आफ्नो नामको अघिल्तिर सिङ् थप्न(९पीएचडी) अनि नामको  पछिल्तिर पुच्छर झुण्ड्याउन मरिहत्तै गर्ने तपाई -मेरो छर-छिमेकमा मात्र होइन संसारभरि नै देखिन्छन्। तर संसारमा यस्ता व्यक्ति पनि हुन्छन् जसले आफ्नो नामको अघिल्तिर सिङ् थप्न र नामको पछिल्तिर पुच्छर झुण्ड्याउन अहर्निश काकाकुली तिर्सनामा छटपटिरहन्छन्। यसको निम्ति जस्तै खाले जदौ हजूरी गर्नुपरे पनि वा खाराक-खुरुक पैसा फुर्मास गर्नुपरे पनि वा हात-खुट्टा समातेर भए पनि डिग्रीको तकमा भिर्नैपऱ्यो। यसेले जदौ हजूरी गरेर वा हातखुट्टा समातेर हासिल गरेको यो एजम। शब्दलाई रसिक बङ्गाली विद्यार्थीहरू व्यङ्ग्य गरी भन्ने गर्छन्, एजम  माने पा-हात-धोरे। यिनीहरूको व्यङ्ग्यमा हात-खुट्टा समाते यो डिग्री हासिल गर्न सकिन्छ। यो कुरो कतिको वास्तविक होला।सो ता हात-खुट्टा समातेर, जदौ हजूरी गरेर पिएचडी हुने बबुराहरूलाई मात्र थाहा छ।

तर संसारमा यस्ता व्यक्ति पनि देखिएका छन्, जसलाई आफ्नो नामको अधिल्तिर सिङ (उपाधि वा पीएचडी) जोड़्ने वा नामको पछिल्तिर पुच्छर झण्ड्याउने रहर नै हुन्छ। यस्तै एकजना व्यक्तिलाई अक्सफोर्ड यूनिभर्सिटीले सम्मानार्थ पीएचडी डिग्री प्रदान गर्ने घोषणा गरे। अक्सफोर्डको यो घोषणालाई सम्मान गर्दै तिनले प्याच्चै भने, “मलाई मेरो नामको अघिल्तिर वा नामको पछिल्तिर कुनै उपाधिको, कुनै सिङ र कुनै पुच्छरको ठ्याम्मै आवश्यकता छैन। त्यस्तो खैराते कुरा मलाई खासैमा मनपर्दैन पनि।” पुरस्कार सम्मानदेखि बाह्र हात टाढ़ा बस्न रुचाउने यी व्यक्तिलाई सन् १९२५ नोबेल साह्तिय पुरस्कारले विभूषित गर्ने घोषणा गर्दा यो पुरस्कार ग्रहण गर्न अस्वीकृति जनाए। को हुन् ता यस्ता पुरस्कारमा नलोभिने व्यक्तिरु आफ्नो सिर्जनाले विश्वव्यापी स्वीकृतिस्वरुप पुरस्कार, डिग्री ठ्याम्मै लिन नचाहने यी हरिलट्ठक व्यक्ति कुन माटाले बनिएका हुन् ता भन्ने खुल्दुली हुनु अस्वाभाविक होइन। तर नोबेल कमिटीको लाख अनुनय-विनयले गर्दा यी व्यक्तिले नोबेल साह्तिय पुरस्कार ग्रहण गर्न बल्ल-बल्ल राजी भए। नोबेल साह्तिय पुरस्कार ता ग्रहण गरे नि । तर त्यस पुरस्कारबाट पाएका एक कौड़ी आफूसित नराखी दान गरे। पछि यिनै व्यक्तिलाई क्रमागत रुपमा नोबेल साहित्य पुरस्कार र अस्कर(१९३९) जुऱ्यो। यिनी एकजना सफल र अब्बल व्यङ्ग्यकार पनि हुन्।

ठिटौले उमेरदेखि नै लेखक हुन चाहन्थे। खुरनधार उपन्यास लेखे। उपन्यासका पाण्डुलिपि थाक लागिसके। प्रकाशकलाई उपन्यासको पाण्डुलिपि पठाए । तर कुनै प्रकाशकले तिनको उपन्यास छापेनन्। यसरी प्रकाशकले तिनका उपन्यास नछापिदिँदा तिनी निराश भए। अब उसो लेखक हुने कुनै प्रयास गर्नेछैन भनी कसम खाए। तर ईश्वरले स्नेहपूर्वक प्रदान गरेको प्रतिभा भित्रभित्रै गुम्सिंदा गुम्सिँदा एकदिन ज्वालामुखीजस्तो विष्फोट हुन्छ नै। त्यस्तै भयो तिनको जीवनमा पनि। प्रतिभाको ज्वालामुखी विष्फोट  हुन थाल्यो।।फेरी लेख्न थाले। उपन्यास छुँदै छुनु ता उपन्यासको नामै लिनु चाहेनन्। यसबाजी भने तिनले नाटक लेख्न थाले। भक्कु नाटक लेखे। लेखे जति विभिन्न पत्र-पत्रिकामा छाप्न पठाए। ती नाटकहरू कुनै सम्पादकले छापिदिएनन्। हरेस खाएनन्।।नाटक लेखिरहे कि लेखिरहे। उनका उपन्यासहरू, नाटकहरू प्रकाशक र सम्पादकले दुत्कारे पनि सोही नाटकले तिनलाई ख्यातिको सिंहासनमा विराजमान गरायो। पछि तिनी संसारका सर्वश्रेष्ठ, अब्बल जण्डा नाटककारका रुपमा परिचित हुनाका साथै क्रमागत रुपमा नोबेल र अस्कर जित्ने प्रमुख व्यक्तित्व बने।

