• आनन्द श्रेष्ठ

मान्छेले जन्म लिए पछि एक दिन त मर्नै पर्छ यो सवैलाई थाहै छ । तर कोहि लोकप्रिय मान्छे को असामयिक निधन भने साहै पिडादायिक हुदो रहेछ । अहिले यस्तै भएको छ सम्पुर्ण धरानवासीहरुलाई । एक वर्ष अधि धराने जनताले भोट दिएर धरान उपमहानगर पालिकाको मेयर पदमा विजय गर।ई काम गर्ने मौका दिएका थियौ तारा सुव्वालाई । तर मेयर भएको एक वर्ष भित्रै ५२ वर्षको उमेरमै वहाको निधनले हामी सवै नगरवासी, साथीभाइहरु स्तव्ध भएका छौ ।
“आनन्द जी सधै आनन्दै” व्यतिmगत रुपमा वहाले मलाई भेटदा मुसुक्क हास्दै भन्ने शव्द यहि हो । म पनि भन्थे “आनन्दै“ । एउटा सानो शहरमा वस्ने हामी दुई वीच वर्षैा पहिले देखि एउटा राजनितिक नेता र म सचारकर्मीको नाताले वारम्वर भेट त हुने भई हाल्यो । पछिल्लो १५ वर्ष देखि चाहि धरानको पानीको समस्या समाधान गर्न छलफल, भेला, गोष्ठि, भ्रमण हुदा हाम्रो धनिभूतरुपले भेटधाट भईरहन्थ्यो । वहा मेयर भए पछि धरान खानेपानी वोर्डको अध्यक्ष र म वोर्ड सदस्य भएकोे नाताले झनै भेटघाट वाक्लिएको थियो । वहा मेयर भएर आए पछि धरानलाई फुलको शहर वनाऔ भन्ने हाम्रो सस्था वातावरण तथा पर्यटन विकाश केन्द्रको सुझावलाई तुरुन्त स्विकार गरी नगरपालिकाको पर्यटन विकास समिति मार्फत एक दुई ठाउमा काम पनि थाल्नु भएको थियो । यसै गरी सर्दु जलधार क्षेत्रको सिमाकन गरेर त्यसको विवाद सदाको लागी सुल्झाई दिगो पानीको श्रोत वडाउन एउटा समिति वनाई काम पनि अधि वढि सकेको थियो जुन समितिमा हाम्रो सस्थालाई सदस्यमा राख्नु भएको थियो । यसरी नगरको वातावरण र पर्यटन विकाशको लागी हाम्रो सहकार्य निरन्तर थियो । खानेपानीको समस्यावाट ग्रस्त धरानलाई जसरी भएनी पानीको समस्यावाट मुतm गराउने अभियानमा तारा जी को र वहाको पार्टिको भूमीका सधै विवादरहीत र सकारात्मक रहेको थियो । धरानमा पानीको समस्या समाधान गर्न भनि सस्था नै स्थापना गरी २०६० साल देखि निरन्तर लागी परेको नाताले यो पतिmकारको आन्तरीक मुल्याङ्कनमा वहाको भुमीका सधै स्मरण गरी रहन्छु ।
स्व सुव्वा हक्की र स्पष्ट वतmा भएको कारणले वहा वोर्डको अध्यक्षमा आउनु भए पछि धेरै अप्ठायारो निर्णयहरु पनि सजिलै पार लगाउनु भएको थियो । तर एडिवीको क्रुण सहयोगमा सचालित खानेपानी योजनाले अव मुर्तरुप लिएर यसै महिना देखि जनताको घरघरमा पुगेको दिन हेर्न नपाउदेै वहा वित्नु भएकोले हामीलाई ज्यादैे नरमाईलो लागेको छ । परीयोजनाकै कुरा गर्दा ५ वटा सवस्टेशन मध्ये ४ वटा पानी टंकिको निर्माण भई यसै महिना देखि पानी वितरण थाल्ने अवस्थामा पुगेको छ भने पन्चकन्याको जगल भित्र वनाउने भनिएको पानी टंकि चाहि अनावश्यक विवादका कारण अडकिन पुगेको छ । वोर्ड अध्यक्षको नाताले सो विवादको गाठो