धरान / धरानका अधिकाशं ठूला पसलहरुले म्याद गुज्रेका खाद्य सामाग्री, विना लेभलिङ, कुहिएका सामानहरु विक्रि वितरण गर्दै आएको भेटिएको छ ।
बाणिज्य तथा आपूर्ति मनत्रालय अन्तर्गत उद्योग बाण्ज्यि उपभोक्ता संरक्षण विभाग काठमाण्डौको टोलीले विहीबार गरेको अनुगमनमा यस्तो पाइएको हो । टोलीले केही पसलहरुलाई सचेत गराएको छ, भने केही पसललाई इलाका प्रशासन कार्यलय धरानमा ७ दिन भित्र उपस्थित भएर स्पष्टिकरण दिन पत्र दिइएको छ ।
१५ वटा पसलमा अनुगमन गर्दा अधिकाशंको पसलमा मुल्य सूची नभएको, नापतौलको स्तरोन्नती नगरेको, कम तौलको खाद्यन्न विक्रि गर्ने गरेको पाईएको विभागका शाखा अधिकृत गोपालमान श्रेष्ठले जानकारी दिए ।

भाटभाटेनी सुपर मार्केटमा कुहिएका फलफुल विक्रि

IMG_20180712_134804

श्रेष्ठका अनुसार धरानमा रहेको भाटभाटेनी सुपर मार्केटमा कुहिएका फलफुलहरु विक्रि हुने गरेको भेटिएको अधिकृत श्रेष्ठले बताए । उक्त सुपर मार्केटमा २ प्याकेट सुन्तला, २ प्याकेट स्याउ, अनार, कुहिएको अवस्थाको बेच्न राखेको पाईएको थियो । लेभलिङ नभएको बे्रड, म्याद गुज्रेको तिलको लड्डु, कुहिएको ४४ पिस नरिवल भेटिएको थियो । स्टोरकी मेनेजर सुलेखा मिश्रले सस्तो खोज्ने ग्राहकका लागि कुहिएको भाग फालेर बााकी प्रयोग गर्न सक्ने भएकाल सस्तो मुल्यमा विक्रि गर्न राखिएको जवाफ दिईन । ८ सय पर्ने फलफुल सय रुपैयामै दिएको उनको भनाई थियो ।
भवानीै भवानी श्री ट्रेर्डसमा कम तौलको चामल विक्रि

37020607_10215235289228413_3220646308545036288_n
यस्तै भवानी श्री ट्रेर्डसमा कम तौल भएको चामलको बोरा फेला परेको छ । गोयल एग्रो प्राली इटहरीले उत्पादन गरेको चामलमा बाराामा लेखिएको तौल भन्दा २ सय ग्रामदेखि ७ सय ग्रामसम्म कम तौल भएको पाईएको छ । उनको गोदाममा बोरा सिलाउने मेसिनसमेत फेला परेकाले चामल कम तौल भएको बारे इलाका प्रशासन कार्यलय धरानमा ७ दिनभित्र स्पष्टिकरण दिन पत्र दिइएको छ ।
अनिता र गोपाल किराना पसलमा म्याद गुज्रेको सामान विक्रि
यस्तै अनिता किराना पसलमा दुई कार्टुन विस्कुट नष्ट गरिएको थियो । यस्तै धरान–१ कै गोपाल किराना पसलमा जय सन्तोषी माँ पापडको ६ सय ग्रामका १५ प्याकेट र १७५ ग्रामका १२ प्याकेट म्याद गुज्रेका भेटिएको थियो । यस्तै धरान–१ मा रहेको गोपाल किराना पसलमा १ केजीको म्याद गुज्रेको घिउको २ वटा बट्टा, २ केजीको हुलास आटा नष्ट गरिएको छ । घिउको उत्पादन २०१६ लेखिएको र उपभोग मिति ६ महिनामात्र लेखिएको थियो ।
गोरखा डिपार्टमेन्टलाई क्लिन चिठ, सेल्सबेरीमा लेभलिङ विनाका सामाग्री विक्रि

37038942_10215235287628373_5208619960707842048_n
धरानको गोरखा डिपार्टमेन्टमा केही समस्या नभेटिएको अनुगमन टोलीले जनाएको छ । सेल्सबेरीमा लेभलिङ नभएको २ प्याकेट पनिर भेटिएको थियो । यस्तै भारतीय मुल्य ३७ रुपैया रहेको किण्डरजोई ७५ रुपैयामा बेचिरहेको पाइएको थियो । यस्तै बराह डिपार्टमेन्ट स्टोरमा केही सामानहरुमा लेभलिङ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ । १५ वटा पसलबाट २० हजार बरावरको म्याद गुज्रेको सामान जफत गरि नष्ट गरिएको थियो ।
कृषी बजारमा दर्ता विनाका पसल

