सुनसरी / १० बर्ष आगाडी सप्तकोशी नदीले गरेको महाविनासले तहसनहस गरेको सन्र्दभमा महाबिनापछि भएको क्षती र पुन स्थापनाका बिषयमा प्रदेश सरकार,प्रदेश सभाका सदस्य,पत्रकार एवम बुद्धिजिवीहरुको सहभागीतामा समिक्षत्मक अन्र्तकृया साथै कोसी महाबिनाशमा आधारित बृत्तचित्र र फोटो प्रर्दशनि गर्ने योजनाका साथ नेपाली साझा मञ्चका टोली प्रदेश सरकारकारसंग भेटघाट गरेको छ । 
टोली प्रदेश सरकारका सभामुख प्रदीप कुमार भण्डारी,मुख्यमन्त्री शेरधन राई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियत संग भेटघाट गरेको हो ।
भेटमा नेपाली साझा मञ्चका केन्द्रीय तथा सुनसरी जिल्ला टोलीले कोसी कटानपछि त्यसबेलाको सुनसरी पश्चिम कुशाह गा.वि.स. स्थित तटबन्ध भत्काएर हरिपुर, श्रीपुर र पश्चिम कुशाह गाविसलाई पूर्णरुपमा क्षति र्पुयाएको बिषयमा अबगत गराएको थियोे भने लौकही, मधुवन, बसन्तपुर र घुस्की गाविसलाई भने आशिंक क्षति पुराएको समेत जानकारी गराएका थिए । 
सरकारी आंकडा अनुसार सप्तकोसीको महाबिनाशबाट सात हजार पाँच सय ७२ घर परिवारका ४२ हजार आठ सय नेपालीहरु विस्थापित भएका थिए भने सुनसरीको खेतियोग्य पाँच हजार पाँच सय हेक्टर जमिन बालुवामा परिणत भएको थियो ।
सप्तकोशी नदीले १२ कि.मि. कालोपत्रे सडक र १३ कि.मि. कच्ची सडक बगाउदा लामो समयसम्म यातायात अवरुद्ध हुनुका साथै दर्जनौं विद्युतका पोल क्षतिग्रस्त हुदा पूर्वी नेपाल महिनौंसम्म अन्धकारमा डुबेको थियो । 
नेपाल टेलिकमको अप्टिकल फाईबर बगाउदा संचार सेवाबाट समेत पूर्वेलीहरु सम्पर्क ्विच्छेद भएका थिए । त्यसबेला पूर्वी नेपाल छुट्टै राज्य जस्तो भएको थियो भने सडक यातायात अवरुद्ध हुँदा सप्तकोशी पूर्व र पश्चिम आवतजावत गर्न भारतको बाटो भएर जानु पर्दथ्यो कि त ज्यानजोखिममा पारेर डुंगाको यात्रा गर्नु पर्दथ्यो । पूर्वी नेपालकै व्यापार व्यवसाय ठप्प प्राय थियो । 
नेपालका साथै सप्तकोशी नदीले त्यसबेला भारतको विहार राज्यको १८ वटा जिल्लालाई डुबाएको थियो र बाढीबाट ३३ लाख मानिसहरु प्रभावित भएका थिए भने सयौंको मृत्यु समेत भएको थियोे । 
सप्तकोशी नदी भाद्र २ गते दिउशो १२ बजेर ४४ मिनेटमा मानववस्तीमा प्रवेश गरेको थियो भने भाद्र २ गते देखि माघ १३ गतेसम्म मानववस्तीमा बगेको थियो ।
नदीलाई माघ १३ गते साँझ ६ बजेर ४० मा पुन पुरानैधारमा फर्काईएको र अहिलेसम्म पुरानैधारमा बगिरहेको समेत मञ्चले प्रदेश सरकारलाई अबगत गराएको छ । 
कोशी नदी मानवबस्तीमा १ सय ६२ दिन बग्दा नदीले त्यहाँका जनतालाई घरबार विहीन त बनायो नै सुन जस्तै धानका बाला लहलहराउने सुनसरीको खेती योग्य जमिनलाई भने बालुवाको मरुभूमिमा परिणत गरेको थियो हाल सो हराभरा क्षेत्र बालुवाको बगरमा परिणत भएको छ । 
साथै टोलीले राष्ट्रले गरेको सन्धि सम्झौतामा पुनर्विचार गर्न र नयाँ सन्धि सम्झौतामा गम्भीरतापूर्वक राष्ट्रिय हितमा ध्यानाकर्षण गराउनुका साथै कोशी महाविनासबाट प्रभावित क्षेत्रको विकासमा प्रदेश सरकार र प्रदेश सभासदहरुको ध्यानाकर्षण हुने समेत बिश्वास लिएको छ ।
महाबिनाशले पारेको आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक, राजनैतिक, जनस्वास्थ्य, पर्यटकीय र वातावरणीय प्रभावको पुनर्दृश्यावलोकन समेत गराउनुका साथै महाविनासका समयमा गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा सचेतना गराईने,फोटो प्रदर्शनी एवं वृत्तचित्र प्रदर्शनी र समिक्षात्मक अन्तरक्रिया गर्नुका साथै फोटो पत्रकारहरुलाई सम्मान समेत गरिने कार्यक्रम बारेमा प्रदेश सरकारलाई जानकारी गराएका थिए । 
भेटघाटको क्रममा नेपाली साझा मञ्चका अन्र्तराष्ट्रिय संयाेजक एबम केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ,सुनसरी सम्योजक बिश्वबन्धु ताम्राकार(तमोट)सहसम्योजक लक्ष्मण थापा,सचिव सबिता राई सदस्य भरतराज शर्मा, गणेश पौडेल,रमेश चक्र खडका,डिल्ली लिम्बु,(तुम्ब्रोक)केबश श्रेष्ठ मञ्चका पुर्व कोषअध्यक्ष अम्बीका देबी भटटराई(श्रेष्ठ)का साथै पूर्व महासचिव मिना भटटराई लगायतको सहभागीत रहेको थियो ।  भरतराज शर्मा(गोपाल)बाट

37938195_2114152062136647_5083190667803361280_n