धरान / कोशी राजमार्ग अन्तर्गत धरान उपमहानगरपालि भित्रको व्यस्थ सडक जीर्ण बन्दा सावरी यात्रुहरुलाई समस्या हुन थालेको छ । धरान बरगाछीदेखि जिरोपोइन्टसम्म करिव ४ किमी सडक जीर्ण बनेको छ । ठाउँ ठाउँमा खाल्डा पर्दा सवारी संचालनमा समस्या भएको सवारी चालकहरुले बताए । अधिकांश सडकहरु भत्किएका, खाल्डा परेका छन् । एका तर्फ साईडमा मोटरसाईकल पार्किङ गर्ने र खाल्डाहरुको समस्याले बरगाछीदेखि छाताचोकसम्मको सडकमा दैनिक जामसमेत हुने गरेको छ ।
राष्ट्रिय राजमार्गहरुमा नियमत सवारी पार्किङ गर्न पाईदैन् तर व्यापारीहरुको मिलेमतोमा नगरपालिकाले नै भानुचौकदेखि छाताचौकसम्म सडकमै पार्किङ गर्न दिई रहेको छ ।
धरान सुन्दर शहर मानिन्छ । पर्यटकीय हवको रुपमा मानिएको धरानमा जताभावी सवारी पार्किङ, अस्थ व्यस्थ ट्राफिक जाम, असजिलो सडकका कारण कुरुप बन्दै गएको स्थानीयले गुनासो गरेका छन् ।
खाल्डाखुल्डी भएका सडकमा सवारी चलाउँदा विपरित दिशाबाट आएका साधनलाई साईड दिन र खाल्डा कटाउन खोज्दा मोटरसाईकल लड्ने हातखुट्ठामा चोटपटक लाग्ने सवारी साधन बिग्रने गरेको सवारी चालकहरुको गुनासो छ ।
धरान उपमहानगरपालिकाका जनप्रतिनीधिहरुको पहलमा स्थानीय तहको निर्वाचन लगतै भोटेपुल क्षेत्रमा सडक डिभिजन कार्यालयले सडक मर्मत गरेको थियो तर उक्त सडक एक बर्ष पनि नवित्दै उस्तै भएको छ ।
नेपाली काङ्ग्रेस सुनसरी सचिव सुजेन्द्र गोलेले धरानको मुख्य बाटोको हालत गरिवको फाटेको टोपी जस्तो भएको प्रतिक्रिया दिए । जनप्रतिनीधिहरुको वेवास्ताले सडक डिभिजन कार्यालयले कामनमा तेल हालेर बसेको उनको भनाई छ । ‘पूर्वको मुख्य पर्यटकीय गन्तव्य, भेडेटार, नाम्जे, टिएमजे क्षेत्र, गुफापोखरी, हिलेलगायतका क्षेत्र प्रवेशद्वार धरानको मुख्य सडकले गिज्याईरहदा जनप्रतिनीधि मौन रहनु विडम्बना हो ।’– १५ नं. वडावासी समेत रहेका तामाङले भने ।
धरान उपमहानगरपालिकाले धरानलाई पर्यटकीय हव बनाउन करोडौ खर्च गर्दै आएको छ । तर पर्यटक आउने सडक व्यवस्थापनमा भने कुनै चासो देखाएको छैन् । धरानको मुटु भानुचौकमै ठूला खाल्डा परेका छन् । लक्ष्मी चौक, छाताचोक, रत्नरोड मोड, भोटेपुल, बरगाछी लगायत सयौ स्थानमा सडकमा खाल्डा परेका छन् । त्यसो त शाखा सडकहरुको पनि यस्तै अवस्था रहेको छ । मेयर तारा सुब्वाको दवावमा गत पुसमा भानुचोकदेखि बरगाछीसम्मको १ किमी बाटो डिभिजन कार्यलयले मर्मत गरे पनि त्यो बेला जहा मर्मत गरेको थियो त्यही पुन उस्तै खाल्डा बनेको छ ।
जनप्रतिनीधिहरु आए पनि अपेक्षा अनुसारको काम नभएको स्थानीयहरुले गुनासो गर्न थालेका छन् । सवारी साधनहरुबाट सडक बोर्डले वार्षिक ४ अर्ब बढी रकम सडक मर्मतका लागि संकलन गरेपनि मर्मत गर्न कसैले चासो देखाएका छैनन् ।
हाल धरानको बिच बजार भएर जाने कोशी राजमार्ग १५ मिटर फराकिलो छ । सडक मापदण्डअनुसार कोशी राजमार्ग सेन्टरबाट २५ देखि ३० मिटर फराकिलो हुनुपर्छ । सडकसँग जोडिएका व्याक्तिको निजि जग्गा भए थप ६ मिटर छोड्नु पर्ने हुन्छ । तर धरान बजारको राजमार्ग छेउमै सडक घरहरु जोडिँदा बाटो साँघुरो भएको छ । त्यही साँगुरो सडकमा उपमहानगरले फुलबारीको शहर बनाउन गमलामा फुल रोपेर झन साँगुरो बनाएको स्थानीय कृष्ण भुजेलले बताए ।
भत्कने र बनाउने नियमित प्रक्रिया
यता सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जीनियर जीतेन्द्र चौधरीले बनाउने र भत्किने काम निरन्तर भईरहने बताउछन् । बर्षायाममा कुनै ठेक्का नलाग्ने भएकाले सामान्य गिटी हाल्ने काम डिभिजन कार्यलयले गर्ने बताए । उनले सडक भत्किएको विषयमा कुनै जानकारी नआएको जवाफ दिए ।
धनकुटा– प्रदेश राजधानी जोड्ने पुल खतरामा
कोशी राजमार्गको धरान–८ स्थित भोटेपुलमा रहेका पुल खहरेको बाढीले खतरामा परेको छ । माथिबाट धरान–७ नं. वडाले खहरेलाई सागुरो बनाएर बाटो निकाले पछि पानीको प्रेसरले पुलमुनीबाट कटान शुरु गरेको छ । खहर दुवै साईटबाट अतिक्रमणमा पर्दा ७०/८० फिट गहिरो बनेको छ । लामो समय फेरी पानी परे पुल भत्कने खतरा बढेको धरान उपमहानरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताईन । सडक र पुल खतरामा परेको विषयमा सडक डिभिजन कार्यालयलाई ध्यानकर्षण गराईसकेको उनको भनाई छ । उक्र पुल भत्केमा पहाडी क्षेत्रबाट प्रदेश राजधानी विराटनगर, इटहरीलगायतसम्म पुग्न कठिनाई हुने छ ।