धरान / जङ्गली जनवारको मानव बस्तीमा पसेर गर्ने विध्वंश रोक्न कोशी टप्पू वन्यजन्तु आरक्ष सुनसरी सिमावर्ती क्षेत्रमा सरकारले गरेको लाखौंको लगानी निष्प्रभावी भएको छ । जंगली जनवारहरु आरक्षणबाट मानवबस्ती नपसुन भनेर सरकारले सोलार फेज निर्माण गरि तारजाली लगाएको थियो । तर उक्त सोलार फेसले कुनै काम नगर्दा बराह नगरपालिका र कोशी गाउँपालिका क्षेत्रको १० किमी क्षेत्रमा जंगली जनावारको आतंक कायमै रहेको स्थानीय बताउछन् ।
विशेष गरी सुनसरीको बराहक्षेत्र नगरपालिका–९, १० र ११ नम्बर वडाबासीहरु आरक्षबाट आउने जङ्गली हात्ति, अर्नाका कारण त्रसित हुदै आएका छन् । वर्षेनी मानव बस्ती पस्ने हातीको बथानले ज्यानसमेत लिने गरेको छ ।  आरक्षले ५० लाख रूपैयाँको लगानीमा कोशी क्याम्पदेखि हरिपुरसम्म १७ किलोमिटर फेज लगाए पनि वन्यजन्तु आवजजातव रोकिएको छैन् । जङ्गली जनवारहरू गाउँ प्रवेश गर्न नसकुन् भनेर तारवार लगाएको थियो । आरक्ष र सीमसार आयोजनाले २०६४ सालदेखि सोलार फेज लगाएको हो । सोलार फेजमा कुनै पनि जनवारले छुने बित्तिकै करेन्टको झड्का लाग्छ । जसका कारण जङ्गली जनवारहरू भाग्ने गर्दछन् । फेजले भैसी, अर्ना र गाईको हकमा प्रभावकारी भएको भए पनि हात्ती, दुम्सी, गोहोरो, अजिङ्गजस्ता जनवारलाई उक्त वारले नछेकेको स्थानीय हरिनारायण चौधरीले बताए ।
मध्यवर्तिय क्षेत्रकी यसोदा माझीले फेज लगाए पनि हात्ति, अर्ना, दुम्सी, बदेललगायत जनवारले दुख दिने गरेको बताईन । खेत बालीमा उब्जनी भएको अन्नपात जंगली जनावरले खाएर हैरान बनाउने गरेको उनको भनाई छ । ‘केही राहत चाही भएको छ तर पुरै समाधान होईन ।’–माझीले भनिन ।
सोलार फेस लगाए पछि पहिले भन्दा स्थानीय कम प्रभावित भएको आरक्षणका वार्डेन श्यामकुमार साह बताउछन् । घाँस काट्ने, बस्तु चराउने गोठालाले हेलचेक्राई गरी सोलार फेजको बीचबाटै घास दाउरा ल्याउने, फेजबाटै बस्तु हिडाउने, तार काट्ने गरेर जनावर छिरेको हुन सक्ने उनको भनाई छ । यसको प्रभावकारीताका लागि स्थानीयवासी पनि जिम्मेवार हुनु पर्ने उनको भनाई छ । शेरवहार देउवाको सरकाको पालामा सुनसरी क्षेत्र नं. ४ बाट चुनाव जितेका तत्कालिन अर्थमन्त्रि ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा उक्त क्षेत्र तारवारका लागि बजेट विनियोजन गरि तारवार गरिएको थियो । उनले त्यु क्षेत्रमा चुनावी नारा नै आरक्षणका जनावरबाट सुरक्षित गर्ने बनाएका थिए ।
विसं २०३२ मा स्थापना भएको कोशीटप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । कूल १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तीनवटा जिल्लामा फैलिएको छ । आरक्ष सन् १९८७ रामसार सूचीमा सूचीकृत भएको नेपालकै ठूलो रामसार क्षेत्रसमेत हो । यहाँ ४८९ प्रजातिका चरा,२१९ को संख्यामा दुर्लभ अर्ना र करिब ११–१२ वटा दुर्लभ डल्फिन समेत संरक्षित रहेको वार्डेन साहले जानकारी दिए ।
कोशी टप्पुका हातील ७ बर्षमा १५ जनाको मृत्यु
सुनसरी, उदयपुर र सप्तरीको सिववर्ती क्षेत्रमा रहेको कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आउने हात्तीको आक्रमणबाट ७ बर्षको अवधीमा १५ जनाको ज्यान गएको छ । सुनसरीमा मात्र ६ बर्षको अवधीमा १० जनाको ज्यान गएको छ ।
कोशी टप्पु बन्नयजन्तु आरक्षणको तथ्याङक अनुसार ७ बर्ष हात्तीको आक्रमणबाट १५ जना र अर्नाको आक्रमणबाट ५ जना गरि १९ जनाको मृत्यु भएको छ । पछिल्लो समय गत साता गत साता बराहक्षेत्र–९ शान्तिचोकको भुनिदेवी चौधरीको हात्तिको आक्रमणबाट ज्यान गएको थियो । ।