- ओममूर्ति अनिल
मर्निङ वाकबारे मानिसहरुमा विभिन्न भ्रम रहेको पाइन्छ। जाडोमा मर्निङ वाक गर्नु हुँदैन भनेर धेरैले आफ्नो नियमित व्यायाम बन्द नै गर्छन्। तर, यस्तो गर्नु हुँदैन। जाडोको बेला व्यायाम जस्ता शारीरिक गतिविधि रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बरु चिसो मौसममा विशेष सावधानी अपनाउनु भने जरुरी हुन्छ ।
सही जानकारीको अभावमा जाडोमा मर्निङ वाक नगर्ने र निरन्तरता दिने व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएको छ कि छैन, शरीर र खासगरी मुटुलाई कस्तो असर गर्छ, कस्ता व्यक्तिलाई जाडोमा बढी असर गर्छ र यसबाट बच्न के गर्नुपर्छ, एउटा स्वस्थ व्यक्तिले आफ्नो दैनिकीमा परिवर्तन गर्न जरुरी छ कि छैन? यी विभिन्न प्रश्न धेरैको दिमागमा उब्जिएको हुन सक्छ ।
जाडोका माध्यमबाट शरीरका रक्तनली र शरीरका विभिन्न मध्यम र मसिना प्रकारका रक्तनलीहरु खुम्चिने गर्छन्, जसका कारणले रक्तचाप र मुटुको धड्कन बढ्ने गर्छ। यसले रगतको प्रवाहमा असामान्यता आउँछ, जसलाई टर्बुलेन्स भनिन्छ। यसले गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा असर पारेको हुन्छ। मुटुमा अक्सिजनको कमी भएर यसले सामान्य अवस्थाभन्दा बढी काम गर्नुपर्ने हुन्छ ।
जाडोको समयमा विभिन्न किसिमका रसायन र हर्मोनको उत्पादन बढ्ने गर्छ, जसले रगत जमाउने तत्वहरुको मात्रा पनि बढाउने गर्छ। रगतको बाक्लोपना (भिस्को सिटी) पनि बढ्छ। यी सबै कुराले मुटु र मस्तिष्क रक्तनलीहरुमा रगत जमेर हृदयघात र मस्तिष्कघातको खतरा बढ्छ। तर, यी समस्या मुटु रोगको जोखिम हुनेहरुमा बढी हुन्छ। पूर्णरुपमा स्वस्थ व्यक्तिहरुमा यसको सम्भावना निकै कम हुन्छ ।
रक्तचाप र कोलस्टेरोल पूर्णरुपले नियन्त्रणमा रहेको एउटा सामान्य व्यक्तिले जाडो महिनामा आफ्नो दैनिकीमा परिर्वतन ल्याउन जरुरी हुँदैन। चिसोबाट बच्ने उपयुक्त सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ ।
मुटुरोगीहरु, हृदयघात वा ब्लकेज भएको या बाइपास अपरेसन गरेका व्यक्तिहरु, मुटुरोगका उच्च जोखिममा भएका व्यक्तिहरु, अनियन्त्रित रक्तचाप र लामो समयदेखि मधुमेह, उच्च कोल्स्टेरोल भएका व्यक्तिहरु, दीर्घरोगीहरु, दमका रोगीहरु, ६५ वर्ष माथिका व्यक्तिहरु र शारीरिक रुपले निस्क्रिय भएका व्यक्तिहरुले जाडोयाममा सुरक्षा अपनाउन जरुरी हुन्छ। यस्ता व्यक्तिलाई जाडोका कारणले मुटु र मस्तिष्कमा समस्या र जोखिम बढी हुने भएकाले सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ। तर, घाम उदाएपछि निस्कनु राम्रो हुन्छ ।
मुटुरोगी र मुटु रोगको जोखिममा रहेका व्यक्तिहरुले जाडोमा थप सावधानी अपनाउन जरुरी हुन्छ। अचानक धेरै परिश्रम हुने काम गर्नु हुँदैन। जस्तैः भारी उचाल्ने, गह्रौं वस्तु धकेल्ने गर्नु हुँदैन। लामो समयसम्म शारीरिक परिश्रम पनि गर्नु हुँदैन। परिश्रम गर्दा बीचबीचमा विश्राम पनि गर्नुपर्छ। व्यायाम सुरु गर्नुअघि वार्मअप गर्न जरुरी हुन्छ। अर्थात् शरीरलाई पहिले हल्का सक्रिय गर्न जरुरी हुन्छ। व्यायाम सुरु गर्नुअघि वा मर्निङ वाक सुरु गर्नुअघि हल्का मनतातो पानी खाएर निस्कनु उचित हुन्छ, जसले गर्दा शरीरमा डिहाइड्रेसन हुँदैन र कुनै नोक्सान गर्दैन ।