लेखक हुन चाहिँ चाहने तर स्कूल पढ़्नु भनेपछि ज्वरो आउने। परीक्षाको नामै लिन नचाहने। पाठ्यपुस्तकभन्दा पनि पाठ्यपुस्तक बाहिर साहित्य, इतिहास र दर्शनका किताबहरू मात्र भक्कु पढ़्थे। ठिटौले उमेरदेखि किशोरावस्थासम्म स्कूल नगई नगई घरैमा पढ्थे। पढ़ेजति किताबहरूमध्ये शेक्सपियरका नाटकले नै तिनलाई मोहित पाऱ्यो। शेक्सपियरको ईष्या गर्दै शेक्सपियरजस्तै नाटककार हुनेनै छु भन्ने सङ्कल्प गरे। तर तिनको जीवन सुखिलो भएन। पिता सामान्य व्यापारी। व्यापरमा पितालाई नराम्रो घतले टुटा परेपछि उनलाई सघाउन यी व्यक्ति जमिन कार्यालयमा काम गर्न थाले। कार्यालयमा पनि भक्कु काम गर्नुपर्ने। सामानय समय चोरेर पनि लेख्न लेखे। पत्र-पत्रिकामा भक्कु रचना पठाउँथे तर तिनको लेखलाई सम्पादकले कहिल्यै छापिदिएनन्। आ ! जे सुकै होस् भनी एकदिन चिठी छाप्न पठाए। तिनी पन्ध्र वर्षको हुँदा बल्ल एउटा पत्रिकाले तिनको चिठी छाप्यो। तिनको जीवनको उक्त चिठी मुद्रित रचना हो ।

त्यसपछि नोकरीमा पदोन्नति। तर त्यो नोकरी भने तिनलाई ठ्याम्मै मन परेको चाहिँ थिएऩ। नोकरी गर्दा जीवनको लक्ष्यदेखि टाढ़िँदैछु भन्ने लाग्यो।  मात्रे दस पाउण्ड लिएर लण्डन लागे। लेण्डनमा उबेला भर्खर टोलिफोन आरम्भ भएको थियो।  त्यही काम गरे। टेलिफोन कम्पनी बन्द भयो। तिनको नोकरी जीवन पनि सिद्धियो। तर टेलिफोनको नोकरी तिनलाई पटक्कै मनपरेको थिएऩ। तिनले सोँचे जे भयो राम्रै भयो, अब नोकरी होइन भक्कु लेखेर साहित्यकार भई छाड़्ने निर्णयमा अडिग भए। बेलाबखत सामान्य पैसा पाए पनि घर चलाउन हम्मे हम्मे पर्थ्यो। ६ वर्षमा ६ वटा उपन्यास लेखे, वर्षमा हरदर एउटा। दुःखको कुरो उपन्यास प्रकाशित गर्ने एकैजना प्रकाशक पनि तिनको भाग्यमा जुरेन।

किताब पढ़्न भनेपछि हुरुक्कै। ब्रिटिश म्यूजियममा गई नियमित किताब पढ़्थे। विस्तारै तिनलाई विभिन्न कार्यक्रममा वक्तको निम्ति निम्त्याउन थाल्यो। तिनको वक्तव्यको दम देखेर संवाददाताको रुपमा नोकरी दिइयो। पछि पछि कृतिमाथि पनि समालोचन गर्न थाले। साहित्य, चित्रकारिता तथा सङ्गीतमाथि समलोचना गर्न थाले। तिनको गहन समालोचनाको भाषा, विद्वताले ईङ्ग्ल्याण्डवासी मुग्ध भए। ईङ्गल्याण्डका मानिसहरूमाझ तिनको ख्याति असिमित पाराले बढ़ेर गयो। एकदिन कुरै कुरामा तिनका साथी विलियम आर्चरले भने, “राम्रो नाटकको एकदमै अभाव छ भन्ने कुरा गरे। वाध्य भएर निम्नस्तरको नाटक मञ्चन गर्नुपरिरहेछ।”

