• बलात्कारको अनुसन्धानमा लापरबाही मात्र होइन, जानाजान प्रमाण दबाउन नै भूमिका

सन्दर्भ १ स् रु। २० को उधारो चटपटे
१३ वर्षीया निर्मला पन्तकी आमा कञ्चनपुर भीमदत्त–१८ उल्टाखाममा चनाचटपटे पसल चलाउँछिन् । निर्मलासँगै कक्षा ९ मा पढ्ने रोशनी बम ९ साउनमा पसलमा आएकी थिइन् । विज्ञानको नोट बनाउनुपर्ने भन्दै निर्मलालाई भोलिपल्ट आफ्नो घरमा आउन अनुरोध गरिन् । उनले निर्मलाकी आमासँग पनि अनुमति मागिन् । रोशनीले २० रुपैयाँको चटपटे किनिन् र आपूmसँग पैसा नभएकाले भोलिपल्ट निर्मलासँग पठाइदिने वचन दिएर बिदा भइन् ।

प्रश्न स् एउटै कक्षामा पढ्ने भए पनि निर्मलाभन्दा रोशनी ५ वर्ष जेठी हुन् । बाबुआमा दार्चुलामा जागिर गर्छन् । कञ्चनपुरमा दुई बहिनी मात्र बस्छन् । उनको आर्थिक अवस्था चटपटेको २० रुपैयाँ तत्काल तिर्न नसक्ने होइन । आशंका के छ भने रोशनी बमको घरमा भोलिपल्ट कोही मान्छे आउँदै थियो र उसैका सामु निर्मलालाई प्रस्तुत गर्न यो योजना बनाइएको थियो । उनको घरमा सुरक्षा निकायका उच्च अधिकारीहरूको आउ–जाउ हुने गरेको छिमेकीहरूको भनाइ छ । यो आशंका असत्य साबित गर्न पनि प्रहरीले रोशनी र बबितालाई नियन्त्रणमा लिएर बयान लिनुपथ्र्यो । प्रहरी प्रवक्ता शैलेश थापा नै भन्छन्, ‘रोशनी र बबिता बममाथि अनुसन्धान भएको पनि भेटिएन । त्यसैले अनुसन्धानमै आशंका उठेको छ ।’

सन्दर्भ २ स् अनायासै लासको प्रसंग
१० साउनको ११ बजे निर्मला साइकल चढेर रोशनीको घरतर्फ लाग्छिन् । निर्मलाको घरभन्दा करिब २ किमि टाढा छ रोशनीको घर । उनी साँझसम्म पनि घर फर्किनन् । छोरी खोज्दै आमा रोशनीको घर पुगिन् । उनले गेटबाटै रोशनीलाई बोलाइन् । तर, दिदी बाहिर आइन् । निर्मलाबारे सोध्दा ‘तिम्री छोरी त २ बजे नै यहाँबाट हिँडेकी हुन् । अम्बा पनि लगेकी छिन् । अहिलेसम्म घर नपुगेकी भए पोइल गई होला’ भन्ने जवाफ दिइन् । निर्मलाकी आमा रिसाउँदै भित्र पस्न खोजिन्, तर बबिताले रोकिन् ।

निर्मलाकी आमा घर फर्किइन् । साँझ ८ बजेसम्म पनि छोरीको पत्तो नलागेपछि उनी वडा प्रहरी कार्यालयमा उजुरी दिन पुगिन् । तर, प्रहरीले खाना खाइसकेर सुत्ने वेला भएको भन्दै उजुरी लिन इन्कार ग(यो । फोटो लिएर भोलिपल्ट आउन भन्दै निर्मलाकी आमालाई फर्काइदियो । भोलिपल्टसम्म पनि पत्तो नलागेपछि निर्मलाकी आमाले छिमेकीसँग हारगुहार गरिन् । स्वःस्फूर्त जम्मा भएका स्थानीय रोशनीको घरमा जम्मा भए । त्यहीबीचमा दौडिँदै आएका एक स्थानीयले निर्मलाको साइकल भेटियो भन्ने जानकारी दिनासाथ बबिताले तत्कालै भनिन्, ‘साइकल भेटियो भने लास पनि त्यतै होला नि १’

