यति बेला बाढी पहिरो आउने समय हो । बाढी पहिरोसँगै विभिन्न रोगका संक्रामणका पनि उतिकै खतरा हुने गरेको पाईन्छ । सप्तरी पनि बाढीको विनासबाट अछुतो छैन् ।
एक अध्ययन अनुसार बाढी प्रभावित क्षेत्रमा लेप्टोइस्पाइरोसिसक नामको रोगको खतरा हुने गरेको पाईएको छ । सन् २००५ मा भारतमा बाढी आउदा छैसठ्ठी जनाको मृत्यु पानीजन्य संक्रमण लेप्टोइस्पाइरोसिसको कारणले भएको थियो ।
यो एक प्रकारको ब्याक्टेरिअल संक्रमण हो र खासगरी संक्रमित जनावरहरुको पिसाबबाट सर्ने गर्दछ । यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्दछ । तसर्थ मानिस संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा यो रोग सर्ने गर्दछ । शरीरमा घाउ भएको वा छाला काटिएर खुल्ला भए वा संक्रमित पानी पिएमा लेप्टोइस्पाइरोसिस रोग लाग्न सक्दछ ।
तराईमा गाईबस्तु, भेडाबाख्रा, कुकुर आदिसगै हुने, र मुसाको पनि बिगीबिगी हुने हुदा यी जनावरहरुको पिसाब मानिसको सम्पर्कमा र खासगरी बाढीको समयमा सहजै आउने हुनाले लेप्टोइस्पाइरोसिसले महामारीको रुप नलेला भन्न सकिदैन । यस्तो भयानाक रोगबाट जोगिन सरकारले पनि बाढी प्रभावित क्षेत्रमा जनचेतना कार्यक्रम लानु पर्दछ ।