साथीको कुरा तिनलाई घतपर्नु मात्र होइन निक्कै घोत्ले पनि। बस्। साथी आर्चरको कुरामा जोशिएर नै तिनले भटाभट नाटक लेख्न थाले तर नाटक सिद्ध्याउन भने सकेनन्। दिन क्रमशः बित्दै गयो सिद्ध्याउन नसकेको नाटक लेख्न फेरि शुरु गरे। तिनले सर्वप्रथम ‘विडोअर्स हाउसेस’ शीर्षकमा नाटक लेखेर ९ दिसम्बर १८९२ मा मञ्चन गरे तर दर्शकले उक्त नाटक मनपराए पनि रातोरात तिनलाई नाटककारको रुपमा परिचित हुनुमा कुनै कसर रहेन। सन १८९३ मा तिनको दोस्रो नाटक ‘दि फिलाण्डरर’ नाउँको नाटक प्रकाशित भयो। तिनको चौथो नाटक ‘आर्म्स एण्ड दि म्यान’ हेरेर प्रिन्स अप ओयेल्सले भनेका थिए, “नाटककार पक्कै पनि पागल हुन्।”      

लगातार एक पछि अर्को गर्दै नाटक लेख्दा तिनको जीवनमा ठूलो आँधी-हुरी आयो। तर ढिट स्वाभावका नाटककारले जस्तै वाधा विपत्ति, आँधी(हुरी आए पनि ढीट स्वाभावका नाटककार नाटक लेख्नमै आफूलाई सोह्रै आना समर्पित गरे।  उनी चूपो लागि बसेनन्। ‘क्याण्डिडर’ शीर्षकमा अर्को नाटक लेख्न थाले। यो नाटक लण्डनको स्ट्रान्यड् थियेटरमा पहिलोपल्ट मञ्चन भयो, नाटकले दर्शकबाट भक्कु प्रशंसा पायो भने उनले पाए भक्कु श्यावाशी। यतिञ्जेल उनी ख्यातिको शिखरमा पुगिसकेका थिए। अरु धेर नाटक लेख्छु भन्ने उद्देश्यमा उनले पत्रकारिता त्यागे।

उनी यति धेरै खटे। दिनभरि लेखे, रातभरि पनि लेखे। ज्यानै  फ्याँकेर लेख। भक्कु लेख। यो लेखन युद्धमा आफ्नो जीउको ख्यालै राखेनन्। विरामी भए। डाक्टरहरूले उनी अब बाँच्दैनन् भने। मृत्युशय्यामा छटपटिरहेका समयमा उनको जीवनमा आइऩ् चार्लोट। चार्लोटलाई उनलाई रात(दिन स्याहारिन्। उनीसित चार्लोट यति आसक्ति भएकी थिइन्। चार्लोटले उनलाई आफ्ना जीवन साथी बनाएरै छाड़िन्। उनकी जीवन साथी भन्नु मात्र गलत होला चार्लोट उनका लोग्नेको खास सखी, गृहिणी अनि साथी।

चार्लोटको चिताउन नसकिने स्याहार सुसारले उनी तङ्ग्रे। बिसेक भए। लागेको बानी कगसले छोड़्नेरु फेरि लेख्न थाले। ‘सिजर एण्ड क्लियोपेट्रा’ तयार पारेपछि उनले ‘म्यान एण्ड सुपरम्यान’ नाटक लेखे।  यही नाटक उनको जीवनको सर्वश्रेष्ठ नाटक मानिन्छ। यो नाटक भव्य र सभ्य रुपमा मञ्चन भयो। यो नाटक मञ्चन भएपछि उनी ईङ्ग्ल्याण्डको मात्र होइनन् विशौं शताब्दीका अन्यतम सर्वश्रेष्ठ र अब्बल नाटककार हुन् भन्ने सबैले स्वीकारे। पहिलो विश्वयुद्ध साङ्गे भएपछि जोयान आर्कको जीवन अवलम्बन गरी ‘सेण्ट जोयान’ शीर्षकमा नाटक लेखे। यो नाटक लेखेपछि उनलाई संसारका बलिष्ठ, अब्बल, जण्डा अनि अन्यतम प्रतिभाशाली नाटककमनिषी उनले ६२ वटा नाटक लेखिसकेका छन्। प्रकाशित यी ६२ वटै नाटक विभिन्न भाषामा अनुवाद समेत भइसकेका छन्।

नाटक लेखेरै आफूलाई अब्बल, श्रेष्ठ, जण्डा नाटककारको रुपमा प्रतिष्ठा गर्ने तर पीएचडी डिग्री, पुरस्कार सम्मानको निम्ति ठ्याम्मै जदौ हजूरी नगर्ने टेसिला मान्छे कौ हुन् ता ? हजूर, यिनी हुन्, विश्वमानव, विश्वविवेक, विश्वको सर्वकालका अन्यतम सर्वश्रेष्ठ नाटककार जर्ज बर्नर्ड श’ (GEORGE BERNAR SHAW-२६जुलाई १८५६, २ नोभेम्बर १९५०)

यी महान् नाट्यमनिषी ९४ वर्षको उमेर विश्व नाट्य संसारलाई टुहुरो पारेर सधैँको निम्ति आफ्नो जीवनको पर्दा बन्द गरे।

विनम्र श्रद्धार्घ्य।

कृतज्ञता स्वीकृति

द जर्ज बर्नार्ड श  स्वीसएडुक।

-सिलिगुड़ी (भारत)