प्रश्न स् हराएकी निर्मलाको खोजी भइरहेको थियो, तर बबिताले अनायासै लासको प्रसंग कसरी ल्याइन् रु निर्मला जीवित छैनन् भन्ने कुरा उनलाई कसरी थाहा भयो रु प्रहरीले यसतर्पm ध्यान दिएन ।

सन्दर्भ ३ स् अम्बाको बोट जो ढल्यो
निर्मलाको मृत शरीर उखुबारीमा फेला प(यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक । घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्माणको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो रु कतै पुस्तक पछि लगेर फालिएको त होइन रु यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन ।

–निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुलुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो । यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो । त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो रु प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।

सन्दर्भ ४ स् स्थानीयका अनुसार घटना भएको साता दिन पछि बबिताले घरको कोठामा रङ लगाएकी छिन् । जबकी बबिता र रोषनीलाई त्यस घरमा बस्न असुरक्षित भएको भन्दै प्रहरीले आफ्नै कार्यलयमा लगेर राख्ने र बेलुका सोही घरमा छाड्दै आएको छ । यत्रो तनावकाबीच बबिताले आफ्नो घरका कोठामा किन रङ लागाइन् । प्रहरीले यस तर्फ पनि ध्यान दिएन ।

सन्दर्भ ५ स् घटनाको करिब सात दिनपछि प्रहरीले कन्चनपुरकै १७ बर्षीय दिपक नेगी र कैलालीका दिपक घर्तीमागर पक्राउ परे । स्थानीयका अनुसार पक्राउ परेका नेगी एचआईभी संक्रमित हुन् । उनी शारिरिक र मानसिक दुवै पक्षबाट कमजोर छन् । त्यस्तै पक्राउ परेका घर्तीमागर पनि मानसिक सन्तुलान ठिक नभएको व्यक्ति हुन् । घटनाको २६ दिन पछि प्रहरीले अभियुक्तका रुपमा दिलिपसिंह बिष्ट पक्राउ गर्यो । बिष्ट पनि मानसिक सन्तुलन ठिक नभएका व्यक्ति हुन् । प्रहरीले बलात्कार पछि हत्या गरिएको जस्तो जघन्य अपराधमा मानसिक अबस्था बिग्रिएकालाई मात्रै किन अभियुक्त बनाउन खोज्यो रु घटनाको सात दिनपछि पक्राउ परेका नेगी, घर्तीमागर र अहिले अभियुक्त भनिएका बिष्ट तीनै जना शरिरिक र मानसिक अवस्था बिग्रएका भेटिनु संयोग मात्रै होइन । तर, यस तर्फ अनुसन्धान केन्द्रीत हुन सकेन ।

सन्दर्भ ६ स् घटनाको २४ दिनपछि प्रहरी निर्मालाको बुबा कहाँ पुग्यो । घटना स्थल निरीक्षण गर्नु पर्ने भएकाले सँगै हिड्न उनलाई भनियो । उनी प्रहरीको भ्यानमा चढे । घटना स्थल पुगे । निरीक्षण प्रहरी पनि खटिए । निरीक्षणको केही मिनेटमै प्रहरीले घटना स्थलबाट सर्टबाट च्यातिएको खल्ती भेटायो । सोही ठाउँमा फेरी प्रयोग गरिएको कण्डप पनि भेटियो । जबकी उक्त ठाउँमा शव भेटिएकै दिन मुचुल्का उठाउने क्रममा प्रहरीले ब्यापक सर्च गरेको छ । त्यस बेला न कण्डप भेटिएको छ । सर्टको टुक्रा नै । पछि सिआईबी टोली पनि घटना स्थल निरीक्षण गर्न पुगेको छ । उसले पनि घटना स्थलबाट कण्डम, सर्टको टुक्रा केही भेटएको छैन । घटना भएको २४ दिनपछि प्रहरीले घटना स्थलबाट कसरी कण्डम र सर्टको टुक्रा भेटायो । अनुसन्धान यसमा गरिएन ।

–अभियुक्तका रुपमा पक्राउ परेका दिलिपसिंह बिष्टका परिवारले घटना स्थलमा जुन सर्टको टुक्रा भेटिएको भनिएको छ, त्यो सर्ट प्रहरीले बिष्ट पक्राउ परेपछि मात्रै घरबाट लगेको भनेका छन् । यस्तो कसरी हुन पुग्यो रु शंका यहाँ छ ।

