धरान / धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाको मंगलबार दिउसो १ बजे काठमा०डौमा निधन भएको छ ।
छातीमा इन्फेक्सन भएका कारण जेठ १२ गतेदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उनको उपचार भईरहेको थियो । मंगलबार दिउँसो १ बजे निधन भएको हो ।
उनको आईसीयुमा राखेर उपचार भईरहेको थियो । दुई बर्ष अघि उहाँको मृगौलाले काम नगरे पछि भारतमा प्रत्यारोपण गरिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो । ३ बर्ष अघि एपोलो हस्पीटलबाट एउटा मृगौला प्रत्यारोपन गरिएको थियो ।
उपमहानगरको कामको धपेडीको कारण अस्वस्थ्य भई उनको उचारका एक महिना अघि काठमाण्डौ लगिएको नगरप्रमुखका प्रेस संयोजक योगेशबाबु काफ्लेले जानकारी दिए ।
लामो समयदेखि नेकपा एमालेमा रहेर काम गर्दै आएका थिए । दुई कार्यकाल धरान नगर अध्यक्ष हाल जिल्ला कमिटी सदस्य रहेका थिए ।
को हुन तारा सुब्वा
५१ बर्ष अघि २०२३ साल माघ १८ गतेका दिन पहाडी जिल्ला तेह्रथुमको खाम्लालुङ गाविस ८ स्थित एक किसान परिवारमा तारा सुब्बाको जन्म भएको हाे । किसान परिवारमा जन्मेका सुब्बाले जीवनको अनेकौ उतारचढाव र संघर्षका खुटकिलाहरु पार गर्दै अहिले धरानमा चम्किलो ताराकोरुपमा चम्किरहेका थिए । अझ राजनीतिक वृत्तमा त उनी एक निष्ठावान, बोल्ड निर्णय लिनसक्ने, प्रष्टवक्ता र कुशल नेताको रुपमा परिचित थिए । नेकपा एमालेको धरान उपमहानगर कमिटिलाई तेस्रो पटक अध्यक्षको रुपमा कुशलतापुर्वक हाँकेका थिए ।
आफ्नो बाल्यकाल पहाडमै बिताएका सुब्बाले ३ कक्षासम्म खाम्लालुङको कालिका प्राविमा अध्ययन गरे । त्यसपछि भने उनी झापाको गोलधापमा कक्षा ४ अध्ययन गर्न झरे । ठिक त्यसैबेला नेपालमा पञ्चायती व्यवस्थाविरुद्धको विद्यार्थी आन्दोलन चर्कियो । उनी पनि अन्य विद्यार्थीहरुसँगै जुलुसमा सहभागी भए । त्यसबेला उनको उमेर मात्रै १३ बर्षको थियो । २०३६ सालको विद्यार्थी आन्दोलन पछि अध्ययनको सिलसिलामा उनी २०३७ सालमा धरान झरेका थिए ।
१३ बर्षकै उमेरमा पञ्चायतविरुद्धको आन्दोलनमा सरिक भएका सुब्बाले २०४६ सालको जनआन्दोलनमा झनै सक्रियतापुर्वक लागेका थिए । निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध लाग्नु ज्यादै जोखिमपुर्ण कार्य थियो । उनी २०४० सालमा नै राजाविरुद्ध देशीलाइनमा पम्प्लेटिङ गर्नेक्रममा पक्राउ परेका थिए । भानुचौकमा रहेको प्रहरी कार्यालयमा २ दिनसम्म थुनामा पनि बसे । जतिबेला जही पनि पक्राउ पर्न सक्ने र पक्राउ पर्दा ज्यानै पनि जानसक्ने खतरा थियो । तर, आफ्नो ज्यानको कुनै पर्वाह नगरी उहाँ प्रजातन्त्रको लागि आन्दोलनमा होमिए । जोखिम मोल्दै आन्दोलनकारीहरुले विभिन्न गल्ली र चोकहरुबाट सानो समुहमा जुलुस निकाल्ने गर्थे ।

२०४० सालमै अनेरास्वयवियु नगर कमिटि सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गरे । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघ भनिन्थ्यो । संघको नगर कमिटि पछि जिल्ला कमिटि संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष भए । २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए । यसैगरी, उहाँ २०४८ सालदेखि नै नेकपा एमालेको धरान नगर कमिटि सदस्य बने । २०६२/०६३ को जनआन्दोलनपछि उनले सचिवको कार्यकारी पद सम्हाल्ने मौका पाए । पार्टीमा नगर सदस्य हुदै उपसचिव, कार्यवाहक सचिव, सचिव हुदै पार्टीमा बहुपदीय प्रणाली शुरु भएपछि अहिले तेस्रो पटक अध्यक्ष बनेर धरान उपमहानगरपालिकामा नेकपा एमालेलाई कुशलतापुर्वक नेतृत्व गरेका थिए । धरान उपमहानगरको मेयरमा निर्वाचित भए पछि भने उनलाई पार्टीले जिल्ला कमिटीमा मनोनित गरेको थियो ।

२०५१ सालमा नेकपा एमालेले स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनाउदा सुब्बाले खेलकुद विकास समिति सुनसरीमा कार्यकारी पद सचिवमा नियुक्ती पाए । २०५४ सालको स्थानीय चुनावमा वडा नम्बर १७ मा वडा सदस्य जितेका थिए । त्यसपछि जिल्ला विकास समिति सुनसरीमा इलाका नम्बर २ बाट जिविस सदस्य पनि चुनिएका थिए ।