमा छैन र होइन पनि । परिवर्तन गर्ने र धरानलाई समृद्ध, विकसित बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेतृत्वमा आम जनताको सहभागितामा हो ।
अन्ततः निर्वाचनको समय नजिक नजिक आइरहेको छ । लाग्नसक्छ यसपटक हेरौं न त काँग्रेसलाई पनि एकपटक भनेर दया गर्नु हुँदैन । सर्पलाई जति दुध दिएर पाले पनि आखिर त्यसले कुनै न कुनै दिन डसेरै छोड्छ त्यसैले होशियार रहाँै आफ्नो अमूल्य मतलाई खेर नफालौं । लामो इतिहास बोकेका दुई ठूल ठूला कम्युनिष्ट पार्टीको एकता हुँदा कतिपय हिजो पार्टी निर्माणमा लागेका, दुःख गरेका, खटेका र पार्टीलाई यो स्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट कार्यकर्ताहरुलाई पार्टीले जिम्मेवारी दिएन, वास्ता गरेर भनेर दुःख लागेको हुन सक्छ । कतिले भनेजस्तो परिवर्तन भएन वा कुनै नेताले आफुले भनेको वा चाहेको काम गरिदिएन भनेर काँग्रेस पट्टि मन फर्काउन हुँदैन । किनकी पार्टी भनेको पार्टी नै हो निरन्तर लागिरहे एक दिन सबैको पालो आउँछ । कम्युनिष्ट पार्टी भनेको जनताको पार्टी हो । जनतालाई कमजोर ठान्ने, दमन गर्ने र भोट पछि आफैलाई आक्रमण गर्नेहरुलाई झुक्किएर पनि मत दिनु हुँदैन । धरानको सन्दर्भमा नेकपा नै हो जनताको सेवा गर्ने, सूर्यध्वाजाबाहक चुनाव चिन्हमा मतदान गरेर पुनः नेकपाको जित सुनिश्चित गरौं अनि भनौ कहाँ के गर्नुपर्ने हो, अढाई वर्ष पछि फेरी चुनाव हुन्छ त्यतिबेला पनि केहि भएन भने बिचार गर्नुस् तर अवश्य सो बेलासम्म अधुरा र अपुरा काम अघि बढ्नेछन् । अब कम्युनिष्ट किल्ला कसैले चाहेर तोडिन्दैन । यो हाम्रो लालकिल्ला हो कुनै माइकालालको तागतले हल्लिनेवाला छैन किनकी यो जनताको पार्टी हो । जनता इतिहासमा कहिल्यै हारेका छैनन् र हार्दैनन् पनि ।

74353679_556903001740837_6521394414290468864_n 74617622_599438424196181_4790978487601070080_n 74614036_750608148787793_7281695808565542912_n 72475311_1019498025057736_8324826773581725696_n

75474190_519653345552797_6661668591638675456_n