फुकाउने दायित्व पनि वहाकै पहिलो थियो । कुनै पनि विकास निर्माणको कामलाई जनसहभागितामुलक वनाउने वहाको प्रयास सधै हुने गथ्योै । यसै सिलसिलामा यो पानी टंकिको निर्माणमा पनि भरसक सवैको सहभागिता र सहमतिमा होस भन्ने वहाको प्रयास थियो । त्यसैले सवै प्रकृया पुर्याएर सवै राजनितिक दल र जातिय सघ सस्थाको साथीहरुलाई खुसी पार्न खोज्दा खोज्दै झण्डै ६ महिना त्यसै वित्या । जसको कारण परीयोजना सम्पन्नहुनुमा ढिलाई हुन गएको छ । कसैले अनावश्यक विवाद उत्पन्न गराए पनि विवाद गर्नेलाई वाईपास नगरी वरु छलफल गर्ने गराउने वहाको वानी थियो । अहिले पनि सो क्षेत्रमा कसरी टंकि वनाउने भन्ने वारेमा ठुलो चिन्ता र चासोका साथ लागी पर्नु भएको थियो । सम्भवत वहाले थालेको काम हरु मध्ये यो एउटा काम अधुरो रहन गएको छ । विजयपुरको त्यस क्षेत्रमा कुनै सस्कृतिक तथा ऐतिहासिक भौतिक सरचना नभए पनि हामी त्यहा वनाउन दिन्नौ भनेर लाग्ने हरु मध्ये धेरै व्यतिm, सस्था र नाता पर्नेहरु निश्चय नै वहालाई श्रद्धान्जली दिन आउनु भएको थियो । त्यसैले म वहाहरुलाई के भन्न चाहन्छु भने सुव्वा उपचारको सिलसिलामा काठमाण्डौ लाग्नु अधि सम्म पनि मलाई भेटेर “आनन्द जी यो टंकिको काम जसरी भए पनि अव शुरु गर्नु पर्छ नत्र माथिल्लो भेगका जनतालाई अन्याय हुन जान्छ । दातृ सस्थाहरुले पनि हामीलाई पत्याउदैन त्यसैले म काठमाण्डौ वाट फर्कने वितिकै वोर्ड मिटिड राखेर काम अधि वढाउनु पर्छ है” भन्नु भएको म झलझल्ती सम्झन्छु । अव ति साथी र सस्थाहरुले सोचुन कि मेयर सुव्वाले आफनै शहरको सास्कृतिक क्षेत्र विगार्न त त्यसो भनेका थिएनन होला झण्डै एक वर्ष लगाएर आर्थिक प्राविधिक तथा स्थानिय जनता संधसस्थाहरु संग कयौ पटक औपचारीक अनौपचारीक छलफल गरेरै त्यहा वनाउने निर्णय गरीएको थियो । त्यसैले धरानने जनताको हित र स्व सुव्वाको अन्तिम अभिलाषा पुरा गर्न र वहालाई साच्चिकै हर्दयवाट श्रद्धान्जली दिन चाहनु हुन्छ भने त्यस क्षेत्रमा विवाद नगरीकन पानी टंकिको निर्माण गरौ र वरु सम्भव भए त्यसै क्षेत्रमा वहाको अर्धकदको प्रतिमा समेत राखेर तारा स्मृति पार्क समेत वनाउन सकिए धरान उपमहानगर पालिकाको प्रथम मेयरको सम्मान र सम्झना पनि सधै रहिरहेने सुझाव दिन चाहन्छु ।
सामयिक होस असामयिक होस जनताको लागी राम्रो काम गरेर मर्र्नेहरुको सम्मान गर्न सिक्ने र सिकाउने शहरको रुपमा पनि धरानलाई पहिलो किन नवनाउने ? अर्काको देशको लागी लडदा लडदै अर्काको देशमा ज्यान गुमाउनेहरुको त धरानका चोक गल्लीहरुमा शालिक वनाएर राखिएको छ भने धराने जनताको लागी धराने भूमीमा वसेर जीवन विताई राम्रो काम गर्नेहरुको शालिक राख्दा के खति होला र ?वरु यस्ता कामले हाम्रा भावि पुस्ताहरुलाई गौरव र प्रेरणाको श्रोत नै थपिन जान्छ ।