मर्निङ वाकमा निस्किँदा जाडोबाट बच्न पर्याप्त कपडा लगाउनुपर्छ र मास्कको प्रयोग पनि जरुरी हुन्छ। राम्ररी घाम लागेपछि मात्रै हिँड्ने, चिसो हुँदा घरभित्रै ट्रेड मिलमा हिँड्ने, साँझपख नहिँड्ने जस्ता कुरामा ध्यान पु¥याउनुपर्छ। अत्यधिक खाना र खासगरी चिल्लो खाना नखाने, मासुयुक्त खानेकुरा नखाने र मदिराको प्रयोग पनि नगर्ने वा घटाउने जस्ता सुरक्षाका साथ आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर शारीरिक गतिविधि गर्न सक्छौं ।राणाहरूको जहानियाँ शासनमासमेत शासक फेरिनेबित्तिकै पुराना शासकको दरसन्तानलाई सताइने गरेको इतिहास पाईन्छ । निर्वाचनबाट शासक फेरिँदा नयाँ शासकप्रति अतिभक्ति र निवर्तमानप्रति अहिलेको परिपक्षमा असहयोग प्रकट हुनु अस्वाभाविक मान्न सकिन्न । संस्थागतरूपमा जति नै परिवर्तन भए पनि कर्मचारीको मानसिकता फेरिएको छैन् ।
मन्त्रीहरू धमाधम आर्थिक सहायता वितरण गर्नेदेखि कर्मचारीलाई दण्ड र पुरस्कार दिइहाल्न चाहन्छन् । त्यो काम गरिरहेका पनि छन् । एउटालाई निकाल्ने र अर्कोलाई नियुक्ति दिएर मोटो रकम असुल्ने चलखेलमा मन्त्रिहरु लागेका छन् । राज्यको ढुकुटीमा अरूले मनपरी गर्दा विरोध गर्नेहरू आफू सरकारमा पुग्नेबित्तिकै त्यस्तै शैलीमा आफूखुसी बक्सिस दिन थाल्छन् । प्रतिपक्ष दुधको साची विरालो बन्ने गर्दछन् । किन की सत्तामा पुगे पछि उनीहरुको पनि त्यही काम दोहो¥याउने भएकाले मौन बस्छन् ।
आर्थिक वर्षको अन्त्यतिर प्रत्येक वर्ष हरेक अर्थमन्त्रीले रकमान्तर गरेर आफ्ना कृपापात्रलाई योजनाका नाममा बक्सिस दिने गर्छन् । सत्तामा नहुँदा सबैले त्यसको विरोध गर्छन् र आफू पदमा पुग्नेबित्तिकै त्यही अभ्यास दोहो¥याउँछन् । यसैले होला सरकारमा हुँदा राज्यको ढुकुटी दोहन गर्ने कार्यकोे विपक्षीले खासै विरोध गर्दैनन् ।
अब संक्रमणकालीन अरू धेरै विकृतिजस्तै राज्यको ढुकुटीमा तजबिजी दोहनलाई सही ठान्ने र निरन्तरता दिने अभ्यास कुनै हालममा रोकिनु पर्दछ । राजनीति र समाज दुवैका लागि यो निकै डरलाग्दो सरुवा रोग हो । जनताको रगत पसिनाले जम्मा भएको राज्यकोष अव दोहन गर्नु हुदेन् । कमजोर व्यक्तिलाई संस्थागतरूपमै सहयाता दिने व्यवस्था मिलाउनुपर्छ । त्यो सहायता तल्लो स्तरका नागरिकले पनि पाउनु पर्दछ ।
जाडोमा मर्निङ वाक कति सुरक्षित ?डा ओममूर्ति अनिल
मर्निङ वाकबारे मानिसहरुमा विभिन्न भ्रम रहेको पाइन्छ। जाडोमा मर्निङ वाक गर्नु हुँदैन भनेर धेरैले आफ्नो नियमित व्यायाम बन्द नै गर्छन्। तर, यस्तो गर्नु हुँदैन। जाडोको बेला व्यायाम जस्ता शारीरिक गतिविधि रोक्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ। बरु चिसो मौसममा विशेष सावधानी अपनाउनु भने जरुरी हुन्छ ।
सही जानकारीको अभावमा जाडोमा मर्निङ वाक नगर्ने र निरन्तरता दिने व्यक्तिमा स्वास्थ्य समस्या उत्पन्न भएको छ कि छैन, शरीर र खासगरी मुटुलाई कस्तो असर गर्छ, कस्ता व्यक्तिलाई जाडोमा बढी असर गर्छ र यसबाट बच्न के गर्नुपर्छ, एउटा स्वस्थ व्यक्तिले आफ्नो दैनिकीमा परिवर्तन गर्न जरुरी छ कि छैन? यी विभिन्न प्रश्न धेरैको दिमागमा उब्जिएको हुन सक्छ ।
