- हर्क सनम्पाङ
"विदेशिंदाको भाव" हिजो जस्तो लाग्छ सन २००८ मा इराक अनि त्यस पछिका धेरै बर्ष खाडीमूलुकका अनेकन एयर्पोर्ट हुँदै अफ्घानिस्तान कन्दाहार सम्मको त्यो यात्रा । रोजगारीको सिल्सिलामा मरुभूमिमा युद्ध ग्रस्त क्षेत्रमा काम गर्दाको त्यो पलको सम्झना आज यो लगेज मिलाउँदै गर्दाको दृष्यले ताजा गरायो ! गह भरिएको छ ! रोएको छैन तर । मैले आफ्नो परिवार र देशलाई त्यतिका बर्ष टाढा राखेर बाँच्दा म कैयौं चोटि मरेको थिए ।
मेरो जीवनको अर्थ नभेट्दा सम्मको ती सालहरु मेरा लागि अनविज्ञताको अँध्यारो जस्तो थिए । छाती भरी पीडा बोकेर बाँचेको एउटा पर्देशीलाई मैले भन्न खोजेको शब्दले पक्कै छोला । त्यो यात्रा एउटा सानो भुसुनाको यात्रा थियो आफ्नो आहाराको लागि कतै उडेको जस्तो । न मलाई कसैले चिन्दथे ! न कसैले सोध्दथे । धेरै चोटि एयर्पोर्टमा रोक्किएँ कति चोटि अनाहकमा एयर्पोरटबाट फर्कनु पर्यो मैले ! दु:ख कति पाइयो ठक्कर कति खाइयो यात्राको क्रममा भनेर साध्य छैन ! तर यसपालिको विदेश यात्रा अलि फरक खाल्को हुँदैछ मेरो ! सुन्छु धेरैले कुरेर बसेका छन रे मलाई । मलाई देख्न र भेट्न पर्खेर बस्ने ती मनहरुलाई धन्यवाद !
इराक र अफ्घानिस्तानमा रोजीरोटी खोज्दै भौतारिंदा मैले आफैलाई भेटेको मेरो वास्तविक अस्तित्व भेटेको त्यो दिन बिर्संदिन ! रोजीरोटी रोज्दै विदेशिएको एउटा हराएको पर्देशीले धेरै बर्षको सोचाइ र भोगाइ पछि आफैलाई भेटेँ । म कोहुँ र म किन केका लागि जन्में भन्ने थाहा भयो बेचिएको मजदुर एउटा भेडा जस्तै विश्व श्रम बजारमा बेचिए पछि ! विदेशीको पेलाइमा काममा घोटिंदाको त्यो पल ! म को हुँ भन्ने कुराको बोध भयो ! म भित्र स्वाभिमान जिवितै थियो त्यसैले यो देश बनाउने कशम खाएर काम छोडी स्वदेश फर्केर आफैलाई सुम्पेर निस्केको एउटा अप्त्यारिलो मान्छे मेरो जीवनको औचित्य त्यस पछि भेटें मैले ।
यो माटोको मायाले आज मलाई सबैको प्रिय बनाइदिएको छ ! झोला उस्तै छ बाटो त्यही हो तर यात्रा फरक छ यो मेरो ! हिजो एउटा सानो सोच्ले म विदेशिएको थिएँ म र मेरो परिवार मात्रै थियो उद्देश्य तर यो यात्रा देशको लागि हो । नितान्त मेरो देश म, मेरो संस्कृति र मेरो सभ्यताको लागि हो । हिजो मेरो कोही आलोचना गर्दैनथे तर विरोध र आलोचना निक्कै हुनेगर्छ अहिले मेरो ! मलाई लाग्छ मैले केही बृहत् काम गरिरहेकोछु त्यसैले केही मानिसहरु मेरा अलोचना र विरोध गरिरहेकाछन ।
एउटा असल गन्तव्यमा पुग्नलाई असल र सुरक्षित बाटो तय गर्नै पर्छ । त्यही यात्राको रुपमा लिएको छु यो यात्रालाई मैले । तर, आफ्नो देश छोडेर केही दिनकै लागि मात्रै जानु पर्दा पनि हावाले सोधे जस्तो " कहिले फर्कने ?" खोलानालाले सोधे जस्तो "कहिले फर्कने?" वनजङ्गल र ढुङ्गामाटोले सोधे जस्तो "कहिले फर्कने?" श्रमदान अभियानले सोधे जस्तो "कहिले फर्कने?" कार्यालयले सोधे जस्तो "कहिले फर्कने?" यो देशले सोधे जस्तो "कहिले फर्कने ?" हो म छिट्टै फर्कन्छु तर एक्लै फर्कंदिन मेरो दाजुभाइहरुलाई पनि यही माटोमा फर्काउने उद्घोस गरेर मात्रै फर्कन्छु ! हो म अवश्य फर्कन्छु ! तर म एक्लै फर्किदिन ! तर म अव्वश्य फर्कन्छु ! हामी अवश्य फर्कनेछौँ । (धरानका मेयर हर्क साम्पाङकाे फेसवुक वालबाट)