धरान / धरान–१ का मोहन श्रेष्ठले धरानमा ४३ बर्ष भाडामा बसेर ३ बर्ष अघि धरानमा घर बनाए । १० धुर माटोमा ३ तला घर बनाएका छन् उनले । उनको घर अगाडी पछाडी करेसाबारी छैन् । उनकाे घरकाे छतमा भने सिमी, बोडी, करेला, भाण्टा, टमाटर र खुर्सानी, कागती लटरम्म फलेका छन् । लसुन, प्याज मात्रै होइन, औषधीमा उपयोग हुने पुदिना, जिम्मो पनि छ । धेरै धरानेहरुलाई थाहा नहुन सक्छ । कंक्रिटको जंगल धरानमा उनको घरको छत (कौसी) उर्बर तरकारी बारी बनेको छ । ३ बर्ष भयो उनले कौसीमा तरकारी फलाउँदै आएका । भाडामा बस्दा फुल रोपेका थिए । त्यही गमलामा उनले तरकारी शुरु गरे । ‘सानैदेखि सोख थियो, यस्तो खेती गर्ने कौशी सदुपयोग भएको छ । गरे जे पनि हुदो रहेछ ।-’उनकै कौशीबारीमा भेटिएका श्रेष्ठले भने ।कौसीमा फल्ने तरकारीले श्रेष्ठ परिवारलाई कहिल्यै तरकारी किन्नु पदैन् । दिनै एउटै तरकारी पनि खानु पर्दैन् । आफ्नो उद्यम हेर्न आउनेलाई कोशेली पनि पठाउछन् । ७० बर्ष लाग्न लागेका श्रेष्ठ भन्छन् (‘बिहान उठ्नेवित्तिकै ढकपक्का फुलेका र फलेका फल हेरेर आनन्दीत हुन्छु । विहान मोर्निङ वर्क जान पर्दैन ।’ उनले भने-‘महँगीमा तरकारीमा हुने खर्च पुरै जोगिएको छु ।’५०÷५५ बर्षका जस्ता देखिने श्रेष्ठ विहान बेलुका कौशीमा समय खर्च छ स्वस्थ्य भएको पनि सुनाए । ७ दशक उमेर विताएका श्रेष्ठलाई कुनै रोग छैन् । तीन जना छोरा बुराहीका साथ बस्दै आएका छन् । बजारमा डेरी पसल पनि छ । दिनभरी पसल हेर्छन ।
विहान बेलुका कौशी मै उनी भेटिन्छन् । कौसीमा तरकारी खेती शुरु गरेपछि उनलाई भान्साबाट निस्कने फोहोर पनि तह लगाएका छन् । सबै फोहोर मलको रूपमा प्रयोग गर्छन् । बजारमा नानाथरीका विषधी हालेको तरकारी नखाएको उनले तीन बर्ष भएको सुनाए । उनको कौशीमा दूई जातका कागती छ । करेला, लौका, फर्सी, भेण्डी, घिरौला, गदे साँग, पुदिना, रातो भेन्डी, अम्बक, काक्रा,सिमी, लसुन, जिमी साँग, टमाटरलगायत अनेक परिवारका तरकारी छन् । ३ बर्ष अघि धरान उपमहानगरपालिकाले कौशी बालीबारे तालिम दिएको थियो । ४० जनाको जमात उनले पनि तालिम लिएका थिए । त्यही तालिम पछि उनी कौशीखेतीमा सक्रिय भएर लागे । उक्त लटमा तालिम लिनेहरु अन्य कसैले पनि खेती गरेका छैनन तर उनले निरनतर दिएको धरान उपमहानगरपालिकाका सामाजिक विकास अधिकृतगणेश खतिवडाले बताए । नगरपालिकाले नियमित तालिम दिएर कौशीखेती प्रति आकर्षित गर्दै आएको उनले बताए । श्रेष्ठले नमुना खेति गरेको अधिकृत खतिवडाले बताए ।
श्रेष्ठले किरा मार्ने विषाधी पनि आफै बनाउछन् । सूर्ति, तितेपाती, टिमुर मिलाएर औषधी बनाएर किरा मार्ने गरेको उने बताए । कौशीखेतीबाट तरकारीमा हुने बार्षिक ७२ हजार बरावरको जोगिएको उनले बताए । तरकारीमा दैनिक २००/३०० खर्च गर्नुपर्ने आजको महँगीमा धेरै शहरवासीलाई यो पाठ हुन सक्छ । भुईंमा भन्दा छतमा तरकारी राम्रो हुने कृषी प्राविधिकहरुले बताएका छन् । छतमा पर्याप्त तापक्रम पुग्नुका साथै कीराफट्याङ्ग्राको समस्या पनि कम हुन्छ । यहाँ स्वच्छ पनि हुन्छ । कौसीमा खेती गर्दा सकभर एउटा बालीपछि माटो फेर्नुपर्ने, तरकारी अनुसारको माटो प्रयोग र त्यो ठाउँले कतिसम्मको भार (तौल) धान्न सक्छ भन्ने चाही ध्यान पु¥याउनु पर्ने हुन्छ ।