धरान १८ निवासी सावित्री श्रेष्ठ ( जोशी ) प्रदेश नम्बर १ को साँसद हुन । सुनसरी क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा एमालेबाट उनी समानुपातिक तर्फबाट सांसद वन्न सफल भएकी हुन । उनी धरानमा लामो सयमदेखि राजनीतिक जीवन विताउँदै आएकी छन । नेकपा एमालेको प्रदेश कमिटीमा रहेर काम गरिरहेकी थिईन । उनलको धरान उपमहानगरको उपमेयरमा पनि किनै चर्चा चलेको थियो । पछि कार्यकर्ता समायोजन गर्ने क्रममा उनले टिकट पाईनन् । उनलाई प्रदेश सभा सदस्यमा पार्टीले न्याय ग¥यो । जुझारु , कर्तव्यनिष्ठ , इमान्दार व्यतिmत्वको रुपमा परिचित श्रेष्ठ , राजनीतिमा आउनु भन्दा अगाडि धरान ११ मा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको प्रधानाध्यापिका समेत भएर शैक्षिक क्षेत्रमा समेत योगदान पु¥याएकी छन । धरानमा लोकप्रिय रहेकी श्रेष्ठसँग प्रदेश सभाबारे गरिएकाे कुराकानीकाे सार: –

१ अहिले संसदमा के गतिविधि भइरहेको छ ? तपाईहरू कुन–कुन कुरामा लाग्नु भएको छ ?
जवाफ – अहिले हामीहरू प्रदेशको कानुनहरू निर्माण गर्न तल्लिन छौं । प्रदेश नम्बर १ लाई सुखी र समृद्धशाली वनाउनको निम्ति प्रदेश सरकार लागि परेको छ । मुलत ः कानुन निर्माणपछि हामी जनताले चाहेको सुखी प्रदेश र समृद्ध प्रदेश वनाउने अठोटका साथ लाग्ने छौं ।

२ तपाईले धरानको विकासको लागि कस्ता –कस्ता योजनाहरूको लागि पहल गर्नु भएको छ त ?
धरानको विकासमा मेरो जीवन नै वितेको छ भन्दा दुई मत हुदैन । प्रतक्ष्य अप्रतक्ष्य रुपमा मेरो साथ , सहयोग र पहल जोडिएको छ । धेरै नै छन । तर पनि केही यस्ता योजनाहरु छन । त्यो योजनाहरु धरानवासीको लागि कोसेढुङ्गा वन्न सफल भएका छन् । जस्तै ः –
दन्तकाली मन्दिर क्षेत्र विकास र प्रवद्र्धन, धरान–१४, सुनसरी
 रू. ३०,००,०००÷– (तीस लाख मात्र)
ख) पिण्डेश्वर मन्दिर क्षेत्र विकास र प्रवद्र्धन, धरान–१४, सुनसरी
 रू. ३०,००,०००÷– (तीस लाख मात्र)
ग) बुढासुब्बा मन्दिर क्षेत्र विकास र प्रवद्र्धन, धरान–१४, सुनसरी
 रू. ३०,००,०००÷– (तीस लाख मात्र)
घ) लगौना चौकदेखि बक्लौरी कुमारखत, धरान जाने सडक
 रू. ९०,००,०००÷– (नब्बे लाख मात्र)
ङ) धरान–१३ देवीमार्गबाट धरान–२० चिन्डे डाँडा जाने बाटोको सर्दु खोलामा पक्की पुल
 रू. १,००,००,०००÷– (१ करोड)
च) धरान–१५ निराजन बस्ती हुँदै हर्दिया पेलपुर ठाडे कन्यापोखरी सडक धरान न.पा. १, ४, ५
 रू. ९०,००,०००÷– (नब्बे लाख)
छ) धरान–११ मंगलबारे सर्दुखोला हुँदै विष्णुपादुका सडक कालोपत्रे
 रू. ९०,००,०००÷– (नब्बे लाख)
ज) सप्तरंगी सार्वजनिक पार्क उद्यान सुदृढीकरण, धरान न.पा. १७
 रू. ३५,००,०००÷– (पैंतीस लाख)
झ) धरानमा निर्माणाधीन बहुजातीय संग्रहालयको निर्माण सहयोग धरान, सुनसरी
 रू. ९०,००,०००÷– (नब्बे लाख)
यी योजनाहरू प्रदेश सरकारले पारिदिनु भएकोमा सबै मन्ंत्री र मन्त्रालय धन्यवादको पात्र हुनुहुन्छ । खासगरि पर्यटक मन्त्री जगदिश कुसियतज्यूले विजयपुर एकीकृत विकासको लागि ९० लाख दिनु भएकोमा उहाँलाई विशेष धन्यवाद छ । धरानको विकास र विजयपुर जस्तो ऐतिहासिक स्थलको विकासलाई अझ थप काम गर्दै जाने छौं ।

