२१ औँ संस्करणको फिफा विश्वकप फुटबलको महासंग्राम आजदेखि रसियामा सुरु हुदैँछ ।  यस बर्षकाे फु६वल अायाेजना गर्न पहिलो पटक  अवसर पाएकाे हाे । आजको पहिलो खेल रसिया भर्सेज साउदीवीच नेपाली समयनुसार बेलुका ८ः४५ बजे हुने छ । विश्वकप रुसको ११ शहरको १२ स्थानमा हुनेछ । ३२ वटा राष्ट्रले विश्वकप प्रतियोगितामा भाग लिएका छन् । सबै राष्ट्रका टिम रसिया पुगिसकेका छन् । 35197040_1290269174409233_7200637401889243136_n ३२ राष्ट्रका उत्कृष्ट टोलीबीच हुने यस प्रतियोगिताले एक महिनासम्म विश्व खेल जगतलाई आफूतिर आकर्षित गर्नेछ । पहिलो विश्वकप आयोजना हुँदा फिफा सदस्य राष्ट्रकोसंख्या जम्मा ४१ मात्र थियो । अहिले दुई सयभन्दा बढी देश फिफा सदस्य बनिसकेका छन् । नेपाल पनि सन् १९७० मा फिफाको सदस्य बनेको थियोे ।रसियाको ११ शहरमा १२ वटा रंगशालामा यो प्रतियोगिता खेलाइनेछ । यी १२ वटा रंगशाला निर्माणका लागि करिब १० बिलियन अमेरिकी डलर बराबरको रकम खर्च भएको छ ।

