• कृष्ण प्रधान

यो वर्ष २०२४ को साहित्यमा नोबेल पुरस्कार दक्षिण कोरियाकी नारी हस्ताक्षर हान काङ्ले आफ्नो काव्यातामक गद्यको निम्ति हत्याएकी छन् । साहित्यमा नोबेल पुरस्कार हत्याउने पहिलो दक्षिण कोरियाली अनि पहिलो एशियाली नारी हुन् हान काङ् । आउँदो १० दिसम्बर२०२४ का दिन स्वीडेन एकाडेमीको पक्षबाट  ११ लाख स्वीडिस क्राउऩ ९अमेरिकी डलर ११ लाख अनि भारतीय मद्रा ९ करोड़भन्दा पनि धेर राशि० प्रदान गरिइनेछ ।  

हान काङ् सियोलमा बस्छिन् छोरोसित । छोरोसित खाना खाएर डाइनिङ टेबलबाट उठेकी मात्र के थिइन्, यस वर्षको साहित्यमा नोबेल उनलाई प्रदान गरिने सूचना पाइऩ् । यो सूचना पाउँने बित्तिकै हाङ भक्कु खुसीले बुरुक बुरुक हुँदै छोरोलाई बाहुपाशमा कसिन् । आफूले साहित्यमा नोबेल पाउने सूचना पाएपछि उनले भनिन् – 'म बालाखौदेखि किताबको खातमा बढ़ेकी हुँ । ठिटौली उमेरदेखिनै मैले कोरियाली अनि अनुवादित किताबहरू भक्कु पढ़्ने मौका पाएकी ङुँ ।'

भन्नु उसो होइन हाङको साहित्यप्रति चासो घरबाटै भएको हो । कारण उनका पिता हान सिउङ वोन एकजना विशिष्ट साहित्यिक हुन् । दक्षिण कोरियाको गोयाङ्गजुमा २७ नोभेम्बर १९७० मा हान काङ् जन्मेकी हुन् । अहिले हाङले ५४ हिउँद छिचोलिसकेकी छुन् । सङ्ग्रहमा परेका पाँचवटा कविताहरूसित उनको विण्टर इन सोराल कविता पनि समावेश गरिएको थियो । कविताबाटै साहित्य लेख्न आरम्भ गर्ने हाङ २३ बसन्तकी हुँदा अर्थात् सन् १९९३ पाँचवटा कविता सङ्कलन प्रकाशित गरेपछि कोरियाली कविता लेखन क्षेत्रमा ओर्लेकी हुन् । कवितामा खूबी प्रदर्शन गर्ने हानले पछि उपन्यासमा पनि हात हालिन् । सन् १९९४ मा उनको पहिलो उपन्यास बजारमा आयो । त्यसपछि हानले पछि फर्केर हेर्नु परेन । हान कथा पनि लेख्थिन् । उऩको पहिलो कथा सङ्ग्रह क्वीइयोसुल १९९५ मा प्रकाशित भएको पाइन्छ ।

हानलाई नोबेल साहित्यको पगरी गुँथाउने घोषणा भएपछि नोबेल साहित्य कमिटीको पक्षबाट भनिएको छ, हानको लेखनमा मानिस्को मानसिक तथा शारीरिक यन्त्रणाका कुराहरू पटक पटक देखा पर्छन् । ऐतिहासिक घटनाहरूले मानिसको जीवनमा के कस्तो प्रभाव पार्न सक्छ सोबारे हानले निक्कै घोत्लिएर खोजेकी पाइन्छ । त्यहाँ मानिससित समष्टिको यिन्त्रणा मिलेर एकाकार भएको पाइन्छ । सन् १९८० मा प्रकाशित वाङ्जुतमा विक्षोभ गर्ने हुँदा हजारौं मानिसहरूले ज्यान गुमाएका थिए । ती ज्यान गुमाउनेहरूमा धेर जसो विद्यार्थीहरू नै थिए । सोही कहालिलाग्दो घटनामा हिंसाको प्रतिरोधबारे उनको ह्यूम्यान एक्ट मा उल्लेख पाइन्छ ।

साहित्यबाहेक पनि सङ्गीत र कलाको खोजमा रगत पसिना फुर्स गर्ने हानले सन् १९९३ मा साहित्यिक पत्रिका ुलिटरेचर एण्ड सोसाइटीु आफ्नो पहिलो कविता प्रकाशन गरेकी हुन्। १९९५ मा  लघु कथा सङ्ग्रह लभ अफ येओसु का साथ पहिलो गद्य लेखन शुरु गरेकी हुन् । हानको प्रमुख सफलता २००७  मा प्रकाशित उपन्यास द भेजिटेरियनमा हिंस्रक परिणाम दर्शाएकी पाइन्छ । यो हिंस्रक क्रियाकलाप त्यतिञ्जेल भइरहन्छ जबसम्म उपन्यासका नायकले मासु मनाही गर्न थाल्छ । हानको प्रयोगात्मक अनि प्रायः जसो अप्ठेरा पार्ने कथाहरूमा पीड़ाको दोहोरो प्रदर्शन र मानसिक, शारीरिक पीड़ामाझ पत्राचार, ऐतिहासिक आघात अऩि नियमहरूका अदृश्य बनाइका साथै मानव जीवनको बेहाल अवस्थाको सामना गर् देखिन्छ । उनका  अन्य प्रसिद्ध सिर्जनाहरूमा ह्यूम्यान एक्ट्स, द ह्वाइट बुके, ग्रीक लेसन्स र वी डोण्ट नट पार्ट हुन् । 

नोबेल साहित्य अकादमीले हानलाई नोबेल पुरस्खारले सम्मान गर्ने घोषणा हुने बित्तिकै अकादमी नोबेल समितिका अध्यक्ष एण्डर्स ओल्सनले आफ्नो बयानमा भनेका छन्: 'शरीर र आत्मा, जीवित र मृतमाझको सम्बन्धहरूका बारेमा उनको एउटा अचम्भको जागरूकता छ अनि उनको काव्यात्मक र प्रयोगात्मक शैली समकालीन गद्यमा साँच्चै नै प्रर्वतक बनको छ ।'

एशियाली नेताहहरूको बैठकमा आफ्नो लाओस यात्रामा रहेका  दक्षिण कोरियाली राष्ट्रपति यून सूक येओल ने आफ्नो  फेसबुक अकाउण्मा हार्दिक शुभकामना प्रदान गर्दै भनेका छन् - 'यो कोरियाली साहित्यको इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि है अऩि एउडटा राष्ट्रिय उत्सव रनि हो जसले सबै मानिसहरूलाई खुशी प्रदान गर्दछ । नोबेल विजेता हानले हाम्रो आधुनिक इतिहासको पीड़ादायी घाउहरूलाई एउटा महान् साहित्यिक कृतिमा परिणत गरिन् । कोरियाली साहित्यको मूल्य बढ़ाए वापत म तपाईलाई मेरो गहिरो सम्मान व्यक्त गर्दछु ।' 

साहित्यिक आलोचक किम सेओङ्ग(शिनले ता प्याच्चै भनेका छन्, अकादमीको अहिनेको निन्देखि हान काङ् बाह्र हात टाढ़ामा छिन् ।

नोबेल साहित्य पुरस्कारको सम्मान हत्याउने कोरियाली सर्जक हान काङ्लाई भक्कु अभिनन्दन।।