पैदल हिँड्नु आफैमा एक समग्र व्यायाम हो । जब हामी एउटा गति वा तिब्रताका साथ हिँड्छौं, शरीरका अंगहरु समुचित ढंगले सञ्चालन हुन्छ । शरीरले पर्याप्त अक्सिजन ग्रहण गर्छ । रक्त प्रवाह राम्ररी सुचारु हुन्छ ।
जब हामी मधुमेह वा उच्च रक्तचापको उपचार खोज्दै अस्पताल पुग्छौं । चिकित्सक सुझाउँछन्, ‘बिहान(बेलुकी कम्तीमा ३० मिनेट पैदल हिँड्नुहोस् ।’ कतिपय दीर्घ रोगमा सबै किसिमको व्यायाम उपयुक्त हुँदैन । कति व्यायामले उल्टो असर गर्न सक्छ । तर, पैदल हिँड्नमा त्यस्तो कुनै छेकबार छैन ।
शरीरलाई स्वस्थ राख्न हिड्नु पर्छ । दिनमा कम्तीमा तीस मिनेट नियमित हिँड्नाले मुटु स्वस्थ रहनुका साथै हड्डी बलियो हुुन्छ । पैदल हिँड्नाले शरीरको बोसो कम हुनुका साथै उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा टाइप २ मधुमेह नियन्त्रित हुने गर्छ ।
जोर्नीको दुखाई , मांसपेशीको समस्या कम हुनुका साथै ओस्टियोपोरोसिस तथा अन्य प्रकारका क्यान्सरको जोखिम समेत कम हुन्छ ।
र, पैदल हिँड्नका लागि व्यक्तिलाई कुनै विशेष प्रकारको तालिमको आवश्यकता पर्दैन । व्यक्ति जुनसुकै समयमा पनि स्वतन्त्रतापूर्वक हिडडुल गर्न सक्छन् ।
र, हिँडडुल गर्नाले मोटोपनाको समस्या भएका व्यक्ति, वृद्धवृद्धा तथा लामो समय निस्त्रिmय जीवन विताइरहेका मानिसको लागि समेत फाइदाजनक हुन्छ । यसले उनीहरुको शारीरिक गतिविधि बढाउँछ । शरीरलाई फिट राख्न मद्दत गर्छ ।
क्यान्सर सोसाइटीका अनुसन्धानकर्ताहरुका अनुसार सातामा औसत छ घण्टा वा सो भन्दा बढी पैदल हिँड्ने व्यक्तिको आयु लामो हुने गर्छ ।
हवार्ड मेडिकल स्कुलको एक अध्ययन अनुसार पैदल हिड्नाले मुटु सम्बन्धि रोग लाग्ने जोखिम ३१ प्रतिशतसम्म कम हुने गर्छ । र, मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने खतरा ३२ प्रतिशत कम हुने गर्छ ।
तर अहिले मानिसहरु सुविधाभोगी भएका छन् । एक पाइलाको बाटोमा पनि सवारी साधन खोज्छन् । सब्जी किन्नका लागि मोटरसाइकल चढ्छन् ।
व्यस्त जीवनशैली तथा कुर्सीमा बसेर गरिने कामका कारण अहिले मानिसहरु आफ्नो समय कम्प्युटरमा बिताउने गर्छन् । उनीहरु धेरै भन्दा धेरै टेबलमा बसेर गरिने काममा बिताउने गर्छन् । जसले गर्दा त्यस्ता व्यक्तिहरुलाई हिँड्ने अनुकुलता कमै प्राप्त हुन्छ ।
त्यसैले, पैदल हिँड्ने इच्छा भएका व्यक्तिले पैदल हिड्नका लागि राम्रो विकल्प अपनाउन सक्छन् । उनीहरुले निजी बाहनको सट्टा बस वा टेम्पोमा यात्रा गर्न सक्दछन् । यसले व्यक्तिलाई बस स्ट्याण्ड वा टेम्पो स्टेशनसम्म हिँड्न व्यक्तिलाई प्रोत्साहित पनि गर्छ । त्यस्तै, हिडेरै पुगिने ठाउँमा पैदल हिड्ने गर्छन् ।
सन् २००७ मै गरिएको एक अध्ययनलाई आधार मान्ने हो भनेपनि सातामा करिब ७५ मिनेट हिड्नाले पनि शरीर स्वस्थ रहने गर्छ । तर त्यसको लागि दैनिक ३० मिनेट हिड्न आवश्यक छ ।
दैनिक तीस मिनेट हिँड्दाका फाइदा
दैनिक तीस मिनेटको हिँडाई शरीरका लागि स्वस्थ मानिन्छ । हिँड्दा लामो लामो पाइला चाल्नु पर्दछ । कयौ मानिसलाई एकै पटक छिटो छिटो हिँड्न गार्हो हुनसक्छ । त्यो नहोस् भन्नका लागि मानिसले सुरुमा विहान दिउँसो र बेलुकी दशरदश मिनेटको यात्रा तय गर्न सक्दछन् ।
जब उनीहरुमा हिँड्ने बानीको विकास हुन थाल्छ, तब उनीहरुले यो क्रमलाई क्रमश बढाउन सक्दछन् ।
यसले शरीरलाई फिट राख्नुका साथै तौल घटाउन समेत सहायता प्रदान गर्छ ।
शारीरिक गतिविधिको विकास गर्ने
यसरी हिँड्दा अन्य तरीका पनि अपनाउन सकिन्छ । जसले हिँड्ने बानीको विकास अझ प्रभावकारी ढंगले गर्दछ ।
(लिफ्टको सट्टा सिढीको प्रयोग गर्ने
(सार्वजनिक यातायातमा यात्रा गर्दा घर पुग्नु एक स्टप अगाडी नै ओर्लने बानी बसाल्ने ।
(नजिकैको पसल जानु परेमा हिड्ने कोशिश गर्ने ।
(घरमा कुकुर छ भने कुकुरलाई लिएर घर वरिपरि चक्कर लगाउने प्रयत्न गर्ने ।
हिँड्नुलाई दैनिकी बनाउने
यसरी हिँड्दा हिड्ने प्रक्रियालाई नियमित बनाउनु पर्छ । एकै समयमा हिँड्ने बानी बसाउनु पर्छ । र, हिँड्दा उत्तिकै उर्जा खर्च गर्नुपर्त ।
त्यसो त कतिपय व्यक्तिलाई हिँड्दा कति उर्जा खर्चने भन्ने राम्रो ज्ञान हुँदैन । यसको लागि निश्चित गन्तव्य तय गर्नु पर्छ । साथै, सोही गन्तव्यमा एकै समयमा पुग्ने प्रयत्न गर्नुपर्छ । यसरी पैदल यात्रा गर्ने क्रममा शरीर फिट भएपछि तपाई आफै त्यो भन्दा लामो दूरी पार गर्न सक्नु हुन्छ ।
हिँड्दा जति छिटो हिड्न सक्यो, उत्तिनै धेरै क्यालोरी कम हुने गर्छ । तर यसको लागि कुद््ने भन्दा छिटो छिटो पाइला चाल्ने तथा उकालो ओरालो बाटोमा हिँड्ने गर्नुपर्छ ।