विश्वकप हुने १२ रंगशाला यस्ता छन
१ लुज्निकी स्टेडियम
यो स्टेडियम रुसको राजधानी मस्कोमा पर्दछ । यो स्टेडियममा विश्वकपको उद्घाटन र समापन हुनेछ । यो युरोपकै सबैभन्दा ठूलोमध्येको एक रंगशाला हो । यो मोस्कभा नदीको छेउमा पर्छ । दर्शकहरूले रंगशाला जाने मार्गमा विश्व चर्चित कम्युनिस्ट नेता लेनिनको ठूलो कदको मूर्तिसमेत देख्न सकिन्छ । सन् १९८० को ओलम्पिक, १९९९ को यूएफा कप फाइनल, २००८ मा म्यानचेस्टर यूनाइटेड र चेल्सीबीचको च्याम्पियन सिप लिगको फाइनल र सन् २०१३ मा सम्पन्न वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप यसै रंगशालामा गरीएको थियो ।
यो रंगशालाले ‘स्टेडियम अफ दि इयर २०१७’ को सम्मान पनि पाएको थियो । ४ करोड अमेरिकी डलर निर्माण खर्च गरीएको यो रंगशालामा ८० हजार दर्शक अटाउन सक्ने क्षमताको छ । यो रंगशालामा विश्वकपको ७ वटा खेल हुनेछन् । जसमा रुस र साउदी अरबियाले आज , जर्मनी र मेक्सिकोले अषाढ ३ मा, पोर्चुगल र मोरक्कोले अषाढ ६ मा, डेनमार्क र फ्रान्सले अषाढ १२ मा, राउन्ड अफ १६ अर्थात अषाढ १७ मा हुने खेल, अषाढ २७ मा हुने सेमिफाइनल र अषाढ ३१ मा फाइनल खेल हुनेछन् ।
२ कजान एरिना
यो स्टेडिएमलाई रुसको खेलकुद राजधानी मानिन्छ । पछिल्लो केही समय यता कजान एरिनाले आधुनिक, कलात्मक र महँगो खेल सुविधा सम्पन्न स्थलको रूपमा फड्को मारिसकेको छ । २०१३ मा निर्मित यो रंगशाला इंग्ल्यान्डको वेम्ब्ली र इमिरेट्स रंगशालाको ढाँचामा निर्माण गरिएको छ । यो रंगशाला रुसी प्रिमियर लिग अन्तर्गतको क्लब रुबिन कजानको घरेलु रंगशाला हो । यो स्टेडियम नदीको छेउमा रहेको छ । यो स्टेडियममा ४५ हजार ३ सय ७९ सिट क्षमता छ ।
यो स्टेडियम वाटर लिलीको आकारमा अमेरिकी कम्पनी पोपुलोसले निर्माण गरेको हो । जसको लागत झण्डै ४४ करोड अमेरिकी डलर खर्च भएको छ । यो स्टेडियममा सन् २०१३ मा सम्पन्न विश्व ग्रीष्मकालीन युनिभर्सियाद खेलकुदको उद्घघाटन र समापन समारोह पनि भएको थियो । सन् २०१५ मा सम्पन्न १६औं फिना विश्व च्याम्पियनसिप पनि यसै रंगशालामा आयोजना गरिएको थियो । कजानमा १ सय १५ जाति बसोबास गर्ने रसियाको ठूलो शहर हो ।
यो स्टेडियममा फ्रान्स र अस्ट्रेलियाले अषाढ २, इरान र स्पेनले अषाढ ६ मा, पोल्यान्ड र कोलम्बियाले अषाढ १०, दक्षिण कोरिया र जर्मनीले अषाढ १३ मा प्रतिपर्धा गर्नेछन् । यसैगरी राउन्ड अफ १६ को अषाढ १६ मा खेल हुने र अषाढ २२ मा क्वार्टरफाइनल पनि यो रंगशालामा हुने भएको छ ।
३ निज्नी नोभोगोरोड स्टेडियम
गोलो आकारको निज्नी नोभोगोरोड स्टेडियम स्टर्लका अवस्थित रहेको छ । दुईवटा नदीको छेउमा रहेको यो रंगशाला प्राकृतिक सुन्दरताले भरिपुर्ण भएको छ ।
यो स्टेडियमको निर्माण गर्न लागत २ सय ९० मिलियन अमेरिकी डलर खर्च भएको छ । यो स्टेडियममा ४४ हजार ८ सय ९९ दर्शक अट्ने क्षमताको छ । यो स्टेडियममा ७ वटा खेल हुनेछ । स्विडेन र दक्षिण कोरियाको अषाढ ४ मा, अर्जे्न्टिना र क्रोएसियाको अषाढ ७ मा, इंग्ल्यान्ड र पानामाको अषाढ १० मा, स्विजरल्यान्ड र कोस्टारिकाको अषाढ १३ मा तथा राउन्ड अफ १६ र क्वार्टरफाइनलमा एक–एक खेल हुनेछ ।
४ फिस्ट ओलम्पिक स्टेडियम
फिस्ट ओलम्पिक स्टेडियम अण्डा आकारमा जस्तो बनेको छ । यो स्टेडियम नजिकै रहेको फिस्ट माउन्टेनको नामबाट यो रंगशालाको नाम फिस्ट ओलम्पिक स्टेडियम राखिएको हो । यो स्टेडियमको निर्माण सन् २०१४ मा सोचीमा भएको हो । यसको निर्माण लागत ५२ करोड अमेरिकी डलर रहेको छ । यो स्टेडियमलाई हिउँदे ओलम्पिक र फिफा विश्वकप फुटबल दुवै आयोजना गर्ने भाग्यमानी स्टेडियमको रुपमा फिस्ट इटालीको टुरिन स्टेडियमपछि दोस्रो स्टेडियम बन्ने भएको छ ।
४७ हजार ६ सय ५९ दर्शक अट्ने क्षमता रहेको यो स्टेडियममा पोर्चुगल र स्पेनले अषाढ ३१ मा, बेल्जियम र पानामाले अषाढ ४ मा, जर्मनी र स्विडेनले अषाढ ९ मा, अस्ट्रेलियामा र पेरुले अषाढ १२ मा तथा राउण्ड अफ १६ र क्वार्टरफाइनलको एक खेल खेल्ने हुने छ ।
५ सेन्ट पिटर्सबर्ग स्टेडियम
रसियाको सुन्दर मध्येका एक शहर सेन्ट पिटर्सबर्गमा अवस्थित यस रंगशालालाई क्रेस्टभेस्की स्टेडियमबाट समेत सम्बोधन गरेर चिनिन्छ । यो स्टेडियममा ६४ हजार २ सय ८७ दर्शक अटाउन सक्ने क्षमताको छ । यो स्टेडियमको निर्माणलागत १ बिलियन अमेरिकी डलर बराबरको छ । यो विश्वकै सर्वा्धिक महँगो स्टेडियम मध्येको एकमा पर्दछ । यो स्टेडियमबाट फिनल्यान्डको खाडी सजिलै अवलोकन गर्न सकिन्छ । यो स्टेडियममा मोरोक्को र इरानले अषाढ १ मा, रसिया र इजिप्टले अषाढ ५ मा, ब्राजिल र कोस्टारिकाले अषाढ ८ मा, नाइजेरिया र अर्जे्न्टिनाले अषाढ १२ मा प्रतिपर्धा गर्नेछन् । राउन्ड अफ १६ र सेमिफाइनलको म्याचको पनि यो स्टेडियममा खेल आयोजना हुनेछ ।

