• देबेन्द्र कार्की

२०७४ असार २७ को मध्य रातीको बाढीले इटहरी डुबेको थियो । पक्की घरहरु समेत ठूलो संख्यामा डुबेका थिए । राती टेंग्रा खोलासमेत थुनिएपछि पानीको सहज निकास हुन नसकेर शहर पुरै जलमग्न भयो । बाढीले सात जनाको ज्यान गएको थियो । अरवौको क्षति भएको थियो । बुढी खोला र ट्याग्रा खोलालाई छेकर मानवबस्ती बसालेका कारण इटहरी ढुवानमा परेको थियो ।
संयोग ठिक एक बर्ष पछि असार २७ गतेकै बाढीले भक्तपुर जिल्ला जलमग्न भएको छ । बारे पनि बुधबार एउटै परेको छ । तीन जनाको मृत्यु भएको छ ।
त्यहा पनि राज्यको नीति अभावले खोलामा समेत बस्ती विकास गरि स्थानीय हनुमन्ते खोला अनियन्त्रित हुँदा भक्तपुरमा विनाश भएको छ । बुधबार रातिदेखि भीषण वर्षा भएपछि उर्लिएको हनुमन्ते खोलाले भक्तपुरका दुई नगरपालिकाको जनजीवन अस्तव्यस्त बनाएको छ । निकास नपाएर सहर पसेको खोलाले अरनिको राजमार्गसहित कौशलटारको रेडक्रस मार्ग, बालकोट जाने चार दोबाटो पुल, नयाँ ठिमी, शंखधर साख्वा चोक, बुढाथोकी गाउँ, राधेराधे क्षेत्र डुबानमा परेको छ ।

२०२१ सालको नापी नक्सामा हनुमन्ते खोलाको चौडाइ ६ देखि १० मिटर थियो । तर, अहिले त्यसलाई घटाएर दुई मिटरसम्म साँघुरो बनाइएको छ । खोलाको दायाँ–बायाँ अनियन्त्रित बस्ती विकास भएको छ । पछि जग्गा प्लटिङ गर्ने भूमाफिया प्रवेश गरेर खोला विक्रि गरे । यही खोला थुनेका कारण भक्तपुर जनमग्न भयाे । 

मान्छेले खोलो मिचेको परिणाम इटहरी र भक्तपुर डुवान हो । समय फरक हाे तर दुवै घटना एउटै प्रकृितका हुन । खाेलाको बहाव परिवर्तन गर्नु, खोला नै मिचेर भौतिक संरचना ठड्याइनुजस्ता मानवीय त्रुटि हनुमन्तेमा भएको छ । हनुमन्त, ट्याङग्राजस्ता खोला भूमाफियाहरुले मुलुकमा सयौ खोलाहरु बेचेका छन् । खोला थुनेर मावनबस्ती बसाल्ने दलालहरुलाई राज्यले कुनै कारवाही गर्न सकेको छैन् । झन राज्यबाट उनीहरु पुस्कृत हुदै आएका छन् । इटहरी डुब्दासमेत राज्यले पाठ सिक्न नसक्दा उता भक्तपुर डुब्यो । अव फेरी अर्को शहरको पालो आउछ । यो निश्चित छ ।
एक बर्ष अघि इटहरी डुब्दा स्थानीय सरकार, सरोकारवालाहरुको कोकोहलो मच्चियो । पैनी, खोला थुन्नेलाई कारवाही भन्दै मञ्चमा भाषण पनि सुनियो तर त्यो घाेषणा भाषणमा नै सिमित भयो । अव फेरी भक्तपुरमा यस्ता भाषण शुरु भएका छन् । तर हनुमन्ते थुन्नेहरुलाई कुनै कारवाही हुदैन् । बुधबारको बाढीले जलमग्न भक्तपुर ती हनुमुन्ते खोला बेच्नेहरु उच्च स्थानमा आफ्नो आसिशान महलको माथिल्लो तलामा बसेर रमिता हेरि रहेका छन् ।

1083698418