–स्थानीयका अनुसार बबिताको घरमा नेपाली सेनाका अधिकृत, प्रहरीका अधिकृत मात्र नभई भारतबाट कन्चनपुर घुम्न आएका भारतीय नेता पनि बाक्ले रुपमा जान आउने गर्थे । बबिता न राजनीति गर्छिन् । न ब्यापारी हुन् । कुनै सरकारी ओहदामा पनि उनी छैनन् । न कुनै आईएनजीओ र एनजिओमा नै कार्यरत छिन् । तर उनका घरमा हाइ प्राफाइलका व्यक्ति आउ जाउ किन गर्छन् रु निर्माला हत्याको उपज कतै यस्तै व्यक्ति त होइन रु यसमा प्रहरीले किन अनुसन्धान गरेन रु उनको कल डिटेल अध्ययन गर्दा धेरै रहस्य खुल्न सक्थ्यो । तर, यसो किन गरिएन रु शंका यहाँ पनि छ ।

एसपी निलम्बित

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान गरिरहेका एसपी डिल्लीराज विष्टलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानबिन समितिको सिफारिसपछि उनलाई निलम्बन गरिएको हो । एपसी विष्ट कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख थिए । उनीमातहतमा काम गर्ने डिएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका प्रहरी निरीक्षक एकेन्द्र खड्कालाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

संयोजक मैनालीले भने, ‘समितिले अनुसन्धान थालेको छ । यसक्रममा एसपी विष्ट निलम्बनमा परेका छन् । डिएसपी सेटी र इन्स्पेक्टर खड्कालाई प्रहरी प्रधान कार्यालय पठाइएको छ । अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्न सक्ने देखिएपछि उनीहरूलाई निलम्बन गरिएको हो ।’

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले पनि घटना अनुसन्धानमा लापरबाही देखिएको बताए । उनले भने, ‘घटना अनुसन्धानमा दुई–तीनवटा गल्ती भेटिए । पहिलो अनुसन्धानका क्रममा पीडित पक्ष र सरोकारवाला पक्षबीच छलफल नै गरिएको पाइएन । घटनासँग जोडिएका रोशनी र बबिता बममाथि अनुसन्धान भएको पनि भेटिएन । र, अनुसन्धानपछि प्राप्त विवरणबारे पीडितका परिवारलाई जानकारी पनि गराइएन ।’

कञ्चनपुरमा कर्फ्यु,काठमाडौंमा प्रदर्शन

आन्दोलन चर्किएपछि कञ्चनपुरमा तीन दिनदेखि कफ्र्यु छ भने निर्मला पन्तको न्यायका लागि राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलादेखि बानेश्वरसम्म निस्किएको र्‍यालीमा मानवअधिकारकर्मी, राजनीतिकर्मी, पेसाकर्मीदेखि सर्वसाधारण सहभागी थिए । करिब एक महिना बितिसक्दा पनि वास्तविक अपराधी सार्वजनिक गर्न नसकेको भन्दै देशैभरि आक्रोश बढिरहेका वेला राजधानीमा पनि प्रदर्शन भएको हो ।

‘निर्मलाका निम्ति न्याय’ नाममा सामाजिक सञ्जालमा अभियानका रूपमा सुरु भएको विरोध शनिबार राजधानीको सडकमा पोखिएको हो । र्‍यालीमा विभिन्न नारा लेखिएका प्ले कार्डसहित लेखक, कलाकार, साहित्यकार, पत्रकार, चिकित्सक, राजनीतिज्ञ, समाजसेवी, बुद्धिजीवी, विद्यार्थीलगायत विभिन्न क्षेत्रका मानिसको उपस्थिति थियो । नयाँ पत्रिका दैनिकबाट

त्यस्तै, बालिका पन्तका बलात्कारी र हत्यारा सार्वजनिक गर्न भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको विरोधमा शनिबार प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा पनि प्रदर्शन भएको छ । कञ्चनपुरमा बल प्रयोग गर्ने अधिकारीलाई कारबाही हुनुपर्ने र बलात्कारी पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन गरेका हुन् ।