६ इकाटेरिनबर्ग एरिना
इकाटेरिनबर्ग एरिना स्टेडियम लुज्निकी स्टेडियमभन्दा करिब १ हजार माइल टाढा रहेको छ । यो इकाटेरिनबर्ग शहरमा अवस्थित पुरानो तथा केन्द्रीय स्टेडियम हो। सन् १९५७ मा बनेको यो सोभियत युनियनकालीन स्टेडियमको र्निर्माण खर्च २ सय १५ मिलियन अमेरिकी डलर रहेको छ । सन् १९५९ मा भएको विश्व अलअराउन्ड स्पिड स्केटिङ च्याम्पियनसिपको आयोजना यो स्टेडियममा गरिएको थियो । यो स्टेडियममा ३५ हजार ६ सय ९६ दर्शक अट्ने क्षमताको छ । यो स्टेडियममा ४ खेल हुनेछ । जसमा इजिप्ट र उरुग्वेको अषाढ १ मा, फ्रान्स र पेरुको अषाढ ७ मा, जापान र सेनेगलको अषाढ १० मा र मेक्सिको र स्विडेनको अषाढ १३ मा खेल हुने छ ।

७ कालिनिन्गराड स्टेडियम
यो स्टेडियमलाई पश्चिममा पोल्यान्ड र पूर्वमा लिथुआनियाको भू–भागले घरेको छ । यो स्टेडियममा ३५ हजार २ सय १२ दर्शक अटाउने क्षमता छ । यो स्टेडियमको लागत खर्च ३० करोड अमेरिकी डलर रहेको छ ।
यो स्टेडियममा चार खेल हुने छन् । जसमा क्रोएसिया र नाइजेरियाको अषाढ २ मा, सर्बिया र स्विजरल्यान्डको अषाढ ८ मा, स्पेन र मोराक्कोको अषाढ ११ मा, र इंग्ल्यान्ड र बेल्जियमको १४ मा प्रतिपर्धा गर्ने छन् ।

८ स्पार्टक स्टेडियम
स्पार्टक स्टेडियम ओटक्रिएटिए एरिनाले समेत चर्चित छ । यो स्टेडियम मस्कोको हो । यो रंगशाला सन् २००० अघिसम्म जर्जर अवस्थामा पुगिसकेको थियो । ४३ करोड अमेरिकी डलर बराबरको लागतमा सन २०१४ सम्म यो आधुनिकीकरण भएको थियो । थ्रेसियन तलवारबाज स्पार्टकसको ठूलो कदको मूर्ति यस स्टेडियमको अघिल्तिर राखिएको छ । दर्शकलाई विश्वकपको साथसाथै उक्त मूर्तिको अवलोकन पनि हुने छ । यो स्टेडियममा पाँच खेल हुनेछ । जसमा अर्जे्न्टिना र आइसल्यान्डले अषाढ २ मा, पोल्यान्ड र सेनेगलले अषाढ ५ मा, बेल्जियम र ट्युनिसियाले अषाढ ९ मा, ब्राजिल र सर्बियाले अषाढ १३ तथा अषाढ १९ मा राउन्ड अफ १६ को एक खेल हुनेछ ।

