धरान / सप्तकोसी पूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भगालो तरी करिव १ किमी बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ । यो बस्ती पूग्न पहिले निकै बगर हिड्नु पर्थियो तर अहिले कोशी धार पश्चिम फर्किए पछि कोशीबाट बस्ती नजिके भएको छ । यहाँ छरपष्ट खर र टिनले छाएका घरहरु छन् । यो बस्ती सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. ६ र ९ को आदी भूभाग पर्दछ । जुन श्रीलंका टापुको नामले चिनिन्छ । यो बस्तीमा झण्डै १५ हजार हाराहारीमा मानव बसोबास गर्दछन् ।
मधेसका आदिवासी चन्द्रवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास भएको बस्ती सप्तकोसीको पूर्वी र पश्चिमी भँगालाको बीचमा अवस्थित छ । हिउँदमा दुवैतिरका लामा लामा बलौटे बगरको बीचमा रहेको बस्ती वर्षामा मात्र पानीले घेरिन्छ र टापु बन्ने गरेको छ । चारैतिर पानीले घेरेका कारण बर्षा याममा यहाँका मानिसहरु रातभरी सुत्दैनन् ।
सिंहदरबार गाउँगाउँमा भन्ने उनीहरुलाई थाहा छैन् । सरकारको सेवा सुविधा लिन, दैनिक जिविकोर्पाजनका लागि उनीहरु नाउ चढेर सप्तकोसी तरेर आउनु पर्दछ । उनीहरु चुनावका बेला भोट हाल्न कोसी पूर्वको चकरघर्टी आउने गरेका छन् । यहाँका वासिन्दाले सुनसरीको क्षेत्र नं. ४ मा पर्ने यो टापुका जनताले दुई पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी र जगदीश कुसियैत, पूर्व पर्यटन मन्त्रि भीम आचार्य र पछिल्लो समय पूर्व अर्थमन्त्रि ज्ञानेन्द्रबहादुर कार्किलाई जिताए ।
देशका ठूला मान्छेलाई उनीहरुले जिताए पनि दशकौ बर्षदेखिको उनीहरुको समस्या ज्युकातिउ छ । कक्षा ८ सम्म पढ्ने विद्यालय छ । दुई वटा प्राथामिक विद्यालय छ । प्राविमा १÷१ र निमाविमा ३ सय विद्यार्थी छन् । त्यस पछि विरलैको पढ्ने सोच बनाउने गर्दछन् । एक दुई उच्च शिक्षा पढ्न नाउ तरेर दैनिक उदयपुरको भागलपुर, रामपुर तथा सुनसरीको चकरघर्टी जाने गरेका छन् । ठूलो बाढी आउदा उनीहरु विद्यालय जान नपाउने छ नं. वडाका वडा सदस्य श्यामबहादुर लिम्बुले बताए ।
पूर्वी भंगालो तर्दा आफ्नै जिल्ला सुनसरी पुग्ने उनीहरूको नजिकको केन्द्र उदयपुरको भागलपुर पर्छ । हिउँदमा पश्चिमी भंगालो लगभग सुक्ने भएकाले आवतजावत गर्न सहज हुन्छ । तर आफ्नो क्षेत्रको सदरमुकाम जादा भने हिउदमा पनि डुंगाको साहरा लिनु पर्छ । वर्षामा त दुवैतिर कोसी बस्तीनजिकै आइपुग्छ ।
कोसीको भेलमा उनीहरूसँग डुंगाको विकल्प छैन । ४ वटा डुङगा छन् उनीहरुका लागि खाद्यन्न, कपडालगायत आवश्यक सामाग्री पु¥याउन तथा आवजजावत गर्न ।
जसले जति सक्यो, त्यति ऐलानी जग्गा ओगटेर खनजोत गरी बाली लगाउन सक्ने टापुबाट मासिनहरु अन्यत्र जान पनि सकेका छ्रैनन् र राज्यले कतै व्यवस्थापन गर्न पनि सकेको छैन ।
यहाँ अधिकाशंले घरमै बच्चा जन्माउछन् । स्वास्थ्य चौकी छ तर औधषी छैन् । समयमा सुत्केरीलाई उपचार नहुदा हालसम्म ४ जनाको ज्यान गईसकेको वडा सदस्य लिम्बुले बताए । सर्पले टोकेका विमारी पनि २० जनाको ज्यान गईसकेको उनले सुनाए ।
जनसंख्या र क्षेत्रफल दुवै हिसाबले बेग्लै वडा बन्न सक्ने भए पनि यहाँ बन्न सकेको छैन् । संघीय संरचना निर्धारण समितिले दूई वटा वडाका आदी भाग छुट्याएको छ । स्थानीय तहले एउटै वडा बनाएर काम गर्न नसकिने बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनाल बताउछन् । सबै खाले सिफारिस बनाएर अन्य कामका लागि नगरपालिका कार्यलय तथा जिल्ला जानु पर्दा कोशी तरेर यतै आउनु पर्ने भएकाले वडा कार्यलय टापुमा नराखिएको मेयर खनाले बताए ।
जोखिम क्षेत्र भएकाले त्यहाँ स्थायी संरचनाहरु पनि बनेका छैनन् । संघले बन्यजन्तु आरक्षण विस्तार गर्ने भनेर प्रस्ताव ल्याएको थियो । तर कोशी पीडितहरुलाई व्यवस्थापन नगरी त्यहाँबाट कसैलाई अन्यत्र हटाउन नसकिने मेयर खनाल बताउछन् । यहाँको बस्ती खाली गरि अन्य प्रयोजनमा प्रयोग गर्न केन्द्रकै निर्णय चाहिने उनको भनाई छ ।
एक्ला जनप्रतिनीधि
यहाँ एक जना जनप्रतिनीधि मात्र छन् । श्यामबहादुर लिम्बु अरु सबै सदसरमुकाम आसपास बस्छन् । उन ीभने गाउलेहरुसँगै बसेका छन् । स्थानीयको गुनासो सुन्ने भन्दा भन्दा अरु केही गर्न सकेका छैनन । बर्षायाममा वडाको बैठकमा सम्म जान नसकेको उनी सुनाउछन् । ६ नं. वडाको बजेट झण्डै ७३ लाख भएको सुनाए तर उनको क्षेत्रमा ५ लाम मात्र परेको गुनासो गरे । ‘यो पाँच लाखले यहाँ के नै पो गर्न सकिन्छ र । यहाँको गुनासो लिएर सदरमुकाम जान्छु तर कसैले सुनिदिदैनन् ।’–नयाँ पत्रिकासँग भने । ९ नं. वडाका शुम्भु चन्द्रबंसी पनि यहीका भए पनि उनी प्रकाशपुरमा बस्दे आएका छन् ।