36983686_10215235288908405_5272901911593353216_n
धरान–१३ स्थित कृषी बजार व्यवस्थापन समितिले संचालन गरेको कृषी बजारमा अधिका.श पसलहरुमा मुल्य सूची नभएको पाइएको थियो । सामानका ेभण्डारणमा ध्यान नदिएको, अव्यवस्थित रुपमा राखिएको, नापतौलमा समस्या भएको पाइएको अनुगमनमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय प्रतिनीधि तीर्थ महर्जनले जानकारी दिए । उक्त बजारमा कुनै पसलहरुको दर्तासमेत नभेटिएको र दर्ता, मूल्य सूची राख्ने बारे बजार व्यवस्थापन समितिले कुनै जानकारी नगराएको व्यवसायीहरुले जवाफ दिएका थिए । व्यवसायीहरुले बोर्डसमेत राखेका छैन् । यी पसलहरु होलसेल पसलहरु हुन ।
धरानको खाद्य बजार अस्तव्यस्त रहेको पाएको बताउदै विभागका शाखा अधिकृत श्रेष्ठले व्यवसायीहरुलाई सचेत गराइएको र स्थानीय तहमा जानकारी गराई अनुगमनका लागि निर्देशन दिईने बताए । ‘हामीले सचेत गराएका छौ, जहाँ समस्या छ त्यो सुधार भए नभएको अनुगमन गर्ने काम स्थानीय तहको हो ।’–श्रेष्ठले भने ।
टोलीमा विभागका ७ जना स्गानीय तथा उपभोक्ता मञ्च, प्रहरी प्रशासन गरि १३ जनाको समुहले अनुगमन गरेको थियो । विभागको नियमित कार्यक्रम अनुसार धरानमा अनुगमन गरिएको विभागका शाखा अधिकृत रामकृष्ण श्रेष्ठले बताए । खाद्यन्नलाई प्राथमिकता दिएर अनुगमन गरिएको उनले बताए ।
अनुगमन झारो टार्ने काम
दशै आउनु अघि गत असोजमा धरान उपमहानगरपालिकाले केही मासु पसलमा अनुगमन गरेको थियो । त्यस बेला पनि मास पसलहरुमा समस्या आई सचेत गराइएको थियो । ती पसलमा अहिले कस्तो मासु बेचिन्छ प्रशासन, स्थानीय तहलाई थाह छैन् । अहिले आएको मौसमी अनुगमन पनि व्यापारीहरुलाई त्रास देखाउने मात्र भएको उपभोक्ताहरुले आरोप लगाएका छन् । नियमित बजार अनुगमन नगर्ने बजेट सकाउन मौसमी अनुगमनले बजारमा सुधार नहुने एक स्थानीयले बताए । कसेको निर्देशनमा सिमिति पसलहरुमा अनुगमन गरिएको उनको आरोप थियो ।
उपमहागर अनुगमनबारे बेखवर
उपमहानगरमा उपमेयर मन्जु भण्डारी (सुवेदी)को संयोजकत्वमा बजार अनुगमन समिति बनेको छ । एक पटक मास पसलमा अनुगमन गरे बाहेक कुनै अनुगमन गरेको छैन् । विहिबार बाणिज्य विभागले गरेको अनुगमनको उपमहानगरको अनुगमन समिितले पतै पाएन । बजार अनुगमनबारे आफुलाई कुनै जानकारी नआएको बजार अनुगमन गरिहदा भेटिएका १३ नं. वडा अध्यक्ष नेत्र काफ्लेले बताए । कार्यबहाक नगरप्रमुख मञ्जु भण्डारीलाई फोनमा सोधे कुनै जानकारी नदिएको जवाफ दिएको काफ्लेले बताए ।
१५ पसलमा अनुगमन गरेर अनुगमन टोली भेडेटार घुमघाम
ऋनुगमन टोलीले विहान ११ः३० बजेदेखि ३ः३० बजेसम्म १५ वटा पसलमा अनुगमन गरेको थियो । दुई वटा टोली बनाएर हतार हतार अनुगमन गरेर टोली स्थानीय उपभोक्ता मञ्चका साथीहरुसँग भेडेटार घुम्न गएको थियो ।
ऐनमा के छ
एपभोक्ता संरक्षण ऐन २०५४ मा बस्तुको गुणस्तर, मुल्यसूची दर्ता स्पष्ट गरिएको हुनु पर्ने उल्लखे छ । ज्यानलाई नै खतरा हुनु समान विक्रि वितरण गरे १४ बर्ष कैद र ५ लाखसम्म जरिवानन हुने ऐन व्यवस्था गरिएको छ ।