स्वास्थ्य प्रति सचेत वनौ
हामी मानिस पन्च तत्वद्धारा निर्मित देह लिएर आएका छौ । प्राकृतिक प्रद्धत यो देहको सचालक हामी आफु स्वयम भएकोले यसको अवसान र मर्मत सम्भार गर्ने सम्पुर्ण जिम्मेवार पनि हामी आफु स्वयम हौ । त्यसैले प्राकृतिक प्रकोप, दुर्घटना वाहेक आफनो सामयिक मृत्युको सिमारेखा हामीले नै कोर्न सक्छौ भन्ने कुरा खानपान आहार विहार निन्द्रा मैथुनमा भर पर्ने कुरा हुन भनेर धर्मशास्त्र, हाम्रा पुर्खाहरुले पनि सिकाएका छन । मेयर सुव्वाको निधन नितान्त असामयिक हो । सामान्य नेपालीको सरदर आयु पनि ६० वर्ष तोकिसकेको अवस्थामा ५२ वर्षकै उमेरमा वहाको मुत्यु हुनु असायिक हो । तर के गर्ने देशको, शहरको लागी केहि गर्छु भन्दा भन्दै पनि स्वास्थ्यले साथ नदिए पछि कसैको केहि नचल्ने रहेछ । पछिल्लो समय वहालाई परेको धपेडिलाई वहाको शरीरले थेग्न नसकेको देखिन्छ । समयै राम्रो उपचार पाएको भए पनि वहाको मृत्युलाई अलिक पछाडि धकेल्न सकिन्थ्यो । तर समय विति सकेको छ । अहिले यो कुरा गर्न सान्दर्भिक देखिन्दैन वरु असामयिकरुपमा वित्नेहरुले आफनो स्वास्थ्य प्रति कतै हेलचेत्रयाई गरेता पनि हामी जिवित रहने हरुले अव वढि सजग रहनु आवश्यक छ । विशेष गरी हाम्रा देशका राजनितिकर्ममा लाग्ने नेताकार्यकर्ताहरुले आफनो शरीर प्रति ठुलो अन्याय गरेको देखिन्छ । त्यसमा पनि नेपालका कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुको शारीरीक अवस्था नाजुक भएको पाउछौ । यसो हुनुमा अनियमित आहार विहार निन्द्रा नै कारक हो । अझ कम्युनिष्ठहरु त आफृलाई नास्तीक सम्झनुमा गर्व गर्छन अनि अध्यात्मवाद र धार्मिक कुरा प्रति ध्यानै दिदैनन । सधै स्वास्थ्य र सुखी जीवन वाच्न सिकाउने अध्यात्मिक विज्ञानलाई नै नकारे पछि त्यसको परीणाम कति भयवह होला ? त्यसैले हाम्रा नेता कार्यकर्ताले समाजको सेवामा आफनो जीवन अर्पण गर्ने हो र जनताको स्वास्थ्यको कामना गर्ने हो भने पहिला आफनो शरीर स्वास्थ्य राख्न अति जरुरी भई सकेको छ । शरीर रहे मात्र मन र विचारले खेल्ने मौका पाउछ । शरीरलाई स्वास्थ्य र दिर्धजीवी वनाउने हो भने ध्यान, योग,प्रणायम वाहेक यो ससारमा अरु कुनै विकल्प टिकाउ छैन । सरकारमा वसेर देश हाक्ने नेताहरु स्वास्थ्य भए जगतले सुख पाउन सक्छ नेता नै अस्वस्थ्य भए जगतले दुख पाउछ । त्यसैले सरकारले रोग लाग्नेहरुको लागी अस्पताल वनाउन मात्र खर्च गर्ने होईन वरु सवैलाई सधै निरोगी वनाउने हरेक गाउ शहरमा ध्यान, योग सिकाउने प्रवन्ध मिलाउनुको सार्थ साधना भवन खेलकुद भवनहरुको निर्माणमा विशेष ध्यान दिन जरुरी छ भन्दै धरानका एक मिलनसार विकाशप्रेमी नेता स्व तारा सुव्वाप्रति यहि शव्द सुमन अर्पण गर्दछु ।