धरान । कोशी प्रदेश र मधेश प्रदेशका केही जिल्लावासीका लागि सेवा गदैं आएको धरानस्थित कृषी उपज बजारले दसैंको बेला २४० म्याट्रिक टन स्याउको कारोवार र गरेको छ । 

बजार स्थलबाट नेपालको जम्लाको स्वाउसँगैं भारत र चीनबाट आएको सो परिमाणमा स्याउको कारोवार गरेको हो । 

कृषी उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार ४० म्याट्रिक टन जुम्लाको स्याउ र २ सय म्याट्रिक टन भारतीय र चिनिया स्याउको कारोवार भएको छ । 

विगत ५ बर्षदेखि जुम्लाको स्याउ यस बजारमा आउने गरेको छ । 

जूम्लाको स्याउ खानमा मिठो भए पनि ग्रेडिङ्ग, प्याकेजिङ्ग,  लेबलिङ्ग, लूक्स(हेर्नमा राम्रो)नहुँदा बजार चिनिया र भारतीय स्याउले लिने गरेको भट्टराईको अनुभव छ । नयाँ ग्राहकले नचिन्ने हुँदा खूद्रा बजारमा अन्य भारतीय स्याउ (सिम्ला स्याउ जून उस्तै उस्तै देखिन्छ) लाई  झुक्याएर पनि बेचेको बजारमा भेटिएको बताइएको छ । 

जुम्लाको स्याउलाई ब्राण्डिङ्ग गर्न सके सम्भावना राम्रो भएको व्यवस्थापक भट्टराई बताउनु हुन्छ । प्रचार प्रसार र ग्रेडिङ्ग, प्याकेजिङ्ग,  लेबलिङ्गको अभावमा जुम्लाको स्याउले बजार नपाएको एक कृषकले बताए । सबै कुरा व्यवस्थित गर्ने हो भने चिनिया र भारतीय स्याउको स्थानमा जुम्लाको स्याउले बजार पाउने निश्चित छ । 

धरानको कृषी उपज बजार कृषकहरुले उत्पादन गरेको बस्तु विक्रि गर्ने र त्यस बजारबाट भारतलगायत तेश्रो मुलुकसम्म निर्यात गर्ने स्थल हो । यहाँ स्याउको मात्र बार्षिक २ हजार ५ सय म्याट्रिक टन स्याउको कारोवार हुदैं आएको कृषी बजार व्यवस्गापन समितिले जनाएको छ ।  यस बजारबाट उक्त स्याउ कोशी पहाडी जिल्ला, तराईका जिल्लाहरुमा जाने गरेको छ ।