भोला श्रेष्ठ
धरान÷ भोजपुरको हतुवागढीमा पहिलो पटक ऐतिहासिक साहित्य महोत्सवको आयोजना गरीने भएकोछ ।
कला र साहित्यको क्षेत्रमा काम गर्दै आएको पात्लेपानी कला÷साहित्य प्रतिष्ठानले महोत्सवको आयोजना गर्न लागेको हो ।
महोत्सवमा गजलतर्फ प्रमिशसिरिस साल्तेन,अल्पभाषि निरु,अरुण आकाश,ज्ञानु राई,अमर नखोक,युवराज ठकुरी अज्ञानी,दुःखी रहेको सन्देश रुपा चाम्लिङ,स्पन्दन राजा,विराटअनुपम,राजन समिप साम्पाङ,तारा दिप्साली,गोपाल प्रयास लगायतको वेजोड गजल वाचन हुने आयोजक संस्थाका सल्लाहकार तथा भूतपूर्व अध्यक्ष विश्वजित राईले जानकारी दिएकाछन् ।
उनका अनुसार कविता तर्फ चन्द्र राई तारा,नदि राई,राजन इशारा,ओम डिसिआर,मनि राई,मेघराज राई,चेतनाथ धमला,केजी सुव्वा,कृष्ण जिमि, राजेश विद्रोह,सुगन सुसारा,मुकुन्द प्रयास,मुनाराज शेर्मा,अर्जुन थापामगर लगायतको कविता वाचन रहने भएको छ ।
महोत्सवमा हतुवाली गजल गो विमोचन,श्याम सिंघकको रेमिटल्याण्ड उपन्यास माथिको छलफल, इन्द्रसुर वेल्टारे र राजमांलाकको विशेष कविता वाचन एवम् पुस्तक प्रदर्शनी महोत्सवको विशेष आर्कषण रहेको राईको भनाई रहेको छ ।
कला र साहित्यको विकासका लागि पात्लेपानी उद्गम थलोको रुपमा विकास हुदै गएको र पात्लेपानी कला साहित्य प्रतिष्ठान प्रदेश नम्वर १ मा नै लोकप्रियता बटुलीरहेको समेत राईको दावी रहेको छ ।
त्यसलाई कायम गर्नको लागि पनि यो महोत्सव कोसेढुंगा सावित हुने उनको भनाई रहेको छ ।
यस महोत्सवले भोजपुर जिल्ला समेत साहित्य क्षेत्रमा पहिचान दिने र यसको महत्वलाई प्रगाढ वनाउदै लैजान मद्धत पुग्ने छ ।
गाउपालिका अध्यक्ष प्रेमकुमार राईले आफ्नो गाउपालिका क्षेत्रभित्र यस्ता महोत्सवको आयोजना हुनु खुशीको कुरा रहेको वताउदै महोत्सवले आफ्नो ठाउँको थप पहिचान दिने विश्वास व्यक्त गरेकाछन् ।यस्ता खाले महोत्सवलाई गाउपालिकाले पनि प्रोत्साहन गर्ने वताए ।
कार्तिक १६ र १७ गते हतुवागाढी गाउपालिका स्थित वडा नं. ८ को विद्यापोखरी आधारभूत विद्यालयको खेलमैदानमा आयोजना हुने आयोजकले वताएकोछ ।
उक्त महोत्सवको उद्घाटन बरिष्ठ कवि एवं प्राज्ञ श्रवण मुकारुङबाट हुने र समापन भाषाविद तथा प्राध्यापक डा टंक न्यौपानेबाट हुने भएको छ ।