९ रोस्टोभ एरिना
डोन नदीको किनारमा रहेको यो स्टेडियम सन् २०१४ मा निर्माण गरिएको हो ।
यो स्टेडियमको छतले सबै दर्शकको ध्यान तान्ने अनुमान गरिएको छ । छतलाई बगिरहेको नदीको आकृतिमा निर्माण गरिएको छ । यो स्टेडियमबाट दक्षिण पश्चिममा रहेको रसियाको ठूलो शहर सजिलै देख्न सकिन्छ । ४५ हजार १ सय ४५ दर्शक अट्ने यो स्टेडियमको निर्माण लागत ३ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । यो स्टेडियम पाँच खेल हुनेछ । जसमा ब्राजिल र स्विजरल्यान्डको अषाढ ३ मा, उरुग्वे र साउदी अरेबियाको अषाढ ६ मा, दक्षिण कोरिया र मेक्सिकोको अषाढ ९ मा, आइसल्यान्ड र क्रोएसियाको अषाढ १२ मा तथा अषाढ १८ मा राउन्ड अफ १६ को एक खेल हुनेछ ।

१० समारा एरिना
यो स्टेडियमलाई कसमस एरिनाको नामबाट समेत सम्बोधन गरिन्छ । यो भोल्गा नदीको किनारमा अवस्थित छ । समारा तत्कालीन सोभियत संघको अन्तरिक्ष अभियानको उद्गमस्थलसमेत हो । तुलानात्मकरूपमा अन्य स्थानमा भन्दा यो स्टेडियमको निर्माण असहज बनेको थियो । रसिया विश्वकपका लागि यो रंगशाला सबैभन्दा ढिलो तयार भएको मध्येको एक हो । ४४ हजार ८ सय ७ दर्शक सिट क्षमता रहेको यो स्टडियमको कुल निर्माण लागत ३ सय २० मिलियन अमेरिकी डलर रहेको छ । यो स्टेडियममा ६ खेल हुनेछ । जसमा कोस्टारिका र सर्बियाको अषाढ ३ मा, डेनमार्क र अस्ट्रेलियाको अषाढ ७ मा, उरुग्वे र रसियाको अषाढ ११ मा, सेनेगल र कोलम्बियाको अषाढ १४ मा तथा अषाढ १८ मा राउन्ड अफ १६ र अषाढ २३ मा क्वार्टरफाइनलको एक/एक खेलहरू हुने छन्।

११ मोर्डो्भिया एरिना
सारनस्कमा अवस्थित यो स्टेडियम रसिया विश्वकप आयोजना हुने शहरमध्येकै सानो शहर हो । सन् २०१० मा निर्माण थालिएको यस रंगशाला पनि समारा रंगशालाजस्तै यसै वर्ष मात्र निर्माण सम्पन्न भएको हो । इन्सार नदीको छेउमा अवस्थित ओभल आकार रहेको ५ तले यो स्टेडियमको दुई तला बेसमेन्ट रहेको छ । ४४ हजार ४ सय ४२ दर्शक सिट क्षमता रहेको यो स्टेडियमको निर्माण लागत ३० सय मिलियन अमेरिकी डलर बराबर रहेको छ । यो स्टेडियममा चार हुनेछ । जसमा पेरु र डेनमार्कले अषाढ २ मा, कोलम्बिया र जापानले अषाढ ५ मा, इरान र पोर्चुगलले अषाढ ११ मा र पानामा र ट्युनिसियाले अषाढ १४ मा खेल्ने छन्।

१२ भोल्गोग्राड एरिना
यो स्टेडियम रसियाको भोल्गोग्राड शहरमा पर्दछ । भोल्गा नदीको किनारमा अवस्थित भोलगोग्राड शहर रसियाको कम विकसित शहरमध्येमा पर्दछ । सन् १९५८ मा नै निर्माण गरिएको यो स्टेडियमको पुनर्निर्माण यसै वर्ष मात्र सम्पन्न भएको हो । यो पुनर्निर्माण गर्ने क्रममा स्टालिनग्राडको युद्धताका विस्फोट नभएको बमहरू फेला परेको थियो । यसै वर्ष मात्र पुनर्निर्माण सम्पन्न भएको ४५ हजार ५ सय ६८ दर्शक सिट क्षमता भएको यो स्टेडियमको कुल लागत २ सय ८० मिलियन अमेरिकी डलर बराबर रहेको छ । यो स्टेडियममा ४ खेल हुनेछ । जसमा ट्युनिसिया र इंग्ल्याण्डले अषाढ ४ मा, नाइजेरिया र आइसल्यान्डले अषाढ ८ मा, साउदी अरेबिया र इजिप्टले अषाढ ११ मा र जापान र पोल्यान्डले अषाढ १४ मा खेल्ने छन् ।