जाडोका माध्यमबाट शरीरका रक्तनली र शरीरका विभिन्न मध्यम र मसिना प्रकारका रक्तनलीहरु खुम्चिने गर्छन्, जसका कारणले रक्तचाप र मुटुको धड्कन बढ्ने गर्छ। यसले रगतको प्रवाहमा असामान्यता आउँछ, जसलाई टर्बुलेन्स भनिन्छ। यसले गर्दा मुटु र रक्तसञ्चार प्रणालीमा असर पारेको हुन्छ। मुटुमा अक्सिजनको कमी भएर यसले सामान्य अवस्थाभन्दा बढी काम गर्नुपर्ने हुन्छ ।
जाडोको समयमा विभिन्न किसिमका रसायन र हर्मोनको उत्पादन बढ्ने गर्छ, जसले रगत जमाउने तत्वहरुको मात्रा पनि बढाउने गर्छ। रगतको बाक्लोपना (भिस्को सिटी) पनि बढ्छ। यी सबै कुराले मुटु र मस्तिष्क रक्तनलीहरुमा रगत जमेर हृदयघात र मस्तिष्कघातको खतरा बढ्छ। तर, यी समस्या मुटु रोगको जोखिम हुनेहरुमा बढी हुन्छ। पूर्णरुपमा स्वस्थ व्यक्तिहरुमा यसको सम्भावना निकै कम हुन्छ ।
रक्तचाप र कोलस्टेरोल पूर्णरुपले नियन्त्रणमा रहेको एउटा सामान्य व्यक्तिले जाडो महिनामा आफ्नो दैनिकीमा परिर्वतन ल्याउन जरुरी हुँदैन। चिसोबाट बच्ने उपयुक्त सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ ।
मुटुरोगीहरु, हृदयघात वा ब्लकेज भएको या बाइपास अपरेसन गरेका व्यक्तिहरु, मुटुरोगका उच्च जोखिममा भएका व्यक्तिहरु, अनियन्त्रित रक्तचाप र लामो समयदेखि मधुमेह, उच्च कोल्स्टेरोल भएका व्यक्तिहरु, दीर्घरोगीहरु, दमका रोगीहरु, ६५ वर्ष माथिका व्यक्तिहरु र शारीरिक रुपले निस्क्रिय भएका व्यक्तिहरुले जाडोयाममा सुरक्षा अपनाउन जरुरी हुन्छ। यस्ता व्यक्तिलाई जाडोका कारणले मुटु र मस्तिष्कमा समस्या र जोखिम बढी हुने भएकाले सुरक्षा अपनाएर मर्निङ वाकमा निस्कन मिल्छ। तर, घाम उदाएपछि निस्कनु राम्रो हुन्छ ।
मुटुरोगी र मुटु रोगको जोखिममा रहेका व्यक्तिहरुले जाडोमा थप सावधानी अपनाउन जरुरी हुन्छ। अचानक धेरै परिश्रम हुने काम गर्नु हुँदैन। जस्तैः भारी उचाल्ने, गह्रौं वस्तु धकेल्ने गर्नु हुँदैन। लामो समयसम्म शारीरिक परिश्रम पनि गर्नु हुँदैन। परिश्रम गर्दा बीचबीचमा विश्राम पनि गर्नुपर्छ। व्यायाम सुरु गर्नुअघि वार्मअप गर्न जरुरी हुन्छ। अर्थात् शरीरलाई पहिले हल्का सक्रिय गर्न जरुरी हुन्छ। व्यायाम सुरु गर्नुअघि वा मर्निङ वाक सुरु गर्नुअघि हल्का मनतातो पानी खाएर निस्कनु उचित हुन्छ, जसले गर्दा शरीरमा डिहाइड्रेसन हुँदैन र कुनै नोक्सान गर्दैन ।
मर्निङ वाकमा निस्किँदा जाडोबाट बच्न पर्याप्त कपडा लगाउनुपर्छ र मास्कको प्रयोग पनि जरुरी हुन्छ। राम्ररी घाम लागेपछि मात्रै हिँड्ने, चिसो हुँदा घरभित्रै ट्रेड मिलमा हिँड्ने, साँझपख नहिँड्ने जस्ता कुरामा ध्यान पु¥याउनुपर्छ। अत्यधिक खाना र खासगरी चिल्लो खाना नखाने, मासुयुक्त खानेकुरा नखाने र मदिराको प्रयोग पनि नगर्ने वा घटाउने जस्ता सुरक्षाका साथ आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर शारीरिक गतिविधि गर्न सक्छौं ।