धरान / धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडी बर्षौदेखि साना व्यासायी संचालन गरेर बसेका व्यवसायीहरुले पानी बति र भाडा नियमित तिरी रहे पछि उनीहरुले तिरको सबै भाडा रकम उपमहानगरले पाउने गरेको छैन् । उपमहानगरको जग्गा भए पनि केही व्यक्तिले विपी सुन्दर बजार व्यवस्थापन समिति बनाएर भाडा असुल्दै आएको पाईएको छ । उपमहानगरपालिकाका सम्पतिलाई व्यवस्थिति गर्न अगाडीदेखि प्रयास गरे पनि सफल नभएको र यो बर्ष ठेक्का लागेको उपमहानगरपालिकाका बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए । दुई बर्ष अघिदेखि पटक पटक ठेक्का लगाए पनि भाडा उठाउन नसकिने भन्दै ठेकेदारहरुले ठेक्का लिन नमानेको उनले बताए । व्यापारीहरुले बार्षिक १४ लाख बुझाएको बताए पनि उपमहानग।रपालिकाले भने थोरै मात्र रकम प्राप्त गर्ने गरेको पाइएको छ । अधिकारीका अनुसार २०६२/०६३ आवको ३ लाख ५० हजार उपमहानगरले पाएको २०६३÷०६४ को यो २०७५ सालमा आउनु पर्ने अझै आएको छैन् ।
उपमहानगरपालिकाको ठेक्काको व्यवसायीद्वारा विरोध
तर साना व्यवसाय संचालन गरेर बसेका व्यवसायीहरुलाई धरान उपमहानगरपालिकाले एक्कासी ठेक्का मार्फत भाडा उच्च वृद्धि गर्न लागेको भन्दै विरोध जनाएका छन् ।
विपी सुन्दर बजार व्यवस्थापन समिति मार्फत व्यवस्थापन हुदै आएको धरान–१८ स्थित विपी सुन्दर बजारलाई उपमहानगरले गत असार १६ गत सर्वाजनिक सूचना गरि ठेक्कामा स्टल संचालन गर्न आव्हान गरेको थियो । उक्त ठेक्का स्थानीय दिनेश राईले पाएको बताइएको छ ।
प्रतिष्ठानमा आउने विमारीहरुको सेवा गर्दै सामान्य गुजाराका लागि चिया, खाजा, खाना, फलफल, कपडालगायतको व्यवसाय गर्दे आएका ३० व्यवसायीहरुले उपमहानगरले ठेक्कामा लगाएर पुराना व्यवसयीहरुलाई विस्तापित गर्न खोजेको आरोप लगाएका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरि आफुहरु ठेक्का प्रथा नमान्ने बताए ।
‘हामी उपमहानगरपालिकासँग समन्यव गर्दछौ । महगी अनुसार बढेको भाडा पनि तिर्छौ तर ठेक्का प्रथा मान्दैनौ ।’–खाजा नास्ता व्यवसाय गर्दै आएका पूर्णकुमार राईले भने ।
२०५१ सालदेखि विपी प्रतिष्ठान अगाडी चिया पसल गर्दै आएकी रमा थापाले चर्को भाडा बढाएर यहाँका साना व्यापारीहरुलाई विस्तापित गर्न खोजेको बताईन । ‘हामी उपमहानगरको संरक्षणमा बस्न चाहन्छौ, उचित रुपमा बढाएको भाडा तिर्ने छौ ।’– थापाले भनिन–‘तर पुराना व्यापारीहरु विस्तापित गराउने नियतले गरिएको ठेक्का मान्दैनौ । नपामै गएर भाडा तिछौ ।’
२०६८ सालदेखि सडक किनारामा व्यवस्थित बजार बनाएर प्रति पसल ३४ सयदेखि ४६ सयसम्म मासिक भाडा बापत बार्षिक करिव १४ लाख उनीहरुले बुझाउदै आएका छन् । तर अव ठेक्का लगाए पछि १२ हजारदेखि २५ हजारसम्म तिर्नु पर्ने व्यवासायीहरुले गुनासो गरेका छन् । यति चर्को भाडा तिर्दा व्यवसाय नै टाट पल्टने व्यवसायी रीता अधिकारीले बताईन । उनीहरुले बार्षिक १४ लाख तिरे पनि उपमहानगरपालिकाले भने करिव साढे ३ लाख मात्र पाउदै आएको उपमहानगरपालिकाले जनाएको छ ।
व्यवसायीले तिरेको कर उपयोग गर्न उपमहानगरको पहल
विपी सुन्दर बजार व्यवस्थापन समितिले यस अघिको सरकारको पालामा बनेको नगर विकास समितिसँग समन्वय गरे काम गरेको थियो । त्यहाँबाट उठेको भाडा समिति र नगर विकास समितिले ५० प्रतिशत र वाँकी ५० प्रतिशत उपमहानगरमा जम्मा हुदै आएको थियो । व्यापारीहरुले तिरेको कर उपमहानगरले पुरा नपाएको कारण व्यवस्थित गरि व्यवापारीहरुलाई अझ सुविधा दिन ठेक्का लगाउन लागिएको धरान उपमहानगरपालिकाका १८ नंं वडा अध्यक्ष प्रविण राईले जानकारी दिए ।
यता ठेक्का पाएका दिनेश राईले व्यवसायीहरुले महगो भाडा तिरिरहे पनि उपमहानगरले भने केही पाउन नसकेको बताए । यहाँको बजारलाई व्यवस्थित बनाई व्यवसायीहरुलाई थप सुविधा उपलब्द गराउन आफुले ठेक्का उपमहानगर मार्फत बजार संचालन गर्न चाहेको उनले बताए । ‘यहाँ ठूलो चलखेल छ । कोही व्यापारी मालिक बन्न सकेका छैनन् । अन्य व्यक्तिबाट लाखौ खर्च गरेर कोठा किनेर बसेका छन् । यहाँका सबै व्यावसायीलाई कोठा मालिक बनाउने मेरा लक्ष्य छ ।’–राईले भने ।
यहाँका २८ वटा कोठा भाडामा छन् । ती सबै धरानका नाम चलेका व्यक्तिको नाममा रहेको बताइएको छ । उनीहरुबाट ४ लाखदेखि १२ लाखसम्म तिरेर उनीहरुले व्यवासायी गर्दै आएको बताइएको छ । यस्तो ठेकेदारी हटाएर व्यवसायीहरुलाई नै सौलियत दिन उपमहानगरले बजार व्यवस्थापन गर्न लागेको वडा अध्यक्ष राईले बताए ।
पानी बत्तिको विलमा ठगी

bill
विपी सुन्दर बजार व्यवस्थापन समितिको नाममा विजुलीको विन काट्दा कति युटिक खपत भयो भन्ने कुनै विवरण नलेखि पैसा मात्र उल्लेख गर्ने गरेको पाईएको छ । ५ सय, एक हजार १२ सय मनोमानी शुलक लिदै आएको पाईएको छ । विद्युत प्राधिकरणले कति युटि खपत भयो भन्ने सबै उल्लेख गरेर विल दिने गरेको छ । तर समितिले ती व्यवसायीहरुलाई मनोमानी शुल्क उठाउदै आएका छन् । ५ सयदेखि १५ सय सम्म मासिक उठाउने गरेको तर विलमा युनिट उल्लखे नगर्ने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।