३ सवैभन्दा जनचासोको विषय प्रदेशको राजधानी र नामाकरणको विषयमा के हुदैछ त ?
प्रदेशको राजधानी कहाँ राख्ने र प्रदेशको नामाकरण के हुने बारे सांसदहरूको बीचमा व्यापक छलफल र अन्तरक्रियाहरू हुँदैछन् । हालै मात्र झापाको एउटा अन्तरक्रियामा झापाका बुद्धिजीवीहरूले सबैैलाई पायक पर्ने प्रदेशको राजधानी मोरङ्गको गोठगाउँ उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकाले । त्यस्तै, राजधानीको लागि अहिले चर्चामा रहेका विराटनगर, इटहरी, धरान र धनकुटा राख्नुपर्छ भन्न सांसदहरूको मत देखिन्छ । मेरा विचारमा चारपाँच ठाउँमध्ये सबैलाई पायक पर्ने रमणीय स्थल, ऐतिहासिक, धार्मिक पर्यटकीय स्थल मानिने उपयुक्त स्थान धरान नै हो भन्ने मेरो धारणा हो । तर सांसदहरू एकै मतमा नदेखिएकोले शायद यसमा सांसदहरूको बीचमा भोटिङ हुने सम्भावना देखिन्छ । संविधानमा व्यवस्था भए अनुसार प्रदेशको राजधानीको लागि कुल सदस्य संख्याको दुइतिहाई सदस्य आवश्यक पर्ने हुँदा त्यसको लागि व्यापक प्रचारप्रसार र सदस्यहरूलाई क्याम्पिङ गर्नु जरूरी छ । त्यसको लागि मेरो प्रयास रहेनछ । जहाँसम्म अर्को राजधानीको नामाकरणको प्रश्न छ, सगरमाथा प्रदेश नै रहने अनुमान गरिएको छ ।

“राजधानीको लागि उपयुक्त स्थान धरान नै हो भन्ने मेरो धारणा हो । तर सांसदहरू एकै मतमा नदेखिएकोले शायद यसमा सांसदहरूको बीचमा भोटिङ हुने सम्भावना देखिन्छ । संविधानमा व्यवस्था भए अनुसार प्रदेशको राजधानीको लागि कुल सदस्य संख्याको दुइतिहाई सदस्य आवश्यक पर्ने हुँदा त्यसको लागि व्यापक प्रचारप्रसार र सदस्यहरूलाई क्याम्पिङ गर्नु जरूरी छ । त्यसको लागि मेरो प्रयास रहेनछ । जहाँसम्म अर्को राजधानीको नामाकरणको प्रश्न छ, सगरमाथा प्रदेश नै रहने अनुमान छ । ”

४ अनि मन्त्रीमण्डल विस्तारमा किन ढिलाई भएको हो ?
जवाफ – अहिले हामी मन्त्रीमण्डल भन्दा पनि प्रदेशलाई कानुनी रूपमा लाने विषयमा विधेयक बनाउन नै व्यस्त छौं ।त्यसैले पहिलो प्राथमिकता कानुन निर्माण भएकाले अव चाडै नै कानुन निर्माण गरिसकेपछि सरकारको मन्त्री मण्डल विस्तारको काम पनि हुनेछ ।

५ मन्त्रीमण्डल विस्तार हुँदा महिला मन्त्री बन्ने सम्भावना छ की छैन ?
महिला मन्त्रीको सम्भावना अवश्य छ, यस विषयमा हामी महिला सांसदहरूको एकीकृत आवाज उठाईरहेका छौं ।अवको मन्त्री मण्डलमा महिला साँसदको पनि अवस्य सहभागिता हुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।

६ अन्त्यमा, तपाई धरानको वासिन्दा पनि हो , यस क्षेत्रको विकास र सुधारको लागि के गर्दै हुनु हुन्छ ?
हामी यति बेला स्थानीय सरकार सँग समन्वय गरेर स्वस्थ शिक्षा तथा अन्य विकास कार्यमा पनि सक्रिय रूपमा लाग्दैछौं । जहाँसम्म स्वास्थ्यमा जनताको पहुँच पु¥याउने कुरा छ । धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष ज्यादै साँघुरो भैसकेको तथा आई.सि.यू. बेडको अभावले बिमारीलाई ज्यादै मार्का परेको हुँदा त्यसको सुधारको लागि मन्त्रालयको ध्यानाकर्षण गर्नुको साथै त्यसमा पहल भैरहेको छ ।जहाँसम्म शिक्षामा जनताको पहुँच पु¥याउने विषयमा पनि स्कूल र कलेजको स्तर वृद्धि र भौतिक सुविधा उपलब्ध गराउने विषयमा लाग्दै जाने छौं । त्यसको अतिरिक्त धरानको बाटो पुल, पुलेसा, खहरे नियन्त्रण सर्दु सेउती नियन्त्रणमा पनि स्थानीय सरकारलाई मद्दत गर्दै जानेछौं । अाैजार दैनिकबाट